लुम्बिनी सहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना
बिहीबार, असार २५, २०८३
बुटवल - देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा विहिबार (आज) विभिन्न प्रदेशमा चट्याङसहित वर्षा हुने तथा केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशकाे बुटवल सहित अधिकांश भागमा पानी परिरहेकाो छ ।
नेपाल भारतकाका व्यवसायीविच लुम्बिनीको पर्यटन प्रवर्द्धन लागि समझदारी
बुधबार, असार २४, २०८३
बुटवल - नेपाल र भारतबीच धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले दुई देशका व्यवसायीहरुविच बिटुबि समझदारी भएको छ । लुम्बिनी होटल एसोसिएसन नेपाल र वाराणसी टुरिजम गिल्डविच पाँच बुँदे सम्झदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको हो । लुम्बिनीमा सम्पन्न सम्झौतामा लुम्बिनी होटल एसोसिएसन नेपालका अध्यक्ष लिलामणि शर्मा र वाराणसी टुरिजम...
सकियो दुई दिने दलित ज्ञान उत्सव
सोमबार, असार २२, २०८३
बुटवल-दलित समुदायको अधिकार, समावेशिता, सामाजिक न्याय कला र विभेदविरुद्ध चित्रकला गर्दै ‘तिलोत्तमा दलित ज्ञान उत्सव सकिएको छ । रूपन्देहीको तिलोत्तमा नगरपालिकाले आयोजना गरेको दुइे दिने उत्सवको सोमबार समापन गरिएको हो ।
लेखक साहनीका तीन पुस्तकको संगौलाद्धारा विमोचन
आइतबार, असार २१, २०८३
बुटवल, असार २१ । लेखक साहित्यकार दील साहनीको तीन कृतिको आईतबार बुटवलमा विमोचन गरिएको छ । बरिष्ठ लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलाले साहनीका कथा सग्रह ‘मुलतबी’ निबन्ध संग्र्रह ‘अध्ययन, अनुभव र अनुभूति’ तथा उपन्यास ‘रूपान्तरण’ को संयुक्त रूपमा विमोचन गरेका हुन् ।
नेकपाद्धारा कुमालको निधनमा श्रद्धाञ्जली सभा
आइतबार, असार २१, २०८३
बुटवल - नेपाली कम्युनिष्ट पार्टी बुटवल १७ का सदस्य सूर्य बहादुर कुमालको निधनमा श्रद्धाञ्जली सभा गरिएको छ। गत असार १४ गतेका दिन भएको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै नेकपा बुटवल वडा न. १७ को कमिटिले शनिबार श्रद्धाञ्जलीसभा गरेको हो । नेकपाका नेता तथा पूर्वमन्त्री सुदर्शन बरालको प्रमुख आतिथ्यतामा श्रद्धाञ्जलीसभा जिल्ला,...
कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम
शनिबार, असार २०, २०८३
बुटवल-नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को जेठको कार्यसम्पादन मूल्यांकन (रिपोर्ट कार्ड) अनुसार लुम्बिनी प्रदेश प्रहरी कार्यालय लगातार दोस्रो महिना देशभरका प्रदेश प्रहरी कार्यालयमध्ये प्रथम भएको छ ।
पत्रकार महेन्द्र थापाद्वारा लिखित पुस्तकको लाेकार्पण
शनिबार, असार २०, २०८३
बुटवल - पत्रकार महेन्द्र थापाद्वारा लिखित मणिमुकुन्द सेन र उजिरसिंह थापा व्यक्ति व्यक्तित्व र याेगदान नामक पुस्तकको शनिबार बुटवलमा लाेकार्पण गरिएको छ ।पुस्तककाे बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेय,संस्कृतिविद् बिमलबहादुर शाक्य,अग्रज पत्रकार मदनलाल पाैडेल लगायतले लाेकार्पण गरेका हुन्।
