एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक
शनिबार, साउन २४, २०८२
काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) ले स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटीको बैठक बोलाएको छ। पार्टीका महासचिव एक सूचना जारी गरेर पार्टी स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीका बैठक बोलाएको जानकारी दिए । स्थायी कमिटीको बैठक आगामी भदौ ४ गते पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्नेछ।
रुपन्देही क्षेत्र नम्बर ३ मा एमालेबाट चार जनाको आकाक्षा
शनिबार, साउन २४, २०८२
बुटवल– रुपन्देही क्षेत्र नम्बर ३ मा आगामी कार्तिक १७ गते हुने उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट चारजनाले उम्मेदवार बन्न आकांक्षा देखाएका छन् । शुक्रबार भैरहवामा बसेको एमाले क्षेत्रीय समन्वय कमिटीको तेस्रो बैठकमा चार नेताले आकांक्षा देखाएका हुन् ।
लुम्बिनीका मुख्यमन्त्री आचार्यद्वारा जनै पूर्णिमाको शुभकामना व्यक्त
शनिबार, साउन २४, २०८२
शनिबार एक शुभकामना सन्देश जारीगर्दै मुख्यमन्त्री आचार्यले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताले भरिएको समाज भएको उल्लेख गर्दै यस्ता पर्वहरूले आपसी समझदारी, सहिष्णुता र सामाजिक एकताको प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको भएको हो ।
मानवीय हिसाबले रवि लामिछानेलाइ भेट्न गएकाे हाे, राजनीति प्रेरित हाेइन: सांसद बासुदेव घिमिरे
शनिबार, साउन २४, २०८२
बुटवल - प्रतिनिधी सभा सदस्य बासुदेव घिमिरेले भैरहवा कारागारमा रहेका रवि लामिछानेसँगकाे भेटबारे विभिन्न काेणबाट टिप्पणी भएपछि स्पष्टिकरण दिएका छन् । उनले शनिबार विहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफु रुपन्देहीबासी र एउटै ससदकाे विषयगत सिमितमा रहेकाले मानवताकाे हिसावले रवि लामिछानेलाई भेट्न गएको प्रष्ट पारेका छन्।
रवि लामिछानेबारे बाेल्याे कारागार : सामान्य कैदीहरूले पाउने सेवा सुविधा दिइएकाे छ!
शनिबार, साउन २४, २०८२
प्रशासक भण्डारीले लामिछानेलाई छुट्टै कोठामा राखिएको पनि बताएका छन्। 'उहाँको सुरक्षालाई ध्यानमा राखी कारागार प्रशासनले एउटा छुटै कोठामा बसोबासको व्यवस्था मिलाइएको छ।अन्य सामान्य कैदीहरूले पाउने सेवा सुविधामा विभेद नगरीकन उहाँलाई पनि यस कार्यालयले सेवा सुविधा उपलब्ध गराउँदै आएको छ।
कारागार कार्यालय रुपन्देहीले रवि लामिछानेलाई थुनुवाका रूपमा पाउने अधिकारबाट वञ्चित नगरिएको...
