Lumbini Rise
प्रधानमन्त्री ओलीले आज संसदमा विशेष सम्बोधन गर्ने
प्रधानमन्त्री ओलीले आज संसदमा विशेष सम्बोधन गर्ने प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । विशेष सम्बोधनपछि ओलीले सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची छ । आजको बैठकमा सभामुख देवराज घिमिरेले ‘राष्ट्रियसभामा उत्पत्ति भएको पानीजहाज ९सञ्चालन तथा व्यवस्थापन० विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।  
एमाले बैठकको निर्णय :  सक्रिय राजनीति गर्न विद्या भण्डारीलाई ‘ब्रेक’ 
एमाले बैठकको निर्णय :  सक्रिय राजनीति गर्न विद्या भण्डारीलाई ‘ब्रेक’  काठमाडौँ - नेकपा एमालेले पूर्व राष्ट्रपति विद्या भण्डारीको सक्रिय राजनीतिमा फर्कने चाहानामा ‘ब्रेक’ लगाइदिएको छ । यति मात्रै होईन एमालेले भण्डारीको पार्टी सदस्यता समेत कायम नराख्ने निर्णय गरेको छ । एमालेको पछिल्लो निर्णयले भण्डारी राजनीतिमा आउने बाटो बन्द भएको छ । 
रुपन्देही–३ उपनिर्वाचन : बालकृष्ण खाणलाई उम्मेदवार बनाउन देउवालाई सुझाव
रुपन्देही–३ उपनिर्वाचन : बालकृष्ण खाणलाई उम्मेदवार बनाउन देउवालाई सुझाव आगामि कार्तिक १७ गते हुने रुपन्देहीको क्षेत्र न. ३ को उपनिर्वाचनबारे नेपाली कांग्रेसका पूर्व उपसभापतीहरुले सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन् । उनीहरुले उपनिर्वाचनमा २०७९ को निर्वाचनमा उठेका बालकृष्ण खाँणलाई उम्मेदवार बनाउन सुझाएका छन् । 
माओवादीकै कारण राजनीति अस्थिर भयो : विप्लव
माओवादीकै कारण राजनीति अस्थिर भयो : विप्लव काठमाडौं - नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले नेपालको राजनीति अस्थिर र भ्रष्टीकरण हुनुमा मुख्य दोषी नेकपा (माओवादी केन्द्र) रहेको आरोप लगाएका छन् । पुष्पलाल स्मृति दिवसका अवसरमा मंगलवार काठमाडौंमा आयोजित र्काक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।
आजीवन मरणोपरान्त ओली नै नेतृत्वमा हुनुपर्छ भनेर आरती उतारिँदैछ : घनश्याम भुसाल
आजीवन मरणोपरान्त ओली नै नेतृत्वमा हुनुपर्छ भनेर आरती उतारिँदैछ : घनश्याम भुसाल काठमाडौं- नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले एमालेको च्यासलमा जारी बैठकमा अध्यक्ष केपी ओलीलाई मरणोपरान्त नेतृत्व मान्ने भन्दै आरती उतार्ने काम भइरहेको टिप्पणी गरेका छन्। मार्क्सवादी अध्ययन केन्द्रले पुष्पलाल स्मृति दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै कम्युनिस्ट आन्दोलनमा विचलन आएको बताए।
कम्युनिष्ट पार्टीको नेतृत्वमा जसले प्रशंसा गर्छ, उसैलाई आशीर्वाद दिने प्रवृत्ति मौलायो-जनार्दन शर्मा
कम्युनिष्ट पार्टीको नेतृत्वमा जसले प्रशंसा गर्छ, उसैलाई आशीर्वाद दिने प्रवृत्ति मौलायो-जनार्दन शर्मा मङ्गलबार काठमाडौंमा आयोजित ४७औं पुष्पलाल स्मृति दिवसका सन्दर्भमा वर्तमान राजनीति र कम्युनिष्ट आन्दोलनु विषयक अन्तर्क्रिया कार्यक्रममा धारणा राख्दै उनले यस्तो बताएका छन्। विस्तारै पार्टीमा नेतृत्वको वरिपरि गोलबद्ध हुने र नेतृत्वको जयजयकार गर्ने, दलाली गर्ने र नतमस्तकता प्रस्तुत गर्ने एउटा प्रवृत्तिको विकास भयो। नेतृत्वमा पनि जसले प्रशंसा गर्छ, उसैलाई आशीर्वाद दिने...
