Lumbini Rise
लुम्बिनी राइज
लुम्बिनी राइज
नवनियुक्त प्रधानमन्त्री कार्कीलाई भारतका प्रधानमन्त्री मोदीको बधाई
नवनियुक्त प्रधानमन्त्री कार्कीलाई भारतका प्रधानमन्त्री मोदीको बधाई काठमाडौँ –भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको कार्यभार सम्हालेकोमा सुशीला कार्कीलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री मोदीले आफ्नो सामाजिक सञ्जालमा एक सन्देश पोस्ट गर्दै यो शुभकामना दिएका हुन्। काठमाडौँ –भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको कार्यभार सम्हालेकोमा सुशीला कार्कीलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री मोदीले आफ्नो सामाजिक सञ्जालमा एक सन्देश पोस्ट गर्दै यो शुभकामना दिएका हुन्।
बन्द रुपन्देहीका विद्यालय भोलिदेखि नियमित  संचालन हुने
बन्द रुपन्देहीका विद्यालय भोलिदेखि नियमित संचालन हुने बुटवल -  जनजीवन सामान्य हुँदै गएपछि रुपन्देहीका विद्यालय आइतबार (भोलि) बाट नियमित रुपमा संचालनमा आउने भएका छन्। जेन जी को आन्दोलनका कारण बन्द भएका विद्यालयहरु आन्दोलन सामान्य हुँदै गए पछिबाट संचालनमा आउन लागेका हुन् ।  बुटवल -  जनजीवन सामान्य हुँदै गएपछि रुपन्देहीका विद्यालय आइतबार (भोलि) बाट नियमित रुपमा संचालनमा आउने भएका छन्। जेन जी को आन्दोलनका कारण बन्द भएका विद्यालयहरु आन्दोलन सामान्य हुँदै गए पछिबाट संचालनमा आउन लागेका हुन् । 
रुपन्देहीबाट अन्तरिम सरकारमा किरण बिकको दावी, शिक्षा मन्त्रालय समाल्ने अठाेट
रुपन्देहीबाट अन्तरिम सरकारमा किरण बिकको दावी, शिक्षा मन्त्रालय समाल्ने अठाेट बुटवल -  रुपन्देहीका किरण बिकले जेनजी आन्दोलनपश्चात बनेको  अन्तरिम सरकार समावेशी हुनुपर्ने माग गर्र्दै शिक्षा मन्त्रालय दावी गरेका छन् । शनिबार बुटवलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै विकले आफू जेनजी आन्दोलनमा रचनात्मक रुपमा सहभागी भएको बताउँदै युवाहरुले नागरिक क्रान्ति गरेको बताउँदै अन्तरीम सरकारमा आफ्नो दावी प्रस्तुत गरेका हुन् । बुटवल -  रुपन्देहीका किरण बिकले जेनजी आन्दोलनपश्चात बनेको  अन्तरिम सरकार समावेशी हुनुपर्ने माग गर्र्दै शिक्षा मन्त्रालय दावी गरेका छन् । शनिबार बुटवलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै विकले आफू जेनजी आन्दोलनमा रचनात्मक रुपमा सहभागी भएको बताउँदै युवाहरुले नागरिक क्रान्ति गरेको बताउँदै अन्तरीम सरकारमा आफ्नो दावी प्रस्तुत गरेका हुन् ।
पहिलाे महिला प्रधानमन्त्री सुशिला कार्किले लिईन सपथ
पहिलाे महिला प्रधानमन्त्री सुशिला कार्किले लिईन सपथ काठमाडौँ —अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले शपथ लिएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शीतल निवासमा शपथ ग्रहण गराएका हुन्। काठमाडौँ —अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले शपथ लिएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शीतल निवासमा शपथ ग्रहण गराएका हुन्।
सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति, प्रतिनिधिसभा विघटन हुने
सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति, प्रतिनिधिसभा विघटन हुने काठमाडौं - प्रतिनिधिसभा विघटन गरी  सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति भएको छ। लामो रस्साकस्सीपछि शीतल निवासमा केहिबेरअघि सहमती भएको हो । काठमाडौं - प्रतिनिधिसभा विघटन गरी  सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति भएको छ। लामो रस्साकस्सीपछि शीतल निवासमा केहिबेरअघि सहमती भएको हो ।
संविधान रक्षाका लागि  बुटवलमा शान्तिपूर्ण प्रर्दशन
संविधान रक्षाका लागि बुटवलमा शान्तिपूर्ण प्रर्दशन बुटवल- देश र संविधानकाे रक्षाका लागि नेपाल पत्रकार महासंघलगायत पेसागत संघ संस्थाहरूले शुक्रबार बुटवलमा प्रदर्शन गरेका छन् ।नेपाल पत्रकार महासंघ रूपन्देहीको अगुवाइमा रूपन्देहीमा क्रियाशील विभिन्न पेसागत संघ संस्थाहरूकाे सहभागीतामा शान्ति र्‍याली प्रदर्शन भएको हो। बुटवल- देश र संविधानकाे रक्षाका लागि नेपाल पत्रकार महासंघलगायत पेसागत संघ संस्थाहरूले शुक्रबार बुटवलमा प्रदर्शन गरेका छन् ।नेपाल पत्रकार महासंघ रूपन्देहीको अगुवाइमा रूपन्देहीमा क्रियाशील विभिन्न पेसागत संघ संस्थाहरूकाे सहभागीतामा शान्ति र्‍याली प्रदर्शन भएको हो।
विभिन्न कारागारबाट भागेकाहरुलाइ रुपन्देही प्रहरीले गर्याे नियन्त्रण 
विभिन्न कारागारबाट भागेकाहरुलाइ रुपन्देही प्रहरीले गर्याे नियन्त्रण  बुटवल –  जेनजी प्रदर्शनका क्रममा विभिन्न कारागारबाट भागेका ७ जना कैदी बन्दीहरूलाई रुपन्देही प्रहरीले नियन्त्रणमा लिएको छ । चितवन, नवलपरासी र केन्द्रीय कारागारबाट भागेका कैदीहरूलाई रुपन्देहीका विभिन्न ठाउँबाट प्रहरीले नियन्त्रणमा लिएको हो । बुटवल –  जेनजी प्रदर्शनका क्रममा विभिन्न कारागारबाट भागेका ७ जना कैदी बन्दीहरूलाई रुपन्देही प्रहरीले नियन्त्रणमा लिएको छ । चितवन, नवलपरासी र केन्द्रीय कारागारबाट भागेका कैदीहरूलाई रुपन्देहीका विभिन्न ठाउँबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
विहानसम्म हटाएको निषेधाज्ञा ढिलो गरी सुचारु, राती कर्फ्यू
विहानसम्म हटाएको निषेधाज्ञा ढिलो गरी सुचारु, राती कर्फ्यू बुटवल - रुपन्देही प्रशासनले विहानभर कर्फ्यू र निषेधाज्ञा हटाएको भन्दै जानकारी गराएपनि दिउँसो निषेधाज्ञा र राति कर्फ्यू लगाइएको सुचना निकालेको छ । जिल्लामा हुन सक्ने प्रदर्शन, जुलुस, त झडपजस्ता सम्भावित घटनालाई दृष्टिगत गर्दै रुपन्देही जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा र कर्फ्यू आदेश जारी गरेको हो। बुटवल - रुपन्देही प्रशासनले विहानभर कर्फ्यू र निषेधाज्ञा हटाएको भन्दै जानकारी गराएपनि दिउँसो निषेधाज्ञा र राति कर्फ्यू लगाइएको सुचना निकालेको छ । जिल्लामा हुन सक्ने प्रदर्शन, जुलुस, त झडपजस्ता सम्भावित घटनालाई दृष्टिगत गर्दै रुपन्देही जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा र कर्फ्यू आदेश जारी गरेको हो।
रुपन्देहीमा हटयाे कर्फ्यू र निषेधाज्ञा, जनजीवन सामान्य बन्दै
