बुटवलमा विप्लव, घनश्याम र जनार्दनको उपस्थितीमा बिशेष कार्यक्रम हुँदै
बुधबार, भदौ ११, २०८२
लुम्बिनी विकास कोषको ताला खुल्यो, नियमित काम सुरु
बुधबार, भदौ ११, २०८२
रुपन्देही– लुम्बिनी विकास कोषका कर्मचारीहरुले आफ्ना माग पूरा भएपछि आन्दोलन फिर्ता गरेका छन् । लुम्बिनी विकास कोष कर्मचारी युनियनले कोष कार्यालयका विभिन्न शाखामा लगाएको ताला २७ दिनपछि सोमबार खोलेर कामकाज सुरु गरेका हुन् । काठमाडौंस्थित पर्यटन मन्त्रालयमा भएको वार्ता सकारात्मक परिणाम दिनेतर्फ अग्रसर भएकाले कार्यालयमा लगाएको तालाबन्दी खोलेर कामकाज सुरु...
रुपन्देही– लुम्बिनी विकास कोषका कर्मचारीहरुले आफ्ना माग पूरा भएपछि आन्दोलन फिर्ता गरेका छन् । लुम्बिनी विकास कोष कर्मचारी युनियनले कोष कार्यालयका विभिन्न शाखामा लगाएको ताला २७ दिनपछि सोमबार खोलेर कामकाज सुरु गरेका हुन् । काठमाडौंस्थित पर्यटन मन्त्रालयमा भएको वार्ता सकारात्मक परिणाम दिनेतर्फ अग्रसर भएकाले कार्यालयमा लगाएको तालाबन्दी खोलेर कामकाज सुरु गरेको कर्मचारी युनियनका उपाध्यक्ष सलाउद्दीन मुसलमानले बताए ।
नवलपुरको पहाडी क्षेत्रमा इलाका प्रशासन थप नभएपछि स्थानीय असन्तुष्ट
बुधबार, भदौ ११, २०८२
बुटवल– सरकारले २३ वटा नयाँ क्षेत्रमा इलाका प्रशासन कार्यालय थप गर्ने निर्णय गरेपनि नवलपुर पहाडी क्षेत्रका नागरिकरले बर्षोदेखि माग गरेको स्थानमा इलाका प्रशासन कार्यालय नथपिएपछि असन्तुष्टि जनाएका छन् । जिल्ला राजनीतिक दल सहित स्थानीय जनप्रतिनिधिहरुले समेत गृहमन्त्रालयमा पुगेर मागपत्र बुझाएपनि सरकारको निर्णयमा नाम नआएपछि त्यसभेगका स्थानीय अगुवाहरुले असन्तुष्टि जनाएका हुन्...
बुटवल– सरकारले २३ वटा नयाँ क्षेत्रमा इलाका प्रशासन कार्यालय थप गर्ने निर्णय गरेपनि नवलपुर पहाडी क्षेत्रका नागरिकरले बर्षोदेखि माग गरेको स्थानमा इलाका प्रशासन कार्यालय नथपिएपछि असन्तुष्टि जनाएका छन् । जिल्ला राजनीतिक दल सहित स्थानीय जनप्रतिनिधिहरुले समेत गृहमन्त्रालयमा पुगेर मागपत्र बुझाएपनि सरकारको निर्णयमा नाम नआएपछि त्यसभेगका स्थानीय अगुवाहरुले असन्तुष्टि जनाएका हुन् ।
आज भाद्र शुक्ल चतुर्थी : गणेश चतुर्थी पर्व मनाइँदै
बुधबार, भदौ ११, २०८२
काठमाडौँ- अग्रपूजाको अधिकार प्राप्त गरेका विघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी मनाइने गणेश चतुर्थी पर्व आज मनाइँदै छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन यो पर्व मनाइन्छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ

निजी विद्यालयविरुद्धको प्रावधान सच्याउ : बुटवल उद्योग वाणिज्य संघ
मंगलबार, भदौ १०, २०८२
बुटवल- संघीय संसदमा विचाराधीन ‘विद्यालय शिक्षा सम्बन्धी विधेयक २०८०’ मा रहेको केही प्रावधान सच्चाउन बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले आग्रह गरेको छ । संघका अध्यक्ष हरिप्रसाद अर्यालले मंगलबार एक विज्ञप्ती जारी गरी निजी विद्यालयलाई विस्थापित गर्ने गरी ल्याइएका प्रावधान सुधार गर्न सरकारलाई आग्रह गरेका हुन् ।

