लुम्बिनी सांसद गुरुङ पदमुक्त
बुधबार, जेठ १४, २०८२
बुटवलमा आमा र २ बच्चाको बीभत्स हत्या, हत्याको अभियोगमा पूर्व श्रीमान् पक्राउ
बुधबार, जेठ १४, २०८२
बुटवल – बुटवल होराईजनचौकमा आमा र २ बच्चाको विभत्य रूपमा हत्या भएको छ । बुटवल ११ होराइजनचोक नजिकै मिलीजुली पथमा अन्दाजी २७ वर्षीय दीपा बस्याल, उनका दुई छोरीलाई घाँटी अठ्याएर विभत्य ढंगले हत्या गरिएको हो ।इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक इन्द्र रानाले बिहान पूर्व श्रीमानले पूर्व श्रीमती र...
बुटवल – बुटवल होराईजनचौकमा आमा र २ बच्चाको विभत्य रूपमा हत्या भएको छ । बुटवल ११ होराइजनचोक नजिकै मिलीजुली पथमा अन्दाजी २७ वर्षीय दीपा बस्याल, उनका दुई छोरीलाई घाँटी अठ्याएर विभत्य ढंगले हत्या गरिएको हो ।इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक इन्द्र रानाले बिहान पूर्व श्रीमानले पूर्व श्रीमती र २ जना बच्चाहरूको हत्या भएको पुष्टि गरे । हत्यामा संलग्न भएको आरोपमा अन्दाजी ३०÷३२ वर्षका सुजन कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
एमाले युवा संघकाे अध्यक्षमा क्षितिज थेवे विजयी, पदाधिकारीमा काे काे आए?
मंगलबार, जेठ १३, २०८२
पाेखरा - राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा क्षितिज थेवे दोहोरिएका छन्। उनले अध्यक्षका प्रत्यासी सुमन परीलाई १८८ मतअन्तरले पराजित गर्दै दोस्रो कार्यकालका लागि निर्वाचित हुन सफल भएका हुन्।पोखरामा ५ दिनदेखि जारी १० औं राष्ट्रिय महाधिवेशनअन्तर्गत मंगलबार भएको मतदानको अन्तिम परिणाममा थेवे ७९६ मत प्राप्त गरे। पुरीको पक्षमा ६०८ मत परेको...
पाेखरा - राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा क्षितिज थेवे दोहोरिएका छन्। उनले अध्यक्षका प्रत्यासी सुमन परीलाई १८८ मतअन्तरले पराजित गर्दै दोस्रो कार्यकालका लागि निर्वाचित हुन सफल भएका हुन्।पोखरामा ५ दिनदेखि जारी १० औं राष्ट्रिय महाधिवेशनअन्तर्गत मंगलबार भएको मतदानको अन्तिम परिणाममा थेवे ७९६ मत प्राप्त गरे। पुरीको पक्षमा ६०८ मत परेको छ।
नेपाल प्रेस युनियन रुपन्देहीले दीप प्रज्वलन गरी मनायाे स्थापना दिवस
मंगलबार, जेठ १३, २०८२
बुटवल - नेपाल प्रेस युनियन रुपन्देहीले ३४ औँ स्थापना दिवस बुटवलको बिपी चोकमा मङ्गलवार साँझ दीप प्रज्वलन गरी मनाएकाे छ । यूनियनका केन्द्रीय नेतृत्व, नेपाली काँग्रेसका नेता एवम विभिन्न पत्रकार सम्बद्धहरुकाे सहभागितामा स्थापना दिवसमा दीप प्रज्वलन गरि मनाएकाे हो। विभिन्न कार्यक्रमकारसाथ स्थापना दिवस मनाउने नेपाल प्रेस युनियन केन्द्रीय समितिको निर्णय...
