कृषि उद्यम मार्फत स्वरोजगार बढाउन सकिन्छ : सभामुख घर्ती
आइतबार, असार १५, २०८२
आज असार १५, राष्ट्रिय धान दिवस मनाइँदै
आइतबार, असार १५, २०८२
काठमाडौं - आज असार १५ । मानो रोपेर मुरी उब्जाउने दिन । बिशेष गरी नेपाली किसानहरुका लागि आजको दिन निकै महत्वपूर्ण छ । सरकारले असार १५ लाई राष्ट्रिय धान दिवसका रुपमा मनाइँदै छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि मनाइन्छ । कामको चटारोले थकित...
काठमाडौं - आज असार १५ । मानो रोपेर मुरी उब्जाउने दिन । बिशेष गरी नेपाली किसानहरुका लागि आजको दिन निकै महत्वपूर्ण छ । सरकारले असार १५ लाई राष्ट्रिय धान दिवसका रुपमा मनाइँदै छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि मनाइन्छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खाँदा शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् ।
धानदिवसको मुख्यमन्त्री आचार्यद्धारा शूभकामना, खेतीको गत घटाउने प्रतिबद्धता
आइतबार, असार १५, २०८२
दाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले २२ औं राष्ट्रिय धान दिवस, २०८२ को अवसरमा शुभकामना व्यक्त गरेका छन् । २०६१ सालदेखि आषाढ १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउन थालिएको स्मरण गर्दै मुख्यमन्त्री आचार्यले यो दिवसले कृषिको महत्व जनमानसमा गहिरो बनाएको उल्लेख गरेका हुन् । धान वालीमा सघनताः खाद्य...
दाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले २२ औं राष्ट्रिय धान दिवस, २०८२ को अवसरमा शुभकामना व्यक्त गरेका छन् । २०६१ सालदेखि आषाढ १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउन थालिएको स्मरण गर्दै मुख्यमन्त्री आचार्यले यो दिवसले कृषिको महत्व जनमानसमा गहिरो बनाएको उल्लेख गरेका हुन् । धान वालीमा सघनताः खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने राष्ट्रिय नारासहित मनाउन थालिएको यस वर्षको धान दिवस हालको सन्दर्भमा अत्यन्त सान्दर्भिक र प्रेरणादायी रहेको बताए । मुख्यमन्त्री आचार्यले नेपालको संविधानले नागरिकलाई खाद्य हक सुनिश्चित गरेको उल्लेख गर्दै खाद्य सुरक्षाको राष्ट्रिय लक्ष्य हासिल गर्न सुदृढ नीति, व्यवहारिक कार्यक्रम र समर्पित कार्यान्वयन आवश्यक रहेको धारणा राखे ।
युवा संघ नेपाल लुम्बिनीकाे अध्यक्षमा कृष्ण थापा सर्वसम्मत
शनिबार, असार १४, २०८२
बुटवल - नेकपा एकिकृत समाजवादी निकट युवा संघ नेपाल लुम्बिनीको अध्यक्षमा रुपन्देहीका कृष्ण थापा सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार बुटवलमा सम्पन्न भएको प्रदेश भेलाले थापाको अध्यक्षतामा ४५ सदस्यीय युवा संघको प्रदेश कमिटि सर्वसम्मत निर्वाचित गरिएको हो । नेकपा एकिकृत समजावादीका उपमहासचिव एव्म लुम्बिनी प्रदेश इन्चार्ज मेटमणि चौधरीको प्रमुख आतिथ्यतामा...
