Lumbini Rise
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : आज यी पाँच प्रदेशमा वर्षाको सम्भावना
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : आज यी पाँच प्रदेशमा वर्षाको सम्भावना नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशमा साधरणतया बादल लागेको छ भने बाँकी पहाडी क्षेत्रमा आंशिक बादल तथा अन्य भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।
लायन्स बुटवल स्मार्टसिटीद्वारा विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण
लायन्स बुटवल स्मार्टसिटीद्वारा विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण ग्रामीण क्षेत्रका आर्थिक रूपमा कमजोर तर, अध्ययनमा उत्कृष्ट विद्यार्थीहरूलाई लक्षित गरी सञ्चालन गरिएको यस कार्यक्रमले शिक्षा क्षेत्रमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ । कार्यक्रममा क्लबका अध्यक्ष हिमाल श्रेष्ठले शिक्षा नै सभ्य र समृद्ध समाज निर्माणको आधार भएको उल्लेख गरे । उनले आर्थिक अभावका कारण कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित...
दाङमा लक्ष्यभन्दा बढीलाई एचपिभी खोप
दाङमा लक्ष्यभन्दा बढीलाई एचपिभी खोप उनका अनुसार जिल्लामा माघ २५ देखि २७ गतेसम्म पहिलो चरण र माघ २८ देखि फागुन १ गतेसम्म दोश्रो चरण गरि दुई चरणमा गरि सञ्चालन भएको एचभिपी खोप अभियानका क्रममा सात हजार आठ सय २९ जनालाई खोप लगाउने लक्ष्य भएकोमा लक्ष्यभन्दा बढी सात हजार आठ सय ३७ जना किशोरीले खोप लगाएका...
रास्वपाको पहिलाे चुनावी सभा आज धनगढीमा, रवि र बालेनले सम्बोधन गर्दै
रास्वपाको पहिलाे चुनावी सभा आज धनगढीमा, रवि र बालेनले सम्बोधन गर्दै रास्वपाले धनगढीबाट शुरु गर्ने यस चुनाव सभापछि सुर्खेत, भैरहवा, पोखरा, चितवन र इटहरीमा आयोजना गर्ने जानकारी दिइएको छ।
आज ग्याल्पो ल्होछार पर्व मनाइँदै
आज ग्याल्पो ल्होछार पर्व मनाइँदै ल्होछार पर्वका अवसरमा शेर्पा समुदायले आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार गुथुक र खाप्से सबैजना मिलीजुली खाने तथा आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने परम्परा छ ।
कर्मले चिनिएका ‘चुन्न प्रसाद पाैडेल'
कर्मले चिनिएका ‘चुन्न प्रसाद पाैडेल' समयको गतिसँगै धेरै मानिसहरू जन्मन्छन् र हराउँछन्, तर कोही यस्ता हुन्छन् जसले आफ्नो कर्म, दृष्टि र समर्पणले समाजमा अमिट छाप छोड्न सक्छन् । त्यस्तै मध्येका एक व्यक्तित्व हुन्, चुन्नप्रसाद शर्मा पौडेल । बागलुङमा जन्मिए, बागलुङमै हुर्किए र रुपन्देहीको माटोमा भिजेका पौडेलले देश विदेशमा आफ्नो छुट्टै पहिचान बनाएका छन् । जसले...
कालिकामा नमूना संसदको  अभ्यास
कालिकामा नमूना संसदको अभ्यास बुटवल- कालिका मानवज्ञान माबि बुटवलमा नवौँ नमूना संसदको अधिवेशन सम्पन्न भएको छ । विद्यार्थीहरुलाई नेपालको संसदीय पद्धतिको जानकारी दिनको लागि विद्यालयले २०७३ सालदेखि नियमित रुपमा नमूना संसदको अधिवेशन गराउँदै आएको छ । लेक्स नेपाल, लिगल एड्भोकेसी फोरम तथा लुम्बिनी इन्ट्रिग्रेटेड एकेडेमीसङ्गको सहकार्यमा कानून विद्यार्थी समाज कालिकाले समन्वय गरेको नमूना संसदको...
