नेपाल व्यवासायिक कलाकार संघ रुपन्देहीद्धारा सांसद भुसाललाई सम्मान
सोमबार, चैत २३, २०८२
बुटवल- नेपाल व्यवसायिक कलाकार संघ जिल्ला समिति रुपन्देहीले अर्घाखाँचीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हरि प्रसाद भुसाललाई बुटवलमा सम्मान सहित बधाई ज्ञापन गरेको छ । प्रतिनिधिसभामा निर्वाचित सांसद भुसाल कलाकार भएकाले संघले सम्मान सहित बधाई ज्ञापन गरेको हो ।कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सांसद भुसालले जनताको साथले ब्रस समाउने हातले कानुन बनाउने थलोमा पुगेको बताए । उनले आफू सांसदका रुपमा निर्वाचित भएपनि ब्रस समाउने कलाप्रतिको माया उतिकै रहेको भन्दै कलाकारहरुको जीवनलाई सहज बनाउने बिषयमा काम गर्ने बताए ।
गुल्मीमा ट्याक्टरको ठक्करबाट एक जना घाइते
मंगलबार, चैत ३, २०८२
गुल्मी - गुल्मीको मदाने गाउँपालिका–१ अग्लुङमा ट्याक्टरको ठक्करबाट एक जना गम्भीर घाइते भएका छन् । अग्लुङ फेदी खोलाबाट बालुवा बोकेर गएको रा १ त ३८६३ नम्बरको ट्याक्टरले स्थानीय सालिकराम चन्द (अन्दाजी ३५/३६ वर्ष) लाई ठक्कर दिएको हो
रिसको उपनाम र हाम्रो संस्कार
आइतबार, फागुन २४, २०८२
नेपालमा एउटा अनौठो संस्कार बढ्दै गएको देखिन्छ । त्यो हो—रिस उठ्यो भने सम्मानित कुरा र शब्दलाई पनि अपमानजनक उपनाममा बदलिदिने। मन्दिरमा बज्ने पवित्र घन्टी, जसलाई श्रद्धाले बजाइन्छ, कसैलाई गाली गर्दा “घण्टे” बन्न पुग्छ।
निर्वाचनको अवसरमा भारी अफर !
सोमबार, फागुन ११, २०८२
यो मुलुकमा निर्वाचन आयो कि राजनीतिक तापक्रम १०४ डिग्री पुग्छ। “आउट अफ स्टक” भएका नेताहरू अचानक “फुल स्टक” मा उपलब्ध हुन्छन्। पार्टीका शटर र दोकानहरू धमाधम खुल्छन्, नयाँ पोस्टर, नयाँ नारा, नयाँ योजना—सबै कुरा नयाँ प्याकेजिङमा! लाग्छ मानौँ कुनै ठुलो सपिङ मेला लागेको हो, जहाँ मतदाता ग्राहक र नेता उत्पादन...
आज ग्याल्पो ल्होछार पर्व मनाइँदै
बुधबार, फागुन ६, २०८२
ल्होछार पर्वका अवसरमा शेर्पा समुदायले आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार गुथुक र खाप्से सबैजना मिलीजुली खाने तथा आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने परम्परा छ ।
बुटवलमा प्रादेशिक ललितकला प्रर्दशनी सुरू
शनिबार, माघ १७, २०८२
वुटवल- लुम्बिनी प्रादेशिक ललितकला प्रदर्शनी शनिबारदेखि बुटवलमा सुरु भएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान लुम्बिनी प्रदेश समन्वय समितिको आयोजना तथा नेपाल व्यवसायिक कलाकार संघ रुपन्देही र कालिका मानव ज्ञान माविको सह-आयोजनामा प्रर्दशनी शुरू भएको हाे ।
कार्यक्रमकाे नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालिले उदघाटन गरे । उनले समाज...
कलाकार संघले मनायो अरनीको स्मृती दिवस: पत्रकार परियार सहित कलाकार सम्मानित
बुधबार, पुस २३, २०८२
बुटवल – नेपाल व्यवसायिक कलाकार संघ रुपन्देहीले राष्ट्रिय विभूती अरनी स्मृती दिवस तथा आफ्नो ३१ औं स्थापना दिवस बुधबार मनाएको छ । बुटवल हिलपार्क डाँडामा रहेको राष्ट्रिय विभूति अरनीको मूर्तीमा माल्र्यापण गर्दै दिवस मनाउनुका साथै संघ स्थापना दिवसका अवसरमा अग्रज कलाकार, पत्रकार सम्मान सहित क्यानभासमा बुटवल कार्यक्रम गरी मनाएको हो...
