Lumbini Rise
लुम्बिनी राइज
लुम्बिनी राइज
सिद्वार्थनगरको नीति तथा बजेट सर्वसम्मतले पारित
सिद्वार्थनगरको नीति तथा बजेट सर्वसम्मतले पारित भैरहवा- रुपन्देहीको सिद्वार्थनगर नगरपालिकाको नीति, कार्यक्रम तथा बजेट सर्वसम्मतले पारित भएको छ । नगरप्रमुख इश्तियाक अहमद खाँले नगर सभामा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम र उपप्रमुख उमा अधिकारीले प्रस्तुत गर्नुभएको नगरपालिकाको आगामी आर्थिक वर्ष २०८२-०८३ को बजेट नगर सभाबाट पारित भएको हो । नगरपालिकाले आगामी आर्थिक वर्षको लागि १ अर्ब... भैरहवा- रुपन्देहीको सिद्वार्थनगर नगरपालिकाको नीति, कार्यक्रम तथा बजेट सर्वसम्मतले पारित भएको छ । नगरप्रमुख इश्तियाक अहमद खाँले नगर सभामा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम र उपप्रमुख उमा अधिकारीले प्रस्तुत गर्नुभएको नगरपालिकाको आगामी आर्थिक वर्ष २०८२-०८३ को बजेट नगर सभाबाट पारित भएको हो । नगरपालिकाले आगामी आर्थिक वर्षको लागि १ अर्ब ३६ करोड ६५ लाखको अनुमानित बजेट ल्याएको हो । जसमध्ये ४४ दशमलब ४ प्रतिशत चालूतर्फ र ५५ दशमलब ६ प्रतिशत पूँजीगततर्फ विनियोजन गरिएको छ। 
रोहिणी गाउँपालिकाद्वारा चालु आर्थिक वर्षमा ८३ प्रतिशत बजेट खर्च
रोहिणी गाउँपालिकाद्वारा चालु आर्थिक वर्षमा ८३ प्रतिशत बजेट खर्च बुटवल - रुपन्देहीको रोहिणी गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१र०८२ मा ८३ प्रतिशत बजेट खर्च भएको विवरण सार्वजनिक गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षको लागि विनियोजित बजेटको ८३ प्रतिशत खर्च भएको सार्वजनिक गरेको हो । त्यस्तै पूँजीगततर्फ १८ करोड ५५ लाख ६७ हजार ९ सय ३० रुपैयाँ बजेट विनियोजन गरिएकोमा... बुटवल - रुपन्देहीको रोहिणी गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१र०८२ मा ८३ प्रतिशत बजेट खर्च भएको विवरण सार्वजनिक गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षको लागि विनियोजित बजेटको ८३ प्रतिशत खर्च भएको सार्वजनिक गरेको हो । त्यस्तै पूँजीगततर्फ १८ करोड ५५ लाख ६७ हजार ९ सय ३० रुपैयाँ बजेट विनियोजन गरिएकोमा १५ करोड ४६ लाख ६३ हजार ४ सय ५ रुपैयाँ अर्थात ८३ दशमलव ३५ प्रतिशत खर्च भएको गाउँपालिकाले सार्वजनिक गरेको वित्तीय प्रगति विवरणमा उल्लेख छ ।
धान हुने खेतमा ड्रागन फ्रुट, वार्षिक ४० लाख आम्दानी
धान हुने खेतमा ड्रागन फ्रुट, वार्षिक ४० लाख आम्दानी बुटवल-  धान हुने खेती प्युठानको झिमरुक फाँटमा पछिल्लो समय ड्रागन फ्रुट फल्न थालेको छ । करिब १५ रोपनी क्षेत्रफलमा लगाइएको ड्रागन फ्रुट अहिले बिक्री गर्न सुरु गरिएको छ । स्थानीय नवीनकुमार श्रेष्ठ र लोकबहादुर गुरुङले सञ्चालन गरेको इशान एग्रो फार्ममा अहिले लटरम्म ड्रागन फ्रुट फलेका छन् । यहाँ चार वर्षदेखि... बुटवल-  धान हुने खेती प्युठानको झिमरुक फाँटमा पछिल्लो समय ड्रागन फ्रुट फल्न थालेको छ । करिब १५ रोपनी क्षेत्रफलमा लगाइएको ड्रागन फ्रुट अहिले बिक्री गर्न सुरु गरिएको छ । स्थानीय नवीनकुमार श्रेष्ठ र लोकबहादुर गुरुङले सञ्चालन गरेको इशान एग्रो फार्ममा अहिले लटरम्म ड्रागन फ्रुट फलेका छन् । यहाँ चार वर्षदेखि ड ड्रागन फ्रुट उत्पादन भइरहेको छ ।
