पाल्पा बुटवल सडकको दोभान–चिडियाखोला खण्ड हिलो र धुलाम्य
बुधबार, असार ३१, २०८३
स्याङ्गजा अर्जुनचाैपारीमा नयाँ व्यवस्थापन सहित आकृती सुनचाँदी पसल सञ्चालन
मंगलबार, असार ३०, २०८३
बुटवल- स्याङजा अर्जुन चौपारीमा नयाँ व्यवस्थापन सहित आकृती सुनचाँदी पसल शुभारम्भ गरिएको छ । पसलकाे आफ्नै वुवा उदयबहादुर विकले आइतबार उद्घाटन गरेका हुन् । विगत डेढ दशकदेखि निरन्तर सुनचाँदी व्यवसायमा आफ्नो छुट्टै पहिचान बनाउन सफल अर्जुन विश्वकर्माले यस क्षेत्रमै नयाँ व्यवस्थापनका साथ शुभारम्भ गरेका हुन् । गुणस्तरीय, उत्कृष्ट डिजाइन र...
बुटवल- स्याङजा अर्जुन चौपारीमा नयाँ व्यवस्थापन सहित आकृती सुनचाँदी पसल शुभारम्भ गरिएको छ । पसलकाे आफ्नै वुवा उदयबहादुर विकले आइतबार उद्घाटन गरेका हुन् । विगत डेढ दशकदेखि निरन्तर सुनचाँदी व्यवसायमा आफ्नो छुट्टै पहिचान बनाउन सफल अर्जुन विश्वकर्माले यस क्षेत्रमै नयाँ व्यवस्थापनका साथ शुभारम्भ गरेका हुन् । गुणस्तरीय, उत्कृष्ट डिजाइन र विश्वसनीय कारोबार गर्ने अठोटका साथ पसल सुरुवात गरिएको सञ्चालक अर्जुन विश्वकर्माले बताए ।
लुम्बिनी प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना, देशभर माैसम बदली
मंगलबार, असार ३०, २०८३
बुटवल - जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज लुम्बिनी प्रदेशमा हल्का तथा कोशी, बागमती र गण्डकी प्रदेशका धैरै स्थानमा बर्षा भइरहेको छ । आज दिउँसो लुम्बिनी प्रदेशमा अधिकांश क्षेत्रमा बादल लाग्नेछ । कोशी, मधेस, बागमती, गण्डकीमा पनि बर्षातको उतिकै सम्भावना रहेको छ । कर्णाली र सुदूरपश्चिम...
बुटवल - जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज लुम्बिनी प्रदेशमा हल्का तथा कोशी, बागमती र गण्डकी प्रदेशका धैरै स्थानमा बर्षा भइरहेको छ । आज दिउँसो लुम्बिनी प्रदेशमा अधिकांश क्षेत्रमा बादल लाग्नेछ । कोशी, मधेस, बागमती, गण्डकीमा पनि बर्षातको उतिकै सम्भावना रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ ।
लामो दुरीका सवारी साधन काठमाडौं उपत्यकामै राेकियाे, सबै नाका बन्द
मंगलबार, असार ३०, २०८३
काठमाडौं - वर्षा र पहिरोले जोखिम बढेको भन्दै काठमाडौं उपत्यकाबाट बाहिरिने सबै नाकाहरु बन्द गरिएको छ । सवारी साधनहरु बसपार्क लगायतका क्षेत्रमै होल्ड गरिएको छ । नागढुंगा, साँगा, फर्पिङ हुँदै यात्रा गर्ने लामो दुरीका सवारी साधन बन्द गरिएको हो । वर्षाका कारण हिजो रातभर रात्रिकालीन सवारी साधनलाई यात्रा गर्न रोक...
