ग्रामिण लघुवित्तका शेयरधनी महिलाले न्यायका लागि राष्ट्र बैंक गुहारे
बुधबार, असार ३२, २०८२
बुटवल- बिगतमा महिलाहरुको बैंक भनेर पहिचान बनाएको ग्रामिण बिकास लघुवित्त वित्तिय संस्था लि.का शेयरधनी महिलाहरुले न्यायका लागि नेपाल राष्ट्र बैंक समक्ष गुहार मागेका छन् । संस्थाको गत असार २८ गते सम्पन्न दशौं साधारण सभाले गरेको मर्जरको निर्णय एवं शेयरधनी महिला र कर्मचारीको बिरोधलाई लिएर उत्पन्न विवाद कारण संस्थापक महिला शेयरधनिहरु नेपाल राष्ट्र बैंक गुहार्न पुगेका हुन् । भैरहवास्थित नेपाल राष्ट्र बैंकको क्षेत्रिय कार्यालय पुगेर उनिहरुले उक्त साधारण सभाको निर्णय खारेज गर्न अपिल गरेका छन् ।
सहकारी नियमन प्राधिकरणको अध्यक्षमा रुपन्देहीका खगराज शर्मा नियुक्त
मंगलबार, असार ३१, २०८२
बुटवल– राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षमा रुपन्देहीका डा. खगराज शर्मा नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको अध्यक्षमा शर्मालाई नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए । सहकारी विज्ञ शर्मा राममणि बहुमुखी क्याम्पस रुपन्देहीका पूर्व क्याम्पस प्रमुख समेत हुन ।
नेपाल उद्यान महासंघको घाेषणा, सराेकारवालासँग सुझाव संकलन
सोमबार, असार ३०, २०८२
बुटवल- देशभरका उद्यानहरुको संस्थागतविकास तथा पर्यटकीय स्थलहरुको प्रचार प्रसार गर्ने उदेश्यले नेपाल उद्यान महासंघ स्थापना गरिएको छ । सोमबार बुटवलमा कार्यक्रम गरी महासंघको औपचारीक घोषण गरिएको हो ।‘एक टोल एक उद्यान’को भावना सहित देशभरका पार्क, बगैंचा, फूलबारी, तालतलैया र पर्यटकीय सम्भावना बोकेका क्षेत्रहरूलाई संरक्षण, सम्बद्र्धन र समुन्नत विकास गर्दै लैजाने...
रुपन्देहीमा नेपालकै ठुलो विद्युतीय सवारी चार्जिङ्ग स्टेसन स्थापना
आइतबार, असार २९, २०८२
बुटवल - रुपन्देहीको तिलोत्तमा ४ नयाँ मिलमा विद्युतीय सवारी साधनका लागि नेपालकै ठुलो चार्जिङ्ग स्टेसन स्थापना गरिएको छ । चार्जिङ्ग स्टेसनको तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाँणले आइतबार शुभारम्भ गरेका हुन्। कुल ४ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको सो चार्जिङ्ग स्टेसनमा एक पटकमा १४ वटा सवारी साधन रिचार्ज गर्न सक्ने गरी...
तिलौराकोट विश्व सम्पदामा सुचीमा सुचीकृत नहुने
शनिबार, असार २८, २०८२
बुटवल– प्राचीन शाक्य गणराज्य तिलौराकोट (प्राचिन कपिलबस्तु) विश्व सम्पदा सूचीमा सूचीकृत नहुने भएको छ । फ्रान्सको राजधानी पेरिसमा जारी ४७ औं बैठकले गौतम बुद्धले २९ बर्ष बिताएको शाक्यबंशकाे राजधानी सहर प्राचिन कपिलबस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्ने प्रस्ताव विफल भएपछि सुचीकृत हुने सपना चकनाचुर भएको हो। युनेस्कोको मुख्य प्राविधिक सल्लाहकार...
ग्रामीण विकास लघुवित्तकाे साधरणसभामाथि नै प्रश्न : शेयर सदस्यहरु भन्छन्-'हामीलाइ प्रवेश निषेध गरेर के गर्न खाेजेकाे ?'
शनिबार, असार २८, २०८२
बुटवल- ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले कर्मचारीको विरोधका बाबजुद शेयर सदस्यहरूलाई नै सहभागी नगराई शनिवार बुटवलमा साधारण सभा गरेको छ । बुटवल स्थित पाम इन्टरनेश्नल होटेलको पाँचौँ तलामा प्रहरी तैनाथ गरी निश्चित शेयर सदस्य त्यो पनि नगन्य सहभागी गराएर साधरणसभा गरिएको हो । साधरणसभामा करिब सय जनाका लागि कुर्ची राखिएको...
