लुम्बिनी सरकारको सञ्चित कोषमा रकम सकिएपछि खाता बन्द
मंगलबार, असार १७, २०८२
मानव वेचविखनको अभियोगमा कालीदह नाकाबाट चार पक्राउ
मंगलबार, असार १७, २०८२
रुपन्देही – नेपाल–भारत सीमावर्ती कालीदह नाकाबाट भारत लैजाँदै गरेका तीन भारतीय सहित चार जना पक्राउ परेका छन् । लुम्बिनी सांस्कृतिक नगरपालिका–१३ स्थित कालीदह नाकाबाट उनीहरुलाई पक्राउ गरिएको हो । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको भन्दै प्रहरीले चार जनालाई पक्राउ गरेको हो ।यही असार १५ गते दिउँसो साढे ३ बजेतिर...
रुपन्देही – नेपाल–भारत सीमावर्ती कालीदह नाकाबाट भारत लैजाँदै गरेका तीन भारतीय सहित चार जना पक्राउ परेका छन् । लुम्बिनी सांस्कृतिक नगरपालिका–१३ स्थित कालीदह नाकाबाट उनीहरुलाई पक्राउ गरिएको हो । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको भन्दै प्रहरीले चार जनालाई पक्राउ गरेको हो ।यही असार १५ गते दिउँसो साढे ३ बजेतिर शुभ अवसर ग्राम नेपाल र प्रहरी चौकी कालीदहबाट खटिएको प्रहरी टोलीले तीन जना नेपाली बालिकालाई ललाईफकाई भारततर्फ लैजाँदै गरेको अवस्थामा फेला पारेको हो । बालिकाहरूलाई अवैध रूपमा सीमा पार गराउन खोज्ने चार जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
दीप बोर्डिङले गर्यो ४ जीपीए सहित उत्कृष्ट नतिजा ल्याएका विद्यार्थी र अभिभावकलाई सम्मान
सोमबार, असार १६, २०८२
बुटवल - दीप बोर्डिङ हाई स्कुल बुटवलमा माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जीपीएसहित उत्कृष्ट नतिजा ल्याएका विद्यार्थी तथा अभिभावकहरुलाई सम्मान गरिएको छ । सोमबार आयोजना गरिएको कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य टिकाराम न्यौपानेले ४५ वर्षको यात्रामा विभिन्न चुनौतीका बिच पनि विद्यार्थी, शिक्षकको अथक परिश्रम, आत्मविश्वास र लगनशिलताले विद्यालयले हरेक वर्ष...
बुटवल - दीप बोर्डिङ हाई स्कुल बुटवलमा माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जीपीएसहित उत्कृष्ट नतिजा ल्याएका विद्यार्थी तथा अभिभावकहरुलाई सम्मान गरिएको छ । सोमबार आयोजना गरिएको कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य टिकाराम न्यौपानेले ४५ वर्षको यात्रामा विभिन्न चुनौतीका बिच पनि विद्यार्थी, शिक्षकको अथक परिश्रम, आत्मविश्वास र लगनशिलताले विद्यालयले हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताए । एसईईमा ४ जीपीए ल्याएका विद्यार्थीहरुलाई जनही २ लाख रुपैयाँ पुरस्कार प्रदान गरिने उनले बताए । साथै जीपीए ३।९५ भन्दा बढी ल्याउने विद्यार्थीलाई जनही ५० हजार र जीपीए ३।९० भन्दा बढी ल्याउने विद्यार्थीलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिने प्राचार्य न्यौपानेले बताए । उक्त पुरस्कार विद्यालयको ४५ औँ वार्षिकोत्सवका अवसरमा प्रदान गरिने उनले बताए ।
१२ तले लुम्बिनी प्रादेशिक अस्पताल भवन डेढ बर्षमा २५ प्रतिशत प्रगती
सोमबार, असार १६, २०८२
बुटवल - लुम्बिनी प्रदेश सरकारकाले गौरवको आयोजनाका रुपमा हेरेको लुम्बिनी प्रादेशिक अस्पतालको २५ प्रतिशत भौतिक प्रगती भएको छ । लुम्बिनी प्रदेश पूर्वाधार बिकास प्राधिकरणले सोमबार बुटवलमा पत्रकार सम्मेलन गरी अस्पतालको भौतिक प्रगति २५ प्रतिशत र वित्तीय प्रगति १६ प्रतिशत पुगेको जनाएको हो ।पाँच वर्षमा सक्नेगरी निर्माण कम्पनीसँग सम्झौता भए पनि...
