आचार्यको निधनमा नेकपा एसका अध्यक्ष नेपालद्धारा दुःख व्यक्त
मंगलबार, साउन ६, २०८२
पार्टी अध्यक्ष माधवकुमार नेपालले सोमबार शोक वक्तव्य जारी गर्दै आचार्यको निधनले पार्टी, समाज र राष्ट्रलाई अपूरणीय क्षति पुगेको उल्लेख गरेका छन्। एकीकृत समाजवादीका सल्लाहकार परिषद सदस्य समेत रहेका आचार्यको निधनले ठूलो क्षती पुगेको अध्यक्ष नेपालले उल्लेख गरेका छन् ।
बीपी कोइरालाको ४३औँ स्मृति दिवस देशभर मनाइँदै
मंगलबार, साउन ६, २०८२
नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली साहित्यका मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक विश्वेश्वरप्रसाद कोइरालाको ४३औँ स्मृति दिवस मंगलबार देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। विसं २०३९ साउन ६ गते उनको निधन भएको थियो। विसं १९७१ भदौ २४ गते जन्मेका कोइराला विसं २०१५ को संसदीय निर्वाचनपछि विसं २०१६ जेठमा नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री...
एमाले बैठकमा विधान संशोधन प्रस्तावमाथि अधिकांशकाे समर्थन
सोमबार, साउन ५, २०८२
काठमाडौँ– नेकपा (एमाले) को नवौँ केन्द्रीय कमिटीको सोमबारको बैठक सम्पन्न भएको छ। ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको पहिलो दिनको बैठकमा ४९ जना केन्द्रीय सदस्यले प्रतिवेदनमाथि आ–आफ्ना धारणा राखेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
रुपन्देही ३ को उपनिर्वाचन : उम्मेदवारका लागि रास्वपाले माग्यो अनलाइन दरखास्त
सोमबार, साउन ५, २०८२
रास्वपाले साउन २२ गते निवेदन दिएकाको नामावली प्रकाशन गर्ने, साउन २३ र २४ गते उम्मेदवारी उपर दाबी विरोध गर्ने, साउन २५ गते उम्मेदवारसँग छलफल गर्ने, साउन २६ गते प्रारम्भिक उम्मेदवारको नामावली प्रकाशन गर्ने, साउन २७ देखि भदौ ११ गतेसम्म लिडरसिप एकेडेमी, पोलिटिकल प्रोक्समिटर समावेशिताको मापन गर्ने, भदौ १२ र १३...
एमाले केन्द्रीय कमिटी बैठक सुरू
सोमबार, साउन ५, २०८२
बैठकमा विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान संशोधन प्रस्ताव र साङ्ठनिक प्रतिवेदनमाथि छलफल हुनेछ । यसअघि यही साउन २ र ३ गते एमालेको पोलिटब्यूरो बैठकबाट विधान संशोधनको प्रस्ताव पारित भएको थियो ।
बैठकमा विधान मस्यौदा गर्न जिम्मेवारी प्राप्त उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधनको प्रस्ताव प्रस्तुत गर्ने र प्रस्तावित विधान संशोधनबारे इच्छुक...
समृद्धिको लक्ष्य हासिल गर्न नीतिगत सुधारको आवश्यकता छ: अध्यक्ष दाहाल
सोमबार, साउन ५, २०८२
आज नेपाल उद्योग परिसङ्घका नवनिर्वाचित पदाधिकारीहरूसँग निजी निवास खुमलटारमा भएको भेटमा उनले सो कुरा बताए ।त्यस क्रममा अध्यक्ष दाहालले देशको आर्थिक विकासमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको उल्लेख गरे।
उनले राज्यको ‘माइन्डसेट’ परिवर्तन गरी निजी क्षेत्रलाई सहज वातावरणमा काम गर्न दिने नीतिगत सुधारको आवश्यकता औँल्याउनुभएको दाहालको सचिवालयले जनाएको छ ।
रुपन्देही ३ उपनिर्वाचन कार्यतालिका सार्वजनिक, असोज २१ गते उम्मेद्वार मनाेनयन दर्ता
सोमबार, साउन ५, २०८२
काठमाडौँ– निर्वाचन आयोगले रूपन्देही जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ मा हुने उपनिर्वाचनको कार्यक्रम स्वीकृत गरेको छ। उक्त क्षेत्रमा कात्तिक १७ गते उपनिर्वाचन हुने कार्यतालिका छ। आयोगद्वारा आइतबार स्वीकृत कार्यक्रमअनुसार २०८२ असोज २१ गते बिहान १० बजेदेखि बेलुका १७ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ भने सोही दिन...