बुटवल - नेपाल प्रेस युनियन रुपन्देहीले ३४ औँ स्थापना दिवस बुटवलको बिपी चोकमा मङ्गलवार साँझ दीप प्रज्वलन गरी मनाएकाे छ । यूनियनका केन्द्रीय नेतृत्व, नेपाली काँग्रेसका नेता एवम विभिन्न पत्रकार सम्बद्धहरुकाे सहभागितामा स्थापना दिवसमा दीप प्रज्वलन गरि मनाएकाे हो। विभिन्न कार्यक्रमकारसाथ स्थापना दिवस मनाउने नेपाल प्रेस युनियन केन्द्रीय समितिको निर्णय अनुसार बुटवलको बिपी चोक स्थित बिपीको सालिक वरपर दीप प्रज्वलन गरिएकाे युनियनका रुपन्देही सभापति कवीन्द्र नेपालले बताए ।
इमामी लिमिटेडद्वारा नेपालमा ‘नवरत्न बिट मसाज २०२५’ अभियान प्रारम्भ
मंगलबार, जेठ १३, २०८२
काठमाडौँ– भारतको अग्रणी पर्सनल केयर तथा आयुर्वेदिक वेल्नेस कम्पनी मध्येको एक इमामी लिमिटेडले आफ्नो उत्कृष्ट उत्पादन नवरत्न तेलको उपभोक्तालाई प्रत्यक्ष अनुभव प्रदान गराउने उद्देश्यले नेपालभरि एक महत्वाकांक्षी नयाँ अभियान – ’नवरत्न बिट मसाज २०२५’ को शुभारम्भ गरेको छ। अभियान ज्येष्ठ ११ बाट सुरु भएर साउन १७ सम्म नेपालको तराई क्षेत्रमा...
काठमाडौँ– भारतको अग्रणी पर्सनल केयर तथा आयुर्वेदिक वेल्नेस कम्पनी मध्येको एक इमामी लिमिटेडले आफ्नो उत्कृष्ट उत्पादन नवरत्न तेलको उपभोक्तालाई प्रत्यक्ष अनुभव प्रदान गराउने उद्देश्यले नेपालभरि एक महत्वाकांक्षी नयाँ अभियान – ’नवरत्न बिट मसाज २०२५’ को शुभारम्भ गरेको छ। अभियान ज्येष्ठ ११ बाट सुरु भएर साउन १७ सम्म नेपालको तराई क्षेत्रमा केन्द्रित भएर सञ्चालन गरिने कम्पनीले जनाएको छ ।
रुपन्देही व्यापार संघले लुम्बिनी अस्पतालभित्र स्थापना गर्यो ब्लड बैङ्क
मंगलबार, जेठ १३, २०८२
बुटवल – रुपन्देही व्यापार संघले लुम्बिनी प्रादेशिक अस्पतालसँगको सहकार्यमा रक्तसञ्चार केन्द्र(ब्लड बैङ्क) स्थापना गर्ने भएको छ । अस्पतालसँगको सहकार्यमा अस्पताल परिसरमा नेपालकै नमुना र अत्याधुनिक रक्तसञ्चार केन्द्र स्थापना गर्न लागिएको हो । व्यापार संघले मङ्गलवार पत्रकार सम्मेलन गरी रक्त सञ्चार केन्द्र स्थापनाका लागि १ करोड ५८ लाख २० हजार नगद...
बुटवल – रुपन्देही व्यापार संघले लुम्बिनी प्रादेशिक अस्पतालसँगको सहकार्यमा रक्तसञ्चार केन्द्र(ब्लड बैङ्क) स्थापना गर्ने भएको छ । अस्पतालसँगको सहकार्यमा अस्पताल परिसरमा नेपालकै नमुना र अत्याधुनिक रक्तसञ्चार केन्द्र स्थापना गर्न लागिएको हो । व्यापार संघले मङ्गलवार पत्रकार सम्मेलन गरी रक्त सञ्चार केन्द्र स्थापनाका लागि १ करोड ५८ लाख २० हजार नगद लगानी गरेको जनाएको छ । ब्लड बैंकको जेठ १७ गते लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आर्चायले शुभारम्भ गर्ने कार्यक्रम रहेको अध्यक्ष दीपक प्रसाद अधिकारीले बताए ।
प्रेस सेन्टर रूपन्देहीले मनायो कृष्ण सेन स्मृति दिवस
मंगलबार, जेठ १३, २०८२
बुटवल - प्रेस सेन्टर नेपाल रुपन्देहीले २३औँ कृष्ण सेन 'इच्छुक' दिवस मनाएको छ । तस्बिरमा माल्यार्पणसहित नेपाली पत्रकारिता, साहित्य र क्रान्तिकारी आन्दोलनमा इच्छुकको योगदानको विषयमा चर्चा गर्दै कृष्ण सेन 'इच्छुक' स्मृति दिवस मनाइएको सङ्गठनले जनाएको छ । प्रेस सेन्टर नेपालका पूर्व केन्द्रीय उपमहासचिव तथा नेपाल पत्रकार महासङ्घ रुपन्देहीका पूर्व अध्यक्ष...
