वरिष्ठ कलाकार सुनिल थापाको निधन
शनिबार, माघ २४, २०८२
काठमाडौँ- वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ । उनको हृदयघातका कारण शनिबार बिहान निधन भएको चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले जानकारी दिए। शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थापाको शनिबार बिहान हृदयघात भएको थियो। त्यसपछि थापाथलीस्थित नर्भिक अस्पताल पुर्याइएका उनको सोही अस्पतालमा निधन भएको हो । उनी हिजो समेत फिल्मको सुटिङमा थिए।
म स्वयम समिक्षाको कठघरामा छु : विष्णु पौडेल
बिहीबार, माघ २२, २०८२
बुटवल– नेकपा एमालेका उपाध्यक्ष पूर्वअर्थमन्त्री तथा रुपन्देही निर्वाचन क्षेत्र न. २ का उम्मेद्वार विष्णुप्रसाद पौडेलले अहिलेको निर्वाचन राजनीतिक दलका लागि समिक्षाको निर्वाचन हुने बताएका छन् । निर्वाचनका सन्दर्भममा बुटवलमा रहेका पौडेलले विहिबार साहित्यकार तथा लेखकहरुसँगको भेटघाटमा बोल्दै उनले जेनजी आन्दोलन पछि सबै समिक्षाको कठघरामा रहेको बताएका हुन् । उनले भदौ...
डिजिएमद्धारा बुटवलमा प्रादेशिक परिचालन तथा पहुँच विस्तार कार्यशाला
बुधबार, माघ २१, २०८२
बुटवल- आदिबासी जनजाति, लोपोन्मुख तथा दलित समुदायको जल, जंगल जमिनमा अधिकार सुनिश्चित गराउने सन्दर्भमा प्रादेशिक परिचालन तथा पहँुच विस्तार कार्यशाला बुधबार बुटवलमा गरिएको छ । विश्व बैंकबाट प्राप्त भएको आदिवासी जनजाति र स्थानीय समुदायको लागि समर्पित अनुदान संयन्त्र परियोजनाबारे जानकारी गराउने उदेश्यले बुटवलमा कार्यशाला गरिएको हो ।
काँग्रेस उम्मेद्वार चुन्नप्रसाद पौडेलद्धारा भेटघाटलाई तिव्रता
बुधबार, माघ २१, २०८२
बुटवल- आसन्न प्रतिनीधि सभा निर्वाचनमा रुपन्देही २ मा नेपाली काँग्रेसका उम्मेद्वार चुन्नप्रसाद पौडेलले भेटघाटलाई तिव्रता दिएका छन् । बुधबार उम्मेद्वार पौडेलसंग बुटवलमा भएको भेटमा देशको विकास र समृद्धिको लागि काँग्रेस नेतृत्वको सरकार अपरिहार्य रहेको र त्यसका लागि पनि काँग्रेस उम्मेद्वारलाई जिताउनु पर्ने आवश्यकतामा जोड दिएका हुन् ।
अनुगमन प्रभावकारी बनाउन जिल्ला समन्वय समिति सञ्चालन सम्वन्धित ऐन संशोधन आवश्यकः मुख्यमन्त्री आचार्य
मंगलबार, माघ २०, २०८२
मंगलबार प्रदेश सभाको सातौं अधिवेशनको चौथो बैठकमा जिल्ला सभा तथा जिल्ला समन्वय समितिको सञ्चालन सम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकमाथि भएको सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै मुख्यमन्त्री आचार्यले प्रदेश सरकार, स्थानीय सरकार र जिल्ला समन्वय समितिबीच अनुगमनको कामलाई प्रभावकारी बनाउने उद्देश्यले ऐन संशोधन आवश्यक परेको बताउनुभएको हो...
म गफ गर्दिन, काम गरेर देखाउँछु : चुन्न प्रसाद पाैडेल
आइतबार, माघ १८, २०८२
बुटवल -आगामी फाल्गुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेस रूपन्देही क्षेत्र न २ अन्तर्गत बुटवल वार्ड नम्बर ११ मा प्रचारप्रसार कार्यालयको उद्घाटन गरेको छ । कार्यालयको बुटवल ११ देबिनगर चौपारिछेउमा प्रतिनिधिसभा सदस्यमा रुपन्देही क्षेत्र नम्बर २ का उमेदवार चुन्न प्रसाद पौडेलले रिबन काटेर उदघाटनगर्नुभयो । सो कार्यालयमा...