बुटवल - लुम्बिनी प्रदेश सरकारकाले गौरवको आयोजनाका रुपमा हेरेको लुम्बिनी प्रादेशिक अस्पतालको २५ प्रतिशत भौतिक प्रगती भएको छ । लुम्बिनी प्रदेश पूर्वाधार बिकास प्राधिकरणले सोमबार बुटवलमा पत्रकार सम्मेलन गरी अस्पतालको भौतिक प्रगति २५ प्रतिशत र वित्तीय प्रगति १६ प्रतिशत पुगेको जनाएको हो ।पाँच वर्षमा सक्नेगरी निर्माण कम्पनीसँग सम्झौता भए पनि ३ वर्षमै सम्पन्न सक्ने गरी तिव्रताका साथ काम गरिरहेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत इन्जिनीयर छवि पोखरेलले बताए । ‘कुनै प्राकृतिक विपत्ती वा आर्थिक संकट नआएमा निर्धारित समयभन्दा छिटोनै यो योजना पूरा हुनेछ’ उनले भने । अस्पतालका पूराना संरचना हटाउने काम साइट क्लिरियन्सपछि निर्माण सुरु भएको करिब चार महिनाको अवधिमै यो उल्लेख्य प्रगति भएको उनले बताए ।
पशुपति कलेजमा पिउने पानीको धारा जडान
सोमबार, असार १६, २०८२
बुटवल – लामो समय देखि हेण्ड पाइप थिचेर पानी पिउन बाध्य पशुपति कलेजमा पिउने पानी जडान गरी उद्घाटन गरिएको छ । कलेजका दैनिक ४ सय देखि ५ सय विद्याथीले पिउने पानी प्रयोग गर्छन् । पिउने पानीको जडानपछी पशुपति कलेज परिवार निकै खुसि भएको छ । सोमबार तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकिय...
बुटवल – लामो समय देखि हेण्ड पाइप थिचेर पानी पिउन बाध्य पशुपति कलेजमा पिउने पानी जडान गरी उद्घाटन गरिएको छ । कलेजका दैनिक ४ सय देखि ५ सय विद्याथीले पिउने पानी प्रयोग गर्छन् । पिउने पानीको जडानपछी पशुपति कलेज परिवार निकै खुसि भएको छ । सोमबार तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण अर्यालद्धारा उक्त पानीको उद्धघाटन गरिएको हो । नगरलाई शैक्षिक हबका रुपमा बिकास गर्ने तिलोत्तमा नगरपालिकाको परिकल्पनाले बिस्तारै रुप लिन थालेको अर्यालको दावी छ ।
रुपन्देहीकाे ३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुने
सोमबार, असार १६, २०८२
बुटवल–३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुने भएको छ । रुपन्देही– ३ मा कात्तिक १७ गते उपनिर्वाचन गर्ने निर्णय भएको निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए । २०७९ मङ्सिर ४ गते भएको निर्वाचनमा निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का दीपक बोहराको निधन भएपछि उक्त क्षेत्र रिक्त छ ।
बुटवल–३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुने भएको छ । रुपन्देही– ३ मा कात्तिक १७ गते उपनिर्वाचन गर्ने निर्णय भएको निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए । २०७९ मङ्सिर ४ गते भएको निर्वाचनमा निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का दीपक बोहराको निधन भएपछि उक्त क्षेत्र रिक्त छ ।
न्यू होराइजनद्वारा ४ जीपीए ल्याएका ११ जना सहित तीन सय विद्यार्थी र अभिावक सम्मानित
सोमबार, असार १६, २०८२
बुटवल - न्यू होराइजन अंग्रेजी आवासीय मावि बुटवलले माध्यमिक शिक्षा परीक्षा एसईईमा ४ जीपीएसहित उत्कृष्ट नतिजा ल्याएका विद्यार्थी तथा अभिभावकहरुलाई सम्मान गरेको छ । सोमबार विद्यालयमा एक कार्यक्रम आयोजना गरी ४ जीपीए ल्याउने ११ जना सहित तीन सय जना विद्यार्थी र अभिभावकलाई सम्मान गरिएको हो । कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य...
