रूपन्देही उद्योग संघद्वारा औद्योगिक प्रदर्शनीको समीक्षा, प्रतिकुल समयमा अपेक्षित सफलता
शनिबार, पुस २६, २०८२
बुटवल – रुपन्देही उद्योग संघले पौष ३ गतेदेखि १७ गतेसम्म बुटवल मण्डपमा आयोजना गरेको १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव २०८२ को समीक्षा गरेको छ । शनिबार संघका पूर्वअध्यक्षहरु, सल्लाहकारहरु, मूल आयोजक समितिमा रहेका पदाधिकार तथा सदस्यहरुबीच गरिएको समीक्षा बैठकमा सहभागीहरुले प्रतिकुल समयमा पनि आयोजना गरिएको यो प्रदर्शनीले सबैको साथ र सहकार्यले अपेक्षिता सफलता प्राप्त गरेको निष्कर्ष निकालिएको छ ।
नयाँ कोपिला बालगृहले गर्याे सामाजिक परीक्षण
शनिबार, पुस २६, २०८२
नयाँ कोपिला बालगृहले आयोजना गरेको सामाजिक परीक्षण कार्यक्रमका वक्ताले सरकारले बालबालिका मुक्त सडक अभियान सञ्चालन गरे पनि सडकबाट उठाइएका बालबालिका पुनः सडकमै आउनुको विकल्प नभएको भन्दै दीर्घकालीन व्यावहारिक समाधान खोज्नुपर्नेमा जोड दिएका हुन् ।
पत्रकार पुनहरि बेल्बासे सम्मानित
शनिबार, पुस २६, २०८२
भैरहवा - पत्रकार पुनहरि बेल्बासेलाई सिद्धार्थ उद्योग वाणिज्य सङ्घ रूपन्देहीले सम्मान गरेको छ। सङ्घको ६७औँ वार्षिक साधारण सभाको अवसरमा आयोजित कार्यक्रममा बेल्बासेलाई पत्रकारितामार्फत् उद्योग, व्यापार, पर्यटन तथा कृषि क्षेत्रको आर्थिक विकासमा सकारात्मक योगदान पुर्याएको भन्दै सम्मान गरिएको हो।
फर्निचर उद्योग संघ रुपन्देहीद्वारा बुटवलमा अनुगमन कडाइ गर्ने
शुक्रबार, पुस २५, २०८२
बुटवल - फर्निचर उद्योग संघ रुपन्देहीले बुटवल क्षेत्रमा फर्निचर व्यवसायको अनुगमन कडाइ गर्ने निर्णय गरेको छ। शुक्रबार संघको कार्यालय माझगाउँ, बुटवलमा बसेको बैठकले अनुगमनलाई प्रभावकारी बनाउने उद्देश्यसहित १७ सदस्यीय अनुगमन समिति गठन गरेको हो। समिति अशोक कुवरको संयोजकत्वमा गठन गरिएको छ। बैठकमा पूर्व अध्यक्ष एवं सल्लाहकार समिति सम्योजक नरेश कुमार...
पर्यापर्यटनको विकासमा उद्यानकाे याेगदान अतुलनीय : सराेकारवाला
शुक्रबार, पुस २५, २०८२
बुटवल - पर्यापर्यटनको विकास र आर्थिक समृद्धिको लक्ष्यसहित स्थापना भएका देशभरका उद्यानहरूको साझा संगठन नेपाल उद्यान महासंघको प्रथम साधारण सभा तथा अधिवेशन रुपन्देहीमा शुरु भएको छ । कार्यक्रम एक समारोहबीच पूर्व स्वास्थ्यमन्त्री भोजप्रसाद श्रेष्ठले उद्घाटन गर्दै उद्यानको विकाससँगै त्यसलाई विशिष्टिकृत गर्दै लैजानुपर्ने आवश्यकता औँल्याए । उद्यान समुदायको हरेक उमेर समुहका...
संस्कार सहितको नेतृत्व खोज्दै दीप बोर्डिङ: नमुना संसद्मा अभ्यस्त विद्यार्थी
शुक्रबार, पुस २५, २०८२
बुटवल– ‘माननीय सभामुख महोदय, म सरकारको तर्फबाट एउटा महत्वपूर्ण प्रस्ताव पेश गर्न चाहन्छु’ यो कुनै संघीय संसद वा प्रदेश सभामा बोलिएको भनाई होईन, यो त बुटवल–८, सुख्खानगरस्थित दीप बोर्डिङ हाई स्कूलका हलमा व्यक्त विचार हो । जहाँ विद्यालयका साना विद्यार्थीहरू देशको नीति निर्माण गर्ने थलो संसद कार्यपालिकाको कार्यशैली बुझ्न व्यवहारिक...
