Lumbini Rise
लुम्बिनी प्रदेश सभामा प्रारम्भ भयो निती तथा कार्यक्रममाथिको छलफल
लुम्बिनी प्रदेश सभामा प्रारम्भ भयो निती तथा कार्यक्रममाथिको छलफल दाङ– लुम्बिनी प्रदेश सभामा सरकारको तर्फबाट प्रस्तुत भएको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ भएको छ । शुक्रबार छैठौं अधिवेशनको सातौं बैठकबाट आर्थिक वर्ष २०८२/ ०८३ को नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ भएको हो।
सर्वोच्चमा रवि लामिानेको सुनुवाई आज पनि 
सर्वोच्चमा रवि लामिानेको सुनुवाई आज पनि  बुटवल- सर्वोच्च अदालतले रवि लामिछाने र छविलाल जोशीको बन्दीप्रत्यक्षीकरण रिटमा आज पनि सुनुवाइ जारी राखेको छ। सरकारी वकिलको बहस सकिएकाले आज शुक्रबार जाहेरवालाको बहस हुनेछ। दुवै व्यक्तिहरू सहकारी ठगी प्रकरणमा थुनामा रहेका छन् ।
बुटवल हस्पिटलमा पहिलो पटक घुँडाको प्रत्यारोपण 
बुटवल हस्पिटलमा पहिलो पटक घुँडाको प्रत्यारोपण  बुटवल – बुटवल हस्पिटल प्रालिमा पहिलो पटक दुवै घुँडाको एकै पटक सफल प्रत्यारोपण भएको छ । वरिष्ठ अर्थोपेडिक सर्जन डाक्टर उत्सव रेग्मी नेतृत्वको टिमबाट दुवै खुट्टाको घुँडामा हुने जोर्नीको प्रत्यारोपण गरिएको हो । यस्तो शल्यक्रिया बुटवल क्षेत्रमा सम्भवत पहिलो पटक भएको डा.रेग्मीको दावी छ ।
रूपन्देही प्रहरीद्धारा सिमाबाट ११ लाख बराबरको सामान बरामद 
रूपन्देही प्रहरीद्धारा सिमाबाट ११ लाख बराबरको सामान बरामद  बुटवल – रुपन्देही प्रहरीले विहिबार अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याएको गरेको ११ लाख २१ हजार बराबरको अबैध सामान बरामद गरेको छ।  जिल्लाका विभिन्न स्थानमा गरिएको चेकजाँचका क्रममा भन्सार छलेर ल्याएको चप्पल, कपडा, चिनि, किराना सामान र एकवटा कार र तीनवटा मोटरसाईकल प्रहरीले नियन्त्रण गरेको हो।
भारतीय युवा पाल्पा तिनाउ ड्यामसाइडमा डुबेर वेपत्ता
भारतीय युवा पाल्पा तिनाउ ड्यामसाइडमा डुबेर वेपत्ता बुटवल-  पाल्पा स्थित तिनाउ ड्यामसाइडमा पौडी खेल्ने क्रममा विहिबार दिउँसो एक भारतीय युवक डुबेर वेपत्ता भएका छन । । तिनाउ गाउँपालिका–३ स्थित ड्यामसाइडमा १८ वर्षीय भारतीय युवकको डुबेर वेपत्ता भएका हुन। महाहाराजगंज जिल्ला अन्तर्गत नौतनवा निवासी १८ बर्षिय सोएब अन्सारी डुबेर वेपत्ता भएको दोभान प्रहरी कार्यालयले जनाएको छ । डुबेका...
भैरहवा शुक्रबारदेखि यु–१६ प्रदेशस्तरीय क्रिकेट प्रतियोगिता
भैरहवा शुक्रबारदेखि यु–१६ प्रदेशस्तरीय क्रिकेट प्रतियोगिता भैरहवा – रुपन्देहीको भैरहवामा शुक्रबारदेखि लुम्बिनी प्रदेशस्तरीय यु–१६ क्रिकेट प्रतियोगिता हुने भएको छ। लुम्बिनी प्रदेश क्रिकेट संघको आयोजना र रुपन्देही क्रिकेट संघको समन्वयमा प्रतियोगिता हुन लागेको हो। राष्ट्रिय यु–१६ क्रिकेट प्रतियोगिताका लागि लुम्बिनी प्रदेशस्तरीय टिम छनोट गर्न प्रतियोगिता आयोजना गरिएको हो। आयोजकले शुक्रबार भैरहवामा पत्रकार सम्मेलन गरी भैरहवास्थित सिद्धार्थ क्रिकेट...
