Lumbini Rise
लुम्बिनी राइज
लुम्बिनी राइज
एसईईमा चार जीपिए ल्याएकाहरुलाई ५१ हजार सहित सम्मान, खुशीयालीमा नगर परिक्रमा
एसईईमा चार जीपिए ल्याएकाहरुलाई ५१ हजार सहित सम्मान, खुशीयालीमा नगर परिक्रमा बुटवल- बुटवल स्थित नयाँ गाउँ माध्यमिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा चार जीपिए ल्याएका विद्यार्थीहरुलाई जनही ५१ हजार रुपैयाँले सम्मान गर्दैै आईतबार नगर परिक्रमा गराएको छ ।बुटवल १२ नयाँगाउँ स्थित विद्यालयमा अध्ययरनत छात्राहरु सम्झना घिमिरे, समिपा अधिकारी र रविना अधिकारीलाई अविरमाला गर्दै नगर परिक्रमा गराइएको हो ।विद्यालयका शिक्षक, विद्यार्थी,... बुटवल- बुटवल स्थित नयाँ गाउँ माध्यमिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा चार जीपिए ल्याएका विद्यार्थीहरुलाई जनही ५१ हजार रुपैयाँले सम्मान गर्दैै आईतबार नगर परिक्रमा गराएको छ ।बुटवल १२ नयाँगाउँ स्थित विद्यालयमा अध्ययरनत छात्राहरु सम्झना घिमिरे, समिपा अधिकारी र रविना अधिकारीलाई अविरमाला गर्दै नगर परिक्रमा गराइएको हो ।विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावकहरुले खुशीयाली साट्दै विद्यालय परिसरदेखि नयाँगाउँ, बेल्बास र ढवाहक्षेत्रमा परिक्रमा गराइएको विद्यालयका प्रधानाध्यापक पुरुषोत्तम भट्टराईले बताए ।
बुटवल मोतीपुरमा रोपाईँ महोत्सव  (तस्विरहरु)
बुटवल मोतीपुरमा रोपाईँ महोत्सव  (तस्विरहरु) बुटवल – लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरुमा राष्ट्रिय धान दिवसका अवसरमा रोपाई गरेर मनाइएको छ । आईतबार बुटवल लगायतका क्षेत्रमा पनि रोपाईँ गरिएको हो ।बुटवल उपमहानगरपालिकाले बुटवल वडा न. १९ मोतीपुरमा राष्ट्रिय धान दिवसको अवसरमा रोपाई महोत्सव गरेको छ । रोपाई महोत्सवमा नगरप्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल सहित जनप्रतितिहरु सहभागी... बुटवल – लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरुमा राष्ट्रिय धान दिवसका अवसरमा रोपाई गरेर मनाइएको छ । आईतबार बुटवल लगायतका क्षेत्रमा पनि रोपाईँ गरिएको हो ।बुटवल उपमहानगरपालिकाले बुटवल वडा न. १९ मोतीपुरमा राष्ट्रिय धान दिवसको अवसरमा रोपाई महोत्सव गरेको छ । रोपाई महोत्सवमा नगरप्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल सहित जनप्रतितिहरु सहभागी भए ।
जितेश्वरी टोलकाे अगुवाइमा सरसफाई तथा बृक्षारोपण 
जितेश्वरी टोलकाे अगुवाइमा सरसफाई तथा बृक्षारोपण  ​​​​​​​बुटवल -  बुटवल १३ स्थित जितेश्वरी टोल विकास संस्था र जितेश्वरी आमा समूहले आईतबार स्वामी, बर र पिपल सहितका विरुवाहरुको वृक्षारोपण गरेको छ । राष्ट्रिय धान दिवसको अवसरमा पछिल्लो समय सडक क्षेत्रबाट विनाश हुँदै गएका वर, पिपल र स्वामीको संरक्षण गर्ने उदेश्यले टोल संस्थाको अगुवाईमा जितेश्वरी सामुदायिक वनको क्षेत्रमा बृक्षारोपण... ​​​​​​​बुटवल -  बुटवल १३ स्थित जितेश्वरी टोल विकास संस्था र जितेश्वरी आमा समूहले आईतबार स्वामी, बर र पिपल सहितका विरुवाहरुको वृक्षारोपण गरेको छ । राष्ट्रिय धान दिवसको अवसरमा पछिल्लो समय सडक क्षेत्रबाट विनाश हुँदै गएका वर, पिपल र स्वामीको संरक्षण गर्ने उदेश्यले टोल संस्थाको अगुवाईमा जितेश्वरी सामुदायिक वनको क्षेत्रमा बृक्षारोपण गरिएको हो । जितेश्वरी माध्यमिक विद्यालय परिसर, महिला आमा समूहको भवन परिसरमा निम, कदम, गुलमोहर, अमला लगायतका विरुवाहरुको बृक्षारोपण गरिएको छ भने विद्यालयको उत्तरतर्फ भैरव मन्दिर जाने सडक छेउमा व्यवस्थित चौतारी बनाउने गरी वर, पिपल र स्वामीको विरुवाहरु बृक्षारोपण गरिएको छ । 