रुपन्देहीमा हटयाे कर्फ्यू र निषेधाज्ञा, जनजीवन सामान्य बन्दै बुटवल-  रुपन्देहीमा केही दिनदेखि प्रशासनले लगाएको निषेधाज्ञा र  कर्फ्यु आदेश बिहान ६ बजेपछि हटाएपछि  जनजीवन  सामान्य बन्दै गएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले लगाएको कर्फ्यु आदेश हटाएसँगै जनजीवन क्रमशः सहज बन्दै गएको हो । प्रशासनले शुक्रबार बिहानसम्म लागू गरेको कर्फ्यु र निषेधाज्ञा हटाएपछि जिल्लाभर बजार, यातायात, विद्यालय तथा अन्य... बुटवल-  रुपन्देहीमा केही दिनदेखि प्रशासनले लगाएको निषेधाज्ञा र  कर्फ्यु आदेश बिहान ६ बजेपछि हटाएपछि  जनजीवन  सामान्य बन्दै गएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले लगाएको कर्फ्यु आदेश हटाएसँगै जनजीवन क्रमशः सहज बन्दै गएको हो । प्रशासनले शुक्रबार बिहानसम्म लागू गरेको कर्फ्यु र निषेधाज्ञा हटाएपछि जिल्लाभर बजार, यातायात, विद्यालय तथा अन्य सेवा पुनः सञ्चालनमा आउने अपेक्षा गरिएको छ । 
देशलाई संवैधानिक दायराभित्र रहेर निकास दिने प्रयास भइरहेको छ : राष्ट्रपति
देशलाई संवैधानिक दायराभित्र रहेर निकास दिने प्रयास भइरहेको छ : राष्ट्रपति काठमाडौँ -  राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको वर्तमान विषम परिस्थितिमा सबै पक्षलाई संयमता अपनाउन आग्रह गर्दै शान्ति र सुव्यवस्था कायम गर्न सहयोगको लागि अपिल गरेका छन्। बिहीबार एक विज्ञप्ति जारी गर्दै उनले देशलाई संवैधानिक दायराभित्र रहेर निकास दिने प्रयास भइरहेको जानकारी दिएका छन्। काठमाडौँ -  राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको वर्तमान विषम परिस्थितिमा सबै पक्षलाई संयमता अपनाउन आग्रह गर्दै शान्ति र सुव्यवस्था कायम गर्न सहयोगको लागि अपिल गरेका छन्। बिहीबार एक विज्ञप्ति जारी गर्दै उनले देशलाई संवैधानिक दायराभित्र रहेर निकास दिने प्रयास भइरहेको जानकारी दिएका छन्।
त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै बुटवल– त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै सुरु हुने भएको छ।असामान्य परिस्थितिका कारण नियमित पठन पाठन कार्तिक ११ गतेदेखि सञ्चालन हुने विश्वविद्यालयले जनाएको छ। जेनजीको आन्दोलन र त्यसपछि उत्पन्न परिस्थितिका कारण देशभरको पठनपाठन ठप्प भएको छ। बुटवल– त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै सुरु हुने भएको छ।असामान्य परिस्थितिका कारण नियमित पठन पाठन कार्तिक ११ गतेदेखि सञ्चालन हुने विश्वविद्यालयले जनाएको छ। जेनजीको आन्दोलन र त्यसपछि उत्पन्न परिस्थितिका कारण देशभरको पठनपाठन ठप्प भएको छ।
संविधान र संसदीय प्रक्रियाबाट निकास खोज्न प्रचण्डको अपिल
संविधान र संसदीय प्रक्रियाबाट निकास खोज्न प्रचण्डको अपिल काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जेनजी युवाहरुले उठाएका माग संविधान र वर्तमान संसदीय प्रक्रियाभित्रबाटै खोजिनुपर्ने बताएका छन् । अहिलेको संविधान र व्यवस्थापिका संसदको शून्यतामा खोजिने राजनीतिक निकासले प्रतिगमनलाई फाइदा पुग्ने उनको भनाइ छ । काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जेनजी युवाहरुले उठाएका माग संविधान र वर्तमान संसदीय प्रक्रियाभित्रबाटै खोजिनुपर्ने बताएका छन् । अहिलेको संविधान र व्यवस्थापिका संसदको शून्यतामा खोजिने राजनीतिक निकासले प्रतिगमनलाई फाइदा पुग्ने उनको भनाइ छ ।
Weather Update