ओभरलोड रोक्ने प्रशासनकाे निर्देशन  ट्रक समितले पालना गर्ने
ओभरलोड रोक्ने प्रशासनकाे निर्देशन ट्रक समितले पालना गर्ने भैरहवा -  लुम्बिनी ट्रक यातायात व्यवसायी संघ रुपन्देहीले ओभरलोड बोक्ने गाडीको भारमिलान गर्ने निर्देशनको स्वागत गरेको छ । भारतबाट नेपाल प्रवेश गर्ने मालवाहक ट्रकलाई भैरहवा भन्सार कार्यालय परिसर तथा रुपन्देही क्षेत्रका उद्योगहरुमा उत्पादित वस्तुहरु उद्योग परिसरमै ओभरलोड भार मिलान गर्न जेठ ६ गते रुपन्देही जिल्लाका प्रमु्ु्ु्ु्ु्ु्ु्ु्ुख जिल्ला अधिकारी बासुदेव घिमिरेले...
हावाहुरीले नवलपरासीमा र कपिलबस्तुमा ३ जनाको मृत्यू 
हावाहुरीले नवलपरासीमा र कपिलबस्तुमा ३ जनाको मृत्यू  बुटवल–  शुक्रबार अपरान्ह चलेको हावाहुरीका कारण कपिलवस्तु र नवलपरासीमा ३ जनाको मृत्यू भएको छ ।  नवलपरासीको सुनवलमा दुई र कपिलवस्तुमा एकजनाको ज्यान  गएको प्रहरीले जनाएको छ ।  नवलपरासी सुनवल नगरपालिका वडा नम्बर ७ चारपाला बस्ने अन्दाजी ३० बर्षिय मिरा बयम्बु र ४० बर्षिय दुर्गा बहादुर पुनको मृत्यु भएको जिल्ला प्रहरी...
तिलोत्तमा दलित ज्ञान उत्सव हुँदै
तिलोत्तमा दलित ज्ञान उत्सव हुँदै लुम्बिनी– स्थानीय तहको सक्रियतामा नेपालमै पहिलोपटक दलित ज्ञान उत्सव २०८२ हुने भएको छ। रुपन्देहीको तिलोत्त नगरपालिकामा न्याय, समानता र अधिकारका लागि ‘तिलोत्तमा दलित ज्ञान उत्सव’ गर्ने भएको हो। बुधबार आयोजित पत्रकार सम्मेलन पालिकाले यही वैशाख २६ र २७ गते विभिन्न कार्यक्रमसहित उत्सव गर्न लागेको छ ।
बुटवल कालिकानगरमा खुल्यो ‘नेपाली जुत्ता घर’
बुटवल कालिकानगरमा खुल्यो ‘नेपाली जुत्ता घर’ बुटवल– बुटवलको कालिकानगर स्थित बुटवल मण्डी प्राली भित्र ‘नेपाली जुत्ता घर’ सञ्चालनमा आएको छ । एक औपचारिक कार्यक्रमको आयोजना गरी नेपाली जुत्ता घरको मंगलबार बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरेका थिए ।उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख पाण्डेयले बुटवल भित्रका व्यवसायलाई दीगो र व्यवस्थित बनाउन उपमहानगरपालिकाले अग्रसरता लिएको बताए ।
सूचना र सेवाप्रवाहमा पारदर्शीताबारे अन्तरक्रिया
सूचना र सेवाप्रवाहमा पारदर्शीताबारे अन्तरक्रिया बुटवल – सूचनाको प्रवाह र सेवाप्रवाहमा पारदर्शिता कायम गर्न सूचनाको हकको प्रयोग कसरी गर्ने भन्ने विषयमा छलफल गरिएको छ । पब्लिक भ्वाईस नेपालको आयोजना र बुटवल उपमहानगरपालिका वडा नम्बर ३ कार्यालयको सहकार्यमा सूचनाको हकमा नागरिकको पहुंच सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
लुम्बिनीका मुख्यमन्त्री र कोशीका सभामुखविच भेटवार्ता
लुम्बिनीका मुख्यमन्त्री र कोशीका सभामुखविच भेटवार्ता दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र कोशी प्रदेश सभाका सभामुख अम्बरबहादुर बिष्टको नेतृत्वमा रहेको एक प्रतिनिधि मण्डलबीच सोमबार राप्ती उपत्यका (देउखुरी) मा छलफल भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री आचार्यले संघीयतालाई बलियो बनाउन अन्तरप्रदेशीय समन्वयलाई थप सुदृढ गर्नुपर्ने र सिकाइको आदानप्रदानलाई निरन्तरता दिनुपर्ने बताए ।
Weather Update