बुटवल उद्योग वाणिज्य संघमा विजनेश इन्कुवेशन सुरु
सोमबार, जेठ २६, २०८२
बुटवल – बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले नवउद्यमीलाई लक्षित गरेर विजनेश इन्कुवेशन तालिम शुरु गरेको छ । तालिमको बुटवल उपमहानगरपालिकाका नगर उपप्रमुख सावित्रादेवी अर्यालले सोमबार एक समारोहका विच उद्घाटन गरिन् । त्यस अवसरमा बोल्दै उपप्रमुख अर्यालले तालिमले उद्यमशिलता विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरिन् । उपप्रमुख अर्यालले आर्थिक स्थितिलाई बलियो बनाउन साना उद्यमलाई प्रोत्साहन गर्नुपर्ने बताउँदै यो तालिम त्यसका लागि उपयोगी हुने भनाइ राखे । नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रले विजनेश इन्कुवेशन सेन्टर स्थापना तथा सञ्चालनका लागि बुटवल उद्योग वाणिज्य संघलाई २० लाख रुपैंया अनुदान उपलब्ध गराएको छ ।
आर्थिक विधेयकका छुट सुविधाबारे उद्योगी व्यवसायीलाई प्रशिक्षण
शुक्रबार, जेठ २३, २०८२
बुटवल- रुपन्देही उद्योग संघले आफ्ना सदस्य उद्योगी व्यवसायीलाई आर्थिक विधेयक २०८२ र २०८२-८३ को बजेटका बारेमा अभिमुखीकरण गरेको छ । शुक्रवार आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेट र आर्थिक विधेयक २०८२ मा भएको व्यवस्थाका बारेमा जानकारी गराइएको हो । संघका अध्यक्ष दिलीप सापकोटाले सो अवसरमा बोल्नुहुँदै उद्योगी व्यवसायीलाई गरिएको...
‘टेक एण्ड पे’ पीपीए संसोधन नभए ‘बल्याकआउट’ गर्ने उर्जा उद्यमीहरुको चेतावनी
शुक्रबार, जेठ २३, २०८२
काठमाडौं - सरकारले नदी प्रवाहमा आधारीत जलविद्युत आयोजनामा टेक एण्ड पे (लिएपछि मात्रै तिर) प्राबधान अनुसार विद्युत खरिद सम्झौता (पीपीए) गर्ने घोषणा गरेपछि उर्जा उद्यमीहरुले बल्याक आउट गर्ने सम्मको चेतावनी दिएका छन् । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट मार्फत सरकारले यस्तो प्राबधान ल्याएको हो । स्वतन्त्र उर्जा उद्यमीहरुको संस्था...
विश्व वतावरण दिवस आज मनाइँदै
बिहीबार, जेठ २२, २०८२
काठमाडौँ- आज जुन ५ अर्थात् विश्व वातावरण दिवस। ‘प्लाष्टिक प्रदूषण न्यूनीकरण: हाम्रो दायित्व’ नाराका साथ विश्वका विभिन्न मुलुकमा यो दिवस मनाइँदैछ। देशका विभिन्न स्थानमा पनि यो दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ। संयुक्त राष्ट्रसंघले आह्वान गरेबमोजिम सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ तारिखलाई विश्व वातावरण दिवसको रूपमा मनाउन थालिएको हो।...
भैरहवा सेजमा खुल्यो १२ सयलाई रोजगारी दिने गार्मेन्ट उद्योग
बिहीबार, जेठ २२, २०८२
बुटवल - रुपन्देहीको भैरहवा स्थित विशेष आर्थिक क्षेत्र (सेज)मा नेपालकै चर्चित व्यवसायिक घराना भाटभटेनीको लगानी भित्रिएको छ । भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङसहितको समूहले १ अर्ब ५० करोड बढी लगानी गर्दै सेजभित्र अत्याधुनिक गार्मेन्ट उद्योग सञ्चालनमा ल्याउने भएको हो । भैरहवा सेज भित्र १ विगाह १३ कट्ठा क्षेत्रफलमा स्थापना हुने उद्योगको...
आर्थिक विधेयकका बारे बुटवलमा अभिमुखीकरण
सोमबार, जेठ १९, २०८२
बुटवल– बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले आफ्ना सदस्य उद्योगी व्यवसायीलाई आर्थिक विधेयक २०८२ का बारेमा अभिमुखीकरण गरेको छ । संघले सोमबार कार्यक्रमको आयोजना गरी आफ्ना सदस्य उद्योगी व्यवसायीलाई आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेट र आर्थिक विधेयक २०८२ मा भएको व्यवस्थाका बारेमा अभिमुखीकरण गरेको हो । त्यस अवसरमा आन्तरिक...
