Lumbini Rise
लुम्बिनी राइज
लुम्बिनी राइज
बुटवलमा रहेकाे सिद्धार्थ केवलकारको कार्यालय काठमाण्डौमा शुभारम्भ, छिट्टै आईपिओ खाेलिने
बुटवलमा रहेकाे सिद्धार्थ केवलकारको कार्यालय काठमाण्डौमा शुभारम्भ, छिट्टै आईपिओ खाेलिने बुटवल- बुटवलमा केवलकार सञ्चालन गरेको सिद्धार्थ केवलकार लिमिटेडको केन्द्रीय कार्यालय काठमाण्डौंमा स्थापना गरिएको छ । काठमाडौंको तीनकुनेमा स्थापना गरिएको सिद्धार्थ केवलकार लिमिटेडको केन्द्रीय कार्यालयको सोमबार प्रभु ग्रुपका अध्यक्ष भोजकुमार खड्का र सिद्धार्थ केबलकार लिमिटेडका सञ्चालक ई रमेशकुमार सापकोटाले रिबन काटेर उद्घाटन गरेका हुन ।  प्राथमिक सेयर (आइपिओ) निष्कासनको सहजिकरण गर्न... बुटवल- बुटवलमा केवलकार सञ्चालन गरेको सिद्धार्थ केवलकार लिमिटेडको केन्द्रीय कार्यालय काठमाण्डौंमा स्थापना गरिएको छ । काठमाडौंको तीनकुनेमा स्थापना गरिएको सिद्धार्थ केवलकार लिमिटेडको केन्द्रीय कार्यालयको सोमबार प्रभु ग्रुपका अध्यक्ष भोजकुमार खड्का र सिद्धार्थ केबलकार लिमिटेडका सञ्चालक ई रमेशकुमार सापकोटाले रिबन काटेर उद्घाटन गरेका हुन ।  प्राथमिक सेयर (आइपिओ) निष्कासनको सहजिकरण गर्न र कम्पनीको व्यापार प्रवद्र्धन एवं बजारीकरण गर्न केन्द्रीय कार्यालय सञ्चालनमा ल्याइएको केबलकारका प्रबन्ध सञ्चालक प्रभुलाल अधिकारीले बताए । 
सरकार र चिकित्सक संघबीच सहमति, आन्दोलनका कार्यक्रम स्थगित
सरकार र चिकित्सक संघबीच सहमति, आन्दोलनका कार्यक्रम स्थगित काठमाडौं - सरकार र नेपाल चिकित्सक संघबीच सहमति भएको छ । संघको नेतृत्वमा आन्दोलनमा उत्रिएका चिकित्सकहरूसँग मंगलबार साँझ सरकारले वार्ता गरेको थियो । स्वास्थ्य मन्त्रालयमा संघका पदाधिकारीसहित स्वास्थ्यमन्त्री प्रदीप पौडेल, कानून मन्त्री अजय चौरसिया र उद्योगमन्त्री दामोदर भण्डारीबीच भएको छलफलपछि सहमति जुटेको हो । काठमाडौं - सरकार र नेपाल चिकित्सक संघबीच सहमति भएको छ । संघको नेतृत्वमा आन्दोलनमा उत्रिएका चिकित्सकहरूसँग मंगलबार साँझ सरकारले वार्ता गरेको थियो । स्वास्थ्य मन्त्रालयमा संघका पदाधिकारीसहित स्वास्थ्यमन्त्री प्रदीप पौडेल, कानून मन्त्री अजय चौरसिया र उद्योगमन्त्री दामोदर भण्डारीबीच भएको छलफलपछि सहमति जुटेको हो ।
सिद्धबाबा पहिरोमा परि घाइते दम्पतीमध्ये श्रीमान् जनकको मृत्यु
सिद्धबाबा पहिरोमा परि घाइते दम्पतीमध्ये श्रीमान् जनकको मृत्यु बुटवल– सिद्धार्थ राजमार्ग अन्तरगत पाल्पा सिद्धबाबा नजिकै मङ्गलवार माथिबाट खसेको पहिरोमा परि मोटरसाइकलमा सवार २ जना घाइते मध्ये एक जनाको मृत्यु भएको छ। पाल्पा रामपुर नगरपालिका ६ ताल पोखरा निवासी ३६ वर्षीय जनक भण्डारीको मृत्यु भएको हो । उनकी श्रीमती २९ वर्षीय कल्पना चापागाईँ घाइते भएको पाल्पा प्रहरीले जनाएको छ... बुटवल– सिद्धार्थ राजमार्ग अन्तरगत पाल्पा सिद्धबाबा नजिकै मङ्गलवार माथिबाट खसेको पहिरोमा परि मोटरसाइकलमा सवार २ जना घाइते मध्ये एक जनाको मृत्यु भएको छ। पाल्पा रामपुर नगरपालिका ६ ताल पोखरा निवासी ३६ वर्षीय जनक भण्डारीको मृत्यु भएको हो । उनकी श्रीमती २९ वर्षीय कल्पना चापागाईँ घाइते भएको पाल्पा प्रहरीले जनाएको छ ।
