Lumbini Rise
निर्माण व्यवसायीद्धारा असुरक्षित भएको  गुनासो 
निर्माण व्यवसायीद्धारा असुरक्षित भएको  गुनासो  बुटवल - भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री सुनिल लम्सालले ‘काम नगर्ने ठेकेदारको खुट्टा भाँचिदिनू’ भनी दिएको सार्वजनिक अभिव्यक्तिप्रति लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीले आपत्ति जनाएको छ  ।संघले बुधबार बुटवलमा पत्रकार सम्मेलन गर्दै उक्त अभिव्यक्तिले निर्माण व्यवसायीहरूको मानमर्दनसंगै आक्रोशित, दुःखी तथा असुरक्षित महसुस गराएको बताएको छ  ।
बुटवल उपमहानगरले ल्यायाे ०८३ /०८४  को नीति तथा कार्यक्रम 
बुटवल उपमहानगरले ल्यायाे ०८३ /०८४  को नीति तथा कार्यक्रम  बुटवल - बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३ /०८४ को नीति तथा कार्यक्रम शुक्रबार सार्वजनिक गरेको छ । शिक्षा, स्वास्थ्य, सीप र रोजगारलाई केन्द्रमा राख्दै नगर प्रमुख खेलराज पाण्डेयले नगरसभामा  नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । 
फ्लाई दुबईको पोखरा- दुबईको टिकट बुकिंङ खुला, भाडा करिब ९१ हजार
फ्लाई दुबईको पोखरा- दुबईको टिकट बुकिंङ खुला, भाडा करिब ९१ हजार पोखरा - पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडान सुरु गर्ने तयारीमा रहेको विश्वप्रसिद्ध वायुसेवा कम्पनी फ्लाई दुबईले पोखरा–दुबई र दुबई–पोखरा रुटका लागि टिकट बुकिङ खुला गरेको छ । कम्पनीले सन् २०२६ सेप्टेम्बर २३ देखि नियमित उडान सञ्चालन गर्ने तयारीसहित बुकिङ सुरु गरेको हो ।
ज्ञानपुञ्जमा नमूना संसदीय अभ्यास 
ज्ञानपुञ्जमा नमूना संसदीय अभ्यास  बुटवल - संघीय संसद्को झल्को दिनेगरी बुटवल १३ नहरपुर स्थित ज्ञानपुञ्ज इंगलिश सेकेन्डरी स्कूलमा बुधबार नमुना संसद् अभ्यास गराइएको छ । कक्षा १० का विद्यार्थीहरुका लागि लोकतन्त्र, संसदीय प्रक्रिया तथा विधिको शासनका बारेमा व्यवहारिक ज्ञान दिने उदेश्यले नमूना संसद कार्यक्रम अन्तर्गत अभ्यास गराइएको हो ।
ज्ञानपुञ्ज एलुम्नाई संघ गठन, सिद्धार्थ कँडेल अध्यक्षमा निर्वाचित
ज्ञानपुञ्ज एलुम्नाई संघ गठन, सिद्धार्थ कँडेल अध्यक्षमा निर्वाचित बुटवल- ज्ञानपुञ्ज माध्यमिक विद्यालयमा “ज्ञानपुञ्ज एलुम्नाई मिट–२०८३” सोमबार  सम्पन्न भएको छ । विद्यालय सभाहलमा आयोजित उक्त कार्यक्रममा कक्षा १० तथा १२ उत्तीर्ण गरी विभिन्न क्षेत्रमा क्रियाशील करिब ८० जना पूर्व विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
आर्थिक विधेयक र एमआरपीबारे उद्योगी–व्यवसायीहरुलाई अभिमुखीकरण
आर्थिक विधेयक र एमआरपीबारे उद्योगी–व्यवसायीहरुलाई अभिमुखीकरण भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले आर्थिक विधेयक २०८३ ले भन्सार क्षेत्रमा ल्याएका परिवर्तन, सहुलियत तथा छुटका व्यवस्थाबारे जानकारी दिएका थिए । यस्तै, घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीकी प्रमुख धर्मा अर्याल बेलवासेले एमआरपी कार्यान्वयनसँग सम्बन्धित कानुनी तथा व्यवहारिक पक्षबारे प्रस्तुति दिएकी थिइन् ।
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्रीको शपथ
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्रीको शपथ दाङ- लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठनसँगै नव नियुक्त पाँच जना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगर ले सोमवार नव नियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन ।
रास्वपा अर्घाखाँचीको सभापतिमा सीता पराजुली निर्वाचित
रास्वपा अर्घाखाँचीको सभापतिमा सीता पराजुली निर्वाचित अर्घाखाँची । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीको जिल्ला सभापतिमा सीता पराजुली निर्वाचित भएकी छन् । सदरमुकाम सन्धिखर्कमा सम्पन्न जिल्ला अधिवेशनले पराजुलीको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति चयन गरेको हो । सभापति पदमा निकटतम प्रतिद्वन्द्वी दिनेश सुनारलाई १३ मतले पराजित गर्दै पराजुली विजयी भएकी हुन् । पराजुलीले ९१ मत प्राप्त गर्दा सुनारले...
