समय व्यवस्थापन: सफल जीवनको कुञ्जी
शनिबार, साउन ३१, २०८२

सकारात्मक सोचको शक्ति: अँध्यारोमा उज्यालोको किरण
शनिबार, साउन २४, २०८२
प्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले भनेका छन्, “सफलताको लागि सकारात्मक सोच राख्नु नै पहिलो कदम हो।” यो भनाइले सकारात्मक सोचको महत्त्वलाई स्पष्ट पार्छ। हामीले जीवनमा जतिसुकै ठूला चुनौतीहरूको सामना गरे पनि, यदि हाम्रो सोच सकारात्मक छ भने हामी त्यसलाई अवसरमा बदल्न सक्छौँ।

सामाजिक एकता र सहकार्य: समृद्ध जीवनको आधार
शनिबार, साउन १७, २०८२
जीवन एक यात्रा हो, र हामी सबै यस यात्राका सहयात्री हौं। यस यात्रामा, हामी एक्लै हिँड्न सक्दैनौं। हामीलाई एकअर्काको साथ,सहयोग र समझदारी चाहिन्छ। यही साथ, सहयोग र समझदारी नै सामाजिक एकता र सहकार्य हो, जसले हाम्रो जीवनलाई समृद्ध र अर्थपूर्ण बनाउँछ।

आर्थिक आत्मनिर्भरता र नेपाली परिवार
शनिबार, साउन १०, २०८२
आर्थिक आत्मनिर्भरता - सुन्दा सामान्य लाग्न सक्छ, तर यो कुनै पनि परिवारको भविष्यका लागि एउटा यस्तो आधार हो, जसले उनीहरूलाई कसैको सहाराबिनै आफ्नै बलबुतामा उभिन सक्ने बनाउँछ। आफ्नो कमाइले आफ्ना सबै आवश्यकताहरू पूरा गर्न सक्नु र भविष्यका लागि ढुक्क हुनु नै आर्थिक आत्मनिर्भरता हो।

पुस्तान्तर समझदारी: युवा र पुरानो पुस्ताबीचको सेतु
शनिबार, साउन ३, २०८२
संयुक्त परिवार भन्नेबित्तिकै हामीलाई एउटै छानामुनि बस्ने तीन पिँढी सम्झिन्छौं—जहाँ अनुभव, ऊर्जा, संस्कार र आशा एउटै समय र स्थानमा जमेको हुन्छ। तर यही संरचनाभित्र, कहिलेकाहीँ झिनामसिना कुराबाट सुरु भएर, गहिरो टकराव सिर्जना हुन्छ—विशेष गरी पुरानो र युवा पुस्ताबीच। समस्या के हो? के यो पुस्ताबीचको टकराव स्वाभाविक प्रक्रिया हो त? या...
संयुक्त परिवार भन्नेबित्तिकै हामीलाई एउटै छानामुनि बस्ने तीन पिँढी सम्झिन्छौं—जहाँ अनुभव, ऊर्जा, संस्कार र आशा एउटै समय र स्थानमा जमेको हुन्छ। तर यही संरचनाभित्र, कहिलेकाहीँ झिनामसिना कुराबाट सुरु भएर, गहिरो टकराव सिर्जना हुन्छ—विशेष गरी पुरानो र युवा पुस्ताबीच। समस्या के हो? के यो पुस्ताबीचको टकराव स्वाभाविक प्रक्रिया हो त? या यसको जड गहिरो असमझदारी हो?