लुम्बिनी सहित पश्चिम नेपालमा भारी बर्षाको चेतावनी 
लुम्बिनी सहित पश्चिम नेपालमा भारी बर्षाको चेतावनी  बुटवल - लुम्बिनी प्रदेश सहित पश्चिम नेपालका जिल्लाहरुमा भारीदेखि धेरै भारी वर्षाको चेतावनी दिइएको छ । जल तथा मौसम विज्ञान विभागले लुम्बिनी, कर्णाली र सुदूपश्चिम प्रदेशका १२ जिल्लामा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले असार १६ गतेसम्म सतर्कता अपनाउन भनेको छ ।विभागका अनुसार लुम्बिनीका बाँके, बर्दिया र दाङ, कर्णालीका सुर्खेत,... बुटवल - लुम्बिनी प्रदेश सहित पश्चिम नेपालका जिल्लाहरुमा भारीदेखि धेरै भारी वर्षाको चेतावनी दिइएको छ । जल तथा मौसम विज्ञान विभागले लुम्बिनी, कर्णाली र सुदूपश्चिम प्रदेशका १२ जिल्लामा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले असार १६ गतेसम्म सतर्कता अपनाउन भनेको छ ।विभागका अनुसार लुम्बिनीका बाँके, बर्दिया र दाङ, कर्णालीका सुर्खेत, दैलेख र सल्यान, सुदूरपश्चिमका बैतडी, डडेलधुरा, डोटी, अछाम, कैलाली र कञ्चनपुर जिल्लामा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । अन्य प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा पनि भारीदेखि धेरै भारी वर्षाको चेतावनी जारी गरिएको छ ।
आज असार १५, राष्ट्रिय धान दिवस मनाइँदै 
आज असार १५, राष्ट्रिय धान दिवस मनाइँदै  काठमाडौं -  आज असार १५ । मानो रोपेर मुरी उब्जाउने दिन । बिशेष गरी नेपाली किसानहरुका लागि आजको दिन निकै महत्वपूर्ण छ । सरकारले असार १५ लाई  राष्ट्रिय धान दिवसका रुपमा मनाइँदै छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि मनाइन्छ । कामको चटारोले थकित... काठमाडौं -  आज असार १५ । मानो रोपेर मुरी उब्जाउने दिन । बिशेष गरी नेपाली किसानहरुका लागि आजको दिन निकै महत्वपूर्ण छ । सरकारले असार १५ लाई  राष्ट्रिय धान दिवसका रुपमा मनाइँदै छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि मनाइन्छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खाँदा शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् ।
धानदिवसको मुख्यमन्त्री आचार्यद्धारा शूभकामना, खेतीको गत घटाउने प्रतिबद्धता 
धानदिवसको मुख्यमन्त्री आचार्यद्धारा शूभकामना, खेतीको गत घटाउने प्रतिबद्धता  दाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले २२ औं राष्ट्रिय धान दिवस, २०८२ को अवसरमा शुभकामना व्यक्त गरेका छन् ।  २०६१ सालदेखि आषाढ १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउन थालिएको स्मरण गर्दै मुख्यमन्त्री आचार्यले यो दिवसले कृषिको महत्व जनमानसमा गहिरो बनाएको उल्लेख गरेका हुन् । धान वालीमा सघनताः खाद्य... दाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले २२ औं राष्ट्रिय धान दिवस, २०८२ को अवसरमा शुभकामना व्यक्त गरेका छन् ।  २०६१ सालदेखि आषाढ १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउन थालिएको स्मरण गर्दै मुख्यमन्त्री आचार्यले यो दिवसले कृषिको महत्व जनमानसमा गहिरो बनाएको उल्लेख गरेका हुन् । धान वालीमा सघनताः खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने राष्ट्रिय नारासहित मनाउन थालिएको यस वर्षको धान दिवस हालको सन्दर्भमा अत्यन्त सान्दर्भिक र प्रेरणादायी रहेको बताए ।  मुख्यमन्त्री आचार्यले नेपालको संविधानले नागरिकलाई खाद्य हक सुनिश्चित गरेको उल्लेख गर्दै खाद्य सुरक्षाको राष्ट्रिय लक्ष्य हासिल गर्न सुदृढ नीति, व्यवहारिक कार्यक्रम र समर्पित कार्यान्वयन आवश्यक रहेको धारणा राखे ।  
