लुम्बिनीमा जनमतले निलमलाई प्रदेशसभा सदस्य सदस्य बनाउँदै
आइतबार, साउन २५, २०८२
रास्वपाले रुपन्देही-३ मा उम्मेदवार बन्न इच्छुक ९ जनासँग आज छलफल गर्ने
आइतबार, साउन २५, २०८२
रुपन्देही- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले पार्टीको तर्फबाट रुपन्देही३ मा उम्मेदवार बन्न इच्छुक ९ जना आवेदकसँग छलफल गर्न लागेको छ । आइतबार दिउँसो १ बजेदेखि ५ बजेसम्म केन्द्रीय कार्यालय वनस्थलीमा उनीहरूसँग छलफल गर्न लागिएको प्रवक्ता मनिष झाले जानकारी दिए।

आजको मौसम : पहाडी क्षेत्रमा भारी वर्षाको पूर्वानुमान
आइतबार, साउन २५, २०८२
बुटवल – मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ । जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो देशभर साधारणतया बदली रहनेछ ।कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भूभागका केही र मधेश प्रदेशलगायत देशका अन्य प्रदेशका पहाडी र तराई भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ...
बुटवल – मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ । जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो देशभर साधारणतया बदली रहनेछ ।कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भूभागका केही र मधेश प्रदेशलगायत देशका अन्य प्रदेशका पहाडी र तराई भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
काठमाडौँ उपत्यका सहित देशभर आज गाईजात्रा मनाइँदै, बुटवलमा सार्वजनिक विदा
आइतबार, साउन २५, २०८२
काठमाडौँ–प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’आज आइतबार काठमाडौँ उपत्यका सहित देशभर मनाइँदैछ।एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने तथा उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ।

एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक
शनिबार, साउन २४, २०८२
काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) ले स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटीको बैठक बोलाएको छ। पार्टीका महासचिव एक सूचना जारी गरेर पार्टी स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीका बैठक बोलाएको जानकारी दिए । स्थायी कमिटीको बैठक आगामी भदौ ४ गते पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्नेछ।

रुपन्देही क्षेत्र नम्बर ३ मा एमालेबाट चार जनाको आकाक्षा
शनिबार, साउन २४, २०८२
बुटवल– रुपन्देही क्षेत्र नम्बर ३ मा आगामी कार्तिक १७ गते हुने उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट चारजनाले उम्मेदवार बन्न आकांक्षा देखाएका छन् । शुक्रबार भैरहवामा बसेको एमाले क्षेत्रीय समन्वय कमिटीको तेस्रो बैठकमा चार नेताले आकांक्षा देखाएका हुन् ।

लुम्बिनीका मुख्यमन्त्री आचार्यद्वारा जनै पूर्णिमाको शुभकामना व्यक्त
शनिबार, साउन २४, २०८२
शनिबार एक शुभकामना सन्देश जारीगर्दै मुख्यमन्त्री आचार्यले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताले भरिएको समाज भएको उल्लेख गर्दै यस्ता पर्वहरूले आपसी समझदारी, सहिष्णुता र सामाजिक एकताको प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको भएको हो ।

मानवीय हिसाबले रवि लामिछानेलाइ भेट्न गएकाे हाे, राजनीति प्रेरित हाेइन: सांसद बासुदेव घिमिरे
शनिबार, साउन २४, २०८२
बुटवल - प्रतिनिधी सभा सदस्य बासुदेव घिमिरेले भैरहवा कारागारमा रहेका रवि लामिछानेसँगकाे भेटबारे विभिन्न काेणबाट टिप्पणी भएपछि स्पष्टिकरण दिएका छन् । उनले शनिबार विहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफु रुपन्देहीबासी र एउटै ससदकाे विषयगत सिमितमा रहेकाले मानवताकाे हिसावले रवि लामिछानेलाई भेट्न गएको प्रष्ट पारेका छन्।