‘फेरियो’ भूपीको भैरहवा
शनिबार, पुस १९, २०८२
भैरहवा अचेल भट्टी पस्दैन
बरू पस्छ भाटभटेनी
भट्टी पस्नेहरू त
उहिल्यै लखेटिए
जहाजघरको नापजाँच पछि
फेरिएको भैरहवामा अचेल
राजनीति गर्ने डाक्टर बस्छन्
व्यापार गर्ने पत्रकार बस्छन्
अनि केही पनि नगर्नै नेताहरू बस्छन्
वातावरणविद् तथा साहित्यकार विजय हितानसंग पर्या-साहित्य संवाद
मंगलबार, पुस १५, २०८२
बुटवल - वातारणविद् तथा साहित्यकार विजय हितानसंग पर्या साहित्यका बिषयमा साेमबार बुटवलमा संवाद कार्यक्रम गरिएकाे छ । पाठक मञ्च बुटवलकाे आयाेजनामा साहित्यकार हितानसंग पर्या साहित्यसंग जाेडिएर वातावरण संरक्षणका बिषयमा छलफल गरिएकाे हाे । विज्ञानमा स्नातकोत्तर गरेका हितान हाल इङ्ग्ल्यान्डको वातावरणीय संस्थानमा कार्यरत छन्। वातावरणविज्ञका रूपमा परिचित हितानले पर्या-साहित्य सिर्जनामा विशेष...
सपना आचार्यकाे दाेस्राे पुस्तक 'उनले छोडेको उज्यालो' प्रकाशित
सोमबार, पुस ७, २०८२
वुटवल- साहित्यकार सपना आचार्यको दोस्रो पुस्तक 'उनले छोडेको उज्यालो' सोमबार सार्वजनिक भएको छ । आमाको वार्षिक पुण्यतिथिको अवसर पारेर बुटवलमा आयोजित कार्यक्रममा आचार्यका पिता कृष्णलाल आचार्यले सो पुस्तक विमोचन गरेका हुन्।
साहित्यकार देवेन्द्रराज र धर्मी शाक्यको निवासलाई सरस्वती कुन्ज नामकरण
बिहीबार, मंसिर २५, २०८२
बुटवल– साहित्यकार तथा लेखक देवेन्द्रराज शाक्य र धर्मी शाक्यको निवासलाई विहिबार सरस्वती कुन्ज नामकरण गरिएको छ । पाठक मञ्च बुटवलको आयोजनामा साहित्यकार जंगबहादुर शाहले विधिवत रुपमा सरस्वती कुञ्ज घोषणा गरेका हुन् ।
कुलचन्द्र मरासिनीको श्रीमदभागवत काब्यसुधाको लोकार्पण
शुक्रबार, मंसिर १९, २०८२
बुटवल– बरिष्ठ साहित्यकार कुलचन्द्र मरासिनीको श्रीमद्भागवत काव्यसुधाको एक समारोहका विच विमोचन गरिएको छ । बुटवल उपमहानगरपालिका वडा नं. १४ स्थित स्वामी शशिधर स्मृति प्रतिष्ठानको २१ औं बार्षिक साधारण सभा तथा अधिवेशनको अवसरमा प्रतिष्ठानका आजिवन सदस्य प्राज्ञ, बरिष्ठ साहित्यकार तथा सिद्धार्थ उच्च मा.बी. अर्घाखाँचीका पुर्व प्रधानाध्यापक मरासिनीको पद्यात्मक नेपाली भाषामा अनुवाद...
तिनाउ बोर्डिङ स्कूलले 'तिनाउ गायन तारा' प्रतियोगिता गर्ने
शुक्रबार, मंसिर १९, २०८२
बुटवल- बुटवल–११ देवीनगरस्थित तिनाउ इङलिस् बोर्डिङ स्कूलले आउँदो साता जिल्ला स्तरीय तिनाउ गायन तारा प्रतियोगिता गर्ने भएको छ ।
गायनमा क्षमता भएका विद्यार्थीको प्रतिभा प्रस्फूटन गर्ने उद्देश्य सहित विद्यालयले यहीँ मंसिर २५ गते अन्तर विद्यालय पहिलो तिनाउ गायन तारा गर्न लागेको हो ।