पाल्पा सिद्धबाबा पहिरोमा परि रामपुरका दम्पती घाईते, प्रहरीले तुरुन्तै उद्धार गर्दा थप क्षती भएन 
पाल्पा सिद्धबाबा पहिरोमा परि रामपुरका दम्पती घाईते, प्रहरीले तुरुन्तै उद्धार गर्दा थप क्षती भएन  बुटवल– सिदार्थ राजमार्ग अन्तरगत पाल्पा सिद्धबाबा नजिकै मंगलबार माथिबाट खसेको पहिरोमा परि मोटरसाईकलमा सवार २ जना घाईते भएका छन् । तिनाउ गाउँपालिका ३ सिद्धबाबा पहिरो क्षेत्रमा बुटवलबाट पाल्पा रामपुर जादै गरेको लु५१ प ६६३३ नंको मोटरसाईकलमा सवार श्रीमान श्रीमती घाईते भएका हुन् । पाल्पा रामपुर नगरपालिका ६ तालपोखरा निवासी ३६... बुटवल– सिदार्थ राजमार्ग अन्तरगत पाल्पा सिद्धबाबा नजिकै मंगलबार माथिबाट खसेको पहिरोमा परि मोटरसाईकलमा सवार २ जना घाईते भएका छन् । तिनाउ गाउँपालिका ३ सिद्धबाबा पहिरो क्षेत्रमा बुटवलबाट पाल्पा रामपुर जादै गरेको लु५१ प ६६३३ नंको मोटरसाईकलमा सवार श्रीमान श्रीमती घाईते भएका हुन् । पाल्पा रामपुर नगरपालिका ६ तालपोखरा निवासी ३६ बर्षिय जनक भण्डारी र उनकी श्रीमती २९ बर्षिय कल्पना चापागाईँ घाईते भएको पाल्पा प्रहरीले जनाएको छ ।
लोमान्थाङमा बाढीः सतर्क रहन प्रशासनको आग्रह 
लोमान्थाङमा बाढीः सतर्क रहन प्रशासनको आग्रह  काठमाडौं – मुस्ताङको लोमान्थाङ खोलामा बाढी आएपछि मंगलबार साँझबाट तटीय क्षेत्रका बासिन्दालाई अलर्ट रहन जिल्ला प्रशासन कार्यालय मुस्ताङले चेतावनी सहित निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रमुख जिल्ला अधिकारी  विष्णु प्रसाद भुषालले खोला नजिकका बासिन्दालाई सुरक्षित रहन आग्रह गरिएको बताएका छन् ।  काठमाडौं – मुस्ताङको लोमान्थाङ खोलामा बाढी आएपछि मंगलबार साँझबाट तटीय क्षेत्रका बासिन्दालाई अलर्ट रहन जिल्ला प्रशासन कार्यालय मुस्ताङले चेतावनी सहित निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रमुख जिल्ला अधिकारी  विष्णु प्रसाद भुषालले खोला नजिकका बासिन्दालाई सुरक्षित रहन आग्रह गरिएको बताएका छन् । 
रुपन्देही–३ मा नाउपाका उम्मेदवारलाई सघाउने मोर्चाको निर्णय
रुपन्देही–३ मा नाउपाका उम्मेदवारलाई सघाउने मोर्चाको निर्णय बुटवल– संघीय लोकतान्त्रिक मोर्चाले रुपन्देही–३ मा हुने उपनिर्वाचनमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ। मंगलबार काठमाडौंमा बसेको मोर्चाको बैठकले उक्त निर्णय गरेको हो। मोर्चाले रुपन्देही–३ मा मोर्चाको तर्फबाट साझा उम्मेदवारका रूपमा नाउपाका उम्मेदवारलाई सघाउने निर्णय गरेको छ। नाउपाले कस्लाई उठाउने भन्ने बिषयमा अझैसम्म