बुटवलमा ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा सञ्चालनमा
शुक्रबार, मंसिर १९, २०८२
बुटवल - नेपालमा मानसिक स्वास्थ्य, हिप्नोथेरापी (सम्मोहन विद्या) तथा वैकल्पिक उपचार क्षेत्रमा सक्रिय वेलनेस केन्द्र ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा शुक्रबारदेखि बुटवलको मिलनचोकमा सञ्चालनमा आएको छ । हिप्नोथेरापिस्ट, ऊर्जा उपचारकर्ता तथा मनोसामाजिक परामर्शदाताका रूपमा परिचित आयुष चन्द्र रेग्मीद्वारा सञ्चालित उक्त केन्द्रले मानसिक स्वास्थ्य समस्यालाई सम्बोधन गर्न प्राचीन पूर्वीय उपचार पद्धति र आधुनिक वैज्ञानिक विधिको संयोजनमार्फत सेवा प्रदान गर्ने जनाएको छ ।
तिनाउ बोर्डिङ स्कूलले 'तिनाउ गायन तारा' प्रतियोगिता गर्ने
शुक्रबार, मंसिर १९, २०८२
बुटवल- बुटवल–११ देवीनगरस्थित तिनाउ इङलिस् बोर्डिङ स्कूलले आउँदो साता जिल्ला स्तरीय तिनाउ गायन तारा प्रतियोगिता गर्ने भएको छ ।
गायनमा क्षमता भएका विद्यार्थीको प्रतिभा प्रस्फूटन गर्ने उद्देश्य सहित विद्यालयले यहीँ मंसिर २५ गते अन्तर विद्यालय पहिलो तिनाउ गायन तारा गर्न लागेको हो ।
दोस्रो क्यानन सेभेन ए साइड फुटबलको च्याम्पियन बन्यो होराईजन जिबिएस
शुक्रबार, मंसिर १९, २०८२
बुटवल- बुटवलमा सम्पन्न दोस्रो क्यानन सेभेन ए साईड फुटबल प्रतियोगिता २०८२ को उपाधी होराईजन जिविएसले हात पारेको छ। क्यानन मावि बुटवल सुख्खानगरको आयोजनामा शुक्रबार भएको फाईनल खेलमा होराईजन जिबिएसले उपाधी चुमेको हो ।जिबिएसले गत वर्षको विजेता स्कलर्स होम बोर्डिङ स्कुललाई सडेन डेथमा पराजित गरेको हो । उपाधिसँगै होराईजन जिबिएसले नगद...
दाेस्राे क्यानन सेभेन ए-साईड फुटबल : स्कलर्स बाेर्डिङ र हाेराईजन जिबिएस फाईनल प्रवेश
बिहीबार, मंसिर १८, २०८२
क्यानन माध्यमिक विद्यालय बुटवल सुख्खानगरको आयोजनामा विहिबार भएको पहिलो सेमीफाईनल खेलमा होराइजन जिबिएसले सेन्ट जोसेफ बोर्डिङ स्कुललाई ट्राईबेकरमा ३–२ गोल तथा दोस्रो सेमीफाईनलमा स्कलर्स होम बोर्डिङ स्कुलले क्यानन सेकेण्डरी स्कुललाई २–० गोल अन्तरले पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो ।
दोस्रो क्यानन सेभेन ए साइड फुटबल प्रतियोगितामा होराईजन, एभेरेष्ट सहित ६ विद्यालय विजयी
मंगलबार, मंसिर १६, २०८२
बुटवल- बुटवलमा जारी दोस्रो क्यानन सेभेन ए साइड फुटबल प्रतियोगिता अन्तर्गत तेस्रो दिन मंगलबार ६ वटा खेलहरु भएका छन् । बुटवल–८ सुख्खानगरस्थित क्यानन माध्यामिक विद्यालयको आयोजनामा प्रतियोगिता भइरहेको हो ।मंगलबारबो पहिलो पहिलो खेलमा क्यानन मावि र इलिट इंगलिश बोर्डिङ स्कू्लको खेल बराबरी भएपछि ट्राईबेकर मार्फत इलिट बोर्डिङ विजयी भएको छ...
दोस्रो क्यानन सेभेन ए साइड फुटबल प्रतियोगिता : ६ विद्यालय अघिल्लो चरण प्रवेश
सोमबार, मंसिर १५, २०८२
बुटवल- बुटवल–८ सुख्खानगरस्थित क्यानन माध्यामिक विद्यालयको आयोजनामा जारी दोस्रो क्यानन सेभेन ए साइड फुटबल प्रतियोगितामा दोस्रो दिन सोमबार पनि ६ वटा खेलहरु भएका छन् । सोमबारको पहिलो खेलमा सैनामैना माविले नयाँगाउँ माविलाई २–० ले हराउँदै विजयी भएको छ ।सैनामैनाका मिलन केसी र सुबास नेपालीले १-१ गोल गरेका थिए । यसैगरी...