तिलोत्तमाले कानुनी सचेतना सम्बन्धी अन्तरक्रिया गरेर मनायो छुवाछुत उन्मूलन दिवस
तिलोत्तमाले कानुनी सचेतना सम्बन्धी अन्तरक्रिया गरेर मनायो छुवाछुत उन्मूलन दिवस यस्तै तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य तथा सामाजिक विकास समितिका संयोजक रवि सेन्चुरीले नगरपालिकाले भौतिक विकाससँगै मानवीय विकासलाई जोड दिएको बताउँदै नेपालमै दलित समुदायको जीवनस्तर उकास्न, चेतना अभिबृद्धि तथा सिपमुलुक कार्यमा काम गरेको बताए ।
तिलोत्तमामा सामाजिक विज्ञान सम्मेलन, अनुसन्धानमूलक विषयमा छलफल
तिलोत्तमामा सामाजिक विज्ञान सम्मेलन, अनुसन्धानमूलक विषयमा छलफल बुटवल - रुपन्देहीको तिलोत्तमा नगरपालिकामा विज्ञको ज्ञान तिलोत्तमाको पहिचान भन्ने नारासहित ‘तिलोत्तमा समाज विज्ञान सम्मेलन–२०८३’ गरेको छ ।  मंगलबार भएको उक्त सम्मेलन कार्यक्रममा सामाजिक, शैक्षिक तथा स्थानीय विकाससँग सम्बन्धित विभिन्न अनुसन्धानमूलक विषयमा छलफल र प्रस्तुतीकरण गरिएको थियो । 
विकल्पविना सुकुम्बासीलाई नहटाउन माग गर्दै बुटवलमा प्रदर्शन
विकल्पविना सुकुम्बासीलाई नहटाउन माग गर्दै बुटवलमा प्रदर्शन बुटवल - व्यवस्थाविना सरकारले वर्षौंदेखि बसोबास गर्दै आएका अव्यवस्थित बसोबासी तथा भूमिहीन हटाउन नहुने भन्दै देशभरका सुकुम्बासीले बुटवलमा प्रदर्शन गरेका छन् । नेपाल भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संघर्ष समिति, रूपन्देहीको आयोजनामा भएको प्रदर्शन बुटवलको राजमार्ग चौराहाबाट गरेका हुन् ।
दीप बोर्डिङबाट एसईईमा चार जिपिए सहित उतीर्ण विद्यार्थीलाई सम्मान
दीप बोर्डिङबाट एसईईमा चार जिपिए सहित उतीर्ण विद्यार्थीलाई सम्मान बुटवल - दीप बोर्डिङ हाई स्कुलबाट माध्यमिक शिक्षा परीक्षा (एसईई ) मा चार जिपिए सहित उतीर्ण विद्यार्थीहरुलाई आईतबार एक समारोहका विच सम्मान गरिएको छ । यस क्षेत्रमै गुणरीय शिक्षा दिदै आएको दीपबाट एसईई २०८२ मा ७ जना विद्यार्थीले ४ जिपिए अंक ल्याएर उतीर्ण गरेका छन् ।  चार जिपिए ल्याएका ७...
Weather Update