नेताको विकल्प खोजौँ,गणतन्त्रको हाेइन्
बिहीबार, जेठ १५, २०८२
प्रदेशस्तरीय यु–१६ क्रिकेट: दाङ र रुपन्देही फाइनलमा
बुधबार, जेठ १४, २०८२
भैरहवा - रुपन्देहीमा जारी लीला सेन्चुरी मेमोरियल यु–१६ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा दाङले बाँकेलाई ६ विकेटले पराजित गरेको छ । जितसँगै समूह ‘बी’को विजेता बन्दै दाङ फाइनल पुगेको छ । यसअघि रुपन्देही समूह ‘ए’ को विजेता बन्दै फाइनल पुगिसकेको छ। यी दुई टिमबिच १६ गते उपाधिका लागि स्पर्धा हुनेछ ।
भैरहवा - रुपन्देहीमा जारी लीला सेन्चुरी मेमोरियल यु–१६ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा दाङले बाँकेलाई ६ विकेटले पराजित गरेको छ । जितसँगै समूह ‘बी’को विजेता बन्दै दाङ फाइनल पुगेको छ । यसअघि रुपन्देही समूह ‘ए’ को विजेता बन्दै फाइनल पुगिसकेको छ। यी दुई टिमबिच १६ गते उपाधिका लागि स्पर्धा हुनेछ ।
लुम्बिनीमा बौद्ध आर्थिक शिखर सम्मेलन हुँदै
बुधबार, जेठ १४, २०८२
लुम्बिनी - लुम्बिनीमा बौद्ध आर्थिक शिखर सम्मेलन हुने भएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजनामा हुन लागेको सम्मेलनको भोली (शुक्रवार) लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले एक समारोहका बिच उद्घाटन गर्नेछन् । लुम्बिनी, गौतम बुद्धको जन्मभूमि र विश्व सम्पदा क्षेत्र समेत रहेकाले यस प्रकारको सम्मेलनका लागि आदर्श स्थानको रूपमा रहेको विश्वविद्यालयले...
लुम्बिनी - लुम्बिनीमा बौद्ध आर्थिक शिखर सम्मेलन हुने भएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजनामा हुन लागेको सम्मेलनको भोली (शुक्रवार) लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले एक समारोहका बिच उद्घाटन गर्नेछन् । लुम्बिनी, गौतम बुद्धको जन्मभूमि र विश्व सम्पदा क्षेत्र समेत रहेकाले यस प्रकारको सम्मेलनका लागि आदर्श स्थानको रूपमा रहेको विश्वविद्यालयले जनाएको छ ।
राजस्व चुहावटको अभियोगमा सुन्दर प्लाइउड भैरहवाका सञ्चालक अग्रहरीमाथि मुद्दा दायर
बुधबार, जेठ १४, २०८२
बुटवल – भैरहवा स्थित सुन्दर सुन्दर प्लाइउड सेन्टरका सञ्चालक आकाश अग्रहरीलाई राजस्व चुहावट गरेको अभियोगमा राजस्व अनुसन्धान विभाग बुटवलले अदालतमा मुद्दा दायर गरेको छ । राजस्व अनुसन्धान विभाग बुटवलका प्रमुख अनुसन्धान अधिकृत विवेक घिमिरेले तयार पारेको प्रतिवेदनका आधारमा उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२...
बुटवल – भैरहवा स्थित सुन्दर सुन्दर प्लाइउड सेन्टरका सञ्चालक आकाश अग्रहरीलाई राजस्व चुहावट गरेको अभियोगमा राजस्व अनुसन्धान विभाग बुटवलले अदालतमा मुद्दा दायर गरेको छ । राजस्व अनुसन्धान विभाग बुटवलका प्रमुख अनुसन्धान अधिकृत विवेक घिमिरेले तयार पारेको प्रतिवेदनका आधारमा उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (संशोधन सहित) को दफा २० (६) बमोजिम बुधवार मुद्दा दायर गरेको गरिएको हो ।
हत्याकाे अघिल्लाे रात सुजनले नै होटेल लगेर खाजा खुवाएका थिए!
बुधबार, जेठ १४, २०८२
बुटवल - तीन आमाछोरीको बीभत्स हत्याको अभियोगमा पक्राउ परेका सुजन कोईरालाले फकाई फकाई घरमै लगेर तीन आमाछोरीको हत्या गरेको खुलेको छ । पाल्पा तानसेन ७ स्थायी बसोबास रहेका कोइरालाले बुटवल ११ होराईजनचोक स्थित मिलीजुली पथमा रहेको आफ्नै घरमा लगेर बीभत्स ढङ्गले हत्या गरेको खुलेको हो ।
अभियुक्त कोइरालाले सम्बन्ध विच्छेद...