संयुक्त परिवारमा खुसी : चुनौतीहरू र समाधानहरू
शनिबार, असार २८, २०८२
समाज बदलिँदै छ, गति बढिरहेको छ। सहरको आकर्षण, शिक्षा, रोजगारी र आधुनिक जीवनशैलीको खोजीले संयुक्त परिवारको संरचना साँघुरिँदै गएको छ। हिजोसम्म जहाँ हामी "हामी" थियौँ, आज त्यहाँ "म" मात्रै बाँकी छ। बालबालिकाले हजुरबुवा-हजुरआमाको न्यानो माया र ज्ञानबाट वञ्चित हुनुपर्छ, जसले उनीहरूको संस्कार र नैतिकताको विकासमा कमी ल्याउन सक्छ।

सम्बन्धमा विष घोल्ने प्रवृत्ति : कसरी चिन्ने र कसरी जोगिने?
शनिबार, असार २१, २०८२
सम्बन्धहरू मानव जीवनका आधार हुन्, जसले हामीलाई माया, समर्थन र खुशी दिन्छन्। तर, सबै सम्बन्धहरू सुनौलो हुँदैनन्। कहिलेकाहीँ, हामी आफैंलाई यस्तो जालोमा फसेको पाउँछौं जहाँ सम्बन्धले पोषणको सट्टा विष घोल्न थाल्छ। 'विषालु सम्बन्ध' (Toxic Relationships) भनिने यी बन्धनहरूले हाम्रो मानसिक, भावनात्मक र शारीरिक स्वास्थ्यलाई भित्रैदेखि कमजोर पार्छन्। मनोवैज्ञानिक लिलीयन ग्लासले...
सम्बन्धहरू मानव जीवनका आधार हुन्, जसले हामीलाई माया, समर्थन र खुशी दिन्छन्। तर, सबै सम्बन्धहरू सुनौलो हुँदैनन्। कहिलेकाहीँ, हामी आफैंलाई यस्तो जालोमा फसेको पाउँछौं जहाँ सम्बन्धले पोषणको सट्टा विष घोल्न थाल्छ। 'विषालु सम्बन्ध' (Toxic Relationships) भनिने यी बन्धनहरूले हाम्रो मानसिक, भावनात्मक र शारीरिक स्वास्थ्यलाई भित्रैदेखि कमजोर पार्छन्। मनोवैज्ञानिक लिलीयन ग्लासले सन् १९९५ मा "Toxic People " पुस्तकमा यो शब्दको प्रयोग गर्दै विषालु सम्बन्धलाई निरन्तर द्वन्द्व, अनादर, र आपसी सामञ्जस्यको कमी भएको अवस्थाका रूपमा परिभाषित गरेकी छन्।

एसईई (SEE) नतिजा : Gen Z को मनोविज्ञान बुझेर व्यवहार गरौँ
शुक्रबार, असार १३, २०८२
कुनै एउटा परीक्षाको नतिजाले विद्यार्थीको सम्पूर्ण क्षमता, ज्ञान र भविष्यको निर्धारण गर्न कदापि सक्दैन। हरेक व्यक्तिमा फरक-फरक प्रतिभा र रुचि हुन्छन्। कसैलाई सैद्धान्तिक ज्ञानमा रुचि हुन सक्छ भने कसैलाई व्यावहारिक सीप वा रचनात्मक क्षेत्रमा। परीक्षाले विद्यार्थीको स्मरण शक्ति र निश्चित पाठ्यक्रममा आधारित ज्ञानको मात्र परीक्षण गर्छ। जीवनमा सफल हुन आवश्यक...
कुनै एउटा परीक्षाको नतिजाले विद्यार्थीको सम्पूर्ण क्षमता, ज्ञान र भविष्यको निर्धारण गर्न कदापि सक्दैन। हरेक व्यक्तिमा फरक-फरक प्रतिभा र रुचि हुन्छन्। कसैलाई सैद्धान्तिक ज्ञानमा रुचि हुन सक्छ भने कसैलाई व्यावहारिक सीप वा रचनात्मक क्षेत्रमा। परीक्षाले विद्यार्थीको स्मरण शक्ति र निश्चित पाठ्यक्रममा आधारित ज्ञानको मात्र परीक्षण गर्छ। जीवनमा सफल हुन आवश्यक पर्ने अन्य महत्वपूर्ण सीपहरू जस्तै रचनात्मकता, समस्या समाधान गर्ने क्षमता, आलोचनात्मक सोच, नेतृत्व कौशल, र भावनात्मक बुद्धिको मापन यसले गर्दैन।