काठमाडौं - वर्षा र पहिरोले जोखिम बढेको भन्दै काठमाडौं उपत्यकाबाट बाहिरिने सबै नाकाहरु बन्द गरिएको छ । सवारी साधनहरु बसपार्क लगायतका क्षेत्रमै होल्ड गरिएको छ । नागढुंगा, साँगा, फर्पिङ हुँदै यात्रा गर्ने लामो दुरीका सवारी साधन बन्द गरिएको हो । वर्षाका कारण हिजो रातभर रात्रिकालीन सवारी साधनलाई यात्रा गर्न रोक लगाइएको थियो । आज बिहान पनि गाडीहरु छाडिएको छैन ।
समृद्धि हेयरले गर्याे १६० जना प्रशिक्षार्थीलाई दीक्षित
सोमबार, असार २९, २०८३
बुटवल । बुटवलस्थित चर्चित समृद्धि हेयर ड्रेसिङ सलुन एन्ड एकेडेमी ले १६० जना प्रशिक्षार्थीलाई दीक्षित गर्दै विभिन्न विधामा सम्मान तथा पुरस्कार वितरण गरेको छ। सोमबार आयोजित विशेष समारोहमा वरिष्ठ पत्रकार राजेन्द्र बानियाँको प्रमुख आतिथ्यमा दीक्षान्त समारोह सम्पन्न भएको हो।

प्रधानमन्त्री बालेन शाहकाे पनि सम्पत्ति छानविन हुनुपर्छ: ज्ञानेन्द्र शाही
सोमबार, असार २९, २०८३
बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले वहालवाला प्रधानमन्त्री, मन्त्री र सांसदको पनि सम्पत्ति छानबिन हुनुपर्ने बताएका छन् । सोमबार बुटवलमा पत्रकारहरूसँग कुराकानी गर्दै नेता शाहीले सरकारले आफ्नो सम्पत्ति छानबिन नगर्ने, अरूको मात्रै गर्नु गलत रहेको बताएका हुन् ।

विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अनुमति
सोमबार, असार २९, २०८३
काठमाडौँ- सम्पत्ति शुद्धीकरणको अभियोगमा हिरासतमा रहेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई विशेष अदालतले थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ।विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र उमेश कोइरालाको संयुक्त इजलासले सोमबार पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेलमाथि अनुसन्धान गर्न तीन दिनको म्याद थप गरेको हो।

वास्तुशास्त्रले वैज्ञानिक, सांस्कृतिक र व्यवस्थित निर्माण संस्कृतिलाई बलियो बनाउँछ : मुख्यमन्त्री आचार्य
सोमबार, असार २९, २०८३
दाङ- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वास्तुशास्त्रलाई वैज्ञानिक सोच, सांस्कृतिक परम्परा र व्यवस्थित निर्माण संस्कृतिसँग जोडिएको ज्ञानका रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।रुपन्देहीको तिलोत्तमा नगरपालिका-५ मणिग्राममा दक्षिण एसियाली ज्योतिष महासंघ लुम्बिनी प्रदेश समितिद्वारा आयोजित ‘लुम्बिनी वास्तु सम्मेलन–२०८३’ को उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले परम्परागत ज्ञानलाई आधुनिक प्रविधिसँग समन्वय गरी सुरक्षित, वातावरणमैत्री...
दाङ- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वास्तुशास्त्रलाई वैज्ञानिक सोच, सांस्कृतिक परम्परा र व्यवस्थित निर्माण संस्कृतिसँग जोडिएको ज्ञानका रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।रुपन्देहीको तिलोत्तमा नगरपालिका-५ मणिग्राममा दक्षिण एसियाली ज्योतिष महासंघ लुम्बिनी प्रदेश समितिद्वारा आयोजित ‘लुम्बिनी वास्तु सम्मेलन–२०८३’ को उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले परम्परागत ज्ञानलाई आधुनिक प्रविधिसँग समन्वय गरी सुरक्षित, वातावरणमैत्री र दीगो संरचना निर्माणमा उपयोग गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कांग्रेस सभापति गगन थापाको घर अगाडि पनि शंकास्पद गाडी पार्किङ
सोमबार, असार २९, २०८३
काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाको निवास अगाडि पनि शंकास्पद् गाडी राखेको पाइएको छ । सभापति थापाको रातोपुलस्थित निवास अगाडि बीएसी ९५७५ नम्बरको गाडी पार्किङ गरिएको छ ।
काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाको निवास अगाडि पनि शंकास्पद् गाडी राखेको पाइएको छ । सभापति थापाको रातोपुलस्थित निवास अगाडि बीएसी ९५७५ नम्बरको गाडी पार्किङ गरिएको छ ।
किनेको पाँच दिनमै पब्लिकेसन अघि राखियो गाडी, बाँकी दुई निजी कार
सोमबार, असार २९, २०८३
काठमाडौं- काठमाडौंका तीन प्रमुख सञ्चारमाध्यमका कार्यालयअगाडि सोमबार बिहान बाटो नै अवरुद्ध हुने गरी पार्क गरिएका तीन वटा गाडीमध्ये दुई वटा निजी व्यक्तिको र एउटा सानीमा बैंकबाट ऋण लिएर एसटी मोटर्सले किनेको खुलेको छ । कान्तिपुर पब्लिकेशन, अनलाइनखबर र हिमालय टेलिभिजनको कार्यालयअगाडि राखिएका ती गाडीका कारण पत्रकार तथा कर्मचारीलाई कार्यालयभित्र आफ्ना...