इन्टलेक्च्युअल एकेडेमीको १६औँ वार्षिकोत्सव सम्पन्न:संस्कारयुक्त शिक्षामा जोड ​
इन्टलेक्च्युअल एकेडेमीको १६औँ वार्षिकोत्सव सम्पन्न:संस्कारयुक्त शिक्षामा जोड ​ शिक्षा विकास तथा समन्वय एकाइ, रुपन्देहीका प्रमुख विष्णुप्रसाद पन्थीको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा विद्यालयको शैक्षिक यात्रा र भावी योजनाबारे चर्चा गरिएको थियो। ​समारोहको उद्घाटन गर्दै प्रमुख अतिथि पन्थीले इन्टलेक्च्युअल एकेडेमीले छोटो समयमै सिकाई र संस्कारको उत्कृष्ट संयोजन गरी बुटवल क्षेत्रमा बेग्लै पहिचान बनाएको बताउनुभयो।
बुटवल उपमहानगरपालिकाले आफ्नो ६७ औँ स्थापना दिवस मनाउने
बुटवल उपमहानगरपालिकाले आफ्नो ६७ औँ स्थापना दिवस मनाउने बुटवल । बुटवल उपमहानगरपालिकाले आफ्नो ६७ औँ स्थापना दिवस भोली आइतबार एक औपचारिक कार्यक्रमका बीच मनाउँदै छ । हरेक वर्ष भव्य समारोहबीच दिवस मनाउँदै आएको उपमहानगरले यस वर्ष भने यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको आचारसंहित लागू भएकाले सामान्य रुपमा मनाउने भएको हो । 
११ उपमहानगरमध्ये कार्यसम्पादन मूल्यांकनमा बुटवल प्रथम
११ उपमहानगरमध्ये कार्यसम्पादन मूल्यांकनमा बुटवल प्रथम बुटवल- राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले देशभरिका ११ उपमहानगरपालिकाको कार्यसम्पादन मूल्यांकनमा बुटवल उपमहानगरपालिका सबैभन्दा अगाडि रहेको नतिजा सार्वजनिक गरेको छ। बुटवलले ६४.४४ अंक प्राप्त गरी सबैभन्दा अगाडि रहँदा इटहरी उपमहानगरपालिकाले ३८.९६ अंक पाएको छ।
पदभन्दा पद्धति ठूलो: बुटवल जेसिजमा यदुमणी पोखरेलको ‘निष्ठासहितको नेतृत्व’ सुरु
पदभन्दा पद्धति ठूलो: बुटवल जेसिजमा यदुमणी पोखरेलको ‘निष्ठासहितको नेतृत्व’ सुरु ​बुटवल । बुटवलको सामाजिक र व्यावसायिक क्षेत्रमा एउटा स्थापित नाम हो- यदुमणी पोखरेल। वि.सं. २०४४ सालमा गुल्मीको धुर्कोटस्थित एउटा साधारण गाउँमा जन्मिएका पोखरेल आज बुटवलकै जेठो र गरिमामय सामाजिक संस्था ’बुटवल जेसिज’को ५३ औँ अध्यक्षका रूपमा उभिएका छन्। 
वरिष्ठ कलाकार सुनिल थापाको निधन
वरिष्ठ कलाकार सुनिल थापाको निधन काठमाडौँ- वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ । उनको हृदयघातका कारण शनिबार बिहान निधन भएको चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले जानकारी दिए। शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थापाको शनिबार बिहान हृदयघात भएको थियो। त्यसपछि थापाथलीस्थित नर्भिक अस्पताल पुर्‍याइएका उनको सोही अस्पतालमा निधन भएको हो । उनी हिजो समेत फिल्मको...
Weather Update