लागुऔषध दुर्व्यसन: खुला सिमानाको अभिशाप र भत्कँदो युवा भविष्य
बिहीबार, असार १२, २०८२
किशोरावस्था र युवावस्था संवेदनशील चरण हो। यो उमेरमा उनीहरू सामाजिक, भावनात्मक र मानसिक रूपमा अस्थिर हुने गर्छन्। साथीहरूको प्रभाव, कौतुहलता, र प्रचार माध्यममा देखाइने 'ग्ल्यामराइज्ड' जीवनशैलीका कारण उनीहरू लागूऔषधप्रति आकर्षित हुने गर्छन्। खुला सिमानाबाट सस्तो मूल्यमा लागू औषध सहजै उपलब्ध हुने अवस्था छ। तस्करहरूको जालो सहरदेखि गाउँसम्म फैलिएको छ। विद्यालय...
किशोरावस्था र युवावस्था संवेदनशील चरण हो। यो उमेरमा उनीहरू सामाजिक, भावनात्मक र मानसिक रूपमा अस्थिर हुने गर्छन्। साथीहरूको प्रभाव, कौतुहलता, र प्रचार माध्यममा देखाइने 'ग्ल्यामराइज्ड' जीवनशैलीका कारण उनीहरू लागूऔषधप्रति आकर्षित हुने गर्छन्। खुला सिमानाबाट सस्तो मूल्यमा लागू औषध सहजै उपलब्ध हुने अवस्था छ। तस्करहरूको जालो सहरदेखि गाउँसम्म फैलिएको छ। विद्यालय र कलेजजस्ता शैक्षिक संस्थाहरू यसको प्रभावको मुख्य क्षेत्र बन्न थालेका छन्। यसैका कारण धेरैजसो युवाहरू ‘एक पटक’ प्रयोग गर्ने सोचले सुरु गर्छन्, र क्रमशः लतमा फस्दै जान्छन्।

सेल्फ-केयर : आजको सबैभन्दा क्रान्तिकारी अभ्यास
शनिबार, असार ७, २०८२
जीवनको पेचिलो यथार्थ यही हो – बाहिरी संसार तब मात्र सुन्दर लाग्छ, जब भित्रको संसार सन्तुलित हुन्छ। आजको समय, जहाँ व्यस्तता, अपेक्षा र डिजिटल कोलाहलले व्यक्तिलाई थकित तुल्याइरहेको छ, त्यहाँ आत्म–हेरचाह (Self-care) केवल एक विकल्प होइन, अस्तित्वकै आधार बन्दै गएको छ। सेल्फ-केयर भन्नेबित्तिकै कतिपयको मनमा "अरूबाट टाढा हुनु" वा "केवल...
जीवनको पेचिलो यथार्थ यही हो – बाहिरी संसार तब मात्र सुन्दर लाग्छ, जब भित्रको संसार सन्तुलित हुन्छ। आजको समय, जहाँ व्यस्तता, अपेक्षा र डिजिटल कोलाहलले व्यक्तिलाई थकित तुल्याइरहेको छ, त्यहाँ आत्म–हेरचाह (Self-care) केवल एक विकल्प होइन, अस्तित्वकै आधार बन्दै गएको छ। सेल्फ-केयर भन्नेबित्तिकै कतिपयको मनमा "अरूबाट टाढा हुनु" वा "केवल आफूलाई हेर्नु" भन्ने सोच आउन सक्छ। तर साँचो सेल्फ-केयर भनेको अरूलाई नहेर्ने होइन, आफूलाई नबिर्सने अभ्यास हो। यो त्यस्तो चेतनशील प्रक्रिया हो जसले एक व्यक्तिलाई मानसिक, भावनात्मक, शारीरिक र सामाजिक रूपमा स्वस्थ बनाउँछ।