लुम्बिनी र शान्सी प्रान्तबीच सहकार्यको नयाँ ढोका खुल्नेछ : मुख्यमन्त्री आचार्य
मंगलबार, भदौ १०, २०८२
दाङ - लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले चीनको शान्सी प्रान्तसँगको सम्बन्धले आगामी दिनमा दुई देशका जनतालाई अझ नजिक ल्याउने सेतुको भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभएको छ । चीनस्थित शान्सी प्रान्त जनसभाका उपसभामुख चाङ चिछ्वानको नेतृत्वमा आएको जनकंग्रेस प्रतिनिधिमण्डलसँग मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय राप्ती उपत्यका (देउखुरी)मा मंगलबार भएको शिष्टाचार भेटमा...
दाङ - लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले चीनको शान्सी प्रान्तसँगको सम्बन्धले आगामी दिनमा दुई देशका जनतालाई अझ नजिक ल्याउने सेतुको भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभएको छ । चीनस्थित शान्सी प्रान्त जनसभाका उपसभामुख चाङ चिछ्वानको नेतृत्वमा आएको जनकंग्रेस प्रतिनिधिमण्डलसँग मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय राप्ती उपत्यका (देउखुरी)मा मंगलबार भएको शिष्टाचार भेटमा मुख्यमन्त्री आचार्यले पर्यटन, संस्कृति, हरित विकास, स्मार्ट सहर निर्माण, कृषि व्यवसायीकरण, शिक्षा तथा सीप विकासजस्ता क्षेत्रमा सहकार्यको आवश्यकता औंल्याउनुभयो ।
बुटवलमा उल्लासका साथ मनाइयो तीज (तस्विरहरु)
मंगलबार, भदौ १०, २०८२
बुटवल– नेपाली हिन्दु नारीहरूको महान पर्व तिजको अवसरमा मंगलबार बुटवल सहित देशभर उत्सवका रुपमा मनाइएको छ ।
मंगलबार दिउँसोदेखि बुटवलका विभिन्न चौकहरुमा आफै तीज गितमा सरिक भएर तीज मनाएका छन् । बुटवल देविनगर चौपारीमा मानिसहरुको बाक्लो उपस्थितीका विच तीज मनाइएको छ ।