बुटवल - प्रेस सेन्टर नेपाल रुपन्देहीले २३औँ कृष्ण सेन 'इच्छुक' दिवस मनाएको छ । तस्बिरमा माल्यार्पणसहित नेपाली पत्रकारिता, साहित्य र क्रान्तिकारी आन्दोलनमा इच्छुकको योगदानको विषयमा चर्चा गर्दै कृष्ण सेन 'इच्छुक' स्मृति दिवस मनाइएको सङ्गठनले जनाएको छ । प्रेस सेन्टर नेपालका पूर्व केन्द्रीय उपमहासचिव तथा नेपाल पत्रकार महासङ्घ रुपन्देहीका पूर्व अध्यक्ष यानेन्द्र जिसीले कृष्ण सेनहरूको बलिदानको जगमा नेपालको लोकतन्त्र र प्रेस स्वतन्त्रता अडिएको बताए ।
एकिकृत समाजवादीले लुम्बिनीका मुख्यमन्त्रीलाई बुझायो २५ बुँदे स्मरणपत्र
मंगलबार, जेठ १३, २०८२
बुटवल – नेकपा (एकीकृत समाजवादी) लुम्बिनी प्रदेश कमिटीले सोमबार प्रदेश सरकारलाई २५ बुँदे स्मरणपत्र बुझाउँदै सुशासनको व्यवहारिक कार्यान्वयन र स्वदेशमै रोजगारी सिर्जनाका लागि तत्काल कदम चाल्न माग गरेको छ। पार्टीका प्रदेश अध्यक्ष अब्दुल हुसेन खाँको हस्ताक्षर सहित मुख्यमन्त्री चेतनारायण आचार्यलाई बुझाइएको स्मरणपत्रमा देशमा बढ्दो बेरोजगारी, भ्रष्टाचार, सामाजिक असमानता र सेवा...
बुटवल – नेकपा (एकीकृत समाजवादी) लुम्बिनी प्रदेश कमिटीले सोमबार प्रदेश सरकारलाई २५ बुँदे स्मरणपत्र बुझाउँदै सुशासनको व्यवहारिक कार्यान्वयन र स्वदेशमै रोजगारी सिर्जनाका लागि तत्काल कदम चाल्न माग गरेको छ। पार्टीका प्रदेश अध्यक्ष अब्दुल हुसेन खाँको हस्ताक्षर सहित मुख्यमन्त्री चेतनारायण आचार्यलाई बुझाइएको स्मरणपत्रमा देशमा बढ्दो बेरोजगारी, भ्रष्टाचार, सामाजिक असमानता र सेवा प्रवाहमा देखिएको चरम बेथिति प्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ।
प्रदेशस्तरीय यु–१६ क्रिकेट : रुपन्देही ७ र बाँके ३ विकेटले विजयी
मंगलबार, जेठ १३, २०८२
भैरहवा- रुपन्देहीमा जारी लीला सेन्चुरी मेमोरियल यु–१६ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा रुपन्देही र बाँके विजयी भएका छन् । रुपन्देहीले कपिलवस्तुलाई ७ विकेट र बाँकेले बर्दियालाई ३ विकेटले पराजित गरेका हुन् । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा जितका लागि पाएको खेलमा १ सय १२ रनको लक्ष्य रुपन्देहीले १० ओभर ५...
भैरहवा- रुपन्देहीमा जारी लीला सेन्चुरी मेमोरियल यु–१६ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा रुपन्देही र बाँके विजयी भएका छन् । रुपन्देहीले कपिलवस्तुलाई ७ विकेट र बाँकेले बर्दियालाई ३ विकेटले पराजित गरेका हुन् । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा जितका लागि पाएको खेलमा १ सय १२ रनको लक्ष्य रुपन्देहीले १० ओभर ५ बलमा ३ विकेट गुमाउँदै १ सय १३ रन बनाई पूरा गर्यो र जित निकाल्यो ।
सिद्धार्थनगरलाई पूर्ण संस्थागत प्रसूति र खोप सुनिश्चितता दिगोपना घोषणा
मंगलबार, जेठ १३, २०८२
भैरहवा- रुपन्देहीको सिद्धार्थनगर नगरपालिकालाई पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका एवं पूर्ण खोप सुनिश्चितता दिगोपना नगरपालिका घोषणा गरिएको छ । मगंलवार आयोजित एक कार्यक्रममा नगर प्रमुख एवं संविधान सभा सदस्य इश्तियाक अहमद खाँले नगरपालिकालार्ई पूर्ण संस्थागत प्रसूति र खोप सुनिश्चितता दिगोपना घोषणा गरेका हुन । नगर प्रमुख खाँले नियमित रूपमा खटेर...