 युवा संघ नेपाल लुम्बिनीकाे अध्यक्षमा कृष्ण थापा सर्वसम्मत 
 युवा संघ नेपाल लुम्बिनीकाे अध्यक्षमा कृष्ण थापा सर्वसम्मत  ​​​​​​​बुटवल - नेकपा एकिकृत समाजवादी निकट युवा संघ नेपाल लुम्बिनीको अध्यक्षमा रुपन्देहीका कृष्ण थापा सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार बुटवलमा सम्पन्न भएको प्रदेश भेलाले थापाको अध्यक्षतामा ४५ सदस्यीय युवा संघको प्रदेश कमिटि सर्वसम्मत निर्वाचित गरिएको हो । नेकपा एकिकृत समजावादीका उपमहासचिव एव्म लुम्बिनी प्रदेश इन्चार्ज मेटमणि चौधरीको प्रमुख आतिथ्यतामा... ​​​​​​​बुटवल - नेकपा एकिकृत समाजवादी निकट युवा संघ नेपाल लुम्बिनीको अध्यक्षमा रुपन्देहीका कृष्ण थापा सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार बुटवलमा सम्पन्न भएको प्रदेश भेलाले थापाको अध्यक्षतामा ४५ सदस्यीय युवा संघको प्रदेश कमिटि सर्वसम्मत निर्वाचित गरिएको हो । नेकपा एकिकृत समजावादीका उपमहासचिव एव्म लुम्बिनी प्रदेश इन्चार्ज मेटमणि चौधरीको प्रमुख आतिथ्यतामा भएको भेलाले सर्वसम्मत कमिटि चयन गरिएको छ । उपाध्यक्षमा सार्दुल कसौधन (रुपन्देही), अर्का उपाध्यक्षमा सुनिल बुढाथोकी (दाङ), सचिवमा धनराज डिसि (रोल्पा), उपसचिवद्धयमा साजन सापकोटा –बाँके ), शान्ति पाटा मगर (दाङ) र कोषाध्यक्षमा आशिष श्रेष्ठ –पाल्पा)  निर्वाचित भएका छन् ।
नेपालमै धेरै विद्यार्थी रहेकाे बुटवलकाे कालिकाका ७ जनाले ल्याए चार जिपिए 
नेपालमै धेरै विद्यार्थी रहेकाे बुटवलकाे कालिकाका ७ जनाले ल्याए चार जिपिए  बुटवल- बुटवलको कालिका मानवज्ञान माविबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा ७ जना विद्यार्थीले ४ जीपीए हासिल गरेका छन् । परीक्षामा ५९६ जना विद्यार्थी सहभागी भएकोमा ७ विद्यार्थीले चार जीपीए ल्याएको विद्यालयका प्रधानाध्याक दिनेश थापाले जानकारी दिए ।आशिष जिसि, अस्मिना पराजुली, प्रशंसा पराजुली, प्रतिक पौड्याल, स्वरूप न्यौपाने, सुदर्शन न्यौपाने र... बुटवल- बुटवलको कालिका मानवज्ञान माविबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा ७ जना विद्यार्थीले ४ जीपीए हासिल गरेका छन् । परीक्षामा ५९६ जना विद्यार्थी सहभागी भएकोमा ७ विद्यार्थीले चार जीपीए ल्याएको विद्यालयका प्रधानाध्याक दिनेश थापाले जानकारी दिए ।आशिष जिसि, अस्मिना पराजुली, प्रशंसा पराजुली, प्रतिक पौड्याल, स्वरूप न्यौपाने, सुदर्शन न्यौपाने र सुजन बाह्रघरेले चार जीपीए ल्याएका हुन् ।
रुपन्देहीको शान्ति नमुना माविका १८ विद्याथीले चार जीपीए ल्याएर नयाँ रेकर्ड कायम
