तिलोत्तमामा आइतबारदेखि 'दलित ज्ञान उत्सव' हुने
शनिबार, असार २०, २०८३
बुटवल - रूपन्देहीको तिलोत्तमामा आईतबारदेखि तेस्रो संस्करणको दलित ज्ञान उत्सव हुने भएको छ ।तिलोत्तमा नगरपालिकाले शनिबार पत्रकार सम्मेलन गरेर असार २१ र २२ गते ज्ञान उत्सव हुन लागेको जानकारी दिएको हो।पत्रकार सम्मेलनमा तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाँणले उत्सवले सामाजिक न्याय, सामाजिक एकता र न्याय निरूपणलाई सहयोग गर्ने गरेको बताए ।
सरकारकाे सय दिन पूर्ण असफल : प्रचण्ड
शनिबार, असार २०, २०८३
बुटवल - नेपाली कम्यूनिष्ट पार्टीका संयाेजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान बालेन शाह नेतृत्व सरकारकाे सय दिन पूर्ण असफल भएकाे बताएका छन् । नेपाली कम्यूनिष्ट पार्टी लुम्बिनी प्रदेशकाे प्रथम एकता बैठक तथम प्रशिक्षण कार्यक्रममा सहभागी हुन शनिबार बुटवल आएका संयाेजक प्रचण्डले सञ्चारकर्मिसंग बाेल्दै उनले यस्ताे बताएका हुन् ।
रजा-ए-मुस्तफा मस्जिद समितिद्वारा नन्दिनी गौशालामा गौआहार वितरण
शुक्रबार, असार १९, २०८३
बुटवल - रजा-ए-मुस्तफा मस्जिद समिति बुटवल उपमहानगरपालिका वडा नम्बर १ नन्दिनी गौशालामा गौआहार वितरण गरेको छ । ईस्लाम धर्मावलम्बीहरुको इस्लामिक नयाँ वर्ष १४४८ अवसर पारेर बुटवल–७ शिवनगरस्थित गौशाला रहेको गाईवस्तुको लागि आवश्यक आहार वितरण गरेको हो । गौआहारलाई बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले गौशालालाई हस्तान्तरण गर्नुभयो ।
मिडिया सम्मेलनको बुटवल घोषणापत्र २०८३ जारी, विभेदकारी विज्ञापन नीति तत्काल खारेज गर्न सरकारसँग माग
आइतबार, असार ७, २०८३
रूपन्देही - चौथो राष्ट्रिय मिडिया सम्मेलनले सरकारको विभेदकारी विज्ञापन नीतिको कडा विरोध गर्दै उक्त नीति तत्काल खारेज गरी समानुपातिक र वैज्ञानिक विज्ञापन वितरण प्रणाली लागू गर्न सरकारसँग माग गरेको छ।बुटवलमा असार ६ र ७ गते सम्पन्न सम्मेलनले जारी गरेको ‘बुटवल घोषणापत्र २०८३’ मार्फत सरकारी विज्ञापन वितरण प्रणालीमा सुधार, मिडिया उद्योगको...
ज्ञानपुञ्ज इङ्ग्लिस बोर्डिङ स्कुलमा नमुना निर्वाचन
आइतबार, असार ७, २०८३
बुटवल- ज्ञानपुञ्ज इङ्ग्लिस बोर्डिङ स्कुल, बुटवल–११, नहरपुरमा आईतबार “नमुना निर्वाचन अभ्यास कार्यक्रम–२०८३” गरेको छ । विद्यार्थीहरूमा नेतृत्व क्षमता विकास गर्नुका साथै लोकतान्त्रिक मूल्य, मान्यता तथा निर्वाचन प्रक्रियाबारे प्रत्यक्ष अनुभव प्रदान गर्ने उद्देश्यले नमूना अभ्यास निर्वाचन गरिएको हो ।
टंकप्रसाद पोखरेललाई ‘कर्पोरेट इन्डस्ट्री लिडरशिप अवार्ड'
बिहीबार, असार ४, २०८३
कर्पोरेट बिजनेस म्यागजिनद्वारा आयोजित १८औँ कर्पोरेट बिजनेस अवार्ड–२०२६ अन्तर्गत बिहीबार काठमाडौंको र्याडिसन होटलमा सम्पन्न विशेष समारोहमा उनलाई उक्त सम्मान प्रदान गरिएको हो।
कृष्ण बहादुर महराद्वारा पार्टीको सक्रिय जिम्मेवारीबाट अलग हुने घोषणा
बिहीबार, असार ४, २०८३
