कपिलबस्तुमा ग्याँस चुहिएर आगलागी हुदा दाजू वहिनीकाे मृत्यू
सोमबार, जेठ १२, २०८२
काँग्रेसले भन्यो –‘गृहमन्त्री लेखकले राजीनामा दिनुपर्दैन’
सोमबार, जेठ १२, २०८२
काठमाडौँ- नेपाली काँग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता नरहेको ठहर गरेको छ। पार्टी पदाधिकारीको सोमबार बसेको बैठकपछि प्रवक्ता प्रकाश शरण महतले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता नरहेकाले राजीनामा दिनुपर्ने ठहर गरेको बताए । ‘गृहमन्त्री ज्यूले आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पार्नुभयो। त्यसपछि बैठकले उहाँको भनाइलाई सदर गरेको छ’...
काठमाडौँ- नेपाली काँग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता नरहेको ठहर गरेको छ। पार्टी पदाधिकारीको सोमबार बसेको बैठकपछि प्रवक्ता प्रकाश शरण महतले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता नरहेकाले राजीनामा दिनुपर्ने ठहर गरेको बताए । ‘गृहमन्त्री ज्यूले आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पार्नुभयो। त्यसपछि बैठकले उहाँको भनाइलाई सदर गरेको छ’ महतले सञ्चारकर्मीसँग भने ।
युवा संघ केन्द्रीय सदस्यमा रुपन्देहीबाट विकास र बुद्धिराज भिड्दै
सोमबार, जेठ १२, २०८२
बुटवल – पोखरामा जारी १० औँ राष्ट्रिय सम्मेलनमा रुपन्देहीबाट केन्द्रीय सदस्यमा दुई जना भिड्ने भएका छन् । युवा संघ रुपन्देहीका निवर्तमान अध्यक्ष विकास बस्नेत र बुद्धिराज थापा बिच लुम्बिनी प्रदेशको भूगोल (रुपन्देही कलस्टर) बाट केन्द्रीय सदस्यमा भिड्ने भएका हुन्। युवा संघको आगामी नेतृत्वका लागि अध्यक्षमा क्षितिज थेबे र सुमन पुरीले...
बुटवल – पोखरामा जारी १० औँ राष्ट्रिय सम्मेलनमा रुपन्देहीबाट केन्द्रीय सदस्यमा दुई जना भिड्ने भएका छन् । युवा संघ रुपन्देहीका निवर्तमान अध्यक्ष विकास बस्नेत र बुद्धिराज थापा बिच लुम्बिनी प्रदेशको भूगोल (रुपन्देही कलस्टर) बाट केन्द्रीय सदस्यमा भिड्ने भएका हुन्। युवा संघको आगामी नेतृत्वका लागि अध्यक्षमा क्षितिज थेबे र सुमन पुरीले उम्मेदवारी दर्ता गराएसँगै दुई प्यानलबिच चुनावी प्रतिस्पर्धा हुन लागेको हो ।
गृहमन्त्री लेखककाे राजीनामाबारे छलफल गर्न काँग्रेस पदाधिकारी बैठक बस्दै
सोमबार, जेठ १२, २०८२
काठमाडौँ - नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा दिने वा नदिने भन्नेबारे छलफल गर्न पदाधिकारी बैठक बोलाएका छन् । सोमबार बिहान ९ बजे आफ्नै निवास बुढानीलकण्ठमा बस्ने गरी देउवाले पदाधिकारी बैठक बोलाइएको मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिए । एक पदाधिकारीले बैठकको मुख्य विषय...