बुटवल - तीन आमाछोरीको बीभत्स हत्याको अभियोगमा पक्राउ परेका सुजन कोईरालाले फकाई फकाई घरमै लगेर तीन आमाछोरीको हत्या गरेको खुलेको छ । पाल्पा तानसेन ७ स्थायी बसोबास रहेका कोइरालाले बुटवल ११ होराईजनचोक स्थित मिलीजुली पथमा रहेको आफ्नै घरमा लगेर बीभत्स ढङ्गले हत्या गरेको खुलेको हो ।
अभियुक्त कोइरालाले सम्बन्ध विच्छेद भइसकेकी पूर्व श्रीमती ३३ वर्षीय दीपा बस्याल,उनकी छोरी ७ वर्षीय स्नेया र ४ वर्षीय हिमानीको घरेलु हतियारले प्रहार गरी हत्या गरेको प्रहरीले बताएको छ ।
कांग्रेसका पूर्वसांसद आफताब आलमलाई उच्च अदालतको सफाइ
बुधबार, जेठ १४, २०८२
काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसांसद आफताब आलमले सफाइ पाएका छन्। बम विस्फोट र हत्याको आरोपमा पक्राउ परेका उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले आलमलाई सफाइ दिएको हो। न्यायाधीशद्वय डा.खुशीप्रसाद थारू र अर्जुन महर्जनको संयुक्त इजलासले यो फैसला सुनाएको हो। जिल्ला अदालत रौतहटले बम विस्फोट गरी व्यक्ति हत्या गरेको घटनामा दोषी ठहर गर्दै...
काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसांसद आफताब आलमले सफाइ पाएका छन्। बम विस्फोट र हत्याको आरोपमा पक्राउ परेका उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले आलमलाई सफाइ दिएको हो। न्यायाधीशद्वय डा.खुशीप्रसाद थारू र अर्जुन महर्जनको संयुक्त इजलासले यो फैसला सुनाएको हो। जिल्ला अदालत रौतहटले बम विस्फोट गरी व्यक्ति हत्या गरेको घटनामा दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो।
लुम्बिनी सांसद गुरुङ पदमुक्त
बुधबार, जेठ १४, २०८२
बुटवल – लुम्बिनी प्रदेश सांसद गीता गुरुङ पदमुक्त भएकी छन्। जनमत पार्टीको तर्फबाट सांसद रहेकी गुरुङ मंगलबारदेखि पदमुक्त भएकी हुन् । वैशाख ३० गते उनका श्रीमान् कैलाश गुरुङले सामाजिक सञ्जालमार्फत उनले राजीनामा दिएको जानकारी सार्वजनिक गरेका थिए । गीताले प्रदेशसभाको इमेलमार्फत राजीनामा बुझाएकी थिइन् ।
बुटवल – लुम्बिनी प्रदेश सांसद गीता गुरुङ पदमुक्त भएकी छन्। जनमत पार्टीको तर्फबाट सांसद रहेकी गुरुङ मंगलबारदेखि पदमुक्त भएकी हुन् । वैशाख ३० गते उनका श्रीमान् कैलाश गुरुङले सामाजिक सञ्जालमार्फत उनले राजीनामा दिएको जानकारी सार्वजनिक गरेका थिए । गीताले प्रदेशसभाको इमेलमार्फत राजीनामा बुझाएकी थिइन् ।
बुटवलमा आमा र २ बच्चाको बीभत्स हत्या, हत्याको अभियोगमा पूर्व श्रीमान् पक्राउ
बुधबार, जेठ १४, २०८२
बुटवल – बुटवल होराईजनचौकमा आमा र २ बच्चाको विभत्य रूपमा हत्या भएको छ । बुटवल ११ होराइजनचोक नजिकै मिलीजुली पथमा अन्दाजी २७ वर्षीय दीपा बस्याल, उनका दुई छोरीलाई घाँटी अठ्याएर विभत्य ढंगले हत्या गरिएको हो ।इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक इन्द्र रानाले बिहान पूर्व श्रीमानले पूर्व श्रीमती र...
