वन्यजन्तु अध्ययनका बिषयमा लुम्बिनीमा छलफल
-1742701176.jpg)
रुपन्देही - विरालो प्रजातिका वन्यजन्तुको अध्ययन, अनुसन्धान र संरक्षणबारे ज्ञान दिन प्राकृतिक विज्ञानका उच्च शिक्षा अध्ययनरत विद्यार्थीलाई सशक्तीकरण तालिम दिईएको छ ।
वाईल्ड केयरद्वारा नवलपुरको त्रिवेणीमा आयोजित तीन दिने तालिममा विरालो प्रजातिका वन्यजन्तुको पहिचान, अध्ययन अनुसन्धान गर्ने बिधि, प्रक्रियाबारे जानकारी दिईएको हो । विरालो प्रजातिका वन्यजन्तुको महत्व, समुदायले हेर्ने दृष्टिकोण र यी वन्यजन्तुका संरक्षण र चुनौतीबारे विस्तृत जानकारी दिईएको थियो । अनुसन्धान गर्ने विधि रेडियो कलर जडान र क्यामरा ट्रापिङबारे सैद्धान्तिक ज्ञान दिईएको थियो ।
सहभागीलाई बाल्मिकी आश्रम वन क्षेत्रमा क्यामरा ट्रापिङ कसरी र कुन अवस्थामा गर्ने भनेर ब्यवहारिक ज्ञान दिईएको थियो । तालिममा वन विज्ञान, प्राणीशास्त्र र वातावरण शास्त्रमा स्नातक अध्ययनरत मुगुदेखि संखुवासभा १४ जिल्लाका १४ जना र स्थानीय सिटिजन साईन्टिस्ट ४ गरि १८ जना सहभागी थिए । नेपालमा विरालो प्रजातिका १३ वटा वन्यजन्तु पाईन्छ । त्यस्मा पाटेबाघ, हिउचितुवा र चितुवा ठूला विरालो प्रजातिमा पर्छन् ।
ध्वासे चितुवा, फ्याकु बिरालो, ताशि बिरालो, सुनौलो बिरालो र मलाहा बिरालो सानो विरालो प्रजातिमा पर्छन् । त्यस्तै वन बिरालो, चरीबाघ, एशियाली जंगली बिरालो, छिरबिरे बिरालो र खियाथोप्ले बिरालोपनि साना विरालो प्रजातिमा पर्छन् । यी वन्यजन्तुले पारिस्थितिकीय प्रणाली सन्तुलन राख्न निक्कै महत्वपूर्ण भूमिका खेल्न भएकाले संरक्षणका अभियान स्वरुप युवा विद्यँर्थीलाई परिचालन गर्न तालिम गरिएको हो ।
सहभागीलाई बाघ विषेशज्ञ डा. बाबुराम लामिछाने, मलाहा विरालो विषेशज्ञ रमा मिश्र, हिउचितुवा बिषेशज्ञ तथा विश्व चर्चित रोलेक्स अवार्ड विजेता रिन्जिन फुन्जोक लामा र बन्यजन्तु फोटोपत्रकार मनोज पौडेलले ज्ञान, नया प्रविधि र शिपबारे जानकारी दिएका थिए । तालिम लिएकाले विद्यालय र समुदायमा गएर सोलस सर्भे गरि दुई सातासम्म सचेतना जगाई संरक्षणमैत्री कामगरेपछि प्रमाणपत्र दिईने संस्थाका सबिन अधिकरीले बताए । तालिम निक्कै प्रभावकारी र सान्दर्भिक हुदा गाउमा गएर संरक्षणका काम गर्न उत्साहित भएको मध्य पश्चिम विश्वबिद्यालय, सुर्खेतमा बिएस्सी तेस्रो वर्षमा अध्ययनरत ऐनबहादुर बुढाले बताए।
प्रकाशित मिति: आइतबार, चैत १०, २०८१ ०९:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय