Lumbini Rise
आज ग्याल्पो ल्होछार पर्व मनाइँदै
आज ग्याल्पो ल्होछार पर्व मनाइँदै ल्होछार पर्वका अवसरमा शेर्पा समुदायले आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार गुथुक र खाप्से सबैजना मिलीजुली खाने तथा आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने परम्परा छ ।
कर्मले चिनिएका ‘चुन्न प्रसाद पाैडेल'
कर्मले चिनिएका ‘चुन्न प्रसाद पाैडेल' समयको गतिसँगै धेरै मानिसहरू जन्मन्छन् र हराउँछन्, तर कोही यस्ता हुन्छन् जसले आफ्नो कर्म, दृष्टि र समर्पणले समाजमा अमिट छाप छोड्न सक्छन् । त्यस्तै मध्येका एक व्यक्तित्व हुन्, चुन्नप्रसाद शर्मा पौडेल । बागलुङमा जन्मिए, बागलुङमै हुर्किए र रुपन्देहीको माटोमा भिजेका पौडेलले देश विदेशमा आफ्नो छुट्टै पहिचान बनाएका छन् । जसले...
कालिकामा नमूना संसदको  अभ्यास
कालिकामा नमूना संसदको अभ्यास बुटवल- कालिका मानवज्ञान माबि बुटवलमा नवौँ नमूना संसदको अधिवेशन सम्पन्न भएको छ । विद्यार्थीहरुलाई नेपालको संसदीय पद्धतिको जानकारी दिनको लागि विद्यालयले २०७३ सालदेखि नियमित रुपमा नमूना संसदको अधिवेशन गराउँदै आएको छ । लेक्स नेपाल, लिगल एड्भोकेसी फोरम तथा लुम्बिनी इन्ट्रिग्रेटेड एकेडेमीसङ्गको सहकार्यमा कानून विद्यार्थी समाज कालिकाले समन्वय गरेको नमूना संसदको...
इन्टलेक्च्युअल एकेडेमीको १६औँ वार्षिकोत्सव सम्पन्न:संस्कारयुक्त शिक्षामा जोड ​
इन्टलेक्च्युअल एकेडेमीको १६औँ वार्षिकोत्सव सम्पन्न:संस्कारयुक्त शिक्षामा जोड ​ शिक्षा विकास तथा समन्वय एकाइ, रुपन्देहीका प्रमुख विष्णुप्रसाद पन्थीको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा विद्यालयको शैक्षिक यात्रा र भावी योजनाबारे चर्चा गरिएको थियो। ​समारोहको उद्घाटन गर्दै प्रमुख अतिथि पन्थीले इन्टलेक्च्युअल एकेडेमीले छोटो समयमै सिकाई र संस्कारको उत्कृष्ट संयोजन गरी बुटवल क्षेत्रमा बेग्लै पहिचान बनाएको बताउनुभयो।
बुटवल उपमहानगरपालिकाले आफ्नो ६७ औँ स्थापना दिवस मनाउने
बुटवल उपमहानगरपालिकाले आफ्नो ६७ औँ स्थापना दिवस मनाउने बुटवल । बुटवल उपमहानगरपालिकाले आफ्नो ६७ औँ स्थापना दिवस भोली आइतबार एक औपचारिक कार्यक्रमका बीच मनाउँदै छ । हरेक वर्ष भव्य समारोहबीच दिवस मनाउँदै आएको उपमहानगरले यस वर्ष भने यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको आचारसंहित लागू भएकाले सामान्य रुपमा मनाउने भएको हो । 
११ उपमहानगरमध्ये कार्यसम्पादन मूल्यांकनमा बुटवल प्रथम
११ उपमहानगरमध्ये कार्यसम्पादन मूल्यांकनमा बुटवल प्रथम बुटवल- राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले देशभरिका ११ उपमहानगरपालिकाको कार्यसम्पादन मूल्यांकनमा बुटवल उपमहानगरपालिका सबैभन्दा अगाडि रहेको नतिजा सार्वजनिक गरेको छ। बुटवलले ६४.४४ अंक प्राप्त गरी सबैभन्दा अगाडि रहँदा इटहरी उपमहानगरपालिकाले ३८.९६ अंक पाएको छ।
