एमालेसँग अतालिएर प्रतिगामी तत्वले भदौ २३ र २४ को घटना गराए : विश्वकर्मा
शनिबार, कात्तिक २९, २०८२
श्रीलंकन साहित्यकारहरुलाई पाठक मञ्च बुटवलद्धारा स्वागत, सहकार्यका लागि समझदारी
शनिबार, कात्तिक २९, २०८२
बुटवल - श्रीलंकाली साहित्यकारहरुको टोलीलाई पाठक मञ्च बुटवलले शनिबार स्वागत गरेको छ । मञ्चले श्रीलंकाली साहित्यकारहरुलाई रुपन्देहीको तिलोत्तमामा नेपाल श्रीलंका साँस्कृतिक सहकार्य बिषयमा छलफल गर्दै स्वागत गरेको हो ।उक्त अवसरमा पाठक मञ्चले श्रीलंकाली साहित्यकि संस्था सबुद्धिसँग साहित्यिक साँस्कृतिक आदानप्रदानका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

एमालेले बुटवलमा गर्याे प्रर्दशन, संसद पुर्नस्थापनाकाे माग
शनिबार, कात्तिक २९, २०८२
बुटवल – नेकपा एमालेले रूपन्देहीले शनिबार बुटवलमा प्रदर्शन निकालेकाे छ । जेनजी आन्दाेलनपछि बनेकाे अन्तरिम सरकार असंवैधानिक भन्दै संसद पुनर्स्थापनाकाे माग गर्दै एमालेले प्रदर्शन गरेकाे हाे ।
बुटवल – नेकपा एमालेले रूपन्देहीले शनिबार बुटवलमा प्रदर्शन निकालेकाे छ । जेनजी आन्दाेलनपछि बनेकाे अन्तरिम सरकार असंवैधानिक भन्दै संसद पुनर्स्थापनाकाे माग गर्दै एमालेले प्रदर्शन गरेकाे हाे ।
लुम्बिनीमा घट्यो उद्योगको क्षमता
शुक्रबार, कात्तिक २८, २०८२
लुम्बिनी - लुम्बिनी प्रदेशमा उद्योगको औसत क्षमता उपयोग घटेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको २०८१/८२ को लुम्बिनी प्रदेशको वार्षिक प्रतिवेदनका अनुसार झण्डै ६ प्रतिशतले उद्योगको औसत क्षमता उपयोग घटेको हो। अध्ययनमा समेटिएका २८ उद्योगहरूको समीक्षा वर्षमा औसत क्षमता उपयोग ५०.६० प्रतिशत रहेको छ। गत वर्ष यस्तो क्षमता उपयोग ५६.३६ प्रतिशत...
लुम्बिनी - लुम्बिनी प्रदेशमा उद्योगको औसत क्षमता उपयोग घटेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको २०८१/८२ को लुम्बिनी प्रदेशको वार्षिक प्रतिवेदनका अनुसार झण्डै ६ प्रतिशतले उद्योगको औसत क्षमता उपयोग घटेको हो। अध्ययनमा समेटिएका २८ उद्योगहरूको समीक्षा वर्षमा औसत क्षमता उपयोग ५०.६० प्रतिशत रहेको छ। गत वर्ष यस्तो क्षमता उपयोग ५६.३६ प्रतिशत थियो।
नेपाली कम्युनिष्ट पार्टी निर्वाचन आयोगमा दर्ता
शुक्रबार, कात्तिक २८, २०८२
काठमाडौँ- नेपाली कम्युनिष्ट पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ।नेकपा (माओवादी केन्द्र), नेकपा (एस) लगायत १० दलबीच एकता घोषणा गरिएको थियो। पछि भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानसमेत सोही पार्टीमा समाहित भएको थियो।