काठमाडौँ - नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा दिने वा नदिने भन्नेबारे छलफल गर्न पदाधिकारी बैठक बोलाएका छन् । सोमबार बिहान ९ बजे आफ्नै निवास बुढानीलकण्ठमा बस्ने गरी देउवाले पदाधिकारी बैठक बोलाइएको मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिए । एक पदाधिकारीले बैठकको मुख्य विषय भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक मुछिएपछि अब के गर्ने भन्ने छलफल गरिनेछ । स्रोतका अनुसार लेखकले पदाधिकारी बैठकपछि राजीनामा दिनेछन् ।
बेलहिया नाका : २ खर्ब बढीको आयात, साँढे १६ अर्ब मात्रै निर्यात व्यापार
सोमबार, जेठ १२, २०८२
भैरहवा– भैरहवा बेलहिया भन्सार नाकाबाट भारत तथा तेस्रो मुलुकमा पछिल्लो १० महिनामा १६ अर्ब ४४ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ। गत वर्षको तुलनामा यो ४५.२२ प्रतिशत निर्यात व्यापार वृद्धि हो । तर याे नाकाबाट आयात भने निकै बढि छ । बेलिहया भन्सार कार्यालयका अनुसार चालु वर्षको साउनदेखि वैशाखसम्म...
भैरहवा– भैरहवा बेलहिया भन्सार नाकाबाट भारत तथा तेस्रो मुलुकमा पछिल्लो १० महिनामा १६ अर्ब ४४ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ। गत वर्षको तुलनामा यो ४५.२२ प्रतिशत निर्यात व्यापार वृद्धि हो । तर याे नाकाबाट आयात भने निकै बढि छ । बेलिहया भन्सार कार्यालयका अनुसार चालु वर्षको साउनदेखि वैशाखसम्म १० महिनामा २ खर्ब १६ अर्ब ४८ करोड रुपैयाँका विभिन्न सामान आयात भएका छन्। याे गत वर्ष भन्दा ९.९९ प्रतिशतले बृद्धि भएकाे हाे ।
युवा संघमा थेवे र पुरी प्यानल चुनावी मैदानमा, आज उम्मेदवार फिर्ताको समय तोकियो
सोमबार, जेठ १२, २०८२
कास्की - पोखरा मा एमालेको राष्ट्रिय युवा सङ्घको चुनावी प्रतिस्पर्धामा १९९ जना उम्मेदवारले भाग लिएका छन्। निर्वाचन प्रक्रिया अन्तर्गत मनोनयन, दाबी, विरोध र उम्मेदवारी फिर्ताको कार्य सोमबार सम्पन्न हुनेछ र मतदान सोही दिन सुरु हुने अपेक्षा छ। नेताहरूले उम्मेदवारहरूको परिचय, रणनीति र आकर्षणका विषयमा बैठक र निर्देशन दिएका छन्। १२...
कास्की - पोखरा मा एमालेको राष्ट्रिय युवा सङ्घको चुनावी प्रतिस्पर्धामा १९९ जना उम्मेदवारले भाग लिएका छन्। निर्वाचन प्रक्रिया अन्तर्गत मनोनयन, दाबी, विरोध र उम्मेदवारी फिर्ताको कार्य सोमबार सम्पन्न हुनेछ र मतदान सोही दिन सुरु हुने अपेक्षा छ। नेताहरूले उम्मेदवारहरूको परिचय, रणनीति र आकर्षणका विषयमा बैठक र निर्देशन दिएका छन्। १२ जेठ, पोखरा । एमालेको भातृ सङ्गठन राष्ट्रिय युवा सङ्घमा दुई प्यानलै चुनावी प्रतिस्पर्धामा जाँदा नेतृत्व, पदाधिकारी र सदस्यमा समेत गरेर १९९ जनाको उम्मेदवारी परेको छ।
लुम्बिनीलाई बौद्ध तीर्थयात्रा र आध्यात्मिक पर्यटनको गन्तव्य बनाऔँ : मुख्यमन्त्री आचार्य
आइतबार, जेठ ११, २०८२
लुम्बिनी - लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनीलाई बौद्ध तीर्थयात्रा र आध्यात्मिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्न खोजिएको बताएका छन् । तेस्रो बौद्ध अन्तर्राष्ट्रिय यात्रा मेला–२०८२ को समापन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले यस यात्राले लुम्बिनीलाई मात्र नभई समग्र नेपाललाई बौद्ध तीर्थयात्रा र आध्यात्मिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा स्थापित...