बुटवल - नेकपा एकिकृत समाजवादी निकट युवा संघ नेपाल लुम्बिनीको अध्यक्षमा रुपन्देहीका कृष्ण थापा सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार बुटवलमा सम्पन्न भएको प्रदेश भेलाले थापाको अध्यक्षतामा ४५ सदस्यीय युवा संघको प्रदेश कमिटि सर्वसम्मत निर्वाचित गरिएको हो । नेकपा एकिकृत समजावादीका उपमहासचिव एव्म लुम्बिनी प्रदेश इन्चार्ज मेटमणि चौधरीको प्रमुख आतिथ्यतामा भएको भेलाले सर्वसम्मत कमिटि चयन गरिएको छ । उपाध्यक्षमा सार्दुल कसौधन (रुपन्देही), अर्का उपाध्यक्षमा सुनिल बुढाथोकी (दाङ), सचिवमा धनराज डिसि (रोल्पा), उपसचिवद्धयमा साजन सापकोटा –बाँके ), शान्ति पाटा मगर (दाङ) र कोषाध्यक्षमा आशिष श्रेष्ठ –पाल्पा) निर्वाचित भएका छन् ।
नेपालमै धेरै विद्यार्थी रहेकाे बुटवलकाे कालिकाका ७ जनाले ल्याए चार जिपिए
शनिबार, असार १४, २०८२
बुटवल- बुटवलको कालिका मानवज्ञान माविबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा ७ जना विद्यार्थीले ४ जीपीए हासिल गरेका छन् । परीक्षामा ५९६ जना विद्यार्थी सहभागी भएकोमा ७ विद्यार्थीले चार जीपीए ल्याएको विद्यालयका प्रधानाध्याक दिनेश थापाले जानकारी दिए ।आशिष जिसि, अस्मिना पराजुली, प्रशंसा पराजुली, प्रतिक पौड्याल, स्वरूप न्यौपाने, सुदर्शन न्यौपाने र...
बुटवल- बुटवलको कालिका मानवज्ञान माविबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा ७ जना विद्यार्थीले ४ जीपीए हासिल गरेका छन् । परीक्षामा ५९६ जना विद्यार्थी सहभागी भएकोमा ७ विद्यार्थीले चार जीपीए ल्याएको विद्यालयका प्रधानाध्याक दिनेश थापाले जानकारी दिए ।आशिष जिसि, अस्मिना पराजुली, प्रशंसा पराजुली, प्रतिक पौड्याल, स्वरूप न्यौपाने, सुदर्शन न्यौपाने र सुजन बाह्रघरेले चार जीपीए ल्याएका हुन् ।
रुपन्देहीको शान्ति नमुना माविका १८ विद्याथीले चार जीपीए ल्याएर नयाँ रेकर्ड कायम
शनिबार, असार १४, २०८२
बुटवल – माध्यमिक शिक्षा परीक्षा (एसईई) मा रुपन्देहीको तिलोत्तमा रहेको शान्ति नमुना माध्यमिक विद्यालयका १८ विद्यार्थीले ४ जीपीए अंक ल्याएर नयाँ रेकर्ड कायम गरेका छन् । यो नतिजा सामुदायिक विद्यालयतर्फ नेपालकै उत्कृष्ट हो । शान्ति माविका सर्वदा विश्वकर्मा, मोहम्मद रेहान खान, सरिता यादव, सेवा रेग्मी, स्वप्निल गैह्रे, सेलिना लामा, सौगात...
बुटवल – माध्यमिक शिक्षा परीक्षा (एसईई) मा रुपन्देहीको तिलोत्तमा रहेको शान्ति नमुना माध्यमिक विद्यालयका १८ विद्यार्थीले ४ जीपीए अंक ल्याएर नयाँ रेकर्ड कायम गरेका छन् । यो नतिजा सामुदायिक विद्यालयतर्फ नेपालकै उत्कृष्ट हो । शान्ति माविका सर्वदा विश्वकर्मा, मोहम्मद रेहान खान, सरिता यादव, सेवा रेग्मी, स्वप्निल गैह्रे, सेलिना लामा, सौगात पाण्डे, सुसन पङ्गेनी, अनिल ज्ञवाली, अप्सन पौडेल, सृजन घिमिरे, शिशिर सुसाल, शिवानी डुम्रे, सुशान्त अर्याल, आशिष पाण्डे, अनिश भुसाल, सन्देश न्यौपाने र किस्मत थापाले ४ जीपीए ल्याएको विद्यालयले जनाएको छ ।
जंग बहादुर शाहको ‘इति ह आस’ लोकार्पण
शनिबार, असार १४, २०८२
बुटवल– लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपालको आयोजनामा ‘इति ह आस’ कृतिको शनिबार बुटवलमा लोकार्पण गरिएको छ । साहित्यकार जंगबहादुर शाहद्वारा लिखित ३९६ पृष्ठमा संरचित ‘इति ह आस’ कृतिको माक्र्सवादी सौन्दर्यशास्त्री दिल साहनीले लोकार्पण गरेका हुन् । २३ वटा कथाहरू समेटिएको ‘इति ह आस’ कृतिमा देवलोक ठानिने पश्चिम एशियाको कश्यप सागर ‘क्यास्सियन...