युवराज सिद्धार्थले दरबार त्यागेको दृश्य सहित मनाइयो महाभिनिष्क्रमण दिवस
शुक्रबार, असार २७, २०८२
बुटवल — प्राचीन कपिलवस्तुको राज्यको राजधानी सहर तिलौराकोट दरबारबाट सिद्धार्थ गौतमले ज्ञानको खोजीका लागि राजसी सुख सयल त्याग गरेको दिनको स्मरणमा बिहीबार मध्यरातमा महाभिनिष्क्रमण दिवस मनाइएको छ । २६२० बर्सअघिको घटनालाई स्मरण गर्दै राजा शुद्धोधनका छोरा युवराज सिद्धार्थले दरबारको सुख सुविधा त्याग गरी ज्ञानको खोजीका लागि सेतो घोडा चढेर तिलौराकोटको...
बुटवलमा रहेकाे सिद्धार्थ केवलकारको कार्यालय काठमाण्डौमा शुभारम्भ, छिट्टै आईपिओ खाेलिने
मंगलबार, असार २४, २०८२
बुटवल- बुटवलमा केवलकार सञ्चालन गरेको सिद्धार्थ केवलकार लिमिटेडको केन्द्रीय कार्यालय काठमाण्डौंमा स्थापना गरिएको छ । काठमाडौंको तीनकुनेमा स्थापना गरिएको सिद्धार्थ केवलकार लिमिटेडको केन्द्रीय कार्यालयको सोमबार प्रभु ग्रुपका अध्यक्ष भोजकुमार खड्का र सिद्धार्थ केबलकार लिमिटेडका सञ्चालक ई रमेशकुमार सापकोटाले रिबन काटेर उद्घाटन गरेका हुन । प्राथमिक सेयर (आइपिओ) निष्कासनको सहजिकरण गर्न...
लुम्बिनी सांस्कृतिक नगरपालिकाले ल्यायो १ अर्ब ५४ करोडको बजेट
शुक्रबार, असार २०, २०८२
बुटवल – लुम्बिनी सांस्कृतिक नगरपालिकाले आगामी आर्थिक वर्ष ०८२/०८३ को नीति तथा कार्यक्रम र बजेट शुक्रवार ल्याएको छ । १५ औँ नगर सभामा नगरप्रमुख सजरुद्धिन मुसलमानले नीति तथा कार्यक्रम ल्याए भने उपप्रमुख कल्पना हरिजनले बजेट प्रस्तुत गरेकी हुन । कृषि, शिक्षा, र पूर्वाधार विकास गर्ने अठोटका साथ नीति कार्यक्रम र...
तिलोत्तमा नगरपालिकाद्वारा दलित समुदायको पेशा प्रबद्र्धका लागि सामग्री हस्तान्तरण
बिहीबार, असार १९, २०८२
बुटवल– रुपन्देहीको तिलोत्तमा नगरपालिकाद्वारा दलित समुदायको पेशा प्रबद्र्धनका लागि उद्यमीहरुलाई सामग्री हस्तान्तरण गरिएको छ । तिलोत्तमा नगरपालिकाभित्रका दलित समुदायका पेशासंग सम्बन्धि उद्यम व्यवसाय सञ्चालन गर्ने लघु उद्यमीहरुको लागि व्यवसायमा थप टेवा पुर्याउने उद्देश्यले १२ थान सामग्री उद्यमीहरुलाई हस्तान्तरण गरिएको हो । तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँण र उपप्रमुख जागेश्वरीदेवी...
प्राविधिक शिक्षालय ,विद्यालय र साझेदार उद्योगबीच सिकाई आदानप्रदान
बिहीबार, असार १९, २०८२
बुटवल – सीप विकास इकाई मार्फत २४ महिने प्री–डिप्लोमा तह अन्तर्गत औद्योगिक प्रशिक्षार्थी कार्यक्रम सञ्चालन गरिरहेको प्राविधिक शिक्षालय, विद्यालय र साझेदार उद्योगहरूबीच अन्तरक्रिया कार्यक्रम बुटवलमा सम्पन्न भएको छ । रूपन्देही उद्योग संघ र दिगो तथा सम्मानित रोजगारीका लागि इन्स्योर परियोजना दोस्रो चरणको सहकार्यमा स्थापित कार्यक्रम अन्तरर्गत अन्तरक्रिया गरिएको हो । ...