एमालेले भोली बुटवलमा जनप्रदर्शन गर्ने
शुक्रबार, कात्तिक २८, २०८२
बुटवल – नेकपा एमालेले केन्द्रीय कार्यक्रम अनुसार भोली (शनिबार) बुटवलमा जनप्रदर्शन तथा आमसभा गर्ने भएको छ । लोकतन्त्र र संविधानको रक्षा, तथा जेनजी समुदायका माग सम्बोधनका एजेण्डासहित जनसभा गरिएको जनाइएको छ । एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेका अनुसार रुपन्देहीका १६ वटै स्थानीय तहबाट हजारौं कार्यकर्ता, समर्थक र आम नागरिकको उत्साहजनक...
बुटवल – नेकपा एमालेले केन्द्रीय कार्यक्रम अनुसार भोली (शनिबार) बुटवलमा जनप्रदर्शन तथा आमसभा गर्ने भएको छ । लोकतन्त्र र संविधानको रक्षा, तथा जेनजी समुदायका माग सम्बोधनका एजेण्डासहित जनसभा गरिएको जनाइएको छ । एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेका अनुसार रुपन्देहीका १६ वटै स्थानीय तहबाट हजारौं कार्यकर्ता, समर्थक र आम नागरिकको उत्साहजनक सहभागिता रहनेछ ।
सन्तोष, दुर्गा र सुदनबीच पाँचबुँदे सहमति, मंसिर ७ मा एकता घोषणा
शुक्रबार, कात्तिक २८, २०८२
काठमाडौँ- रास्वपा परित्याग गरेका सन्तोष परियार, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) संयोजक दुर्गा सोव र प्रगतिशील राष्ट्रिय अभियान संयोजक सुदन किरातीबीच आज (शुक्रबार) पाँचबुँदे सहमति भएको छ। उनीहरूबीच एकता तथा ध्रुवीकरणका लागि नयाँ बन्ने एकीकृत पार्टीको नाम र चुनाव चिह्न एउटै बनाउनेलगायतका सहमति भएको हो।

बुटवल हस्पिटलमा रक्तदान, सय युनिट बढी रगत संकलन
शुक्रबार, कात्तिक २८, २०८२
वार्षिक कार्ययोजनाअनुसार वर्षमा दुई पटक रक्तदान कार्यक्रम गर्दै आएको बुटवल हस्पिटलले हाल रगत अभाव अत्यधिक भएको जानकारी पाएपछि आकस्मिक रुपमा यो कार्यक्रम आयोजना गरेको हो।
रक्तदान कार्यक्रमको उद्घाटन गर्दै अस्पतालका अध्यक्ष चुन्न प्रसाद पौडेलले सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले नियमित रुपमा रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो। एक पोका रगतले बिरामीको ज्यान...
वार्षिक कार्ययोजनाअनुसार वर्षमा दुई पटक रक्तदान कार्यक्रम गर्दै आएको बुटवल हस्पिटलले हाल रगत अभाव अत्यधिक भएको जानकारी पाएपछि आकस्मिक रुपमा यो कार्यक्रम आयोजना गरेको हो।
रक्तदान कार्यक्रमको उद्घाटन गर्दै अस्पतालका अध्यक्ष चुन्न प्रसाद पौडेलले सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले नियमित रुपमा रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो। एक पोका रगतले बिरामीको ज्यान बचाउन सकिने भएकाले रक्तदान अत्यन्तै महत्वपूर्ण सामाजिक कार्य भएको उहाँको भनाइ थियो।
क्याननमा आईटी क्वीज सम्पन्न, मणिमुकुन्द सेकेन्डरी स्कुल प्रथम
शुक्रबार, कात्तिक २८, २०८२
बुटवल – क्यानन माध्यमिक विद्यालय बुटवल स्थित रोवटिक क्लबको आयोजनामा भएको जिल्ला स्तरीय दोस्रो आाईटी क्वीज प्रतियोगिता २०८२ मा मणिमुकुन्द सेकेन्डरी स्कुल प्रथम भएको छ । रुपन्देहीका विभिन्न १९ वटा विद्यालयमध्येबाट उत्कृष्ट ६ मा छनौट भई आईटी क्वीजमा प्रथम हुन सफल भएको हो । यस्तै अक्सफोर्ड इगलिश बोर्डिङ स्कूल द्धितिय...
बुटवल – क्यानन माध्यमिक विद्यालय बुटवल स्थित रोवटिक क्लबको आयोजनामा भएको जिल्ला स्तरीय दोस्रो आाईटी क्वीज प्रतियोगिता २०८२ मा मणिमुकुन्द सेकेन्डरी स्कुल प्रथम भएको छ । रुपन्देहीका विभिन्न १९ वटा विद्यालयमध्येबाट उत्कृष्ट ६ मा छनौट भई आईटी क्वीजमा प्रथम हुन सफल भएको हो । यस्तै अक्सफोर्ड इगलिश बोर्डिङ स्कूल द्धितिय र तृतिय ग्रिन प्लान्ट आवासिय मावि देवदह भए । प्रथम, द्धितिय र तृतीय टोलीलाई विद्यालयका प्रधानाध्यापक शंकर भण्डारीले पुरस्कार वितरण गरे ।
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश
बिहीबार, कात्तिक २७, २०८२
काठमाडौँ- सहकारी ठगी र संगठित अपराध मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा मिसिल झिकाउने आदेश भएको छ।बिहीबार उच्च अदालत तुलसीपुर बुटवल इजलासमा न्यायाधीशद्वय ओमप्रकाश अर्याल र बासुदेव आचार्यको संयुक्त इजलासले मिसिल झिकाउन आदेश दिएको हो।