बुटवल – बुटवल होराईजनचौकमा आमा र २ बच्चाको विभत्य रूपमा हत्या भएको छ । बुटवल ११ होराइजनचोक नजिकै मिलीजुली पथमा अन्दाजी २७ वर्षीय दीपा बस्याल, उनका दुई छोरीलाई घाँटी अठ्याएर विभत्य ढंगले हत्या गरिएको हो ।इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक इन्द्र रानाले बिहान पूर्व श्रीमानले पूर्व श्रीमती र २ जना बच्चाहरूको हत्या भएको पुष्टि गरे । हत्यामा संलग्न भएको आरोपमा अन्दाजी ३०÷३२ वर्षका सुजन कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
एमाले युवा संघकाे अध्यक्षमा क्षितिज थेवे विजयी, पदाधिकारीमा काे काे आए?
मंगलबार, जेठ १३, २०८२
पाेखरा - राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा क्षितिज थेवे दोहोरिएका छन्। उनले अध्यक्षका प्रत्यासी सुमन परीलाई १८८ मतअन्तरले पराजित गर्दै दोस्रो कार्यकालका लागि निर्वाचित हुन सफल भएका हुन्।पोखरामा ५ दिनदेखि जारी १० औं राष्ट्रिय महाधिवेशनअन्तर्गत मंगलबार भएको मतदानको अन्तिम परिणाममा थेवे ७९६ मत प्राप्त गरे। पुरीको पक्षमा ६०८ मत परेको...
पाेखरा - राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा क्षितिज थेवे दोहोरिएका छन्। उनले अध्यक्षका प्रत्यासी सुमन परीलाई १८८ मतअन्तरले पराजित गर्दै दोस्रो कार्यकालका लागि निर्वाचित हुन सफल भएका हुन्।पोखरामा ५ दिनदेखि जारी १० औं राष्ट्रिय महाधिवेशनअन्तर्गत मंगलबार भएको मतदानको अन्तिम परिणाममा थेवे ७९६ मत प्राप्त गरे। पुरीको पक्षमा ६०८ मत परेको छ।
नेपाल प्रेस युनियन रुपन्देहीले दीप प्रज्वलन गरी मनायाे स्थापना दिवस
मंगलबार, जेठ १३, २०८२
बुटवल - नेपाल प्रेस युनियन रुपन्देहीले ३४ औँ स्थापना दिवस बुटवलको बिपी चोकमा मङ्गलवार साँझ दीप प्रज्वलन गरी मनाएकाे छ । यूनियनका केन्द्रीय नेतृत्व, नेपाली काँग्रेसका नेता एवम विभिन्न पत्रकार सम्बद्धहरुकाे सहभागितामा स्थापना दिवसमा दीप प्रज्वलन गरि मनाएकाे हो। विभिन्न कार्यक्रमकारसाथ स्थापना दिवस मनाउने नेपाल प्रेस युनियन केन्द्रीय समितिको निर्णय...
बुटवल - नेपाल प्रेस युनियन रुपन्देहीले ३४ औँ स्थापना दिवस बुटवलको बिपी चोकमा मङ्गलवार साँझ दीप प्रज्वलन गरी मनाएकाे छ । यूनियनका केन्द्रीय नेतृत्व, नेपाली काँग्रेसका नेता एवम विभिन्न पत्रकार सम्बद्धहरुकाे सहभागितामा स्थापना दिवसमा दीप प्रज्वलन गरि मनाएकाे हो। विभिन्न कार्यक्रमकारसाथ स्थापना दिवस मनाउने नेपाल प्रेस युनियन केन्द्रीय समितिको निर्णय अनुसार बुटवलको बिपी चोक स्थित बिपीको सालिक वरपर दीप प्रज्वलन गरिएकाे युनियनका रुपन्देही सभापति कवीन्द्र नेपालले बताए ।
इमामी लिमिटेडद्वारा नेपालमा ‘नवरत्न बिट मसाज २०२५’ अभियान प्रारम्भ
मंगलबार, जेठ १३, २०८२
काठमाडौँ– भारतको अग्रणी पर्सनल केयर तथा आयुर्वेदिक वेल्नेस कम्पनी मध्येको एक इमामी लिमिटेडले आफ्नो उत्कृष्ट उत्पादन नवरत्न तेलको उपभोक्तालाई प्रत्यक्ष अनुभव प्रदान गराउने उद्देश्यले नेपालभरि एक महत्वाकांक्षी नयाँ अभियान – ’नवरत्न बिट मसाज २०२५’ को शुभारम्भ गरेको छ। अभियान ज्येष्ठ ११ बाट सुरु भएर साउन १७ सम्म नेपालको तराई क्षेत्रमा...