टुंगो लगाएको छैन । बुटवल– संघीय लोकतान्त्रिक मोर्चाले रुपन्देही–३ मा हुने उपनिर्वाचनमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ। मंगलबार काठमाडौंमा बसेको मोर्चाको बैठकले उक्त निर्णय गरेको हो। मोर्चाले रुपन्देही–३ मा मोर्चाको तर्फबाट साझा उम्मेदवारका रूपमा नाउपाका उम्मेदवारलाई सघाउने निर्णय गरेको छ। नाउपाले कस्लाई उठाउने भन्ने बिषयमा अझैसम्म टुंगो लगाएको छैन ।
मन्त्रीसँग आन्दोलनरत चिकित्सकको छलफल
मन्त्रीसँग आन्दोलनरत चिकित्सकको छलफल आन्दोलनरत चिकित्सकका तर्फबाट नेपाल चिकित्सक सङ्घ, अफिन, एशोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेण्टल कलेज, नेपाल डेण्टल एशोसिएसन, नर्सिङ् एशोसिएसन अफ नेपाल लगायतका संस्थाका प्रतिनिधिहरू वार्ताका लागि गएको चिकित्सक सङ्घले जनाएको छ।  आन्दोलनरत चिकित्सकका तर्फबाट नेपाल चिकित्सक सङ्घ, अफिन, एशोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेण्टल कलेज, नेपाल डेण्टल एशोसिएसन, नर्सिङ् एशोसिएसन अफ नेपाल लगायतका संस्थाका प्रतिनिधिहरू वार्ताका लागि गएको चिकित्सक सङ्घले जनाएको छ। 
नेपालले अस्ट्रेलियामा टप इन्ड टी–२० सिरिज खेल्ने
नेपालले अस्ट्रेलियामा टप इन्ड टी–२० सिरिज खेल्ने प्रतियोगितामा ११ टोलीको सहभागिता रहनेछ । जसमा अन्तर्राष्ट्रिय टोलीमा नेपालको राष्ट्रिय टोली, पाकिस्तान ‘ए’, बङ्गलादेश ‘ए’ र अमेरिकाको माइनर लिग विजेता सिकागो किंग्सम्यान रहेको छ ।  प्रतियोगितामा ११ टोलीको सहभागिता रहनेछ । जसमा अन्तर्राष्ट्रिय टोलीमा नेपालको राष्ट्रिय टोली, पाकिस्तान ‘ए’, बङ्गलादेश ‘ए’ र अमेरिकाको माइनर लिग विजेता सिकागो किंग्सम्यान रहेको छ । 
गुल्मीका पहिलो राष्ट्रिय भलिबल खेलाडी खरेल सम्मानित
गुल्मीका पहिलो राष्ट्रिय भलिबल खेलाडी खरेल सम्मानित अचार्यले अहिलेसम्म आफुहरुले भलिवलका खेलाडी पहिचान भएसम्म खोजेर सम्मान गरिरहेको बताए। उहाँले पुराना योगदान गरेका व्यक्तिहरुको खोज र सम्मानले नयाँलाई उर्जा प्राप्त हुने बताए। अचार्यले अहिलेसम्म आफुहरुले भलिवलका खेलाडी पहिचान भएसम्म खोजेर सम्मान गरिरहेको बताए। उहाँले पुराना योगदान गरेका व्यक्तिहरुको खोज र सम्मानले नयाँलाई उर्जा प्राप्त हुने बताए।
पकेट क्षेत्रमा रोपियो टिमुर
पकेट क्षेत्रमा रोपियो टिमुर वडालाई टिमुर पकेट क्षेत्रका रूपमा घोषणा गरिएको छ । तुलसीपुर उपमहानगरपालिका–१९ का किसान परवीर पुनले डिभिजन वन कार्यालयबाट वितरण गरिएको टिमुरका बिरुवा त्यस क्षेत्रका किसानका साथै कालिका सामुदायिक वनमा समेत रोपण गरिएको बताए ।  वडालाई टिमुर पकेट क्षेत्रका रूपमा घोषणा गरिएको छ । तुलसीपुर उपमहानगरपालिका–१९ का किसान परवीर पुनले डिभिजन वन कार्यालयबाट वितरण गरिएको टिमुरका बिरुवा त्यस क्षेत्रका किसानका साथै कालिका सामुदायिक वनमा समेत रोपण गरिएको बताए । 