रवि लामिछानेबारे बाेल्याे कारागार : सामान्य कैदीहरूले पाउने सेवा सुविधा दिइएकाे छ!
शनिबार, साउन २४, २०८२
प्रशासक भण्डारीले लामिछानेलाई छुट्टै कोठामा राखिएको पनि बताएका छन्। 'उहाँको सुरक्षालाई ध्यानमा राखी कारागार प्रशासनले एउटा छुटै कोठामा बसोबासको व्यवस्था मिलाइएको छ।अन्य सामान्य कैदीहरूले पाउने सेवा सुविधामा विभेद नगरीकन उहाँलाई पनि यस कार्यालयले सेवा सुविधा उपलब्ध गराउँदै आएको छ।
कारागार कार्यालय रुपन्देहीले रवि लामिछानेलाई थुनुवाका रूपमा पाउने अधिकारबाट वञ्चित नगरिएको...
प्रशासक भण्डारीले लामिछानेलाई छुट्टै कोठामा राखिएको पनि बताएका छन्। 'उहाँको सुरक्षालाई ध्यानमा राखी कारागार प्रशासनले एउटा छुटै कोठामा बसोबासको व्यवस्था मिलाइएको छ।अन्य सामान्य कैदीहरूले पाउने सेवा सुविधामा विभेद नगरीकन उहाँलाई पनि यस कार्यालयले सेवा सुविधा उपलब्ध गराउँदै आएको छ।
कारागार कार्यालय रुपन्देहीले रवि लामिछानेलाई थुनुवाका रूपमा पाउने अधिकारबाट वञ्चित नगरिएको प्रष्टोक्ति दिएको छ। पूर्वउपप्रधान
प्राविधिक शिक्षाले रोजगारी सुनिश्चित गर्छ, खाली बस्नुपर्दैन : मुख्यमन्त्री आचार्य
शनिबार, साउन २४, २०८२
रुपन्देही– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्राविधिक शिक्षाले रोजगारीको सुनिश्चितता दिने भएकाले यसतर्फ शिक्षालयहरूले थप प्रभावकारी भूमिका खेल्नुपर्ने धारणा राखेका छन् । कोरिया–नेपाल बहुप्राविधिक शिक्षालय, तामनगर रुपन्देहीको शुक्रबार अनुगमनका क्रममा मुख्यमन्त्री आचार्यले प्राविधिक धारतर्फ विद्यार्थीहरूलाई आकर्षित गर्न सकिनेगरी कार्यक्रम र वातावरण तयार गर्न शिक्षालयहरूलाई आह्वान गरेका हुन्।

आज रक्षाबन्धन अर्थात् जनै पूर्णिमा मनाइँदै
शनिबार, साउन २४, २०८२
प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवम् रक्षाबन्धन धारण गरेर मनाइँदै छ। पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन्।

कालिका मानवज्ञान माविमा बधाई, शुभकामना तथा विदाई
शुक्रबार, साउन २३, २०८२
हालै मात्रै सार्वजनिक भएको कक्षा १२ को परिक्षामा सामुदायिक विद्यालय तर्फ देशमै सबैभन्दा बढि विद्यार्थी उत्र्तीण गराउन सफल विद्यालयले उत्कृष्ट नतिजा ल्याउने शिक्षकहरुलाई समेत सम्मान गरेको छ । शुक्रबार बुटवल १० रामनगरमा रहेको बुटवल कालिका क्याम्पस सभाहलमा आयोजना गरिएको कक्षा १२ को परीक्षमा उत्कृष्ठ जीपीए ल्याउने सहित सम्पूर्ण विद्यार्थीलाई बधाई...
हालै मात्रै सार्वजनिक भएको कक्षा १२ को परिक्षामा सामुदायिक विद्यालय तर्फ देशमै सबैभन्दा बढि विद्यार्थी उत्र्तीण गराउन सफल विद्यालयले उत्कृष्ट नतिजा ल्याउने शिक्षकहरुलाई समेत सम्मान गरेको छ । शुक्रबार बुटवल १० रामनगरमा रहेको बुटवल कालिका क्याम्पस सभाहलमा आयोजना गरिएको कक्षा १२ को परीक्षमा उत्कृष्ठ जीपीए ल्याउने सहित सम्पूर्ण विद्यार्थीलाई बधाई सहित सम्मान गरिएको हो ।
बुटवल उपमहानगरद्वारा आईतवार सार्वजनिक विदा
शुक्रबार, साउन २३, २०८२
वुटवल- रुपन्देहीको बुटवल उपमहानगरपालिकाले साउन २५ गते आइतबार स्थानीय सार्वजनिक विदा दिएको छ । गाईजात्रा (सापारु) पर्वको अवसरमा एक दिनका लागि विदा दिने निर्णय भएको उपमहानगरपालिकाका प्रमुख (मेयर) खेलराज पाण्डेयले बताए ।