Lumbini Rise
लुम्बिनी राइज
लुम्बिनी राइज
श्रुतिलेखन प्रतियोगितामा जिविका रणपाल प्रथम
श्रुतिलेखन प्रतियोगितामा जिविका रणपाल प्रथम बुटवल- रुपन्देहीको देवदह–९ भलुहीमा रहेको न्यू नमुना ईङलिस बोर्डिङ्ग स्कुल कक्षा ५ की छात्रा जिविका रणपाल देवदह नगरपालिका स्तरीय श्रुतिलेखन प्रतियोगितामा प्रथम स्थान हासिल गरेकी छन् ।देवदह नगरपालिकाद्वारा आयोजित  विभिन्न प्रतियोगिताअन्तर्गत कक्षा ४ र ५ को आधारभूत तह स्तरीय  श्रुतिलेखन प्रतियोगितामा  जिविकाले प्रथम स्थान हासिल गरेकी हुन् । त्यस्तैगरी सोही... बुटवल- रुपन्देहीको देवदह–९ भलुहीमा रहेको न्यू नमुना ईङलिस बोर्डिङ्ग स्कुल कक्षा ५ की छात्रा जिविका रणपाल देवदह नगरपालिका स्तरीय श्रुतिलेखन प्रतियोगितामा प्रथम स्थान हासिल गरेकी छन् ।देवदह नगरपालिकाद्वारा आयोजित  विभिन्न प्रतियोगिताअन्तर्गत कक्षा ४ र ५ को आधारभूत तह स्तरीय  श्रुतिलेखन प्रतियोगितामा  जिविकाले प्रथम स्थान हासिल गरेकी हुन् । त्यस्तैगरी सोही विद्यालयको कक्षा ८ मा  अध्ययनरत छात्रा कृष्टि वि.क. ले  डिक्टेशन लेखन प्रतियोगितामा तृतीय स्थान प्राप्त गरेकी छन् ।
लुम्बिनी विकास कोषको सदस्य सचिवमा दीपक श्रेष्ठ नियुक्त 
लुम्बिनी विकास कोषको सदस्य सचिवमा दीपक श्रेष्ठ नियुक्त  बुटवल-  सरकारले लुम्बिनी विकास कोषमा सदस्य सचिवमा गोरखाका इञ्जिनियर दीपक श्रेष्ठलाई नियुक्त गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले खानेपानी संस्थानका इञ्जिनियर रहेका श्रेष्ठलाई कोषको सदस्य सचिवमा नियुक्त गरेको हो । मन्त्रिपरिषद बैठकले श्रेष्ठलाई कोषको सदस्य सचिवका लागि नियुक्त गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी... बुटवल-  सरकारले लुम्बिनी विकास कोषमा सदस्य सचिवमा गोरखाका इञ्जिनियर दीपक श्रेष्ठलाई नियुक्त गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले खानेपानी संस्थानका इञ्जिनियर रहेका श्रेष्ठलाई कोषको सदस्य सचिवमा नियुक्त गरेको हो । मन्त्रिपरिषद बैठकले श्रेष्ठलाई कोषको सदस्य सचिवका लागि नियुक्त गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।
नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रदेशले ५ हजार विद्यार्थीलाई सचेतना तालिम दिदै 
नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रदेशले ५ हजार विद्यार्थीलाई सचेतना तालिम दिदै  धेरै भन्दा धेरै विद्युत उपभोक्ताहरुलाई विद्युतिय  सुरक्षा सम्बन्धि सचेतना दिनका लागि कार्यक्रमको आयोजना गरिएको सहभागि हुने लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख ई. हरि प्रसाद पाण्डेले बताए । लुम्बिनी प्रादेशिक कार्यालयको उद्देश्य अनुरुप प्रादेशिक कार्यालय अन्तर्गतका सबै वितरण केन्द्रको कार्यक्षेत्रमा रहेका तुलनात्मक रुपमा धेरै विद्यार्थी अध्ययन गर्ने इच्छुक सामुदायिक विद्यालयहरुमा आइतबारदेखि एक... धेरै भन्दा धेरै विद्युत उपभोक्ताहरुलाई विद्युतिय  सुरक्षा सम्बन्धि सचेतना दिनका लागि कार्यक्रमको आयोजना गरिएको सहभागि हुने लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख ई. हरि प्रसाद पाण्डेले बताए । लुम्बिनी प्रादेशिक कार्यालयको उद्देश्य अनुरुप प्रादेशिक कार्यालय अन्तर्गतका सबै वितरण केन्द्रको कार्यक्षेत्रमा रहेका तुलनात्मक रुपमा धेरै विद्यार्थी अध्ययन गर्ने इच्छुक सामुदायिक विद्यालयहरुमा आइतबारदेखि एक हप्तासम्म उक्त कार्यक्रम  संचालन गर्न लागिएको उनले बताए  ।