बुटवल - न्यू होराइजन अंग्रेजी आवासीय मावि बुटवलले माध्यमिक शिक्षा परीक्षा एसईईमा ४ जीपीएसहित उत्कृष्ट नतिजा ल्याएका विद्यार्थी तथा अभिभावकहरुलाई सम्मान गरेको छ । सोमबार विद्यालयमा एक कार्यक्रम आयोजना गरी ४ जीपीए ल्याउने ११ जना सहित तीन सय जना विद्यार्थी र अभिभावकलाई सम्मान गरिएको हो । कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य उपाध्यायले न्यू होराइजनले हालसम्मकै उत्कृष्ट नतिजाको रेकर्ड कायम गरेको बताए । विद्यालयले विगतदेखि नै उत्कृष्ट नतिजा ल्याउने गरेकोमा यसपटक विगतका रेकर्ड तोडेको उनले बताए ।
तिनाउ बोर्डिङमा ४ जीपीए ल्याएका विद्यार्थीलाई सम्मान सहित नगर परिक्रमा
सोमबार, असार १६, २०८२
बुटवल - तिनाउ इङ्लिस बोर्डिङ स्कुल देविगरबाट माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसईई) मा ४ जीपीए ल्याउने २ जना उत्कृष्ट विद्यार्थीसहित अन्य विद्यार्थीलाई सम्मानसहित नगर परिक्रमा गराइएको छ ।कार्यक्रममा बिद्यालय व्यवस्थापन समिति अध्यक्ष यज्ञमूर्ति पाण्डे, प्राचार्य सीता पाण्डे, सहप्राचार्य सूर्य पाण्डेलगायतले बोल्दै विद्यार्थीको सफलताका कारण तिनाउको नाम उच्च भएको बताए ।
बुटवल - तिनाउ इङ्लिस बोर्डिङ स्कुल देविगरबाट माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसईई) मा ४ जीपीए ल्याउने २ जना उत्कृष्ट विद्यार्थीसहित अन्य विद्यार्थीलाई सम्मानसहित नगर परिक्रमा गराइएको छ ।कार्यक्रममा बिद्यालय व्यवस्थापन समिति अध्यक्ष यज्ञमूर्ति पाण्डे, प्राचार्य सीता पाण्डे, सहप्राचार्य सूर्य पाण्डेलगायतले बोल्दै विद्यार्थीको सफलताका कारण तिनाउको नाम उच्च भएको बताए ।
गुल्मीको रिडी–वामीटक्सार सडकमा अबरुद्ध
सोमबार, असार १६, २०८२
गुल्मी- अविरल वर्षाका कारण गुल्मीको रिडी–वामीटक्सार सडकमा अबरुद्ध भएको छ । गएराति परेकाे बर्षाका कारण पहिराे गएपछि सडक अवरुद्ध बनेको हो । सडकको चन्द्रकोट गाउँपालिका– ८ र मुसिकोट नगरपालिका–५ को सिमाना नजिकै तल्लो फाँटमा आज बिहान पहिरो खसेपछि सडक पूर्णरुपमा अवरुद्ध बनेको हो ।
गुल्मी- अविरल वर्षाका कारण गुल्मीको रिडी–वामीटक्सार सडकमा अबरुद्ध भएको छ । गएराति परेकाे बर्षाका कारण पहिराे गएपछि सडक अवरुद्ध बनेको हो । सडकको चन्द्रकोट गाउँपालिका– ८ र मुसिकोट नगरपालिका–५ को सिमाना नजिकै तल्लो फाँटमा आज बिहान पहिरो खसेपछि सडक पूर्णरुपमा अवरुद्ध बनेको हो ।
मुगुमा दोस्रो पनि ४.३ म्याग्निच्युडको भूकम्प
सोमबार, असार १६, २०८२
काठमाडौँ - मुगुलाई केन्द्रबिन्दु बनाएर लगातार दोस्रो दिन पनि भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सोमबार बिहान जिल्लाको कोटडाँडा केन्द्रबिन्दु भएर भूकम्प गएको हो । बिहान ८ बजेर ३९ मिनेट जाँदा गएको भूकम्पको तीव्रता ४.३ म्याग्निच्युडको रहेको थियो ।
काठमाडौँ - मुगुलाई केन्द्रबिन्दु बनाएर लगातार दोस्रो दिन पनि भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सोमबार बिहान जिल्लाको कोटडाँडा केन्द्रबिन्दु भएर भूकम्प गएको हो । बिहान ८ बजेर ३९ मिनेट जाँदा गएको भूकम्पको तीव्रता ४.३ म्याग्निच्युडको रहेको थियो ।