नेपालमा धेरै पार्टी भएपनि विचारमा अन्तर छैन  मन्त्री पौडेल
नेपालमा धेरै पार्टी भएपनि विचारमा अन्तर छैन मन्त्री पौडेल मन्त्री पौडेलले भने, ‘आज नेपालमा आर्थिक नीति कसको के हो रभनेर भनिरहन पर्दैन । नेपाली काँग्रेस पार्टीले नै शुरु गरेको उदारवादी अर्थतन्त्रमा सबैले विश्वास गरेको स्थिति छ । नेपाली काँग्रेसको यो आर्थिक नीति हो । तर नेकपा एमालेका पनि यही आर्थिक नीति हो । नयाँ पार्टीहरुको पनि यही आर्थिक नीति...
रास्वपा स्वर्णिम नेपाल बनाउन चाहन्छ : मधु अर्याल (अन्तरवार्ता)
रास्वपा स्वर्णिम नेपाल बनाउन चाहन्छ : मधु अर्याल (अन्तरवार्ता) रास्वपाबाट रुपन्देही ३ का उम्मेदवारको आकाङ्क्षी समेत रहेका मधु अर्यालसँग लेखक ऋषि आजादको मङ्गलवार जम्काभेट भएछ । लेखक आजादले  कार्तिक १७ मा हुने निर्वाचनमा सम्भावित उम्मेदवार भएको हुनाले मुलुक,पार्टी र प्रणालीका विषयमा छलफल भएको उल्लेख गरेका छन् ।  जम्काभेटका कुराकानीलाई लेखक आजादले अन्तरवार्ताका रूपमा आफ्नो फेसबुकमा राख्नुभएको छ ।
बीपी स्मृति दिवसको अवसरमा रुपन्देहीमा बृक्षरोपण
बीपी स्मृति दिवसको अवसरमा रुपन्देहीमा बृक्षरोपण त्यस अवसरमा करहीया सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष तथा नगर सभापति पाण्डेले रोपिएका बिरुवाको संरक्षण उपभोक्ता समितिले गर्ने प्रतिवद्धता व्यक्त गरे ।  त्यसैगरी बीपी स्मृति दिवसकै अवसरमा नेपाली काँग्रेस बुटवल नगरसमितिले बीपीको शालिकमा माल्यार्पण गरेको छ । बुटवल उपमहानगरपालिका वडा नं। ६ बीपी चोकमा रहेको बीपीको शालिकमा मंगलबार माल्यार्पण गरिएको...
आचार्यको निधनमा नेकपा एसका अध्यक्ष नेपालद्धारा दुःख व्यक्त 
आचार्यको निधनमा नेकपा एसका अध्यक्ष नेपालद्धारा दुःख व्यक्त  पार्टी अध्यक्ष माधवकुमार नेपालले सोमबार शोक वक्तव्य जारी गर्दै आचार्यको निधनले पार्टी, समाज र राष्ट्रलाई अपूरणीय क्षति पुगेको उल्लेख गरेका छन्। एकीकृत समाजवादीका सल्लाहकार परिषद सदस्य समेत रहेका आचार्यको निधनले ठूलो क्षती पुगेको अध्यक्ष नेपालले उल्लेख गरेका छन् ।
बीपी कोइरालाको ४३औँ स्मृति दिवस देशभर मनाइँदै
बीपी कोइरालाको ४३औँ स्मृति दिवस देशभर मनाइँदै नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली साहित्यका मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक विश्वेश्वरप्रसाद कोइरालाको ४३औँ स्मृति दिवस मंगलबार देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। विसं २०३९ साउन ६ गते उनको निधन भएको थियो। विसं १९७१ भदौ २४ गते जन्मेका कोइराला विसं २०१५ को संसदीय निर्वाचनपछि विसं २०१६ जेठमा नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री...
एमाले बैठकमा विधान संशोधन प्रस्तावमाथि अधिकांशकाे समर्थन
एमाले बैठकमा विधान संशोधन प्रस्तावमाथि अधिकांशकाे समर्थन काठमाडौँ–  नेकपा (एमाले) को नवौँ केन्द्रीय कमिटीको सोमबारको बैठक सम्पन्न भएको छ। ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको पहिलो दिनको बैठकमा ४९ जना केन्द्रीय सदस्यले प्रतिवेदनमाथि आ–आफ्ना धारणा राखेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
Weather Update