बुटवल– लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपालको आयोजनामा ‘इति ह आस’ कृतिको शनिबार बुटवलमा लोकार्पण गरिएको छ । साहित्यकार जंगबहादुर शाहद्वारा लिखित ३९६ पृष्ठमा संरचित ‘इति ह आस’ कृतिको माक्र्सवादी सौन्दर्यशास्त्री दिल साहनीले लोकार्पण गरेका हुन् । २३ वटा कथाहरू समेटिएको ‘इति ह आस’ कृतिमा देवलोक ठानिने पश्चिम एशियाको कश्यप सागर ‘क्यास्सियन सी’ वरपरदेखि आजको पाकिस्तानसम्मको भूगोल र आर्यहरूको प्रवासनको इतिहासलाई समेटिएको छ ।
नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्धका विषयमा बुटवलमा मन्थन
शनिबार, असार १४, २०८२
बुटवल - नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्धका विषयमा बुटवलमा मन्थन गरिएको छ । जीवराज आश्रित फाउण्डेसन र वर्ल्ड कन्फ्युसियस सेन्टरको आयोजना र न्यू होराईजन स्कुलको सहआयोजनामा पूर्विय दर्शनको विषयमा अन्तर्किया गरिएको हो ।
कार्यक्रममा बोल्दै वक्ताहरुले बुद्ध, कन्फ्युसियसले प्रतिपादन गरेका दर्शनबाट नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्ध मजबुद भएको बताए ।...
बुटवल - नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्धका विषयमा बुटवलमा मन्थन गरिएको छ । जीवराज आश्रित फाउण्डेसन र वर्ल्ड कन्फ्युसियस सेन्टरको आयोजना र न्यू होराईजन स्कुलको सहआयोजनामा पूर्विय दर्शनको विषयमा अन्तर्किया गरिएको हो ।
कार्यक्रममा बोल्दै वक्ताहरुले बुद्ध, कन्फ्युसियसले प्रतिपादन गरेका दर्शनबाट नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्ध मजबुद भएको बताए । चीनले ४० वर्षको अवधिमा अतुलनीय देश विकास गरेको भन्दै वक्ताहरुले नेपालले पनि त्यसबाट सिकाई गर्दै लाभ लिनुपर्नेमा जोड दिए । सांस्कृतिक पर्यटनबाट दुई देशलाई जोड्न सम्भव रहेकाले त्यसका लागि एकअर्काको भाषा संस्कृति र कलाको विषयमा ज्ञान हुनुपर्ने वक्ताहरुले बताए ।
सीएनआईवाईएफ लुम्बिनीद्वारा ‘इण्डस्ट्री भिजिट’ कार्यक्रम सम्पन्न
शनिबार, असार १४, २०८२
बुटवल - नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईएफ) लुम्बिनीले रुपन्देही र नवलपरासीका उद्योगहरूको अध्ययन अवलोकन भ्रमण गरेको छ ।
मञ्चले उद्योग सञ्चालनका प्रक्रिया, व्यवस्थापन शैली तथा व्यावसायिक चुनौतीहरूको पहिचान गर्ने उद्देश्यसाथ शुक्रबार अध्ययन भ्रमण कार्यक्रम सम्पन्न गरेको हो । मञ्चका उद्योग अध्ययन अवलोकन भ्रमणका संयोजन सुरज उप्रतीले गरेका थिए...