राष्ट्रियसभामा ज्येष्ठ नागरिकसम्बन्धी जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव प्रस्तुत
राष्ट्रियसभामा ज्येष्ठ नागरिकसम्बन्धी जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव प्रस्तुत राष्ट्रियसभाको आजको बैठकमा सदस्य सुमित्रा बिसी प्रस्तावक र उर्मिला अर्याल, कमला पन्त, भगवती न्यौपाने, मायाप्रसाद शर्मा, मदनकुमारी शाह ९गरिमा०, पदमबहादुर परियार र पूजा चौधरी समर्थक रहेको प्रस्ताव आजको बैठकमा प्रस्तुत भएको हो । राष्ट्रियसभाको आजको बैठकमा सदस्य सुमित्रा बिसी प्रस्तावक र उर्मिला अर्याल, कमला पन्त, भगवती न्यौपाने, मायाप्रसाद शर्मा, मदनकुमारी शाह ९गरिमा०, पदमबहादुर परियार र पूजा चौधरी समर्थक रहेको प्रस्ताव आजको बैठकमा प्रस्तुत भएको हो ।
युवराज सिद्धार्थले दरबार त्यागेको दृश्य सहित मनाइयो महाभिनिष्क्रमण दिवस
युवराज सिद्धार्थले दरबार त्यागेको दृश्य सहित मनाइयो महाभिनिष्क्रमण दिवस ​​​​​​​बुटवल — प्राचीन कपिलवस्तुको राज्यको राजधानी सहर तिलौराकोट दरबारबाट सिद्धार्थ गौतमले ज्ञानको खोजीका लागि राजसी सुख सयल त्याग गरेको दिनको स्मरणमा बिहीबार मध्यरातमा महाभिनिष्क्रमण दिवस मनाइएको छ । २६२० बर्सअघिको घटनालाई स्मरण गर्दै राजा शुद्धोधनका छोरा युवराज सिद्धार्थले दरबारको सुख सुविधा त्याग गरी ज्ञानको खोजीका लागि सेतो घोडा चढेर तिलौराकोटको... ​​​​​​​बुटवल — प्राचीन कपिलवस्तुको राज्यको राजधानी सहर तिलौराकोट दरबारबाट सिद्धार्थ गौतमले ज्ञानको खोजीका लागि राजसी सुख सयल त्याग गरेको दिनको स्मरणमा बिहीबार मध्यरातमा महाभिनिष्क्रमण दिवस मनाइएको छ । २६२० बर्सअघिको घटनालाई स्मरण गर्दै राजा शुद्धोधनका छोरा युवराज सिद्धार्थले दरबारको सुख सुविधा त्याग गरी ज्ञानको खोजीका लागि सेतो घोडा चढेर तिलौराकोटको पूर्वी गेटबाट बाहिरिएको घटनालाई चित्रण गरी दिवस मनाइएको हो । 
बौद्ध भिक्षुहरुको बार्षिक वर्षबास तथा धार्मिक अनुष्ठान सुरु
बौद्ध भिक्षुहरुको बार्षिक वर्षबास तथा धार्मिक अनुष्ठान सुरु लुम्बिनी -  बौद्ध भिक्षुहरुको बार्षिक वर्षबास तथा धार्मिक अनुष्ठान सुरु भएको छ । असाढ पूर्णिमा देखि तीन महिनासम्म चल्ने वर्षबास विहिबारदेखि सुरु भएको हो । राजकीय बुद्ध विहार लुम्बिनीमा  बौद्ध महिला समितिको आयोजनामा तथा लुम्बिनी विकास कोष, लुम्बिनी सांस्कृतिक नगरपालिका र लुम्बिनी होटल संघको सहकार्यमा वर्षबास कार्यक्रम सञ्चालन गरिएको छ... लुम्बिनी -  बौद्ध भिक्षुहरुको बार्षिक वर्षबास तथा धार्मिक अनुष्ठान सुरु भएको छ । असाढ पूर्णिमा देखि तीन महिनासम्म चल्ने वर्षबास विहिबारदेखि सुरु भएको हो । राजकीय बुद्ध विहार लुम्बिनीमा  बौद्ध महिला