काठमाडौं- काठमाडौंका तीन प्रमुख सञ्चारमाध्यमका कार्यालयअगाडि सोमबार बिहान बाटो नै अवरुद्ध हुने गरी पार्क गरिएका तीन वटा गाडीमध्ये दुई वटा निजी व्यक्तिको र एउटा सानीमा बैंकबाट ऋण लिएर एसटी मोटर्सले किनेको खुलेको छ । कान्तिपुर पब्लिकेशन, अनलाइनखबर र हिमालय टेलिभिजनको कार्यालयअगाडि राखिएका ती गाडीका कारण पत्रकार तथा कर्मचारीलाई कार्यालयभित्र आफ्ना सवारीसाधन प्रवेश गराउनसमेत कठिनाइ भएको थियो।
रुपन्देहीमा प्रहरीद्धारा लागूऔषध सहित एक जना पक्राउ
आइतबार, असार २८, २०८३
बुटवल - रुपन्देहीमा प्रहरीले एकजनालाई लागूऔषध (गाँजा) ७ के.जी. १ सय ग्राम सहित पक्राउ गरेको छ । कञ्चन गाउँपालिका–२ स्थित कटैया बस्ने ४८ वर्षिय पाचु मल्लाहलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) कृष्ण कुमार चन्दका अनुसार शुक्रबार पाचु मल्लाहको...
बुटवल - रुपन्देहीमा प्रहरीले एकजनालाई लागूऔषध (गाँजा) ७ के.जी. १ सय ग्राम सहित पक्राउ गरेको छ । कञ्चन गाउँपालिका–२ स्थित कटैया बस्ने ४८ वर्षिय पाचु मल्लाहलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) कृष्ण कुमार चन्दका अनुसार शुक्रबार पाचु मल्लाहको घरमा गाँजाको कारोबार भइरहेको छ भन्ने प्रहरीलाई गोप्य सूचना प्राप्त भएको थियो ।
दाङमा शिक्षा अधिकृत अजय बोहोराको शरीरमा मोविल खन्याएर दुर्व्यवहार
आइतबार, असार २८, २०८३
दाङ - दाङ्गको घोराही उपमहानगरपालिका–१५ का वडासदस्य लेखनाथ बुढाथोकीले उपमहानगरपालिकाका शिक्षा अधिकृत अजय बोहोराको शरीरमा मोविल खन्याएर दुर्व्यवहार गरेका छन् ।घोराही–१५ स्थित पद्मोदय पब्लिक नमूना मावि भरतपुरको व्यवस्थापन समितिको निर्वाचन नरोकेको भन्दै उनले शनिबार बिहान विद्यालयको गेटनजिकै मोटरसाइकलमा सवार बोहोरालाई मोविल खन्याइदिएका थिए ।

कपिलवस्तुका १० पालिकाका २६६ स्थानमा सिसिटिभी जडान
आइतबार, असार २८, २०८३
कपिलवस्तु - कपिलबस्तुका १० वटै स्थानीय तहका विभिन्न चोक, बजार क्षेत्र तथा संवेदनशील स्थानमा २सिसिटिभि जडान गरिएको छ । १६ स्थानीय तहका ६६ स्थानमा जिल्ला प्रहरी कार्यालयले सिसिटिभी जडान गरेको हो ।
कपिलवस्तु - कपिलबस्तुका १० वटै स्थानीय तहका विभिन्न चोक, बजार क्षेत्र तथा संवेदनशील स्थानमा २सिसिटिभि जडान गरिएको छ । १६ स्थानीय तहका ६६ स्थानमा जिल्ला प्रहरी कार्यालयले सिसिटिभी जडान गरेको हो ।