जेनजीको भन्दा ठूलो प्रदर्शन हामीले गरिसक्यौं :  शंकर पोखरेल 
जेनजीको भन्दा ठूलो प्रदर्शन हामीले गरिसक्यौं :  शंकर पोखरेल  बुटवल– नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेनजीका नाममा विदेशी शक्ति, राजावादी र सरकार विरोधी र पपुलिस्ट भनिने दलहरुको संलग्नतामा आगजनी र विध्वंस गराइएको बताएका छन् । प्रेस चौतारी नेपाल रुपन्देहीले सोमबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै युवाहरुको शान्तिपूर्ण आन्दोलनलाई अराजक बनाएको बताएका हुन् । उनले रास्वपा, राजावादी पार्टीहरुको नामै... बुटवल– नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेनजीका नाममा विदेशी शक्ति, राजावादी र सरकार विरोधी र पपुलिस्ट भनिने दलहरुको संलग्नतामा आगजनी र विध्वंस गराइएको बताएका छन् । प्रेस चौतारी नेपाल रुपन्देहीले सोमबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै युवाहरुको शान्तिपूर्ण आन्दोलनलाई अराजक बनाएको बताएका हुन् । उनले रास्वपा, राजावादी पार्टीहरुको नामै लिएर सहभागिता रहेको बताए भने विदेशी शक्तिका रुपमा फ्रि तिब्तीयन अभियानमा लागेकाहरुको संलग्नता भएको जिकिर गरे ।
लुम्बिनीका सभामुखले गरे सचिवालय विघटन
लुम्बिनीका सभामुखले गरे सचिवालय विघटन बुटवल -  लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ति मगरले सचिवालय विघटन गरेका छन् । सभामुख घर्तिले संघीय सरकारको निर्देशनको पालना गर्दै सचिवालय विघटन गरेका हुन् । सभामुख घर्ती मगरले आइतबार विज्ञप्ति जारी गर्दै प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन, २०७५ को दफा ८ को उपदफा (१) अनुसार प्रदान हुँदै... बुटवल -  लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ति मगरले सचिवालय विघटन गरेका छन् । सभामुख घर्तिले संघीय सरकारको निर्देशनको पालना गर्दै सचिवालय विघटन गरेका हुन् । सभामुख घर्ती मगरले आइतबार विज्ञप्ति जारी गर्दै प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन, २०७५ को दफा ८ को उपदफा (१) अनुसार प्रदान हुँदै आएको स्वकीय सचिवालय तथा निजी कर्मचारी सुविधा विशेष परिस्थिति र वर्तमान अवस्थामा आवश्यकतालाई मध्यनजर गर्दै स्थगित गरिएको उल्लेख गरेका छन् ।
रााष्ट्रिय कर दिवस २०८२ को शुभकामना आदान प्रदान
रााष्ट्रिय कर दिवस २०८२ को शुभकामना आदान प्रदान भैरहवा- राष्ट्रिय कर दिवस २०८२ को अवसरमा आन्तरिक राजस्व कार्यालय भैरहवाले शुभकामना आदान प्रदान तथा करदाता सम्मान कार्यक्रम सम्पन्न गरेको छ । सोमवार भैरहवाको सिद्धार्थ उद्योग वाणिज्य संघको सभाहलमा भएको कार्यक्रममा विभिन्न संघसस्थाका प्रतिनिधि तथा उद्योगी व्यापारी र संचारकर्मीहरुको उपस्थित रहेको थियो । भैरहवा- राष्ट्रिय कर दिवस २०८२ को अवसरमा आन्तरिक राजस्व कार्यालय भैरहवाले शुभकामना आदान प्रदान तथा करदाता सम्मान कार्यक्रम सम्पन्न गरेको छ । सोमवार भैरहवाको सिद्धार्थ उद्योग वाणिज्य संघको सभाहलमा भएको कार्यक्रममा विभिन्न संघसस्थाका प्रतिनिधि तथा उद्योगी व्यापारी र संचारकर्मीहरुको उपस्थित रहेको थियो ।