बुटवल - नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईएफ) लुम्बिनीले रुपन्देही र नवलपरासीका उद्योगहरूको अध्ययन अवलोकन भ्रमण गरेको छ ।
मञ्चले उद्योग सञ्चालनका प्रक्रिया, व्यवस्थापन शैली तथा व्यावसायिक चुनौतीहरूको पहिचान गर्ने उद्देश्यसाथ शुक्रबार अध्ययन भ्रमण कार्यक्रम सम्पन्न गरेको हो । मञ्चका उद्योग अध्ययन अवलोकन भ्रमणका संयोजन सुरज उप्रतीले गरेका थिए भने मञ्चका अध्यक्ष राजन कसजुको नेतृत्वमा ३० बढी युवा उद्यमीहरूको सहभागिता रहेको थियो ।
पार्टी अध्यक्षमाथि षडयन्त्र गरेर मुद्धा चलाइयो, डटेर सामना गरौं : मेटमणि चौधरी
शनिबार, असार १४, २०८२
नेकपा एकिकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीले पार्टी अध्यक्ष माधव कुमार नेपालमाथि विपक्षीहरुले षडयन्त्र गरेर मुद्धा चलाएकाले यसका विरुद्ध डटेर सामना गर्न कार्यकर्तालाई आग्रह गरेका छन् । नेकपा एकिकृत समाजवादी निकट युवा संघ नेपाल लुम्बिनी र रुपन्देहीको संयुक्त भेलालाई शनिबार रुपन्देहीको तिलोत्तमामा सम्बोधन गर्दै उपमहासचिव चौधरीले यस्तो बताएका हुन् । उनले...
नेकपा एकिकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीले पार्टी अध्यक्ष माधव कुमार नेपालमाथि विपक्षीहरुले षडयन्त्र गरेर मुद्धा चलाएकाले यसका विरुद्ध डटेर सामना गर्न कार्यकर्तालाई आग्रह गरेका छन् । नेकपा एकिकृत समाजवादी निकट युवा संघ नेपाल लुम्बिनी र रुपन्देहीको संयुक्त भेलालाई शनिबार रुपन्देहीको तिलोत्तमामा सम्बोधन गर्दै उपमहासचिव चौधरीले यस्तो बताएका हुन् । उनले माधव नेपाल पनि केपि ओली र अन्य नेता जस्तै हो भन्ने जबरजस्ती स्थापित गर्न षडयन्त्रपूर्वक पञ्तञ्जलीको बिषयमा मुद्धा चलाएको बताए ।
रूपन्देहीबाट ८७ जनाले ल्याए चार जिपिए ( विद्यालयहरुकाे नाम सहित)
शनिबार, असार १४, २०८२
बुटवल- माध्यमिक शिक्षा परीक्षा (एसईई) मा रूपन्देहीका विद्यालयहरुले उत्कृष्ट अंक सहित धेरै विद्यार्थी उतीर्ण गराउन सफल भएका छन् । राष्ट्रियस्तरमा एसईईको नतिजामा ६१.८१ प्रतिशत ग्रेडेड हुँदा रुपन्देहीले १० प्रतिशत बढि अर्थात ७१.१ प्रतिशत ग्रेडेड नतिजा निकालेको छ ।शिक्षा विकास तथा समन्वय ईकाई रुपन्देहीका प्रमुख माधव बन्जाडेका अनुसार जिल्लाभर ८७ विद्यार्थीहरुले...