भिम अस्पताल भैरहवाको मेसुमा डा. वर्षा थापा नियुक्त
बिहीबार, कात्तिक २७, २०८२
बुटवल - भिम अस्पताल भैरहवाकी नयाँ मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) रूपमा डा. वर्षा थापा नियुक्त भएकी छन्। लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत ११ तहकी डा. थापालाई भिम अस्पतालको मेसु पदमा जिम्मेवारी दिएको हो।

बुटवलमा खुल्यो साँढे ३ अर्बमा पाँच तारे ह्यात प्यालेस
आइतबार, कात्तिक २३, २०८२
बुटवल– पश्चिम नेपालको व्यापारिक र पर्यटकीय विश्रामस्थल बुटवलमा साँढे ३ अर्बको लगानीमा पाँच तारे होटल ह्यात प्यालेस सञ्चालनमा आएको छ । आन्तरिक तथा विदेशी पर्यटकलाई अन्र्तराष्ट्रिय स्तरको होटलको सेवा दिने उद्देश्यले हायात प्यालेस सञ्चालनमा आएको हो ।
क्यासिनो सहित संचालन हुन लागेको होटल पाँच तारे हो । आईतबार पत्रकार सम्मेलन...
बुटवल– पश्चिम नेपालको व्यापारिक र पर्यटकीय विश्रामस्थल बुटवलमा साँढे ३ अर्बको लगानीमा पाँच तारे होटल ह्यात प्यालेस सञ्चालनमा आएको छ । आन्तरिक तथा विदेशी पर्यटकलाई अन्र्तराष्ट्रिय स्तरको होटलको सेवा दिने उद्देश्यले हायात प्यालेस सञ्चालनमा आएको हो ।
क्यासिनो सहित संचालन हुन लागेको होटल पाँच तारे हो । आईतबार पत्रकार सम्मेलन गर्दै मुख्य गरी भारतीय पर्यटकलाई लक्षित गरी होटल स्थापना गरिएको अध्यक्ष चुन्नु प्रसाद पौडेलले बताए ।
रुपन्देहीमा पनि गठन भयो हर्क साङ्पाङको श्रम संस्कृति पार्टी
आइतबार, कात्तिक २३, २०८२
बुटवल - श्रम संस्कृति पार्टी रुपन्देहीको अध्यक्षमा छविलाल गुरुङ चयन भएका छन् । आईतबार भएको भेलाले गुरुङको अध्यक्षमा १५ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो । जसको उपाध्यक्षमा केशव न्यौपाने, सचिवमा सुगम राई, कोषाध्यक्षमा रामु दमाइ, सह सचिवमा अमृता पल्ली मगर चयन भएका छन् । त्यस्तै सदस्यहरुमा सुर्य थापा, विरु...
बुटवल - श्रम संस्कृति पार्टी रुपन्देहीको अध्यक्षमा छविलाल गुरुङ चयन भएका छन् । आईतबार भएको भेलाले गुरुङको अध्यक्षमा १५ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो । जसको उपाध्यक्षमा केशव न्यौपाने, सचिवमा सुगम राई, कोषाध्यक्षमा रामु दमाइ, सह सचिवमा अमृता पल्ली मगर चयन भएका छन् । त्यस्तै सदस्यहरुमा सुर्य थापा, विरु वि.क., हिमाल पुलामी मगर, मान बहादुर बुचा मगर, तिलकराम गैरे, रेशम बगाले, खेम बहादुर थापा, लुकमाया गुरुङ र लेककुमारी आले मगर चयन भएका छन् । त्यस्तै बरिष्ठ सल्लाहकारमा भिम गौतम चयन भएका छन् ।