पत्रकार परियारकाे वुवाकाे निधनप्रती रेडियो जागरणद्धारा दुःख व्यक्त
मंगलबार, भदौ १०, २०८२
बुटवल- रेडियो जागरण ९३.६ मेगाहर्जका समाचार संयोजक अम्बिका परियारलाई पितृ शोक परेको छ । परियारका पिता पाल्पा रैनादेवी छहरा चहला घर भई हाल रुपन्देही सैनामैना –६ कलौनी निवासी ६६ बर्षिय कृष्ण बहादुर दर्जीको सोमबार निधन भएको हो ।
समाचार संयोजक परियारको पिताको निधनप्रति रेडियो जागरण ९३.६ मेगाहर्जका स्टेशन म्यानेजर विनोद...
बुटवल- रेडियो जागरण ९३.६ मेगाहर्जका समाचार संयोजक अम्बिका परियारलाई पितृ शोक परेको छ । परियारका पिता पाल्पा रैनादेवी छहरा चहला घर भई हाल रुपन्देही सैनामैना –६ कलौनी निवासी ६६ बर्षिय कृष्ण बहादुर दर्जीको सोमबार निधन भएको हो ।
समाचार संयोजक परियारको पिताको निधनप्रति रेडियो जागरण ९३.६ मेगाहर्जका स्टेशन म्यानेजर विनोद परियारले मंगबार एक शोक वक्तव्य जारी गरी दुःख व्यक्त गरेको छन् ।
लुम्बिनीका सभामुख घर्तीद्धारा तीजको शुभकामना
मंगलबार, भदौ १०, २०८२
देउखुरी- लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले महिलाहरुलाई राजनीतिक नेतृत्वसंगै आर्थिक पहुंचको वृद्धि गरी सबल, सक्षम र आत्मनिर्भर बनाउन जरुरी रहेको जनाउनु भएको छ । नेपाली महिलाहरुको महान् पर्व हरितालिका (तिज)को अवसरमा आज शुभकामना सन्देश जारी गर्नु हुँदै उहाँले लुम्बिनी प्रदेश सभाले महिलाहरुलाई आत्मनिर्भर बनाउने नीति तथा कानुनमा प्राथमिकता दिएको...
देउखुरी- लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले महिलाहरुलाई राजनीतिक नेतृत्वसंगै आर्थिक पहुंचको वृद्धि गरी सबल, सक्षम र आत्मनिर्भर बनाउन जरुरी रहेको जनाउनु भएको छ । नेपाली महिलाहरुको महान् पर्व हरितालिका (तिज)को अवसरमा आज शुभकामना सन्देश जारी गर्नु हुँदै उहाँले लुम्बिनी प्रदेश सभाले महिलाहरुलाई आत्मनिर्भर बनाउने नीति तथा कानुनमा प्राथमिकता दिएको र त्यसको लागि पहल गरिहने समेत प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
तीज समाज रूपान्तरणका लागि प्रेरणादायी बन्नुपर्छः मुख्यमन्त्री आचार्य
मंगलबार, भदौ १०, २०८२
दाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले हरितालिका (तीज) पर्वलाई महिला सशक्तीकरण र समाज रूपान्तरणसँग जोडिएको महत्वपूर्ण सांस्कृतिक चाडका रूपमा लिनुपर्ने बताएका छन् ।उनले यस पर्वले महिलाको क्षमता, योग्यतालाई सम्मान गर्दै समाजमा हकअधिकार, स्वतन्त्रता र समानताको चेतना फैलाउने कार्य गर्दै आएको उल्लेख गरेका हुन

आज तीज पर्व मनाइँदै
मंगलबार, भदौ १०, २०८२
बुटवल– भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज (मंगलबार) मनाइँदैछ । आजको दिन व्रतालुले शिव–पार्वतीको विशेष पूजा आराधना गर्दछन् । यसो गर्दा परिवारमा सुख, शान्ति र कल्याण हुने धार्मिक विश्वास छ ।सत्य युगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकी कथा छ ।

एकीकृत समाजवादी रुपन्देहीले मनायो स्थापना दिवस
सोमबार, भदौ ९, २०८२
बुटवल - नेकपा एकीकृत समाजवादीले रूपन्देहीले सोमबार बुटवलमा चौथो स्थापना दिवस मनाएको छ । पार्टी कार्यालयमा शूभकामना आदान प्रदान कार्यक्रम गरी स्थापना दिवस मनाएको सो पार्टीले जनाएको छ । स्थापना दिवसमा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य बाबुलाल यादवले संविधानको रक्षा, कम्यूनिष्ट आन्दोलनमा देखिएको विचलनका कारण आफूहरु विद्रोह गर्नुपरेको स्मरण गर्दै...
बुटवल - नेकपा एकीकृत समाजवादीले रूपन्देहीले सोमबार बुटवलमा चौथो स्थापना दिवस मनाएको छ । पार्टी कार्यालयमा शूभकामना आदान प्रदान कार्यक्रम गरी स्थापना दिवस मनाएको सो पार्टीले जनाएको छ । स्थापना दिवसमा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य बाबुलाल यादवले संविधानको रक्षा, कम्यूनिष्ट आन्दोलनमा देखिएको विचलनका कारण आफूहरु विद्रोह गर्नुपरेको स्मरण गर्दै स्थापनाको ४ बर्षमै पार्टीलाई संस्थागत बनाउन सकेको बताए।
हरितालिका तीजमा लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा
सोमबार, भदौ ९, २०८२
बुटवल–लुम्बिनी प्रदेश सरकारले आगामी हरितालिका तीज पर्वको अवसरमा मंगलबार भदौ १० गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको सूचनाअनुसार प्रदेश राजपत्रमा गत २०८१ साल चैत्र २१ मा प्रकाशित प्रावधान अनुसार हरितालिका तीजको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको हो ।