रमा बस्नेत प्रकरण: अभिव्यक्ति स्वतन्त्रता कि साइबर अराजकता?
सोमबार, असार २, २०८२
रमा बस्नेत, खोटाङकी स्थायी बासिन्दा र हाल भक्तपुरमा बसोबास गर्दै आएकी ३१ वर्षीया महिला हुन्। उनले आफ्ना टिकटक भिडियोहरूमा विभिन्न सार्वजनिक व्यक्तित्व, संस्था, जातीय–साम्प्रदायिक विषयहरूलाई लिएर धारिलो, विवादास्पद र भावनात्मक सामग्री प्रस्तुत गर्दै आएकी थिइन्। प्रहरीले उनलाई साइबर अपराध ऐन, २०६३ अन्तर्गत विभिन्न उपधाराहरूमा कारबाही प्रक्रिया अघि बढाउँदै अनुसन्धान गरिरहेको...
रमा बस्नेत, खोटाङकी स्थायी बासिन्दा र हाल भक्तपुरमा बसोबास गर्दै आएकी ३१ वर्षीया महिला हुन्। उनले आफ्ना टिकटक भिडियोहरूमा विभिन्न सार्वजनिक व्यक्तित्व, संस्था, जातीय–साम्प्रदायिक विषयहरूलाई लिएर धारिलो, विवादास्पद र भावनात्मक सामग्री प्रस्तुत गर्दै आएकी थिइन्। प्रहरीले उनलाई साइबर अपराध ऐन, २०६३ अन्तर्गत विभिन्न उपधाराहरूमा कारबाही प्रक्रिया अघि बढाउँदै अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धमा सीमा निर्धारण (Boundary Setting) को महत्त्व
शनिबार, जेठ ३१, २०८२
हाम्रो जीवनमा सम्बन्धहरू अपरिहार्य छन्। चाहे त्यो परिवारसँगको होस्, साथीहरूसँगको होस्, सहकर्मीहरूसँगको होस् वा प्रेमी-प्रेमिकाका बिचको होस्, हरेक सम्बन्धले हाम्रो जीवनमा गहिरो प्रभाव पार्दछ। यी सम्बन्धहरू स्वस्थ र दिगो बनाउनका लागि सीमा निर्धारण (Boundary Setting) अपरिहार्य छ। स्वस्थ सम्बन्धको जग भनेकै एक-अर्काको सीमालाई सम्मान गर्नु हो।

बाहिरी दबाब र सम्बन्ध : मानसिक स्वास्थ्यका आयामहरू
शनिबार, जेठ २४, २०८२
आजको दौडधुप र जटिल सम्बन्धहरूको युगमा मानिसले मानसिक स्वास्थ्यलाई जति आवश्यक ठान्नु पर्ने हो, त्यति ठानिएको छैन। देखिने दुखाइको उपचार हामी तुरुन्त गर्छौं, तर नदेखिने मानसिक बोझलाई समाजले अझै उपेक्षा गर्छ। विशेषतः बाहिरी दबाब र व्यक्तिगत सम्बन्धले हाम्रो मानसिक स्थितिमा कति गहिरो असर पारिरहेको छ भन्ने विषयमा खासै चर्चा हुँदैन।...
आजको दौडधुप र जटिल सम्बन्धहरूको युगमा मानिसले मानसिक स्वास्थ्यलाई जति आवश्यक ठान्नु पर्ने हो, त्यति ठानिएको छैन। देखिने दुखाइको उपचार हामी तुरुन्त गर्छौं, तर नदेखिने मानसिक बोझलाई समाजले अझै उपेक्षा गर्छ। विशेषतः बाहिरी दबाब र व्यक्तिगत सम्बन्धले हाम्रो मानसिक स्थितिमा कति गहिरो असर पारिरहेको छ भन्ने विषयमा खासै चर्चा हुँदैन। यो लेखमा हामी यिनै दुई पक्षहरू — बाहिरी दबाब र सम्बन्ध — का मनोवैज्ञानिक असरहरू र समाधानका उपायहरूबारे गहिराइमा प्रवेश गर्नेछौं।