काठमाडौँ– भारतको अग्रणी पर्सनल केयर तथा आयुर्वेदिक वेल्नेस कम्पनी मध्येको एक इमामी लिमिटेडले आफ्नो उत्कृष्ट उत्पादन नवरत्न तेलको उपभोक्तालाई प्रत्यक्ष अनुभव प्रदान गराउने उद्देश्यले नेपालभरि एक महत्वाकांक्षी नयाँ अभियान – ’नवरत्न बिट मसाज २०२५’ को शुभारम्भ गरेको छ। अभियान ज्येष्ठ ११ बाट सुरु भएर साउन १७ सम्म नेपालको तराई क्षेत्रमा केन्द्रित भएर सञ्चालन गरिने कम्पनीले जनाएको छ ।
रुपन्देही व्यापार संघले लुम्बिनी अस्पतालभित्र स्थापना गर्यो ब्लड बैङ्क
मंगलबार, जेठ १३, २०८२
बुटवल – रुपन्देही व्यापार संघले लुम्बिनी प्रादेशिक अस्पतालसँगको सहकार्यमा रक्तसञ्चार केन्द्र(ब्लड बैङ्क) स्थापना गर्ने भएको छ । अस्पतालसँगको सहकार्यमा अस्पताल परिसरमा नेपालकै नमुना र अत्याधुनिक रक्तसञ्चार केन्द्र स्थापना गर्न लागिएको हो । व्यापार संघले मङ्गलवार पत्रकार सम्मेलन गरी रक्त सञ्चार केन्द्र स्थापनाका लागि १ करोड ५८ लाख २० हजार नगद...
बुटवल – रुपन्देही व्यापार संघले लुम्बिनी प्रादेशिक अस्पतालसँगको सहकार्यमा रक्तसञ्चार केन्द्र(ब्लड बैङ्क) स्थापना गर्ने भएको छ । अस्पतालसँगको सहकार्यमा अस्पताल परिसरमा नेपालकै नमुना र अत्याधुनिक रक्तसञ्चार केन्द्र स्थापना गर्न लागिएको हो । व्यापार संघले मङ्गलवार पत्रकार सम्मेलन गरी रक्त सञ्चार केन्द्र स्थापनाका लागि १ करोड ५८ लाख २० हजार नगद लगानी गरेको जनाएको छ । ब्लड बैंकको जेठ १७ गते लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आर्चायले शुभारम्भ गर्ने कार्यक्रम रहेको अध्यक्ष दीपक प्रसाद अधिकारीले बताए ।
प्रेस सेन्टर रूपन्देहीले मनायो कृष्ण सेन स्मृति दिवस
मंगलबार, जेठ १३, २०८२
बुटवल - प्रेस सेन्टर नेपाल रुपन्देहीले २३औँ कृष्ण सेन 'इच्छुक' दिवस मनाएको छ । तस्बिरमा माल्यार्पणसहित नेपाली पत्रकारिता, साहित्य र क्रान्तिकारी आन्दोलनमा इच्छुकको योगदानको विषयमा चर्चा गर्दै कृष्ण सेन 'इच्छुक' स्मृति दिवस मनाइएको सङ्गठनले जनाएको छ । प्रेस सेन्टर नेपालका पूर्व केन्द्रीय उपमहासचिव तथा नेपाल पत्रकार महासङ्घ रुपन्देहीका पूर्व अध्यक्ष...
बुटवल - प्रेस सेन्टर नेपाल रुपन्देहीले २३औँ कृष्ण सेन 'इच्छुक' दिवस मनाएको छ । तस्बिरमा माल्यार्पणसहित नेपाली पत्रकारिता, साहित्य र क्रान्तिकारी आन्दोलनमा इच्छुकको योगदानको विषयमा चर्चा गर्दै कृष्ण सेन 'इच्छुक' स्मृति दिवस मनाइएको सङ्गठनले जनाएको छ । प्रेस सेन्टर नेपालका पूर्व केन्द्रीय उपमहासचिव तथा नेपाल पत्रकार महासङ्घ रुपन्देहीका पूर्व अध्यक्ष यानेन्द्र जिसीले कृष्ण सेनहरूको बलिदानको जगमा नेपालको लोकतन्त्र र प्रेस स्वतन्त्रता अडिएको बताए ।