समितिको आयोजनामा तथा लुम्बिनी विकास कोष, लुम्बिनी सांस्कृतिक नगरपालिका र लुम्बिनी होटल संघको सहकार्यमा वर्षबास कार्यक्रम सञ्चालन गरिएको छ । कार्यक्रमको लुम्बिनी प्रदेशका पूर्व मूख्यमन्त्री डिल्ली बहादुर चौधरीले उद्घाटन गरे । पूर्व मूख्यमन्त्री चौधरीले लुम्बिनीलाई विश्वशान्तिको मुहानका रूपमा स्थापित गर्न यस्ता धार्मिक गतिविधिहरू प्रभावकारी भएको बताउँदै बौद्ध परम्पराको संरक्षण, प्रवर्द्धन र लुम्बिनी क्षेत्रको समग्र विकासका लागि सधैं प्रतिबद्ध रहेको बताए ।
रूपदेही ३ मा भैरहवाका व्यवसायी गुप्ताले गरे उम्मेदवारी घाेषणा 
रूपदेही ३ मा भैरहवाका व्यवसायी गुप्ताले गरे उम्मेदवारी घाेषणा  भैरहवा– स्वतन्त्र युवा अजयकुमार गुप्ताले आगामी कार्तिक १७ मा हुने रुपन्देही क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा उपनिर्वाचनका लागि उम्मेदवारी घोषणा गरेका छन् ।बिहीबार भैरहवामा पत्रकार सम्मेलन गरी गुप्ताले उम्मेदवारी घोषणा गर्दै रैथाने, यहाँको क्षेत्र र माटो बुझेको भएकाले आफू चुनावमा होमिएको जनाए । भैरहवा– स्वतन्त्र युवा अजयकुमार गुप्ताले आगामी कार्तिक १७ मा हुने रुपन्देही क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा उपनिर्वाचनका लागि उम्मेदवारी घोषणा गरेका छन् ।बिहीबार भैरहवामा पत्रकार सम्मेलन गरी गुप्ताले उम्मेदवारी घोषणा गर्दै रैथाने, यहाँको क्षेत्र र माटो बुझेको भएकाले आफू चुनावमा होमिएको जनाए ।
श्रमदान गरी मन्दिर र चौतारी निर्माण
श्रमदान गरी मन्दिर र चौतारी निर्माण क्लवले आगामी दिनमा ट्रस निर्माण गर्ने योजना बनाएको छ । मन्दिर व्यावस्थापनका सामग्रीका लागि तुल्सी बस्नेतको स्मृतिमा मुमा बस्नेतसहितको परिवारले ४५ हजार रुपियाँ, चुनाकुमारी बिष्टको स्मृतिमा दुजमान बिष्टको परिवारले मन्दिरको गजुर तथा चारसुर ९चौकोस० मा काँसको पाता, यमुना महत, विपिन किरण पाण्डे, ज्ञानकुमारी थापा र कृष्ण थापाले घण्ट सहयोग गरेको... क्लवले आगामी दिनमा ट्रस निर्माण गर्ने योजना बनाएको छ । मन्दिर व्यावस्थापनका सामग्रीका लागि तुल्सी बस्नेतको स्मृतिमा मुमा बस्नेतसहितको परिवारले ४५ हजार रुपियाँ, चुनाकुमारी बिष्टको स्मृतिमा दुजमान बिष्टको परिवारले मन्दिरको गजुर तथा चारसुर ९चौकोस० मा काँसको पाता, यमुना महत, विपिन किरण पाण्डे, ज्ञानकुमारी थापा र कृष्ण थापाले घण्ट सहयोग गरेको पूर्व अध्यक्ष बिष्टले बताए । 
पहिरोको अनुसन्धान गर्न बेलायत पठाइयो चिप्स
पहिरोको अनुसन्धान गर्न बेलायत पठाइयो चिप्स बुटवल उपमहानगरपालिकाले पनि चुरे क्षेत्रबाट झर्ने पहिरो र गेग्य्रान नियन्त्रण गर्न हरेक वर्ष रोकथामको प्रयास गर्दै आएको छ । बुटवल उपमहानगरपालिका–३ का विपत् व्यवस्थापन संयोजक अमृत खड्काले पहिरो नियन्त्रणका लागि सङ्घीय सरकार, बुटवल उपमहानगरपालिका, राष्ट्रपति चुरे संरक्षण कार्यालयलगायतका निकायबाट गरिएको प्रयासका कारण अहिले पहिरोको जोखिम कम भएको बताए।  बुटवल उपमहानगरपालिकाले पनि चुरे क्षेत्रबाट झर्ने पहिरो र गेग्य्रान नियन्त्रण गर्न हरेक वर्ष रोकथामको प्रयास गर्दै आएको छ । बुटवल उपमहानगरपालिका–३ का विपत् व्यवस्थापन संयोजक अमृत खड्काले पहिरो नियन्त्रणका लागि सङ्घीय सरकार, बुटवल उपमहानगरपालिका, राष्ट्रपति चुरे संरक्षण कार्यालयलगायतका निकायबाट गरिएको प्रयासका कारण अहिले पहिरोको जोखिम कम भएको बताए। 
