बुटवलमा प्रादेशिक ललितकला प्रर्दशनी सुरू
शनिबार, माघ १७, २०८२
वुटवल- लुम्बिनी प्रादेशिक ललितकला प्रदर्शनी शनिबारदेखि बुटवलमा सुरु भएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान लुम्बिनी प्रदेश समन्वय समितिको आयोजना तथा नेपाल व्यवसायिक कलाकार संघ रुपन्देही र कालिका मानव ज्ञान माविको सह-आयोजनामा प्रर्दशनी शुरू भएको हाे ।
कार्यक्रमकाे नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालिले उदघाटन गरे । उनले समाज रुपान्तरणका लागि ललितकलाको निकै ठुलो भुमिका रहेको बताए । कलाको महत्वलाइ अझै राम्रोसंग उठाउन नसकिएको समेत उनले बताए ।
पहिलो वर्षको तुलनामा यो वर्ष कार्यक्रम प्रभावकारी बनेको समेत उनले बताए । बुटवल निकै सम्भावना भएको महत्वपुर्ण ठाउँ भएको बताउदै कलाकार बन्नका लागि क्याम्पस पढ्न पर्छ भन्ने नहुने बताए । तर, कलाकारितामा बौद्वीकताको आवश्यक्ता रहने बताए ।
कार्यक्रमका विशिष्ट अतिथि बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले बुटवल उपमहानगरपालिका सधै साथमा रहने बताए । कलाकारितामा भावनापनि जोडियो भने मात्र प्रभावकारी हुने उनले बताए । उज्यालो बुटवल बनाउनका लागि यो कार्यक्रमले निकै ठुलो भुमिका खेल्ने उनले बताए । बुटवलको हरेक किसिमले सम्भावना बोकेको भएकाले यस्लाई अझ राम्रो र नमुना बनाउनका लागि सबैजना लाग्नु पर्ने समेत उनले बताए ।
कलाकार संघले मनायो अरनीको स्मृती दिवस: पत्रकार परियार सहित कलाकार सम्मानित
बुधबार, पुस २३, २०८२
बुटवल – नेपाल व्यवसायिक कलाकार संघ रुपन्देहीले राष्ट्रिय विभूती अरनी स्मृती दिवस तथा आफ्नो ३१ औं स्थापना दिवस बुधबार मनाएको छ । बुटवल हिलपार्क डाँडामा रहेको राष्ट्रिय विभूति अरनीको मूर्तीमा माल्र्यापण गर्दै दिवस मनाउनुका साथै संघ स्थापना दिवसका अवसरमा अग्रज कलाकार, पत्रकार सम्मान सहित क्यानभासमा बुटवल कार्यक्रम गरी मनाएको हो...
‘फेरियो’ भूपीको भैरहवा
शनिबार, पुस १९, २०८२
भैरहवा अचेल भट्टी पस्दैन
बरू पस्छ भाटभटेनी
भट्टी पस्नेहरू त
उहिल्यै लखेटिए
जहाजघरको नापजाँच पछि
फेरिएको भैरहवामा अचेल
राजनीति गर्ने डाक्टर बस्छन्
व्यापार गर्ने पत्रकार बस्छन्
अनि केही पनि नगर्नै नेताहरू बस्छन्
वातावरणविद् तथा साहित्यकार विजय हितानसंग पर्या-साहित्य संवाद
मंगलबार, पुस १५, २०८२
बुटवल - वातारणविद् तथा साहित्यकार विजय हितानसंग पर्या साहित्यका बिषयमा साेमबार बुटवलमा संवाद कार्यक्रम गरिएकाे छ । पाठक मञ्च बुटवलकाे आयाेजनामा साहित्यकार हितानसंग पर्या साहित्यसंग जाेडिएर वातावरण संरक्षणका बिषयमा छलफल गरिएकाे हाे । विज्ञानमा स्नातकोत्तर गरेका हितान हाल इङ्ग्ल्यान्डको वातावरणीय संस्थानमा कार्यरत छन्। वातावरणविज्ञका रूपमा परिचित हितानले पर्या-साहित्य सिर्जनामा विशेष...
सपना आचार्यकाे दाेस्राे पुस्तक 'उनले छोडेको उज्यालो' प्रकाशित
सोमबार, पुस ७, २०८२
वुटवल- साहित्यकार सपना आचार्यको दोस्रो पुस्तक 'उनले छोडेको उज्यालो' सोमबार सार्वजनिक भएको छ । आमाको वार्षिक पुण्यतिथिको अवसर पारेर बुटवलमा आयोजित कार्यक्रममा आचार्यका पिता कृष्णलाल आचार्यले सो पुस्तक विमोचन गरेका हुन्।
साहित्यकार देवेन्द्रराज र धर्मी शाक्यको निवासलाई सरस्वती कुन्ज नामकरण
बिहीबार, मंसिर २५, २०८२
बुटवल– साहित्यकार तथा लेखक देवेन्द्रराज शाक्य र धर्मी शाक्यको निवासलाई विहिबार सरस्वती कुन्ज नामकरण गरिएको छ । पाठक मञ्च बुटवलको आयोजनामा साहित्यकार जंगबहादुर शाहले विधिवत रुपमा सरस्वती कुञ्ज घोषणा गरेका हुन् ।
कुलचन्द्र मरासिनीको श्रीमदभागवत काब्यसुधाको लोकार्पण
शुक्रबार, मंसिर १९, २०८२
बुटवल– बरिष्ठ साहित्यकार कुलचन्द्र मरासिनीको श्रीमद्भागवत काव्यसुधाको एक समारोहका विच विमोचन गरिएको छ । बुटवल उपमहानगरपालिका वडा नं. १४ स्थित स्वामी शशिधर स्मृति प्रतिष्ठानको २१ औं बार्षिक साधारण सभा तथा अधिवेशनको अवसरमा प्रतिष्ठानका आजिवन सदस्य प्राज्ञ, बरिष्ठ साहित्यकार तथा सिद्धार्थ उच्च मा.बी. अर्घाखाँचीका पुर्व प्रधानाध्यापक मरासिनीको पद्यात्मक नेपाली भाषामा अनुवाद...