दोस्रो क्यानन सेभेन ए-साईड फुटबल प्रतियोगिता सुरु, ६ विद्यालयको विजयी सुरुवात
आइतबार, मंसिर १४, २०८२
बुटवल- बुटवल–८ सुख्खानगरस्थित क्यानन माध्यामिक विद्यालयको आयोजनामा दोस्रो क्यानन सेभेन ए साइड फुटबल प्रतियोगिता आईतबारदेखि सुरु भएको छ । प्रतियोगिताको एक समारोहका विच रुपन्देही फुटबल संघका अध्यक्ष लोक पुनले उद्घाटन गरे । उद्घाटनका अवसरमा बोल्दै अध्यक्ष पुनले विद्यालयहरुले खेलकुदलाई अनिवार्य पाठ्यक्रममा राखेर अगाडि बढाउनुपर्नेमा जोड दिए ।यस्तै उद्घाटनका अवसरमा क्यानन...
दाङमा पिकअप भ्यानको ठक्करबाट एक जनाको मृत्यु
शनिबार, मंसिर १३, २०८२
दाङ - दाङमा पिकअप भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । पिकअप भ्यानको ठक्करबाट तुलसीपुर उपमहानगरपालिका–१७ बनकट्टीका २६ वर्षीय केदार केसीको मृत्यु भएको हो ।तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको लु १ ज ६२५८ नम्बरको पिकअप भ्यानले विपरित दिशाबाट आउँदै गरेको केसी सवार रा२प ११५६ नम्बरको मोटरसाइकललाई घोराही–तुलसीपुर खण्डअन्तगर्त घोराही उपमहानगरपालिका–१०...
मंसिर १४ गतेदेखि दाेस्राे क्यानन 'सेभेन-ए साइड' फुटबल प्रतियाेगिता
शुक्रबार, मंसिर १२, २०८२
बुटवल - बुटवल-८ सुख्खानगरस्थित क्यानन माध्यामिक विद्यालयको आयोजनामा दोस्रो क्यानन सेभेन ए साइड फुटबल प्रतियोगिता २०८२ हुने भएको छ । फुटबल खेललाई ब्राण्डको रुपमा स्थापित गरी खेलाडी उत्पादन गर्ने उद्देश्यसहित यहीँ मंसिर १४ गते आइतबारदेखि प्रतियोगिता गर्न लागिएको हो ।शुक्रबार विद्यालयले पत्रकार सम्मेलन गरि 'सँगै हामी सक्छाै' भन्ने नारा सहित...
एटलस वेलफेयरको रक्तदानमा ३१ प्वाइन्ट संकलन
मंगलबार, मंसिर ९, २०८२
कार्यक्रममा संस्थाका संरक्षक प्रेमचन्द्र श्रेष्ठ, संस्थापक अध्यक्ष कल्पना श्रेष्ठ, कोषाध्यक्ष अन्जु श्रेष्ठ, कार्यसमिति सदस्य जीवन बुढाथोकी, रक्त सञ्चारकेन्द्रका प्राविधिक निरन्जन राजभण्डारीलगायतले रक्तदानलाई नियमित गर्नुपर्ने र रगत अभावमा कसैलाई ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने जनाएका थिए ।
श्रुतिलेखन प्रतियोगितामा जिविका रणपाल प्रथम
शुक्रबार, मंसिर ५, २०८२
बुटवल- रुपन्देहीको देवदह–९ भलुहीमा रहेको न्यू नमुना ईङलिस बोर्डिङ्ग स्कुल कक्षा ५ की छात्रा जिविका रणपाल देवदह नगरपालिका स्तरीय श्रुतिलेखन प्रतियोगितामा प्रथम स्थान हासिल गरेकी छन् ।देवदह नगरपालिकाद्वारा आयोजित विभिन्न प्रतियोगिताअन्तर्गत कक्षा ४ र ५ को आधारभूत तह स्तरीय श्रुतिलेखन प्रतियोगितामा जिविकाले प्रथम स्थान हासिल गरेकी हुन् । त्यस्तैगरी सोही...
नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रदेशले ५ हजार विद्यार्थीलाई सचेतना तालिम दिदै
शुक्रबार, मंसिर ५, २०८२
धेरै भन्दा धेरै विद्युत उपभोक्ताहरुलाई विद्युतिय सुरक्षा सम्बन्धि सचेतना दिनका लागि कार्यक्रमको आयोजना गरिएको सहभागि हुने लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख ई. हरि प्रसाद पाण्डेले बताए । लुम्बिनी प्रादेशिक कार्यालयको उद्देश्य अनुरुप प्रादेशिक कार्यालय अन्तर्गतका सबै वितरण केन्द्रको कार्यक्षेत्रमा रहेका तुलनात्मक रुपमा धेरै विद्यार्थी अध्ययन गर्ने इच्छुक सामुदायिक विद्यालयहरुमा आइतबारदेखि एक...
रााष्ट्रिय कर दिवस २०८२ को शुभकामना आदान प्रदान
सोमबार, मंसिर १, २०८२
भैरहवा- राष्ट्रिय कर दिवस २०८२ को अवसरमा आन्तरिक राजस्व कार्यालय भैरहवाले शुभकामना आदान प्रदान तथा करदाता सम्मान कार्यक्रम सम्पन्न गरेको छ । सोमवार भैरहवाको सिद्धार्थ उद्योग वाणिज्य संघको सभाहलमा भएको कार्यक्रममा विभिन्न संघसस्थाका प्रतिनिधि तथा उद्योगी व्यापारी र संचारकर्मीहरुको उपस्थित रहेको थियो ।


-1785155626.jpg)