सैनामैनाका कार्यपालिका सदस्यले जग्गा नदिएको गुनासो
सैनामैनाका कार्यपालिका सदस्यले जग्गा नदिएको गुनासो बुटवल -  सैनामैना नगरपालिकाका कार्यपालिका सदस्य एवं दलित उत्थान संघ सैनामैनाका संस्थापक अध्यक्ष सुरज बरालले एक दलित महिलालाई जग्गा विक्रि गरेपनि जग्गा नदिएको पीडितले गुनासो गरेकी छन् ।बरालले बुटवल –२ बस्ने राधा नेपालीलाई तिलोत्तमा ११ भूपू सैनिकको १० धुर अव्यवस्थित जग्गा चार लाख ५० हजार रुपैयांमा विक्रि गरेपनि जग्गा भने... बुटवल -  सैनामैना नगरपालिकाका कार्यपालिका सदस्य एवं दलित उत्थान संघ सैनामैनाका संस्थापक अध्यक्ष सुरज बरालले एक दलित महिलालाई जग्गा विक्रि गरेपनि जग्गा नदिएको पीडितले गुनासो गरेकी छन् ।बरालले बुटवल –२ बस्ने राधा नेपालीलाई तिलोत्तमा ११ भूपू सैनिकको १० धुर अव्यवस्थित जग्गा चार लाख ५० हजार रुपैयांमा विक्रि गरेपनि जग्गा भने नदिएको पीडित नेपालीले गुनासो गरेकी छन् ।
बुटवलमा पहिलाेपटक छात्रबृत्तिका लागि परीक्षा : ३४४ विद्यार्थीले निशुल्क छात्रवृत्ति पाउने
बुटवलमा पहिलाेपटक छात्रबृत्तिका लागि परीक्षा : ३४४ विद्यार्थीले निशुल्क छात्रवृत्ति पाउने बुटवल- बुटवल उपमहानगरपालिका अन्तर्गतका संस्थागत विद्यालयहरूमा अध्ययनरत ३४४ जना विद्यार्थीहरूले निशुल्क छात्रवृत्ति पाउने भएका छन् । गरिब तथा जेहेन्दार विद्यार्थी छनाेटका लागि बुटवल उपमहानगरपालिकाले आइतबार सम्बन्धित विद्यालयमै परीक्षा लिएको छ । बुटवल- बुटवल उपमहानगरपालिका अन्तर्गतका संस्थागत विद्यालयहरूमा अध्ययनरत ३४४ जना विद्यार्थीहरूले निशुल्क छात्रवृत्ति पाउने भएका छन् । गरिब तथा जेहेन्दार विद्यार्थी छनाेटका लागि बुटवल उपमहानगरपालिकाले आइतबार सम्बन्धित विद्यालयमै परीक्षा लिएको छ ।
बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाईमा नागरिकका थरि-थरिका गुनासाे
बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाईमा नागरिकका थरि-थरिका गुनासाे बुटवल - बुटवल उपमहानगरपालिकासहित मातहतका कार्यालयबाट भए गरेका सेवा प्रवाहबारेको सार्वजनिक सुनुवाइ कार्यक्रम शुक्रबार बुटवलको नयाँगाउँमासम्पन्न भएको छ ।   बुटवल उपमहानगरपालिकाको आयोजना र बुद्व सामुदायिक टेलिभिजन बुटवलको सहजिकरणमा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी सेवाग्राहीहरूले केही युवाहरूले रातिको समयमा चर्को आवाजमामोटरसाईकल कुदाउदा निदाउन नपाएकोदेखि सडकबत्तिको महशुलको भार उपभोक्तालाईपारेको गुनासोसम्म गरेका थिए... बुटवल - बुटवल उपमहानगरपालिकासहित मातहतका कार्यालयबाट भए गरेका सेवा प्रवाहबारेको सार्वजनिक सुनुवाइ कार्यक्रम शुक्रबार बुटवलको नयाँगाउँमासम्पन्न भएको छ ।   बुटवल उपमहानगरपालिकाको आयोजना र बुद्व सामुदायिक टेलिभिजन बुटवलको सहजिकरणमा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी सेवाग्राहीहरूले केही युवाहरूले रातिको समयमा चर्को आवाजमामोटरसाईकल कुदाउदा निदाउन नपाएकोदेखि सडकबत्तिको महशुलको भार उपभोक्तालाईपारेको गुनासोसम्म गरेका थिए ।
नेवाः पुच: को अध्यक्षमा पुनः काजीमान श्रेष्ठ निर्वाचित,सचिवमा राजभण्डारी