पदभन्दा पद्धति ठूलो: बुटवल जेसिजमा यदुमणी पोखरेलको ‘निष्ठासहितको नेतृत्व’ सुरु
पदभन्दा पद्धति ठूलो: बुटवल जेसिजमा यदुमणी पोखरेलको ‘निष्ठासहितको नेतृत्व’ सुरु ​बुटवल । बुटवलको सामाजिक र व्यावसायिक क्षेत्रमा एउटा स्थापित नाम हो- यदुमणी पोखरेल। वि.सं. २०४४ सालमा गुल्मीको धुर्कोटस्थित एउटा साधारण गाउँमा जन्मिएका पोखरेल आज बुटवलकै जेठो र गरिमामय सामाजिक संस्था ’बुटवल जेसिज’को ५३ औँ अध्यक्षका रूपमा उभिएका छन्। 
वरिष्ठ कलाकार सुनिल थापाको निधन
वरिष्ठ कलाकार सुनिल थापाको निधन काठमाडौँ- वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ । उनको हृदयघातका कारण शनिबार बिहान निधन भएको चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले जानकारी दिए। शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थापाको शनिबार बिहान हृदयघात भएको थियो। त्यसपछि थापाथलीस्थित नर्भिक अस्पताल पुर्‍याइएका उनको सोही अस्पतालमा निधन भएको हो । उनी हिजो समेत फिल्मको...
डिजिएमद्धारा बुटवलमा प्रादेशिक परिचालन तथा पहुँच विस्तार कार्यशाला
डिजिएमद्धारा बुटवलमा प्रादेशिक परिचालन तथा पहुँच विस्तार कार्यशाला बुटवल- आदिबासी जनजाति, लोपोन्मुख तथा दलित समुदायको जल, जंगल जमिनमा अधिकार सुनिश्चित गराउने सन्दर्भमा प्रादेशिक परिचालन तथा पहँुच विस्तार कार्यशाला बुधबार बुटवलमा गरिएको छ । विश्व बैंकबाट प्राप्त भएको आदिवासी जनजाति र स्थानीय समुदायको लागि समर्पित अनुदान संयन्त्र परियोजनाबारे जानकारी गराउने उदेश्यले बुटवलमा कार्यशाला गरिएको हो ।
म गफ गर्दिन, काम गरेर देखाउँछु : चुन्न प्रसाद पाैडेल
म गफ गर्दिन, काम गरेर देखाउँछु : चुन्न प्रसाद पाैडेल बुटवल -आगामी फाल्गुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेस रूपन्देही क्षेत्र न २ अन्तर्गत बुटवल वार्ड नम्बर ११ मा प्रचारप्रसार कार्यालयको उद्घाटन गरेको छ । कार्यालयको बुटवल ११ देबिनगर चौपारिछेउमा प्रतिनिधिसभा सदस्यमा रुपन्देही क्षेत्र नम्बर २ का उमेदवार चुन्न प्रसाद पौडेलले रिबन काटेर उदघाटनगर्नुभयो । सो कार्यालयमा...
ब्रिटिश म्यानेजमेन्ट कलेजले मनायाे बार्षिकाेत्सव, नवआगन्तुक विद्यार्थीलाई स्वागत 
ब्रिटिश म्यानेजमेन्ट कलेजले मनायाे बार्षिकाेत्सव, नवआगन्तुक विद्यार्थीलाई स्वागत  बुटवल- बुटवलस्थित ब्रिटिश म्यानेजमेन्ट कलेजले वार्षिकउत्सव तथा नवआगन्तुक विद्यार्थी स्वागत कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा प्रमुख अतिथिका रूपमा आईक्यान बुटवल शाखा प्रमुख खेमेन्द्र रानाको उपस्थिति रहेको थियो।
सुनको मूल्यमा लगातार कीर्तिमान, चाँदीको भाउ पनि हालसम्मै उच्च
सुनको मूल्यमा लगातार कीर्तिमान, चाँदीको भाउ पनि हालसम्मै उच्च काठमाडौँ- सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख १८ हजार ८०० त्यति नै चाँदीको मोल  सात हजार ३०० कायम भएको छ।
Weather Update