इलाका प्रहरी कार्याय बुटवलका डिएसपि श्रीवास्तवलाई स्वागत
मंगलबार, माघ १३, २०८२
बुटवल - इलाका प्रहरी कार्यालय बुटवलमा सरुवा भई आएका प्रहरी नायव उपरिक्षक निशान्त श्रीवास्तवलाई बुटवलमा स्वागत गरिएको छ । इलाका प्रहरी कार्यालय बुटवलको कमाण्ड सम्हाल्न आएका प्रनाउ श्रीवास्तवलाई बुटवल उद्योग वाणिज्य संघले स्वागत गरेको हो ।
प्रचण्डसँग रुपन्देही २ का उम्मेद्वार विश्वदीपको भेट : 'माहोल बढ्दै छ, चुनाव जितिन्छि'
मंगलबार, माघ १३, २०८२
बुटवल - नेपाली कम्यूनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले रुपन्देही २ को निर्वाचनबारे चासो व्यक्त गर्दै उम्मेद्वार विश्वदीप पाण्डेसँग जानकारी लिएका छन् ।लुम्बिनी प्रदेशको महत्वपूर्ण सहर बुटवल र बुद्धजन्मस्थल लुम्बिनी रहेको क्षेत्र भएकाले प्रचण्डले रुपन्देही २ बारे बिशेष चासो राखेका हुन् । उम्मेद्वार पाण्डेसँग निर्वाचनको माहोलबारे जानकारी लिदैं आफूलाई सकरात्मक...
रुपन्देही–५ मा नेकपा उम्मेद्धार वकिल मुसलमान जिताउन ५००१सदस्यीय निर्वाचन समिति गठन
आइतबार, माघ ११, २०८२
लुम्बिनी । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) रुपन्देही क्षेत्र नं ५ का प्रतिनिधिसभा उम्मेदवार वकील मुसलमानलाइ जिताउन ५ हजार १ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ । शनिबार सम्पन्न क्षेत्र नं ५ को विस्तारित बैठकले हिराबहादुर रोकाको संयोजकत्वमा तथा अर्जुन ढकालको सह–संयोजकत्वमा निर्वाचन परिचालन मूल समिति गठन गर्ने निर्णय गरेको...
'राईट टु रिकल' काे चुनावी ऐजेन्डा सहित चिन्ता परियार चुनावी मैदानमा
बिहीबार, माघ ८, २०८२
वुटवल- कपिलवस्तु क्षेत्र नं. ३ बाट स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका पत्रकार चिन्ता परियारले (Right to Recall) जनताले जनप्रतिनिधि फिर्ता बोलाउने अधिकारलाई आफ्नो मुख्य चुनावी एजेन्डा घोषणा गरेका छन्।
लुम्बिनी प्रदेशमा ५६ जना महिलाको मनोनय दर्ता
बुधबार, माघ ७, २०८२
लुम्बिनी - लुम्बिनी प्रदेशमा ५६ जना मात्रै महिलाले मनोनय दर्ता गराएका छन् । प्रदेश निर्वाचन कार्यालय दाङले दिएको जानकारीअनुसार सबैभन्दा बढी रुपन्देहीमा २१ जना महिलाले मनोनयन दर्ता गराएका छन् भने रोल्पामा भने एक जना पनि महिला उम्मेदवार छैनन् ।
दाङका तीनवटै निर्वाचन क्षेत्रमा ४३ जनाले उम्मेदवारी दर्ता
मंगलबार, माघ ६, २०८२
दाङ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागी दाङ सहित देशभर आज(मंगलवार)उमेदवारले मनोनयन दर्ता गराएका छन् ।सोहि अनुरुप जिल्लाका तिन वटै निर्वाचन क्षेत्रमा शान्तिपुर्ण रुपमा मनोनयन दर्ता कार्यक्तम सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय घोराहीले जानकारी दिएको छ । कार्यालयका अनुसार तिन वटै निर्वाचन क्षेत्रमा विभिन्न राजनितिक दल...
रुपन्देहीका ५ मध्ये ३ क्षेत्रमा कांग्रेसका नयाँ अनुहार
मंगलबार, माघ ६, २०८२
बुटवल - नेपाली कांग्रेसले रुपन्देहीका ५ वटा निर्वाचन क्षेत्रमध्ये ३ वटा क्षेत्रमा नयाँ अनुहारलाई उम्मेदवार बनाएको छ । दुई वटा निर्वाचन क्षेत्रमा भने पुरानै अनुहारलाई फेरि मौका दिइएको हो ।कांग्रेसबाट रुपन्देही क्षेत्र नम्बर १ मा क्षेत्रीय सभापति हिराबहादुर खत्री, क्षेत्र नम्बर २ मा चुन्नु पौडेल, क्षेत्र नम्बर ३ मा सुशील...