प्राविधिक शिक्षाले रोजगारी सुनिश्चित गर्छ, खाली बस्नुपर्दैन : मुख्यमन्त्री आचार्य
शनिबार, साउन २४, २०८२
रुपन्देही– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्राविधिक शिक्षाले रोजगारीको सुनिश्चितता दिने भएकाले यसतर्फ शिक्षालयहरूले थप प्रभावकारी भूमिका खेल्नुपर्ने धारणा राखेका छन् । कोरिया–नेपाल बहुप्राविधिक शिक्षालय, तामनगर रुपन्देहीको शुक्रबार अनुगमनका क्रममा मुख्यमन्त्री आचार्यले प्राविधिक धारतर्फ विद्यार्थीहरूलाई आकर्षित गर्न सकिनेगरी कार्यक्रम र वातावरण तयार गर्न शिक्षालयहरूलाई आह्वान गरेका हुन्।
बुटवल उपमहानगरद्वारा आईतवार सार्वजनिक विदा
शुक्रबार, साउन २३, २०८२
वुटवल- रुपन्देहीको बुटवल उपमहानगरपालिकाले साउन २५ गते आइतबार स्थानीय सार्वजनिक विदा दिएको छ । गाईजात्रा (सापारु) पर्वको अवसरमा एक दिनका लागि विदा दिने निर्णय भएको उपमहानगरपालिकाका प्रमुख (मेयर) खेलराज पाण्डेयले बताए ।
वाइसिएलका पाँच निवर्तमान उपाध्यक्षलाई वैकल्पिक केन्द्रीय सदस्य बनाउने माओवादी निर्णय
शुक्रबार, साउन २३, २०८२
साउन १६ देखि १९ सम्म काठमाडौंमा बसेको पार्टी स्थायी कमिटी बैठकले यो निर्णय गरेको हो ।बैठकको निर्णयबारे शुक्रबार सर्कुलर जारी गर्दै माओवादीले ५ जना वैकल्पिक केन्द्रीय सदस्य थपेको जानकारी गराएको हो ।
आज पाँच वटा संसदीय समितिको बैठक बस्दै
शुक्रबार, साउन २३, २०८२
आज संघीय संसद अन्तर्गतका पाँच वटा समितिको बैठक बस्दैछ । आज दिउसो १ बजे अर्थ समितिको बैठक सिंहदरबारमा बस्दै छ ।
बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयकमाथि संशोधनकर्ता सांसदहरु र विज्ञहरुसँग छलफल गर्ने कार्यसूची रहेको छ ।
निर्वाचन आयोगद्वारा मस्यौदा गरिएको स्वमूल्याङ्कन कार्यविधिमा १० दलकाे आपत्ति
बिहीबार, साउन २२, २०८२
नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकिकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल, नागरिक उन्मुक्ति पार्टी र आम जनता पार्टीले संयुक्त विज्ञप्ती जारी गर्दै उक्त कार्यविधि संविधान र राजनीतिक दलसम्बन्धी ऐनको मर्म विपरीत रहेकाे बताएका हुन् ।
विद्या भण्डारीपक्षकाे थापाथलीमा छुट्टै कार्यालय स्थापना
बिहीबार, साउन २२, २०८२
काठमाडौं –पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी संरक्षक रहेर बनेको मदन भण्डारी हिरक जयन्ती मूल व्यवस्थापन समितिले छुट्टै कार्यालय स्थापनाको तयारी गरेको छ ।थापागाउँमा एउटा घर भाडामा लिएर कार्यालय सञ्चालनको तयारी भइरहेको एक नेताले बताए । मदन भण्डारीको ७५औं जन्मजयन्ती मनाउन बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलको नेतृत्वमा ७५ सदस्यीय मूल व्यवस्थापन समिति बनेको...
बाबुराम भट्टराईले रवि लामिछानेलाई भेटेपछि भने –‘पञ्चायतमा पनि यस्ताे हुँदैनथ्यो’
बिहीबार, साउन २२, २०८२
बुटवल– पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले रास्वपाका सभापती रवि लामिछानेलाई विहिबार भेट गरेका छन् । भैरहवा स्थित जिल्ला कारागारमा दिउँसो सभापती लामिछानेसँग भेट गरी संक्षिप्त कुराकानी समेत गरेका छन् ।भेटपछि सञ्चारकर्मीसँग बोल्दै नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष समेत रहेका भट्टराईले रविमाथि प्रतिशोध साँधिएको बताए ।
रूपन्देही-३ मा उम्मेदवार बन्न रास्वपाका ९ जना आकांक्षी
बिहीबार, साउन २२, २०८२
बुटवल– राष्ट्रिय स्वतन्त्र पार्टीमा रुपन्देही–३ को उपनिर्वाचनका लागि उम्मेदवार हुन ९ जनाले आवेदन दिएका छन्। उपनिर्वाचनमा उम्मेदवार हुन इच्छुकहरुलाई साउन ७ देखि २१ गतेसम्म रास्वपाको मोबाइल एपमार्फत आवेदन दिन सक्ने व्यवस्था गरेकोमा ९ जनाले आवदेन दिएको रास्वपाले जनाएको छ।