लुम्बिनी - लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनीलाई बौद्ध तीर्थयात्रा र आध्यात्मिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्न खोजिएको बताएका छन् । तेस्रो बौद्ध अन्तर्राष्ट्रिय यात्रा मेला–२०८२ को समापन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले यस यात्राले लुम्बिनीलाई मात्र नभई समग्र नेपाललाई बौद्ध तीर्थयात्रा र आध्यात्मिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्न महत्त्वपूर्ण योगदान पुगेको विश्वास व्यक्त गरे । नेपाल पर्यटन व्यवसायी सङ्घ (नाट्टा) को आयोजना तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, लुम्बिनी विकास कोष लगायतका निकायहरूको सहकार्यमा यात्राको आयोजना गरिएको हो ।
प्रदेशस्तरीय यु–१६ क्रिकेट: रुपन्देही र नवलपरासी विजयी
आइतबार, जेठ ११, २०८२
भैरहवा - लीला सेन्चुरी मेमोरियल यु–१६ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा आइतबार सम्पन्न दुई खेलमा पश्चिम नवलपरासी र रुपन्देहीले जित निकालेका छन् । नवलपरासीले कपिलवस्तुमाथि ११ रनको जित निकाल्दा रुपन्देहीले पाल्पालाई २ सय ६१ रनले पराजित गर्यो । रुपन्देहीको यो लगातार दोस्रो जित हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा...
भैरहवा - लीला सेन्चुरी मेमोरियल यु–१६ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा आइतबार सम्पन्न दुई खेलमा पश्चिम नवलपरासी र रुपन्देहीले जित निकालेका छन् । नवलपरासीले कपिलवस्तुमाथि ११ रनको जित निकाल्दा रुपन्देहीले पाल्पालाई २ सय ६१ रनले पराजित गर्यो । रुपन्देहीको यो लगातार दोस्रो जित हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको नवलपरासीले निर्धारित ३५ ओभरमा १८ ओभर १ बल खेल्दै सबै विकेट गुमाएर ८७ रनको सामान्य योगफल बनायो ।
एकीकृत समाजवादी रुपन्देहीले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई पठायो स्मरण–पत्र
आइतबार, जेठ ११, २०८२
बुटवल- नेकपा (एकीकृत समाजवादी) रुपन्देहीले आइतबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई स्मरण-पत्र बुझाएको छ । पार्टीका रुपन्देहीका अध्यक्ष हिराध्वज शाहले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे मार्फत स्मरण-पत्र बुझाएका हुन् । ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ भन्ने नारा सहित देशव्यापी आन्दोलनमा रहेको समाजवादीले केन्द्र, प्रदेश जिल्ला, पालिका सम्म मागहरूका...
बुटवल- नेकपा (एकीकृत समाजवादी) रुपन्देहीले आइतबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई स्मरण-पत्र बुझाएको छ । पार्टीका रुपन्देहीका अध्यक्ष हिराध्वज शाहले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे मार्फत स्मरण-पत्र बुझाएका हुन् । ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ भन्ने नारा सहित देशव्यापी आन्दोलनमा रहेको समाजवादीले केन्द्र, प्रदेश जिल्ला, पालिका सम्म मागहरूका बारेमा स्मरण पत्र बुझाएको सो पार्टीले जनाएको छ ।
निजामती विधेयकको विरोधमा कर्मचारी आन्दोलित
आइतबार, जेठ ११, २०८२
काठमाडौँ – प्रस्तावित निजामती सेवा विधेयकको विरोधमा निजामती कर्मचारीहरू आन्दोलित भएका छन् । कर्मचारीहरूले वृत्ति विकास, सेवा सुविधा र अन्य प्रावधानमा असहमति जाहेर गर्दै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि विरोध प्रदर्शनमा उत्रेका हुन् ।निजामती कर्मचारी युनियनका प्रतिनिधिहरूले विधेयकमा कर्मचारीहरूको वृत्ति विकासको विषय स्पष्ट नरहेको, सरुवा र बढुवामा अस्पष्टता...
