रूपन्देही उद्योग संघको अवलोकन टोली फिर्ता
आइतबार, वैशाख १४, २०८२
बुटवल – रूपन्देही उद्योग संघको वार्षिक कार्यक्रम अन्तर्गत अध्ययन अवलोकनको लागि गएको २० सदस्य टोली बुटवल फर्केको छ । संघका अध्यक्ष दिलिप सापकोटाको नेतृत्वमा गएको टोलीले कास्की आसपासका विभिन्न औद्योगिक एवं पर्यटकीय क्षेत्रहरूको अवलोकन गरेको छ । संस्थागत भ्रमण गरी सुजल डेरी लगायत उद्योगहरू अवलोकन गरेको थियो भने व्यवस्थापन कार्यालय सँग छलफल समेत गरेको थियो।
जितगढी विजय उत्सव मनाईयो (भिडियाे सहित)
सोमबार, वैशाख ८, २०८२
बुटवल - अंग्रेज फौजलाई हराएको उत्सवका रुपमा आईतबार बुटवल जीतगढीमा विजय उत्सव मनाइएको छ । १८७२ वैशाख ७ गते जितगढी किल्लामा कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले अंग्रेज फौजमाथि जित हासिल गरेको खुसीयालीमा हरेक वर्ष विजय उत्सव मनाउने गरिएको छ ।
आर्थिक वर्ष २०८२/०८३ को बजेट तर्जुमा प्रतिवेदन अर्थ मन्त्रालयमा पेश
आइतबार, वैशाख ७, २०८२
काठमाडौं - राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष २०८२/०८३ को बजेट तर्जुमा सम्बन्धमा नीतिगत तथा कार्यक्रमगत छलफल सम्बन्धी प्रतिवेदन अर्थ मन्त्रालयमा पेश गरेको छ ।
बुटवलको सनराईज सहकारीमा आर्थिक अपचलन, अध्यक्ष फरार
बिहीबार, वैशाख ४, २०८२
लुम्बिनी– बुटवलमा दैनिक बचत संकलन गर्ने गरी सञ्चालित सनराईज बहुउदेश्यीय सहकारी संस्थाका सञ्चालकहरु कार्यालयमा सूचना टाँस गरी फरार भएका छन् । बुटवल ११ देविनगर स्थित कार्यालयमा चैत ३१ गते सूचना टाँस गरी सञ्चालक र कर्मचारीहरु सम्पर्क विहिन भएका हुन् ।
विमानस्थाल चलाउन सिद्धार्थनगरका मेयरद्धारा पर्यटन मन्त्रीलाई पत्राचार
सोमबार, वैशाख १, २०८२
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख (मेयर) इश्तियाक अहमद खाँले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेलाई पत्राचार गर्दै भैरहवा स्थित गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल संचालनकालागी सार्थक एवं प्रभावकारी कदम चाल्न आग्रह गरेका छन ।
देवदहमा मंगल पुष्करिणी दह महोत्सव शुरु, महापरित्राण पाठ गरियाे
आइतबार, चैत २४, २०८१
देवदहमा मंगल पुष्करिणी दह धार्मिक महोत्सव सुरु भएको छ। महोत्सवको पहिलो दिन सकल प्राणी जगतमा सुख, शान्ति, समृद्धिको कामना गर्दै भिक्षु महासंघबाट मंगलपुष्करिणी दहमा महापरित्राण पाठ गरिएको छ।
काठमाडौंको विकल्प बन्दै गौतमबुद्ध विमानस्थल
सोमबार, चैत ११, २०८१
अहिले भैरहवाबाट नियमित रुपमा चार वटा विमानले उडान भरिरहेका छन् । फ्लाई दुबई, जजिरा र थाईएयर एसिया र नेपाल एयरलायन्सले उडान भरिहेका छन् । फ्लाई दुबईले दैनिक उडान भरिरहेको छ भने जजिरिाले हप्ताको ३ दिन र थाईएयर एसियाले सोमबार र विहिबार उडान भर्दै आएको छ ।