रुपन्देहीको विकास देशमै नमुना : विष्णु पौडेल
आइतबार, माघ १८, २०८२
बुटवल - पूर्वउपप्रधान तथा अर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले रुपन्देहीको विकासको अध्ययन गर्न योजनाविद र विज्ञ टोलीलाई आग्रह गरेका छन् । “रुपन्देहीको विकास देशमै नमुना भएको हाम्रो ठहर छ, यसबारे योजनाविद्हरूले गहिरो अध्ययन गर्न आवश्यक छ,” उनले भने ।
पाल्पाको समृद्धी एक मात्र लक्ष्य : साेम प्रसाद पाण्डे
आइतबार, माघ १८, २०८२
बुटवल - नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का पाल्पा क्षेत्र नं. २ का उम्मेद्वार सोमप्रसाद पाण्डेले पाल्पाका अधुरा विकास निर्माणका आयोजना पुरा गर्नका लागि आफु निर्वाचनमा होमिएको बताएका छन् ।२०७९ सालमाको निर्वाचनमा आफु पराजित भएको र त्यस पछि विकासका कामहरुले गति लिन नसक्दा आफुलाई निर्वाचनमा उठन् आग्रह पाल्पाबासीहरुले आग्रह गरेको पाण्डेले बताए...
भोट मात्रै होइन, पारिवारिक सम्बन्ध जोड्दै नेता आले
शनिबार, माघ १७, २०८२
नेता आलेले राजनीति केवल भोट माग्ने माध्यम नभई जनतासँग विश्वास, सम्बन्ध र उत्तरदायित्व जोड्ने प्रक्रिया भएको बताउँदै आउनु भएको छ । उहाँले आगामी दिनमा पनि जनताको घरदैलोमा पुगेर उनीहरूका समस्यालाई प्राथमिकताका साथ उठाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
विश्वदीप जिताउन रुपन्देही २ मा नेकपाको ७ सय १७ सदस्यीय निर्वाचन परिचालन समिति गठन
बिहीबार, माघ १५, २०८२
बुटवल - आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी नेपाली कम्युनिष्ट पार्टी ( नेकपा ) ले रुपन्देहीको क्षेत्र नं २ मा ७ सय १७ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ ।
नेपाली कम्युनिष्ट पार्टीका नेता नारायण जी सी निर्मलको संयोजकत्वमा गठित समितिको सह संयोजकमा कमल बस्याल, निर्देशक...
दलित अधिकार विधेयकमाथिको सैद्धान्तिक छलफल सकियो
बिहीबार, माघ १५, २०८२
लुम्बिनी - लुम्बिनी प्रदेशसभामा पेश भएकाे दलित अधिकार विधेयकमाथिको सैद्धान्तिक छलफल बुधबार सकिएको छ ।प्रदेशसभाको सातौँ अधिवेशनको तेस्रो बैठकमा बुधबार दलित अधिकारसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०८२ माथि सैद्धान्तिक छलफल सकिएको हो ।
संघीयता खारेजीको माग गर्दै राष्ट्रिय जनमोर्चाले सार्वजनिक गर्यो घोषणापत्र
बुधबार, माघ १४, २०८२
बुटवल-राष्ट्रिय जनमोर्चाले आगामि फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको घोषणापत्र बुटवलमा सार्वजनिक गरेको छ।
बुधबार बुटवलमा पत्रकार सम्मेलन गरी राष्ट्रिय जनमोर्चाले गणतन्त्र तथा राष्ट्रियताको रक्षा गरौं, संघीयता खारेज गरौं’ भन्ने मूल नारासहित २५ बुँदे घोषणापत्र जारी गरेको हो । पार्टीका अध्यक्ष चित्रबहादुर केसीले मुलुकलाई बलियो बनाउन विकेन्द्रित र सन्तुलित विकास...
पूर्वसांसद रामचन्द्र भट्टराईको निधन
बुधबार, माघ १४, २०८२
रुपन्देही - पूर्वसांसद रामचन्द्र भट्टराईको निधन भएको छ । बुटवल उपमहानगरपालिका वडा नं ३ मा बस्दै आएका ८३ वर्षीय भट्टराई निवासमै मंगलबार दिउँसो निधन भएको हो । श्रीमती मैया भट्टराईको निधन भएको एक वर्षमै रामचन्द्रको निधन भएको हो । तीन छोरा र दुई छोरी भएका भट्टराई राष्ट्रिय सभा सदस्य भएका...