तिनाउ बोर्डिङ स्कूलले 'तिनाउ गायन तारा' प्रतियोगिता गर्ने
शुक्रबार, मंसिर १९, २०८२
बुटवल- बुटवल–११ देवीनगरस्थित तिनाउ इङलिस् बोर्डिङ स्कूलले आउँदो साता जिल्ला स्तरीय तिनाउ गायन तारा प्रतियोगिता गर्ने भएको छ ।
गायनमा क्षमता भएका विद्यार्थीको प्रतिभा प्रस्फूटन गर्ने उद्देश्य सहित विद्यालयले यहीँ मंसिर २५ गते अन्तर विद्यालय पहिलो तिनाउ गायन तारा गर्न लागेको हो ।
कपिल लामिछानेका पाँच बालकथासङ्ग्रह भैरहवामा एकै मञ्चबाट लोकार्पण
शुक्रबार, मंसिर १२, २०८२
भैरहवा – भैरहवामा एकै लेखक कपिल लामिछानेका पाँच बालकथासङ्ग्रहको सामूहिक लोकार्पण तथा परिचर्चा सम्पन्न भएको छ। प्रस्रित प्रतिष्ठान नेपालले आयोजना गरेको उक्त कार्यक्रम भुँडी पुराण प्रकाशनद्वारा प्रकाशित कृतिहरू— ‘जाती आमा’, ‘आफ्नै ठाउँ’, ‘भकुन्डे भूत’, ‘दुम्सीलाई तक्मा’ र ‘बिरालाको लोकतन्त्र’ —को सार्वजनिक विमोचनका लागि विशेष रूपमा आयोजना गरिएको थियो।
श्रीलंकन साहित्यकारहरुलाई पाठक मञ्च बुटवलद्धारा स्वागत, सहकार्यका लागि समझदारी
शनिबार, कात्तिक २९, २०८२
बुटवल - श्रीलंकाली साहित्यकारहरुको टोलीलाई पाठक मञ्च बुटवलले शनिबार स्वागत गरेको छ । मञ्चले श्रीलंकाली साहित्यकारहरुलाई रुपन्देहीको तिलोत्तमामा नेपाल श्रीलंका साँस्कृतिक सहकार्य बिषयमा छलफल गर्दै स्वागत गरेको हो ।उक्त अवसरमा पाठक मञ्चले श्रीलंकाली साहित्यकि संस्था सबुद्धिसँग साहित्यिक साँस्कृतिक आदानप्रदानका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
क्षितिज, आमा र धरती पुस्तकमाथि बुटवलमा समीक्षा
शनिबार, कात्तिक २२, २०८२
बुटवल- लेखक सरस्वती ज्ञवालीकाे पुस्तक क्षितिज, आमा र धरतीबारे शनिबार बुटवलमा विमर्श गरिएकाे छ । पाठक मञ्च, बुटवलकाे आयाेजनामा लेखक साहित्यकारहरूका विच विमर्श गरिएकाे हाे ।
विमर्श कार्यक्रममा लेखक ज्ञवालीले अपाङ्गता भएका सन्तान हुर्काउदाका ३७ बर्षकाे अनुभवहरू समेटेर पुस्तक लेखेकाे बताईन् । उनले बाैद्विक अपांगता भएकाे छाेरीकाे स्याहार गर्दा र...
मनिकर कार्कीको अर्थ दृष्टि पुस्तकको दोस्रो संस्करणमाथि बुटवलमा परिचर्चा
सोमबार, असोज २७, २०८२
बुटवल - अर्थविद मनिकर कार्की लिखित अर्थ दृष्टि : अल्पविकासको अर्थराजनीति पुस्तकको दोस्रो संस्करणको साेमबार बुटवलमा परिचर्चा तथा अन्तरक्रिया गरिएको छ । आर्थिक अनुसन्धान केन्द्र नेपालको आयोजना बुटवलमा परिचर्चा तथा अन्तरक्रिया गरिएको हो ।
‘अर्थदृष्टि’को दोस्रो संस्करण बजारमा
शनिबार, असोज २५, २०८२
बुटवल- युवा अर्थशास्त्री एवम् अर्थराजनीतिक विश्लेषक मनिकर कार्कीद्वारा लिखित पुस्तक ‘अर्थदृष्टिः अल्पविकासको अर्थराजनीति’ को दोस्रो संस्करण बजारमा आएको छ । नेपालको आर्थिक इतिहास एवम् समसामयिक अर्थराजनीतिसम्बन्धी सो पुस्तक प्रकाशक इन्डिगो इन्कले प्रकाशन गरेको हो ।