नेवाः पुच: को अध्यक्षमा पुनः काजीमान श्रेष्ठ निर्वाचित,सचिवमा राजभण्डारी बुटवल - श्री नेवाः पुच (नेवा सेवा समाज विकास परिषद) केन्द्रीय कार्यालय बुटवलले २५औँ वार्षिक साधारण सभा तथा ९औँ अधिवेशन सम्पन्न गरेको छ।सभामा अध्यक्ष काजीमान श्रेष्ठले विगतको काम, उपलब्धि र आगामी योजनाबारे विस्तृत प्रतिवेदन प्रस्तुत गरे।अध्यक्ष श्रेष्ठका अनुसार नेवाः पुचले सापारु (गाईजात्रा) पर्वमा सरकारी बिदा लागू गराउन वर्षौँदेखि निरन्तर पहल... बुटवल - श्री नेवाः पुच (नेवा सेवा समाज विकास परिषद) केन्द्रीय कार्यालय बुटवलले २५औँ वार्षिक साधारण सभा तथा ९औँ अधिवेशन सम्पन्न गरेको छ।सभामा अध्यक्ष काजीमान श्रेष्ठले विगतको काम, उपलब्धि र आगामी योजनाबारे विस्तृत प्रतिवेदन प्रस्तुत गरे।अध्यक्ष श्रेष्ठका अनुसार नेवाः पुचले सापारु (गाईजात्रा) पर्वमा सरकारी बिदा लागू गराउन वर्षौँदेखि निरन्तर पहल गरिरहेको थियो र सो पहलअनुसार २०७८ सालदेखि संघीय सरकारले नेवाः समुदायका लागि सार्वजनिक बिदा प्रदान गरेको हो।
लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणमा ३० प्रतिशत भौतिक प्रगति
लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणमा ३० प्रतिशत भौतिक प्रगति बुटवल - लुम्बिनी प्रदेश सरकारको गौरव आयोजना लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणमा हालसम्म ३० प्रतिशत भौतिक प्रगति भएको छ । लुम्बिनी प्रदेश पूर्वाधारण प्राधिकरणका अनुसार निर्माण सुरु भएको १४ महिनामै यो सफलता प्राप्त भएको हो । निर्धारित समयभन्दा पहिलेनै योजना सम्पन्न गर्नेगरी तिब्र रुपमा काम अघि बढेको प्राधिकरणका प्रमुख कार्यकारी... बुटवल - लुम्बिनी प्रदेश सरकारको गौरव आयोजना लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणमा हालसम्म ३० प्रतिशत भौतिक प्रगति भएको छ । लुम्बिनी प्रदेश पूर्वाधारण प्राधिकरणका अनुसार निर्माण सुरु भएको १४ महिनामै यो सफलता प्राप्त भएको हो । निर्धारित समयभन्दा पहिलेनै योजना सम्पन्न गर्नेगरी तिब्र रुपमा काम अघि बढेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ईन्जिनीयर छविराज पोख्रेलले दाबी गरे ।
निर्वाचनको विकल्प छैन :  यादव
निर्वाचनको विकल्प छैन : यादव रुपन्देही– जनता समाजवादी पार्टी ९जसपा०, नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा निर्वाचनको विकल्प नभएको बताएका छन्। शनिबार भैरहवामा पार्टीको लुम्बिनी प्रदेश समितिको प्रथम अधिवेशनमा उनले निर्वाचनका लागि सरकारले वातावरण बनाउनुपर्नेमा जोड दिए। अध्यक्ष यादवले हाल सुरक्षाको वातावरणका बारेमा धेरैको चिन्ता र चासो रहेको भन्दै सरकारले सम्बोधन गर्नुपर्ने बताए। ‘यो सरकारको दायित्व... रुपन्देही– जनता समाजवादी पार्टी ९जसपा०, नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा निर्वाचनको विकल्प नभएको बताएका छन्। शनिबार भैरहवामा पार्टीको लुम्बिनी प्रदेश समितिको प्रथम अधिवेशनमा उनले निर्वाचनका लागि सरकारले वातावरण बनाउनुपर्नेमा जोड दिए। अध्यक्ष यादवले हाल सुरक्षाको वातावरणका बारेमा धेरैको चिन्ता र चासो रहेको भन्दै सरकारले सम्बोधन गर्नुपर्ने बताए। ‘यो सरकारको दायित्व नै निर्वाचन गराउने हो।
Weather Update