बुटवल उपमहानगरपालिका–१२ स्थित योगीडाँडामा बुद्धकालीन भग्नावशेष फेला
बुटवल उपमहानगरपालिका–१२ स्थित योगीडाँडामा बुद्धकालीन भग्नावशेष फेला सङ्ग्रहालयको अवधारणा अनुसार ट्रस्ट लगाएर राखेको छ । बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव रानाले योगीडाँडा क्षेत्रमा फेला परेका ऐतिहासिक महìवका वस्तुको संरक्षणका लागि पहल गर्ने प्रतिबद्धता जनाउँदै उक्त क्षेत्रको थप उत्खननका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गर्ने बताए।  सङ्ग्रहालयको अवधारणा अनुसार ट्रस्ट लगाएर राखेको छ । बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव रानाले योगीडाँडा क्षेत्रमा फेला परेका ऐतिहासिक महìवका वस्तुको संरक्षणका लागि पहल गर्ने प्रतिबद्धता जनाउँदै उक्त क्षेत्रको थप उत्खननका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गर्ने बताए। 
यूनेकस्काे बैठकका लागि मन्त्री पाण्डे र उपाध्यक्ष डा. लामा फ्रान्समा, तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराइने
यूनेकस्काे बैठकका लागि मन्त्री पाण्डे र उपाध्यक्ष डा. लामा फ्रान्समा, तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराइने लुम्बिनी - गौतम बुद्धले २९ वर्ष बिताएको प्राचीन शाक्य गणराज्यको राजधानी सहर तिलौराकोट दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने पुर्व तयारीको लागि लुम्बिनी विकास कोषका कार्यकारी उपाध्यक्ष डा. ल्हारक्याल लामा(खेन्पो छिमेछिरिङ्ग) फ्रान्स पुगेका छन् ।  कार्यकारी उपाध्यक्ष डा. लामा प्राचीन कपिलवस्तुको तिलौराकोटलाई युनेस्कोको वल्र्ड हेरिटेज कमिटीको बैठकको पुर्व तयारीको... लुम्बिनी - गौतम बुद्धले २९ वर्ष बिताएको प्राचीन शाक्य गणराज्यको राजधानी सहर तिलौराकोट दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने पुर्व तयारीको लागि लुम्बिनी विकास कोषका कार्यकारी उपाध्यक्ष डा. ल्हारक्याल लामा(खेन्पो छिमेछिरिङ्ग) फ्रान्स पुगेका छन् ।  कार्यकारी उपाध्यक्ष डा. लामा प्राचीन कपिलवस्तुको तिलौराकोटलाई युनेस्कोको वल्र्ड हेरिटेज कमिटीको बैठकको पुर्व तयारीको लागी गत शुक्रबारनै फ्रान्स पुगेका हुन् । बैठकको पुर्व तयारीको लागि  फ्रान्सका लागि नेपालका राजदूत सुधीर भट्टराई, फ्रान्सको लागी भारतीय राजदुत विशाल शर्मा, युनेस्कोको वल्र्ड हेरिटेज साउथ एसियाका प्रमुख हिमाल चुली गुरुङ, आइकोमोसका अध्यक्ष टेरेसा प्याट्रिसियो, तथा निर्देशक ग्वेनाले बोर्डिन सहितको विभिन्न देशका कुटनैतिक  नियोगका प्रमुख, तथा विभिन्न संस्थाका प्रमुखहरु सग प्राचीन शाक्य गणराज्यको राजधानी सहर तिलौराकोट दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन आवश्यक सहकार्यको लागि कार्यकारी उपाध्यक्ष डा. लामाले भेटवार्ता तथा छलफल जारी राखेका हुन् । 
Weather Update