काठमाडौँ – प्रस्तावित निजामती सेवा विधेयकको विरोधमा निजामती कर्मचारीहरू आन्दोलित भएका छन् । कर्मचारीहरूले वृत्ति विकास, सेवा सुविधा र अन्य प्रावधानमा असहमति जाहेर गर्दै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि विरोध प्रदर्शनमा उत्रेका हुन् ।निजामती कर्मचारी युनियनका प्रतिनिधिहरूले विधेयकमा कर्मचारीहरूको वृत्ति विकासको विषय स्पष्ट नरहेको, सरुवा र बढुवामा अस्पष्टता रहेको र सेवा सुविधा कटौती गर्ने प्रावधान राखिएको छ । तर, यो प्रावधान हटाउनुपर्ने कर्मचारीहरूको माग छ।
सार्वजनिक ऋणको भार २६ खर्ब २२ अर्ब
आइतबार, जेठ ११, २०८२
काठमाडौँ – सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले नेपालको सार्वजनिक ऋण कूल २६ खर्ब नाघेको जनाएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को वैशाख मसान्तसम्ममा सार्वजनिक ऋणको दायित्व २४ खर्ब २२ अर्ब ४० करोड रुपैयाँ पुगेको हो । चालू आवको सुरुआत अर्थात् २०८१ असार मसान्तमा कूल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब...
काठमाडौँ – सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले नेपालको सार्वजनिक ऋण कूल २६ खर्ब नाघेको जनाएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को वैशाख मसान्तसम्ममा सार्वजनिक ऋणको दायित्व २४ खर्ब २२ अर्ब ४० करोड रुपैयाँ पुगेको हो । चालू आवको सुरुआत अर्थात् २०८१ असार मसान्तमा कूल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ९ करोड बराबर थियो । चालू आवको १० महिनामा १ खर्ब ८८ अर्ब ३० करोड बराबर ऋण थपिएको हो ।
एकीकृत समाजवादी बुटवलले बुझायो स्मरण–पत्र
आइतबार, जेठ ११, २०८२
बुटवल– नेकपा (एकीकृत समाजवादी) बुटवलले आइतबार बुटवल उपमहानगरलाई स्मरण पत्र बुझाएको छ । सुशासन र रोजगारी समाजवादको तयारी भन्ने नारा सहित केन्द्रीय आन्दोलन अन्तर्गत गत वैशाख २२ गते बुझाइएको माग पूरा गर्ने सन्दर्भमा पुन स्मरण पत्र बुझाएको सो पार्टीले जनाएको छ। बुटवल उपमहानगरका नगरप्रमुख खेलराज पाण्डेयलाई एकीकृत समाजवादी पार्टीका अध्यक्ष...
बुटवल– नेकपा (एकीकृत समाजवादी) बुटवलले आइतबार बुटवल उपमहानगरलाई स्मरण पत्र बुझाएको छ । सुशासन र रोजगारी समाजवादको तयारी भन्ने नारा सहित केन्द्रीय आन्दोलन अन्तर्गत गत वैशाख २२ गते बुझाइएको माग पूरा गर्ने सन्दर्भमा पुन स्मरण पत्र बुझाएको सो पार्टीले जनाएको छ। बुटवल उपमहानगरका नगरप्रमुख खेलराज पाण्डेयलाई एकीकृत समाजवादी पार्टीका अध्यक्ष चिनबहादुर गुरुङले स्मरण पत्र बुझाएका हुन । स्मरण पत्र बुझाउँदै गुरुङले स्थानीय तहले पूरा गर्ने माग यहीबाट र अन्य मागहरू प्रदेश र सङ्घीय सरकारसमक्ष पुर्याउन नगरप्रमुखको ध्यानाकर्षण गराए ।