काठमाडौँ - नेपाली कम्युनिस्ट आन्दोलनका स्थापित नेता तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता कृष्ण बहादुर महराले पार्टीको सक्रिय जिम्मेवारीबाट अलग हुने घोषणा गर्नुभएको छ। आज एक वक्तव्य जारी गर्दै उहाँले स्वास्थ्य समस्याका कारण पार्टीको सक्रिय भूमिकाबाट अलग भई साधारण सदस्यका रूपमा मात्र रहने निर्णय गर्नुभएको हो।
विराटनगर उडेको बुद्ध एयरको जहाजमा समस्या आएपछि काठमाडौं फर्कियो
बिहीबार, असार ४, २०८३
काठमाडौं- काठमाडौंबाट विराटनगर उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या भएपछि पुन: काठमाडौं नै फर्काइएको छ।बिहीबार दिउँसो १ बजेतिर काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको उडान नम्बर ७०७ मा प्राविधिक समस्या देखिएपछि जहाज पुन: काठमाडौं नै फर्काइएको हो।
ठेकेदारको खुट्टा भाँच्न निर्देशन दिएका मन्त्री लम्सालले संसदबाट सच्याए अभिव्यक्ति
बिहीबार, असार ४, २०८३
काठमाडौँ– पूर्वाधार विकासमन्त्रीले ठेकेदारको खुट्टा भाँच्न दिएको निर्देशन संसदबाट सच्याएका छन्। बिहीबार विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले खुट्टा भाँच्न दिएको अभिव्यक्ति सच्याउँदै इन्टेन्सन त्यस्तो नरहेको बताएका छन्।विधेयकमाथि छलफलमा भाग लिँदै एमालेका प्रमुख सचेतक ऐन महरले ठेकेदारको खुट्टा भाँचिदिने मन्त्रीको अभिव्यक्तिको जवाफ माग गरेका थिए।
एमाले पुनर्गठनका लागि लुम्बिनीमा संकलन गरिँदै सुझाव
बिहीबार, असार ४, २०८३
बुटवल - नेकपा (एमाले) पुनर्गठनका लागि सुझाव संकलनका क्रममा आज लुम्बिनी प्रदेशका नेता तथा कार्यकर्तासँग छलफल सुरु गरिएको छ। बिहीबार कपिलवस्तुको चन्द्रौटामा प्रदेशस्तरीय भेला सुरु भएको छ। भेलामा निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका लागि सुझाव संकलन गरिने भएको एमालेले जनाएको छ।
सडक दुर्घटना न्यूनीकरणका लागि विशेष योजना आवश्यक : मुख्यमन्त्री आचार्य
बिहीबार, असार ४, २०८३
बुटवल - लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि विशेष योजना बनाएर प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ । लुम्बिनी प्रदेश स्तरीय ट्राफिक व्यवस्थापन समीक्षा गोष्ठी २०८३ को बिहिवार बुटवलमा उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले विशेषगरी मानवीय त्रुटि, लापरबाही र ट्राफिक नियमको पालना नगर्दा दुर्घटना बढिरहेको उल्लेख गर्दै दुर्घटना...
रुपन्देहीकाे तारिख बुझ्न काठमाडाैं अदालतमा रवि लामिछाने
बिहीबार, असार ४, २०८३
काठमाडौं - रास्वपाका सभापति रवि लामिछाने तारिख बुझ्न काठमाडौं जिल्ला अदालत पुगेका छन् । उनले यो तारिख बुझ्न रुपन्देही जिल्ला अदालतमा उपस्थित हुनुपर्ने हो । तर रुपन्देही जिल्ला अदालतले काठमाडाैंमै तारिख बुझ्न दिएको अनुमतिअनुसार लामिछाने बिहीबार काठमाडौं जिल्ला अदालत पुगेका हुन् ।
पहिलो पाइला बुटवलद्वारा उद्घोषण तथा आरजे–भिजे अभिमुखीकरण सम्पन्न
बिहीबार, असार ४, २०८३
बुटवल - पहिलो पाइला नेपाल बुटवल शाखाको आयोजनामा उद्घोषण तथा आरजे–भिजे अभिमुखीकरण कार्यक्रम बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख अर्यालले देशको विकास, समृद्धि र सामाजिक रूपान्तरणमा युवाहरूको महत्वपूर्ण भूमिका रहने बताइन्।