राष्ट्रिय धान दिवसमा इन्टेलेच्युअल एकेडेमीले गर्यो विद्यार्थी सिकाइ रोपाईँ
आइतबार, असार १५, २०८२
बुटवल – असार १५ अर्थात राष्ट्रिय धान दिवस । प्राय विद्यालयहरुले नियमित कक्षा चलाइरहेका थिए । केही विद्यालयले भने एसईईको नतिजाको खुशीयाली साटासाटका कार्यक्रम गरिरहेका थिए । तर, बुटवलको इन्टेलेच्युअल एकेडेमीले भने आइतबार विद्यार्थीहरुकै लािग सिकाई रोपाईँ कार्यक्रम गरेकाे छ ।
बुटवल – असार १५ अर्थात राष्ट्रिय धान दिवस । प्राय विद्यालयहरुले नियमित कक्षा चलाइरहेका थिए । केही विद्यालयले भने एसईईको नतिजाको खुशीयाली साटासाटका कार्यक्रम गरिरहेका थिए । तर, बुटवलको इन्टेलेच्युअल एकेडेमीले भने आइतबार विद्यार्थीहरुकै लािग सिकाई रोपाईँ कार्यक्रम गरेकाे छ ।
माओवादी नेता कार्यकर्ताले शहिद परिवारको खेतमा धान रोपेर मनाए धान दिवस (तस्विरहरु)
आइतबार, असार १५, २०८२
लुम्बिनी- राष्ट्रिय धान दिवसको अवसरमा नेकपा (माओवादी केन्द्र) का नेता तथा कार्यकर्ताहरूले रुपन्देहीको शुद्धोधन गाउँपालिका–३ वेतहीका शहीद रमेश यादवको परिवारको खेतमा धान रोपेका छन् । माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालको नेतृत्वमा आयोजित रोपाइ कार्यक्रममा केन्द्रीय सदस्यहरू रामु परियार, मक्सुद अली, देवेन्द्र पाण्डे, संविधानसभा सदस्य शारदा घिमिरे, वाइसिएलका केन्द्रीय...
लुम्बिनी- राष्ट्रिय धान दिवसको अवसरमा नेकपा (माओवादी केन्द्र) का नेता तथा कार्यकर्ताहरूले रुपन्देहीको शुद्धोधन गाउँपालिका–३ वेतहीका शहीद रमेश यादवको परिवारको खेतमा धान रोपेका छन् । माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालको नेतृत्वमा आयोजित रोपाइ कार्यक्रममा केन्द्रीय सदस्यहरू रामु परियार, मक्सुद अली, देवेन्द्र पाण्डे, संविधानसभा सदस्य शारदा घिमिरे, वाइसिएलका केन्द्रीय उपाध्यक्ष माधव बस्नेतसहित करिब ८० जना नेता तथा कार्यकर्ताहरू सहभागी थिए । कार्यकर्ताहरूले दिनभर १० कठ्ठा खेतमा धान रोपेका थिए ।
नेपाल किसान महासंघ लुम्बिनीले मनायो राष्ट्रिय धान दिवस
आइतबार, असार १५, २०८२
बुटवल- नेपाल किसान महासंघ, लुम्बिनी प्रदेश, जिल्ला कार्यसमिति रुपन्देहीले २२ औं राष्ट्रिय धान दिवसको अवसरमा आइतबार बुटवल उप–महानगरपालिका–१९ मा धान रोपाइँ गरेर दिवस मनाएको छ ।किसान राजेन्द्र क्षेत्रीको खेतमा रोपाइ गरिएको हो । सो अववसरमा बोल्दै नेपाली कांग्रेस प्रदेश सभापति अमरसिंह पुनले देशलाई कृषिमा आत्मनिर्भर बनाउन खेतीयोग्य जमिनको खण्डीकरण रोक्नुपर्नेमा...
बुटवल- नेपाल किसान महासंघ, लुम्बिनी प्रदेश, जिल्ला कार्यसमिति रुपन्देहीले २२ औं राष्ट्रिय धान दिवसको अवसरमा आइतबार बुटवल उप–महानगरपालिका–१९ मा धान रोपाइँ गरेर दिवस मनाएको छ ।किसान राजेन्द्र क्षेत्रीको खेतमा रोपाइ गरिएको हो । सो अववसरमा बोल्दै नेपाली कांग्रेस प्रदेश सभापति अमरसिंह पुनले देशलाई कृषिमा आत्मनिर्भर बनाउन खेतीयोग्य जमिनको खण्डीकरण रोक्नुपर्नेमा जोड दिए ।

-1751365294.jpg)
