लुम्बिनी विकास कोषको ताला खुल्यो, नियमित काम सुरु
बुधबार, भदौ ११, २०८२
रुपन्देही– लुम्बिनी विकास कोषका कर्मचारीहरुले आफ्ना माग पूरा भएपछि आन्दोलन फिर्ता गरेका छन् । लुम्बिनी विकास कोष कर्मचारी युनियनले कोष कार्यालयका विभिन्न शाखामा लगाएको ताला २७ दिनपछि सोमबार खोलेर कामकाज सुरु गरेका हुन् । काठमाडौंस्थित पर्यटन मन्त्रालयमा भएको वार्ता सकारात्मक परिणाम दिनेतर्फ अग्रसर भएकाले कार्यालयमा लगाएको तालाबन्दी खोलेर कामकाज सुरु गरेको कर्मचारी युनियनका उपाध्यक्ष सलाउद्दीन मुसलमानले बताए ।
नवलपुरको पहाडी क्षेत्रमा इलाका प्रशासन थप नभएपछि स्थानीय असन्तुष्ट
बुधबार, भदौ ११, २०८२
बुटवल– सरकारले २३ वटा नयाँ क्षेत्रमा इलाका प्रशासन कार्यालय थप गर्ने निर्णय गरेपनि नवलपुर पहाडी क्षेत्रका नागरिकरले बर्षोदेखि माग गरेको स्थानमा इलाका प्रशासन कार्यालय नथपिएपछि असन्तुष्टि जनाएका छन् । जिल्ला राजनीतिक दल सहित स्थानीय जनप्रतिनिधिहरुले समेत गृहमन्त्रालयमा पुगेर मागपत्र बुझाएपनि सरकारको निर्णयमा नाम नआएपछि त्यसभेगका स्थानीय अगुवाहरुले असन्तुष्टि जनाएका हुन्...
लुम्बिनी र शान्सी प्रान्तबीच सहकार्यको नयाँ ढोका खुल्नेछ : मुख्यमन्त्री आचार्य
मंगलबार, भदौ १०, २०८२
दाङ - लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले चीनको शान्सी प्रान्तसँगको सम्बन्धले आगामी दिनमा दुई देशका जनतालाई अझ नजिक ल्याउने सेतुको भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभएको छ । चीनस्थित शान्सी प्रान्त जनसभाका उपसभामुख चाङ चिछ्वानको नेतृत्वमा आएको जनकंग्रेस प्रतिनिधिमण्डलसँग मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय राप्ती उपत्यका (देउखुरी)मा मंगलबार भएको शिष्टाचार भेटमा...
लुम्बिनीका सभामुख घर्तीद्धारा तीजको शुभकामना
मंगलबार, भदौ १०, २०८२
देउखुरी- लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले महिलाहरुलाई राजनीतिक नेतृत्वसंगै आर्थिक पहुंचको वृद्धि गरी सबल, सक्षम र आत्मनिर्भर बनाउन जरुरी रहेको जनाउनु भएको छ । नेपाली महिलाहरुको महान् पर्व हरितालिका (तिज)को अवसरमा आज शुभकामना सन्देश जारी गर्नु हुँदै उहाँले लुम्बिनी प्रदेश सभाले महिलाहरुलाई आत्मनिर्भर बनाउने नीति तथा कानुनमा प्राथमिकता दिएको...
तीज समाज रूपान्तरणका लागि प्रेरणादायी बन्नुपर्छः मुख्यमन्त्री आचार्य
मंगलबार, भदौ १०, २०८२
दाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले हरितालिका (तीज) पर्वलाई महिला सशक्तीकरण र समाज रूपान्तरणसँग जोडिएको महत्वपूर्ण सांस्कृतिक चाडका रूपमा लिनुपर्ने बताएका छन् ।उनले यस पर्वले महिलाको क्षमता, योग्यतालाई सम्मान गर्दै समाजमा हकअधिकार, स्वतन्त्रता र समानताको चेतना फैलाउने कार्य गर्दै आएको उल्लेख गरेका हुन
एकीकृत समाजवादी रुपन्देहीले मनायो स्थापना दिवस
सोमबार, भदौ ९, २०८२
बुटवल - नेकपा एकीकृत समाजवादीले रूपन्देहीले सोमबार बुटवलमा चौथो स्थापना दिवस मनाएको छ । पार्टी कार्यालयमा शूभकामना आदान प्रदान कार्यक्रम गरी स्थापना दिवस मनाएको सो पार्टीले जनाएको छ । स्थापना दिवसमा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य बाबुलाल यादवले संविधानको रक्षा, कम्यूनिष्ट आन्दोलनमा देखिएको विचलनका कारण आफूहरु विद्रोह गर्नुपरेको स्मरण गर्दै...