भैरहवा- रुपन्देहीको सिद्धार्थनगर नगरपालिकालाई पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका एवं पूर्ण खोप सुनिश्चितता दिगोपना नगरपालिका घोषणा गरिएको छ । मगंलवार आयोजित एक कार्यक्रममा नगर प्रमुख एवं संविधान सभा सदस्य इश्तियाक अहमद खाँले नगरपालिकालार्ई पूर्ण संस्थागत प्रसूति र खोप सुनिश्चितता दिगोपना घोषणा गरेका हुन । नगर प्रमुख खाँले नियमित रूपमा खटेर सहज रूपमा स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकालाई धन्यवाद दिँदै महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधा बढाउने कुरामा पालिका सकारात्मक रहेको बताए ।
बुटवललाई पर्यटकीय विश्रामस्थल बनाउन उपमहानगरकाे पहल
मंगलबार, जेठ १३, २०८२
बुटवल- बुटवललाई पर्यटकीय विश्रामस्थल बनाउने उदेश्यका साथ कोरला नाकादेखि लुम्बिनी र भारतदेखि कोरला नाकासम्म पर्यटक भित्राउन बुटवलले पहल थालेको छ।
भारतबाट मुक्तिनाथ भ्रमणका लागि आउने हिन्दु धर्मावलम्बी र चीनबाट लुम्बिनी आउने बौद्ध धर्मावलम्बी पर्यटकहरु ल्याउने र बुटवलमा विश्राम गर्ने गरी बुटवल उपमहानगरपालिकाले पहल थालेको हो।
बुटवल- बुटवललाई पर्यटकीय विश्रामस्थल बनाउने उदेश्यका साथ कोरला नाकादेखि लुम्बिनी र भारतदेखि कोरला नाकासम्म पर्यटक भित्राउन बुटवलले पहल थालेको छ।
भारतबाट मुक्तिनाथ भ्रमणका लागि आउने हिन्दु धर्मावलम्बी र चीनबाट लुम्बिनी आउने बौद्ध धर्मावलम्बी पर्यटकहरु ल्याउने र बुटवलमा विश्राम गर्ने गरी बुटवल उपमहानगरपालिकाले पहल थालेको हो।
आयोगकाे कार्यक्रममा प्रदेश प्रमुखले भने –‘खेत मासेर दबार किन बनाएको?
मंगलबार, जेठ १३, २०८२
बुटवल – लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले राष्ट्रिय मानवअधिकार आयोग लुम्बिनी प्रदेशले आयोजना गरेको २५ औं बार्षिकोत्सव कार्यक्रममा प्रदेश सरकार सांसदहरुमाथि गम्भिर प्रश्न उठाएका छन् । उनले लहलह धान उब्जनी हुने खेत मासेर दरबार बनाएकोमा आपत्ती जनाए । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ देउखुरी स्थित मसुरियामा प्रदेश मन्त्रालयका...
बुटवल – लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले राष्ट्रिय मानवअधिकार आयोग लुम्बिनी प्रदेशले आयोजना गरेको २५ औं बार्षिकोत्सव कार्यक्रममा प्रदेश सरकार सांसदहरुमाथि गम्भिर प्रश्न उठाएका छन् । उनले लहलह धान उब्जनी हुने खेत मासेर दरबार बनाएकोमा आपत्ती जनाए । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ देउखुरी स्थित मसुरियामा प्रदेश मन्त्रालयका लागि ‘मिनि सिंहदरबार’ बनाईएको तर्फ संकेत गर्दै उनले यस्तो भनेका हुन ।
NEEF Steps In to Save the Life of Young Yuganta After Tragic Accident in Remote Nepalese Village
मंगलबार, जेठ १३, २०८२
CHHESKAM, Solukhumbu District, Nepal — Driven by a deep commitment to education, compassion, and swift humanitarian action, the Nepal English Education Foundation (NEEF) has supported over 3,000 schoolchildren from 12 schools in the remote southern region of Mt. Everest. These children come from impoverished families of tourism workers living on...
CHHESKAM, Solukhumbu District, Nepal — Driven by a deep commitment to education, compassion, and swift humanitarian action, the Nepal English Education Foundation (NEEF) has supported over 3,000 schoolchildren from 12 schools in the remote southern region of Mt. Everest. These children come from impoverished families of tourism workers living on the isolated southern slopes of the Everest Mountains.