रुपन्देहीको शान्ति नमुना माविका १८ विद्याथीले चार जीपीए ल्याएर नयाँ रेकर्ड कायम बुटवल –  माध्यमिक शिक्षा परीक्षा (एसईई) मा रुपन्देहीको तिलोत्तमा रहेको शान्ति नमुना माध्यमिक विद्यालयका १८ विद्यार्थीले ४ जीपीए अंक ल्याएर नयाँ रेकर्ड कायम गरेका छन् । यो नतिजा सामुदायिक विद्यालयतर्फ नेपालकै उत्कृष्ट हो । शान्ति माविका सर्वदा विश्वकर्मा, मोहम्मद रेहान खान, सरिता यादव, सेवा रेग्मी, स्वप्निल गैह्रे, सेलिना लामा, सौगात... बुटवल –  माध्यमिक शिक्षा परीक्षा (एसईई) मा रुपन्देहीको तिलोत्तमा रहेको शान्ति नमुना माध्यमिक विद्यालयका १८ विद्यार्थीले ४ जीपीए अंक ल्याएर नयाँ रेकर्ड कायम गरेका छन् । यो नतिजा सामुदायिक विद्यालयतर्फ नेपालकै उत्कृष्ट हो । शान्ति माविका सर्वदा विश्वकर्मा, मोहम्मद रेहान खान, सरिता यादव, सेवा रेग्मी, स्वप्निल गैह्रे, सेलिना लामा, सौगात पाण्डे, सुसन पङ्गेनी, अनिल ज्ञवाली, अप्सन पौडेल, सृजन घिमिरे, शिशिर सुसाल, शिवानी डुम्रे, सुशान्त अर्याल, आशिष पाण्डे, अनिश भुसाल, सन्देश न्यौपाने र किस्मत थापाले ४ जीपीए ल्याएको  विद्यालयले जनाएको छ । 
जंग बहादुर शाहको ‘इति ह आस’ लोकार्पण 
जंग बहादुर शाहको ‘इति ह आस’ लोकार्पण  बुटवल– लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपालको आयोजनामा  ‘इति ह आस’ कृतिको शनिबार बुटवलमा लोकार्पण गरिएको छ । साहित्यकार जंगबहादुर शाहद्वारा लिखित ३९६ पृष्ठमा संरचित ‘इति ह आस’ कृतिको  माक्र्सवादी सौन्दर्यशास्त्री दिल साहनीले लोकार्पण गरेका हुन् । २३ वटा कथाहरू समेटिएको ‘इति ह आस’ कृतिमा देवलोक ठानिने पश्चिम एशियाको कश्यप सागर ‘क्यास्सियन... बुटवल– लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपालको आयोजनामा  ‘इति ह आस’ कृतिको शनिबार बुटवलमा लोकार्पण गरिएको छ । साहित्यकार जंगबहादुर शाहद्वारा लिखित ३९६ पृष्ठमा संरचित ‘इति ह आस’ कृतिको  माक्र्सवादी सौन्दर्यशास्त्री दिल साहनीले लोकार्पण गरेका हुन् । २३ वटा कथाहरू समेटिएको ‘इति ह आस’ कृतिमा देवलोक ठानिने पश्चिम एशियाको कश्यप सागर ‘क्यास्सियन सी’ वरपरदेखि आजको पाकिस्तानसम्मको भूगोल र आर्यहरूको प्रवासनको इतिहासलाई समेटिएको छ । 
नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्धका विषयमा बुटवलमा मन्थन
नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्धका विषयमा बुटवलमा मन्थन बुटवल - नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्धका विषयमा बुटवलमा मन्थन गरिएको छ । जीवराज आश्रित फाउण्डेसन र वर्ल्ड कन्फ्युसियस सेन्टरको आयोजना र न्यू होराईजन स्कुलको सहआयोजनामा पूर्विय दर्शनको विषयमा अन्तर्किया गरिएको हो ।  कार्यक्रममा बोल्दै वक्ताहरुले बुद्ध, कन्फ्युसियसले प्रतिपादन गरेका दर्शनबाट नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्ध मजबुद भएको बताए ।... बुटवल - नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्धका विषयमा बुटवलमा मन्थन गरिएको छ । जीवराज आश्रित फाउण्डेसन र वर्ल्ड कन्फ्युसियस सेन्टरको आयोजना र न्यू होराईजन स्कुलको सहआयोजनामा पूर्विय दर्शनको विषयमा अन्तर्किया गरिएको हो ।  कार्यक्रममा बोल्दै वक्ताहरुले बुद्ध, कन्फ्युसियसले प्रतिपादन गरेका दर्शनबाट नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्ध मजबुद भएको बताए । चीनले ४० वर्षको अवधिमा अतुलनीय देश विकास गरेको भन्दै वक्ताहरुले नेपालले पनि त्यसबाट सिकाई गर्दै लाभ लिनुपर्नेमा जोड दिए । सांस्कृतिक पर्यटनबाट दुई देशलाई जोड्न सम्भव रहेकाले त्यसका लागि एकअर्काको भाषा संस्कृति र कलाको विषयमा ज्ञान हुनुपर्ने वक्ताहरुले बताए ।
Weather Update