देवदह महोत्सवमा साढे तीन मिटरको चिचिन्नो
शुक्रबार, पुस २५, २०८२
देवदह - बुधवारदेखि सुरु भएको दशौं देवदह महोत्सवमा कृषि उत्पादन र स्थानीय व्यवसायलाई प्राथमिकता दिइएको जनाइएको छ । महोत्सवका स्टल दर्ता उपसमिति संयोजक अमृत बहादुर फुल्लेलले मेलाको उद्धेश्य नै स्वदेशी उत्पादनको बजारीकरण रहेको बताए ।
भैरहवामा जारी ‘पवनकुमार सेठिया स्मृति क्रिकेट प्रतियोगितामा रुपन्देही–११ विजयी
शुक्रबार, पुस २५, २०८२
भैरहवा- रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी ‘पवनकुमार सेठिया स्मृति क्रिकेट प्रतियोगिता’ अन्तर्गत एकदिवसीय सिरिजको दोस्रो खेलमा पनि रुपन्देही–११ विजयी भएको छ । रुपन्देहीले त्रिभुवन आर्मी क्लब ‘ए’लाई ४९ रनले पराजित गर्दै तीन खेलको सिरिज एक खेल अगावै आफ्नो पक्षमा पारेको हो ।
शान्ति नमुनामा खेल सप्ताह शुरु
शुक्रबार, पुस २५, २०८२
तिलोत्तमा- रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयमा आजदेखि खेल सप्ताह शुरु भएको छ। विद्यालयको ६७ औं वार्षिकोत्सवको अवसरमा आयोजित खेल सप्ताह अन्तरगत आज भएको छात्रतर्फको फुटवल खेलमा कक्षा ८ जि र ९ जिको संयुक्त टोली विजेता भएको छ ।
शैक्षिक परामर्श प्रदायक संस्थाकाे दर्ता प्रकृया अगाडि बढाउन माग
बुधबार, पुस २३, २०८२
बुटवल - राष्ट्रिय शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेश समितिले (नेका) ले पहिलो साधारण सभा यहि पुस २५ गते गर्ने भएको छ । तिलाेत्तमा स्थित टाईगर प्यालेसमा गरिने साधारण सभामा संघको विगत गतिविधिको समीक्षा गर्दै भावी कार्ययोजना तय गरिने छ। साधारण सभाको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी नेका लुम्बिनी प्रदेशले दिएको...
नेको इन्स्योरेन्सद्वारा जेन-जी आन्दोलनको क्षतीवापत डेढ कराेड दाबी भुक्तानी
बुधबार, पुस २३, २०८२
बुटवल - नेकाे इन्स्याेरेन्सले लुम्बिनी प्रदेश लाेक सेवा आगाेगलाई विमा वापतकाे दावी भुक्तानी गरेकाे छ । जेन-जी आन्दोलनका क्रममा उक्त कार्यालयका सवारी साधनमा भएको क्षतिवापत विमा कम्पनीले १ करोड ६४ लाख ८० हजार रुपैयाँ बराबरको दाबी भुक्तानी गरेकाे हाे ।
लुम्बिनीमा तेस्रो नेपाल चरा सम्मेलन हुँदै
मंगलबार, पुस २२, २०८२
लुम्बिनी– बुद्ध जन्मस्थल लुम्बिनीमा तेस्रो नेपाल चरा सम्मेलन(बर्ड फेयर) हुने भएको छ । स्वदेशी तथा विदेशी चराविद्, विज्ञ, गणक र चरासँग सरोकार राख्ने सरोकारवालाई एकै ठाउँमा सहभागी बनाएर बर्ड फेयर गर्न लागिएको हो । पोखरा पन्छी समाजको आयोजना तथा ग्रिन युथ लुम्बिनीको सहआयोजना, लुम्बिनी सांस्कृतिक नगरपालिका र नेपाल पर्यटन वोर्डको...
एमालेबाट कपिलबस्तु- ३ काे प्रतिनिधिसभामा मिना परियार सिफारिस
सोमबार, पुस २१, २०८२
कपिलवस्तु - नेकपा एमालेको कपिलवस्तु क्षेत्र नं. ३ प्रतिनिधि सभा निर्वाचनका लागि अधिकारकर्मि मिना परियार सहितलाई सिफारिश गरेकाे छ ।