तिलोत्तमामा आइतबारदेखि 'दलित ज्ञान उत्सव' हुने
शनिबार, असार २०, २०८३
बुटवल - रूपन्देहीको तिलोत्तमामा आईतबारदेखि तेस्रो संस्करणको दलित ज्ञान उत्सव हुने भएको छ ।तिलोत्तमा नगरपालिकाले शनिबार पत्रकार सम्मेलन गरेर असार २१ र २२ गते ज्ञान उत्सव हुन लागेको जानकारी दिएको हो।पत्रकार सम्मेलनमा तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाँणले उत्सवले सामाजिक न्याय, सामाजिक एकता र न्याय निरूपणलाई सहयोग गर्ने गरेको बताए ।
रजा-ए-मुस्तफा मस्जिद समितिद्वारा नन्दिनी गौशालामा गौआहार वितरण
शुक्रबार, असार १९, २०८३
बुटवल - रजा-ए-मुस्तफा मस्जिद समिति बुटवल उपमहानगरपालिका वडा नम्बर १ नन्दिनी गौशालामा गौआहार वितरण गरेको छ । ईस्लाम धर्मावलम्बीहरुको इस्लामिक नयाँ वर्ष १४४८ अवसर पारेर बुटवल–७ शिवनगरस्थित गौशाला रहेको गाईवस्तुको लागि आवश्यक आहार वितरण गरेको हो । गौआहारलाई बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले गौशालालाई हस्तान्तरण गर्नुभयो ।
उद्योगी व्यवसायीहरू प्रतिस्पर्धी होइन, आर्थिक समृद्धिका सहयात्री हुन् : अध्यक्ष टंक प्रसाद पोखरेल
बिहीबार, असार १८, २०८३
बुटवल- नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशको आयोजनामा नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित उपाध्यक्ष, प्रदेश अध्यक्ष तथा केन्द्रीय सदस्यहरूलाई बधाई ज्ञापन गरिएको छ । बुधबार बुटवल, मिलनचोकस्थित चेम्बरको प्रदेश कार्यालयमा संस्थाका अध्यक्ष टंक प्रसाद पोखरेलको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो। निजी क्षेत्रका दुई प्रतिष्ठित व्यावसायिक संस्थाहरूबीचको समन्वय, सहकार्य र...
दलित पार्श्व चित्र : तिलोत्तमा नगरपालिकाको एक उदाहरणीय काम
बिहीबार, असार ११, २०८३
तिलोत्तमा नगरपालिका, स्थापनाको छोटो अवधिमा राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा आफ्नो छुट्टै पहिचान निर्माण गर्न सफल भएको छ । कारण यस पालिकाले गर्ने विभिन्न नागरिक केन्द्रित कार्य नै हुन् । तिलोत्तमा नगरपालिकाले आ-आफ्नो नीति तथा कार्यक्रम मार्फत दलित समुदायको लाई पनि प्राथमिकतामा राखेर अघि बढेको देखिन्छ । नीति र कार्यक्रमा मार्फत...
ज्ञानपुञ्ज इङ्ग्लिस बोर्डिङ स्कुलमा नमुना निर्वाचन
आइतबार, असार ७, २०८३
बुटवल- ज्ञानपुञ्ज इङ्ग्लिस बोर्डिङ स्कुल, बुटवल–११, नहरपुरमा आईतबार “नमुना निर्वाचन अभ्यास कार्यक्रम–२०८३” गरेको छ । विद्यार्थीहरूमा नेतृत्व क्षमता विकास गर्नुका साथै लोकतान्त्रिक मूल्य, मान्यता तथा निर्वाचन प्रक्रियाबारे प्रत्यक्ष अनुभव प्रदान गर्ने उद्देश्यले नमूना अभ्यास निर्वाचन गरिएको हो ।
टंकप्रसाद पोखरेललाई ‘कर्पोरेट इन्डस्ट्री लिडरशिप अवार्ड'
बिहीबार, असार ४, २०८३
कर्पोरेट बिजनेस म्यागजिनद्वारा आयोजित १८औँ कर्पोरेट बिजनेस अवार्ड–२०२६ अन्तर्गत बिहीबार काठमाडौंको र्याडिसन होटलमा सम्पन्न विशेष समारोहमा उनलाई उक्त सम्मान प्रदान गरिएको हो।