विद्या-ओली वान टु वान वार्ता, बाेडी ल्याङग्वेज सकरात्मक
आइतबार, साउन ४, २०८२
काठमाडौैं - एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व राष्ट्रपति तथा एमाले uपूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीबिच झन्डै २ घण्टा ‘वान टु वान’ वार्ता भएको छ ।
अध्यक्ष ओलीसँग भेट गर्न पूर्व राष्ट्रपति भण्डारी च्यासलमा
आइतबार, साउन ४, २०८२
एमाले पोलिटब्युरो बैठकले शनिबार परिमार्जनसहित पार्टीको विधान मस्यौदालाई अनुमोदन गरेको छ ।
पूर्व राष्ट्रपति भण्डारीको सदस्यता नवीकरणको विषय र उहाँको सक्रिय राजनीतिमा आउने विषयलाई लिएर पार्टीको बैठकमा गम्भीर छलफल भएपछि उहाँले अध्यक्षसँग भेट गर्न लाग्नुभएको हो ।
आगामी केन्द्रीय कार्य समितिको बैठकले सो विषयलाई छलफलसहित अनुमोदन गर्ने नेताहरूको भनाइ छ...
पहिरोले अरनिको राजमार्गको जुरे खण्ड अवरुद्ध
आइतबार, साउन ४, २०८२
काभ्रेपलाञ्चोक– अविरल वर्षाका कारण पहिरो र लेदोको कारण अरनिको राजमार्गको जुरे खण्ड अवरुद्ध भएको छ । पहिले गएको पहिरोकै माथिल्लो स्थानबाट लेदोसहितको पहिरो आउँदा शनिबार रातिदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख रामेश्वर कार्कीले जानकारी दिए ।
विद्या भण्डारीको सदस्यता ‘पेन्डिङ’, विधान संशोधन अनुमोदन
शनिबार, साउन ३, २०८२
काठमाडौं – नेकपा एमालेको पोलिटब्युरो बैठकले पार्टी विधान संशोधनसम्बन्धी प्रस्ताव अनुमोदन गरेको छ। शुक्रबार र शनिबार बसेको बैठकपछि प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पार्टीले संशोधन प्रस्ताव पारित गरेको जानकारी दिएका छन्। बैठकले एमाले विधानको धारा ८ र ९ देखाउँदै विद्या भण्डारीको सदस्यता ‘पेन्डिङ’ मा राखेको छ।
एमाले पोलिटब्यूरो बैठकः उपाध्यक्षको प्रतिवेदनमा छलफल
शनिबार, साउन ३, २०८२
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको विधान संशोधन प्रस्तावमा छलफल भइरहेको छ ।
सञ्चार उद्यमी ‘हेमराज’ को हत्यामा संलग्नलाई कारवाहीकाे माग गर्दै गृहमन्त्रीलाई ध्यानाकर्षण
शनिबार, साउन ३, २०८२
दाङ- दाङको सञ्चार उद्यमी देवीप्रसाद धिताल ‘हेमराज’ का हत्याराई कार्वाही गर्न गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराइएको छ ।
हेमराजका भाई पुष्कर धितालको तर्फबाट रेडियो तुलसीपुरका स्टेशन प्रमुख अर्जुन गरी र प्रेस चौतारीका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश सहईन्चार्ज गणेश आचार्यले शनिबार गृहमन्त्री लेखकलाई ध्याकर्षणपत्र बुझाउनु भएको हो ।