लुम्बिनीको महत्त्व विश्वभर फैलाउन सञ्चार क्षेत्रको भूमिका अपरिहार्य : मुख्यमन्त्री आचार्य
शनिबार, जेठ १७, २०८२
बुटवल– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनीको महत्त्व अन्तर्राष्ट्रिय स्तरमा फैलाउन सञ्चार माध्यमहरूले महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्नुपर्ने बताएका छन् । शनिवार लुम्बिनीमा आयोजित टेलिभिजनहरूको प्रथम राष्ट्रिय कार्यशालाको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी देवभूमि, तपोभूमि र ज्ञानभूमि भएकाले यसको गहिरो प्रचारप्रसारमा सञ्चार क्षेत्रले अझ सक्रियता देखाउनुपर्ने बताए ।
रुपन्देहीको रोहिणीमा अर्ग्यानिक मल उद्योगको उद्घाटन
शुक्रबार, जेठ १६, २०८२
भैरहवा- रुपन्देहीको रोहिणी गाउँपालिका-४ मा दानेदार अर्ग्यानिक मल उद्योगको औपचारिक उद्घाटन भएको छ । उक्त उद्योगको शुक्रवार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा मुख्यमन्त्री आचार्यले मानव स्वास्थ्य र माटोको उर्वराशक्ति सुरक्षाका लागि प्राङ्गारिक मलको प्रयोग अपरिहार्य भएको बताए । उनले प्रदेश सरकारले नीति तथा कार्यक्रममा...
अन्तर्राष्ट्रिय दूध दिवसमा बुटवलमा अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता
शुक्रबार, जेठ १६, २०८२
बुटवल - अन्तर्राष्ट्रिय दूध दिवसको अवसर पारेर बुटवल उद्योग वाणिज्य संघमा नगर स्तरीय अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता गरिएको छ । बुटवल उद्योग वाणिज्य संघमा गठित डेरी बस्तुगत समितिको आयोजना तथा बुटवल उपमहानगरपालिकाको सहयोगमा बुटवलमा अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता गरिएको हो । प्रतियोगितामा एभरेष्ट माध्यमिक विद्यालयकी खुसी पाण्डे प्रथम भएकी हुन्...
समग्रमा बजेट राम्रो, स्रोत व्यवस्थापनमा चुनौती
शुक्रबार, जेठ १६, २०८२
बुटवल: सरकारले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि प्रस्तुत गरेको बजेटलाई सकारात्मक रूपमा दिँदै बुटवल उद्योग वाणिज्य संघले स्रोत व्यवस्थापनमा चुनौती औँल्याएको छ । संघले शनिवार बजेटको बारेमा संस्थागत धारणा सार्वजनिक गर्दै सरकारले निजी क्षेत्रबाट प्रस्तुत गरिएको कर तथा राजश्व र पूर्वाधारमा प्रस्तुत गरिएको राय सुझावहरूलाई सकारात्मक लिएको उल्लेख गरेको...
बजेट कार्यान्वयन हुन्छ : अर्थमन्त्री पौडेल
शुक्रबार, जेठ १६, २०८२
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन भएरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन्। अर्थमन्त्री पौडेलले बिहीबार संसद्मा प्रस्तुत भएको बजेटबारे शुक्रबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै यस्तो बताएका हुन।उनले बजेट कार्यान्वयनका लागि साउन नकुर्ने र आजैबाट कार्यान्वयन प्रक्रिया थालनी गर्ने बताए ।
पेट्रोलियम व्यवसायीलाई सुरक्षा, गुणस्तरबारे प्रशिक्षण
बिहीबार, जेठ १५, २०८२
बुटवल – पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एसोसिएसन बुटवल रुपन्देहीले एसोसिएसनमा आबद्ध व्यवसायीहरूलाई बिहीबार पेट्रोलियम कारोबारमा सुरक्षा, गुणस्तर, परिमाण लगायतका विषयमा प्रशिक्षण दिएको छ । लुम्बिनी अञ्चलका रुपन्देही, कपिलवस्तु, नवलपरासी, पाल्पा, गुल्मी, अर्घाखाँची सहित बाग्लुङ र पूर्वी रुकुम सम्म पेट्रोलियम पदार्थको बिक्री वितरण र व्यवस्थापन गर्दै आएको एसोसिएसनले वार्षिक कार्य योजना अनुसार ...
सरकारले ल्यायाे १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट (पूर्ण पाठ सहित)
बिहीबार, जेठ १५, २०८२
काठमाडौँ- सरकारले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संसद्को संयुक्त बैठकमा बजेट वक्तव्यमार्फत यस्तो घोषणा गरेका हुन्। कुल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ रहेको छ। यो कुल बजेटको ६०. १ प्रतिशत हो। यसैगरी...