बुटवल- माध्यमिक शिक्षा परीक्षा (एसईई) मा रूपन्देहीका विद्यालयहरुले उत्कृष्ट अंक सहित धेरै विद्यार्थी उतीर्ण गराउन सफल भएका छन् । राष्ट्रियस्तरमा एसईईको नतिजामा ६१.८१ प्रतिशत ग्रेडेड हुँदा रुपन्देहीले १० प्रतिशत बढि अर्थात ७१.१ प्रतिशत ग्रेडेड नतिजा निकालेको छ ।शिक्षा विकास तथा समन्वय ईकाई रुपन्देहीका प्रमुख माधव बन्जाडेका अनुसार जिल्लाभर ८७ विद्यार्थीहरुले ४ जीपीए अंक ल्याएका छन् । देशभरबाट चार जीपीए ल्याउने विद्यार्थी ५४० जना छन् ।
रेसुङ्गाका नगरप्रमुख सवार गाडी बुटवलमा दुर्घटना, मोटरसाइकल चालक गम्भीर घाइते
शनिबार, असार १४, २०८२
बुटवल– गुल्मीको रेसुङ्गा नगरपालिकाका नगर नगरप्रमुख खिलध्वज पन्थी सवार गाडीको ठक्करबाट माेटरसाइकल चालक गम्भिर घाइते भएका छन् ।
गएराती १० बजेतिर दाङबाट बुटवलतर्फ आउँदै गर्दा बुटवल १२ तामनगरमा विपरित दिशाबाट आउँदै गरेकाे माेटरसाइकलसँग पन्थी सवार गाडी ठाेक्किएर दुर्घटना भएको हो । नगरप्रमुख सवार बिएए ०९१६ नम्बरको स्कारपियो गाडीले बुटवलबाट पश्चिमतर्फ...
बुटवल– गुल्मीको रेसुङ्गा नगरपालिकाका नगर नगरप्रमुख खिलध्वज पन्थी सवार गाडीको ठक्करबाट माेटरसाइकल चालक गम्भिर घाइते भएका छन् ।
गएराती १० बजेतिर दाङबाट बुटवलतर्फ आउँदै गर्दा बुटवल १२ तामनगरमा विपरित दिशाबाट आउँदै गरेकाे माेटरसाइकलसँग पन्थी सवार गाडी ठाेक्किएर दुर्घटना भएको हो । नगरप्रमुख सवार बिएए ०९१६ नम्बरको स्कारपियो गाडीले बुटवलबाट पश्चिमतर्फ जाँदै गरेको लु ९० प ३१९८ मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक गुल्मी मुसिकोट नगरपालिका १ घर भई हाल रुपन्देहीको सुद्धोधनमा बस्दै आएका रञ्जित खत्री गम्भीर घाइते भएका हुन् ।
एसईई नतिजा : लुम्बिनीमा ३.६ देखि ४ जीपीए ल्याउनेको संख्या ६,७५४ (सातै प्रदेशकाे तथ्यांक)
शुक्रबार, असार १३, २०८२
बुटवल - २०८१ सालको माध्यमिक शिक्षा परीक्षा(एसईई) मा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । शुक्रबार राष्ट्रिय राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय-कक्षा १० ले एसईईको नतिजा सार्वजनिक गरेको हो ।बोर्डका अनुसार जीपीए १.६० देखि २ जीपीए – ८ जना, जीपीए २ देखि २.४०– ४,१२६ जना, जीपीए २.४० देखि २.८०–...
बुटवल - २०८१ सालको माध्यमिक शिक्षा परीक्षा(एसईई) मा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । शुक्रबार राष्ट्रिय राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय-कक्षा १० ले एसईईको नतिजा सार्वजनिक गरेको हो ।बोर्डका अनुसार जीपीए १.६० देखि २ जीपीए – ८ जना, जीपीए २ देखि २.४०– ४,१२६ जना, जीपीए २.४० देखि २.८०– ४८,४७९ जना, जीपीए २.८० देखि ३.२०– ८९,१२४ जना, जीपीए ३.२० देखि ३.६०– ८१,३८५ जना, जीपीए ३.६० देखि ४– ४८,१७७ जना, नन ग्रेडेड– १,६७,५९७ जना गरी जम्मा पास विद्यार्थी संख्या २,७१,२९९ जना रहेको छ । एसईईमा कुल ४,३८,८९६ परीक्षार्थी सहभागी थिए ।