ज्ञानोदयमा जुर्मुराए पूर्व विद्यार्थी: ६५ औं वार्षिकोत्सवको पूर्वसन्ध्यामा यादहरूको उत्सव
आइतबार, माघ ४, २०८२
मजुवा, गुल्मी - समयका अनगिन्ती घुम्तीहरू पार गरेर कोही उच्च अदालतको बेन्चमा पुगे, कोही प्रशासनको बागडोर सम्हाल्न पुगे त कोही देश-विदेशको चिकित्सा र प्राविधिक क्षेत्रमा चम्किए। तर, जब 'श्री ज्ञानोदय नमुना माध्यमिक विद्यालय'को ६५ औं वार्षिकोत्सवको घण्टी बज्यो, ती सबै ओहदा र पदहरूलाई मजुवाकै माटोमा बिसाएर पूर्व विद्यार्थीहरू फेरि एकपटक...
पामिर एकेडेमीमा खेल महोत्सव सुरु
आइतबार, माघ ४, २०८२
बुटवल- तिलोत्तमा–२ स्थित पामिर इन्टरनेशनल एकेडेमीमा आइतबारदेखि खेल महोत्सव–२०८२ सुरु भएको छ । खेल सप्ताह २०८२ अन्तर्गत आइतबार विभिन्न खेल प्रतियोगिता सम्पन्न भएका छन् । शारीरिक, मानसिक तथा सामाजिक विकासलाई प्राथमिकतामा राख्दै आयोजना गरिएको खेल महोत्सवमा जुनियर तथा सिनियर तहका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
क्यानन माविमा ‘फुड कर्निभल’
आइतबार, माघ ४, २०८२
बुटवल– बुटवल ८ सुख्खानगर स्थित क्यानन माध्यमिक विद्यालयमा आईतबार ‘फुड कार्निभल’ अर्थात खाना महोत्सव गरिएको छ। विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ व्यवस्थापन संकाय अन्तर्गत होटल म्यानेजमेन्टका विद्यार्थीहरुको आयोजनामा ‘फुड कार्निभल’ तथा म्यूजिक उत्सव गरिएको हो ।
विष्णु पौडेलले रास्वपा जानबाट रोकेका वासुदेव घिमिरेले पाए एमालेबाटै टिकट
आइतबार, माघ ४, २०८२
बुटवल - नेकपा एमालेले रुपन्देही क्षेत्र नम्बर ३ बाट वासुदेव घिमिरेलाई प्रतिनिधि सभाको उम्मेदवार बनाउने निर्णय गरेको छ। शनिबार बसेको एमाले सचिवालय बैठकले घिमिरेलाई टिकट दिने निर्णय गरेको हो । एमालेभित्र प्रभावशाली र स्थानीय स्तरमा लोकप्रिय नेताका रूपमा चिनिने घिमिरेले यसअघि घिमिरेले पार्टीबाट विद्रोहको तयारी गरेका थिए।
रूपन्देहीका पाैडेलले छाेडे एमाले
शनिबार, माघ ३, २०८२
रुपन्देही तिलाेतमा निवासी विगत २२ वर्षदेखि नेकपा (एमाले) मा रहेका पाैडेलले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दे आजदेखि पाटी छाडेका घाेषणा गरेका छन्।
तिनाउ बाेर्डिङ्गमा खेल सप्ताह सुरु
शुक्रबार, माघ २, २०८२
बुटवल - बुटवल स्थित तिनाउ इंगलिश बाेर्डिङ्ग स्कलुमा शुक्रबारदेखि खेल सप्ताह सुरु भएकाे छ । सप्ताहको विद्यालय व्यवस्थापन समिति यज्ञमूर्ति पाण्डेले उदघाटन गरेका हुन् । आगामि ४ गते आइतबारसम्म कुल ६८ वटा खेलका विधामा ४९८ वटा पदकका लागि खेल सञ्चालन हुने विद्यालयका प्राचार्य सीता पाण्डेले बताइन ।


-1784986351.jpg)