हरितालिका तीजमा लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा
सोमबार, भदौ ९, २०८२
बुटवल–लुम्बिनी प्रदेश सरकारले आगामी हरितालिका तीज पर्वको अवसरमा मंगलबार भदौ १० गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको सूचनाअनुसार प्रदेश राजपत्रमा गत २०८१ साल चैत्र २१ मा प्रकाशित प्रावधान अनुसार हरितालिका तीजको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको हो ।
रास्वपामा टिकट परीक्षा: भूगाेल, मुद्धा र याेगदानका आधारमा मधु अर्याल सशक्त!
सोमबार, भदौ ९, २०८२
बुटवल - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रूपन्देही क्षेत्र नम्बर–३ को उपचुनावमा उम्मेदवारका आकांक्षी मधु अर्यालले आफू चुनाव हुन लागेको क्षेत्रले खोजेको उम्मेदवार भएको बताएका छन् । पार्टीको क्षेत्रीय सभापति समेत रहेका अर्याल पार्टी स्थापनाकालदेखि निरन्तर रुपन्देही ३ मा संगठन निर्माणमा खटेको, क्षेत्रका समस्या र सम्भावना राम्ररी पहिचान गरेकाले आफूले...
लिपुलेक हुँदै व्यापारिक नाका खाेल्ने सम्झाैता विरूद्व भैरहवामा विराेध प्रर्दशन
आइतबार, भदौ ८, २०८२
वुटवल- विपक्षी वामपन्थी पार्टीहरूले कालापानी क्षेत्र भारत र चिनकाे सिमामा व्यापारिक नाका खाेल्ने सम्झाैता विरूद्व आइतबार भैरहवामा विराेध प्रदर्शन गरेका छन्।
नाउपाका नेता धनीराम सहितका कार्यकर्ता जनमत पार्टी प्रवेश
आइतबार, भदौ ८, २०८२
बुटवल – रुपन्देही क्षेत्र नम्बर ३ मा उपनिर्वाचन नजिकिँदै जाँदा नागरिक उन्म्ुक्ति पार्टीका नेता कार्यकर्ताहर जनमत पार्टी प्रवेश गरेका छन् । २०७९ को प्रतिनिधि सभा निर्वाचनमा रुपन्देही १ मा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का उम्मेदवार रहेका धनीराम चौधरी सहितका नेता तथा कार्यकर्ताहरू आइतबार जनमत पार्टी प्रवेश गरेका हुन् ।
लुम्बिनी प्रदेशले विकास समस्या समाधानका ११ विषय संघीय समितिमा लैजाने
शनिबार, भदौ ७, २०८२
बैठकले ढुंगा, गिट्टी, बालुवाबाट प्राप्त राजस्व बाँडफाँटमा प्रदेशको हिस्सा सुनिश्चित गर्न संघीय ऐनमै स्पष्ट प्रावधान ल्याउनुपर्ने, प्रदेश राजमार्ग तथा सडकको अधिकार क्षेत्रमा रहेका विद्युत पोल हटाउने विषयमा विद्युत प्राधिकरणले नै खर्च व्यहोर्नुपर्ने, समान प्रकृतिका कामका लागि समानान्तर कार्यालयहरूलाई खारेज गरी खर्च कटौती गर्नुपर्ने, कृषि संरचना तथा उपकरणमा न्यूनतम प्राविधिक मापदण्ड...
नागरिकता ऐन संशोधन विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
शुक्रबार, भदौ ६, २०८२
प्रतिनिध सभाबाट पारित भएर गएको विधेयक अब राष्ट्रियसभाले पुनस् प्रतिनिधिसभामै पठाउँछ ।पारित विधेयकले आमाको नाममा सर्तसहित नागरिकता जारी हुन सक्ने प्रावधान रहेको छ ।
उपसभामुखमाथि यसकारण कठाेर बन्दै छन् काँग्रेस-एमाले?
मंगलबार, भदौ ३, २०८२
काठमाडौँ- सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा रानामगरलाई हटाउने अभियान थालेका छन्। संवैधानिक परिषद्मा आफ्नो प्रतिनिधित्व शून्य भएपछि कांग्रेसले उपसभामुख रानामगरलाई हटाउन खोजेको हो। यसका लागि दुवै दलका सांसदले हस्ताक्षर संकलन गरेका छन्। यद्यपि दुवै दलका प्रमुख सचेतकहरूले हस्ताक्षर संकलन उपसभामुख रानामगरलाई हटाउन नरहेको दाबी गरेका छन्।