विद्यालयबाटै हराए तीन विद्यार्थी
विद्यालयबाटै हराए तीन विद्यार्थी इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख, प्रहरी नायव उपरीक्षक लक्ष्मी खनालले कक्षा ८ मा अध्ययनरत १५ वर्षीय निरज थापा, १३ वर्षीय पवननाथ योगी र १२ वर्षीय रोबिन्द्र खड्का असार २२ गते अपरान्हदेखि विद्यालयबाट सम्पर्कबिहीन भएको खबर आएको बताए ।  उहाँले प्रहरीलाई जानकारी हुने बित्तिकै बालकको खोजी कार्य सुरु गरिएको जनाउँदै आफन्त... इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख, प्रहरी नायव उपरीक्षक लक्ष्मी खनालले कक्षा ८ मा अध्ययनरत १५ वर्षीय निरज थापा, १३ वर्षीय पवननाथ योगी र १२ वर्षीय रोबिन्द्र खड्का असार २२ गते अपरान्हदेखि विद्यालयबाट सम्पर्कबिहीन भएको खबर आएको बताए ।  उहाँले प्रहरीलाई जानकारी हुने बित्तिकै बालकको खोजी कार्य सुरु गरिएको जनाउँदै आफन्त र विद्यालयका अन्य बालकबाट प्राप्त केही सूचनाबाट उनीहरु भारत गएको आशंका गरिएको बताए ।  ‘तीन जनामध्ये एक जनाले प्रयोग गर्ने मोबाइलमा भारतीय सिमकार्ड प्रयोग भएको देखिन्छ । अरु दुई जनाको फेसबुक पनि सक्रिय अवस्थामा पाइयो’ प्रहरी नायब उपरीक्षक खनालले भन्नुभयो ।  उहाँँले भारतमा पनि आफन्तहरुको माध्यमबाट खोजी गर्ने काम भइरहेको बताए । बालकहरु हराएको तीन दिन बितिसक्दा पनि अवस्था अज्ञात रहेको गुनासो आफन्तबाट आएको छ । 
किसानलाई आधुनिक यान्त्रिकरणसगँ जोड्दै सुनवल नगरपालिका
किसानलाई आधुनिक यान्त्रिकरणसगँ जोड्दै सुनवल नगरपालिका कृषकको आवश्यकतालाई ध्यानमा राखेर उनीहरुको माग अनुरुप मिनिटिलर, मिनिसेलर, चापकटरलगायतका उपकरण वितरण गरिएको सुनवल नगरप्रमुख विमला अर्यालले बताए। उहाँका अनुसार यस आधुनिक उपकरणले लागत घटाउने, उत्पादनमा वृद्धि गर्ने, खेतीपातीमा सहजतादेखि किसानलाई काम गर्न उत्साह प्रदान गर्नेछ ।  वडा नम्बर ६ मा रहेको जनकल्याण बहुउद्देश्यीय सहकारी संस्था र सर्वाङ्गीण कृषि सहकारी... कृषकको आवश्यकतालाई ध्यानमा राखेर उनीहरुको माग अनुरुप मिनिटिलर, मिनिसेलर, चापकटरलगायतका उपकरण वितरण गरिएको सुनवल नगरप्रमुख विमला अर्यालले बताए। उहाँका अनुसार यस आधुनिक उपकरणले लागत घटाउने, उत्पादनमा वृद्धि गर्ने, खेतीपातीमा सहजतादेखि किसानलाई काम गर्न उत्साह प्रदान गर्नेछ ।  वडा नम्बर ६ मा रहेको जनकल्याण बहुउद्देश्यीय सहकारी संस्था र सर्वाङ्गीण कृषि सहकारी संस्थासगँ समन्वय र सहजीकरण गरी किसानलाई कृषि यान्त्रिकरण वितरण गरिएको वडाध्यक्ष हेमलाल शर्मा चापागाईले बताए ।
Weather Update