Lumbini Rise
विराटनगर उडेको बुद्ध एयरको जहाजमा समस्या आएपछि काठमाडौं फर्कियो
विराटनगर उडेको बुद्ध एयरको जहाजमा समस्या आएपछि काठमाडौं फर्कियो काठमाडौं- काठमाडौंबाट विराटनगर उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या भएपछि पुन: काठमाडौं नै फर्काइएको छ।बिहीबार दिउँसो १ बजेतिर काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको उडान नम्बर ७०७ मा प्राविधिक समस्या देखिएपछि जहाज पुन: काठमाडौं नै फर्काइएको हो।
निर्माण व्यवसायीद्धारा असुरक्षित भएको  गुनासो 
निर्माण व्यवसायीद्धारा असुरक्षित भएको  गुनासो  बुटवल - भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री सुनिल लम्सालले ‘काम नगर्ने ठेकेदारको खुट्टा भाँचिदिनू’ भनी दिएको सार्वजनिक अभिव्यक्तिप्रति लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीले आपत्ति जनाएको छ  ।संघले बुधबार बुटवलमा पत्रकार सम्मेलन गर्दै उक्त अभिव्यक्तिले निर्माण व्यवसायीहरूको मानमर्दनसंगै आक्रोशित, दुःखी तथा असुरक्षित महसुस गराएको बताएको छ  ।
सुस्तामा भारतीय सेना हतियारसहित पसेपछि स्थानीयको प्रतिकार
सुस्तामा भारतीय सेना हतियारसहित पसेपछि स्थानीयको प्रतिकार बुटवल- नवलपरासी पश्चिमको सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी हतियारसहित प्रवेश गरेका छन्। भारतीय सुरक्षाकर्मी हतियारसहित गस्तीमा आएपछि स्थानीयले प्रतिकार गरेका छन्। नीयले नेपालमा नआउन भन्दै होहल्ला गरेपछि भारतीय सुरक्षाकर्मी फिर्ता गएका छन्। सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जैसवालका अनुसार सीमा क्षेत्रमा रहेको खोला तरेर नेपालतिर गस्तीमा भारतीय सुरक्षाकर्मी छिरेपछि स्थानीयले प्रतिकार...
ज्ञानपुञ्जमा नमूना संसदीय अभ्यास 
ज्ञानपुञ्जमा नमूना संसदीय अभ्यास  बुटवल - संघीय संसद्को झल्को दिनेगरी बुटवल १३ नहरपुर स्थित ज्ञानपुञ्ज इंगलिश सेकेन्डरी स्कूलमा बुधबार नमुना संसद् अभ्यास गराइएको छ । कक्षा १० का विद्यार्थीहरुका लागि लोकतन्त्र, संसदीय प्रक्रिया तथा विधिको शासनका बारेमा व्यवहारिक ज्ञान दिने उदेश्यले नमूना संसद कार्यक्रम अन्तर्गत अभ्यास गराइएको हो ।
ज्ञानपुञ्ज एलुम्नाई संघ गठन, सिद्धार्थ कँडेल अध्यक्षमा निर्वाचित
ज्ञानपुञ्ज एलुम्नाई संघ गठन, सिद्धार्थ कँडेल अध्यक्षमा निर्वाचित बुटवल- ज्ञानपुञ्ज माध्यमिक विद्यालयमा “ज्ञानपुञ्ज एलुम्नाई मिट–२०८३” सोमबार  सम्पन्न भएको छ । विद्यालय सभाहलमा आयोजित उक्त कार्यक्रममा कक्षा १० तथा १२ उत्तीर्ण गरी विभिन्न क्षेत्रमा क्रियाशील करिब ८० जना पूर्व विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
आर्थिक विधेयक र एमआरपीबारे उद्योगी–व्यवसायीहरुलाई अभिमुखीकरण
आर्थिक विधेयक र एमआरपीबारे उद्योगी–व्यवसायीहरुलाई अभिमुखीकरण भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले आर्थिक विधेयक २०८३ ले भन्सार क्षेत्रमा ल्याएका परिवर्तन, सहुलियत तथा छुटका व्यवस्थाबारे जानकारी दिएका थिए । यस्तै, घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीकी प्रमुख धर्मा अर्याल बेलवासेले एमआरपी कार्यान्वयनसँग सम्बन्धित कानुनी तथा व्यवहारिक पक्षबारे प्रस्तुति दिएकी थिइन् ।
तिलोत्तमामा सामाजिक विज्ञान सम्मेलन, अनुसन्धानमूलक विषयमा छलफल
तिलोत्तमामा सामाजिक विज्ञान सम्मेलन, अनुसन्धानमूलक विषयमा छलफल बुटवल - रुपन्देहीको तिलोत्तमा नगरपालिकामा विज्ञको ज्ञान तिलोत्तमाको पहिचान भन्ने नारासहित ‘तिलोत्तमा समाज विज्ञान सम्मेलन–२०८३’ गरेको छ ।  मंगलबार भएको उक्त सम्मेलन कार्यक्रममा सामाजिक, शैक्षिक तथा स्थानीय विकाससँग सम्बन्धित विभिन्न अनुसन्धानमूलक विषयमा छलफल र प्रस्तुतीकरण गरिएको थियो । 
एलबी नमूना एकेडेमीबाट एसईई उतीर्ण विद्यार्थीहरुलाई सम्मान
एलबी नमूना एकेडेमीबाट एसईई उतीर्ण विद्यार्थीहरुलाई सम्मान बुटवल- बुटवल १३ झोलुङ्गेपुल स्थित एलबी नमूना एकेडेमीबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) मा चार जिपिए सहित उतीर्ण विद्यार्थीहरुलाई आईतबार सम्मान गरिएको छ ।बुटवल उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख टिकाराम पन्थी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदमराज बस्याल र प्राचार्य मुकुन्दराज उप्रेतीले विद्यार्थीहरुलाई सम्मान गरेका हुन्।
सेन्चुरी समाज बुटवलद्धारा तेस्रो करिअर परामर्श सम्पन्न
सेन्चुरी समाज बुटवलद्धारा तेस्रो करिअर परामर्श सम्पन्न ​​​​​​​बुटवल - सेन्चुरी समाज बुटवलले तेस्रो करिअर परामर्श तथा अन्तरक्रिया कार्यक्रम शनिबार गरेको छ । माध्यमिक शिक्षा परीक्षा (एसइइ) २०८२ मा उतीर्ण र कक्षा १२ का परीक्षार्थीहरुलाई लक्षित गरी कार्यक्रम गरिएको हो ।विद्यार्थीहरुको आगामि शैक्षिक यात्रा र विभिन्न पेशामा रहेका व्यक्तिहरुको अनुभवबाट अगाडि बढ्ने उत्प्ररेणा जगाउने उदेश्यले कार्यक्रम गरिएको आयोजकले...
साविक क्याननबाट एसईई उतीर्ण विद्यार्थीलाई सम्मान
साविक क्याननबाट एसईई उतीर्ण विद्यार्थीलाई सम्मान बुटवल - क्यानन माविबाट २०८२ माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी भई उतिर्ण विद्यार्थीहरूलाई शनिबार सम्मान गरिएकाे छ । एभरेष्ट  ईगलिश बाेर्डिङ स्कुलले एसईईमा उतिर्ण विद्यार्थी तथा शिक्षकलाई सम्मान गरिएकाे हाे । क्यानन एभरेष्टसंग गाभिएर एक भएकाे हाे । 
इन्टलेक्च्युअलमा ‘हामी बस्ने शहरको कथा’ सुरु 
इन्टलेक्च्युअलमा ‘हामी बस्ने शहरको कथा’ सुरु  बुटवल - हामी जुन शहरमा जन्मिएका छौँ, हुर्किएका छौँ–त्यही शहरको इतिहास र सांस्कृतिक जराबारे हामीलाई कति थाहा छ ? यही गम्भीर प्रश्नलाई केन्द्रमा राखेर इन्टलेक्च्युअल एकेडेमीले “हामी बस्ने शहरको कथा“ शैक्षिक कार्यक्रम  सुरु गरेको छ । बुधवारदेखि यो कार्यक्रमको सुभारम्भ गरिएको हो । 
तिलोत्तमामा जातीय अन्तरघुलन कार्यक्रम सुरु 
तिलोत्तमामा जातीय अन्तरघुलन कार्यक्रम सुरु  बुटवल - तिलोत्तमा नगरपालिकाले सामाजिक समावेशिकरण तथा समानताका लागि जातीय अन्तरघुलन कार्यक्रम बुधबारदेखि सुरु गरेको छ । तिलोत्तमा नगरपालिकाले जातका आधारमा हुने विभेद अन्त्य गरी सभ्य र समतायुक्त नगर बनाउने उदेश्यले अन्तरघुलन अभियान सुरुवात गरेको हो ।
Weather Update