गुल्मीमा जंगली च्याउ खादा एकै घरका ३ जना बिरामी
शुक्रबार, असार १३, २०८२
एसईई नतिजा नतिजा प्रकाशनको तयारी
शुक्रबार, असार १३, २०८२
काठमाडौं - माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । परीक्षा नियन्त्रक डा। गणेश भट्टराईले नतिजाको काम अन्तिम चरणमा पुगेको बताए । त्यसका लागि आज बोर्ड बैठक बस्ने तयारी गरिएको उनले जानकारी दिए । ‘नतिजाको अन्तिम चरणमा छौँ । तर प्रकाशित गर्ने निर्णय भइसकेको छैन ।...
काठमाडौं - माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । परीक्षा नियन्त्रक डा। गणेश भट्टराईले नतिजाको काम अन्तिम चरणमा पुगेको बताए । त्यसका लागि आज बोर्ड बैठक बस्ने तयारी गरिएको उनले जानकारी दिए । ‘नतिजाको अन्तिम चरणमा छौँ । तर प्रकाशित गर्ने निर्णय भइसकेको छैन । त्यसका लागि बोर्डको बैठकबाट निर्णय गर्नुपर्छ,’ उनले भने, ‘सम्भवतः बोर्डको बैठक आज बस्छ ।’
प्रगतीशील पत्रकार संघले गर्याे विकासमा मिडियाकाे भूमिकाबारे अन्तरक्रिया
बिहीबार, असार १२, २०८२
बुटवल - प्रगतिशील पत्रकार संघ नेपाल रुपन्देहीको आयोजना र बुटवल उपमहानगरपालिकाको सहयोगमा बुटवलमा विकासमा मिडियाको भूमिका विषयक अन्तरक्रिया भएको छ । बिहीबार भएको उक्त अन्तरक्रियामा बोल्ने सहभागिले विकासमा मिडियाको भूमिका अहम रहेको बताएका छन् । प्रतिपक्षको भूमिकाका रहेको मिडयाले खरबरदारी गरेकै कारण विकास निर्माणका कामहरुले केही गतिलिएको बताए । विकास...
बुटवल - प्रगतिशील पत्रकार संघ नेपाल रुपन्देहीको आयोजना र बुटवल उपमहानगरपालिकाको सहयोगमा बुटवलमा विकासमा मिडियाको भूमिका विषयक अन्तरक्रिया भएको छ । बिहीबार भएको उक्त अन्तरक्रियामा बोल्ने सहभागिले विकासमा मिडियाको भूमिका अहम रहेको बताएका छन् । प्रतिपक्षको भूमिकाका रहेको मिडयाले खरबरदारी गरेकै कारण विकास निर्माणका कामहरुले केही गतिलिएको बताए । विकास निर्माणका हरेक काममा भ्रष्टाचार भएको मिडियाले खबरदारी गरेका कारण विकासका कामहरुमा भ्रष्टाचार गर्नेहरु केही हदमसम्म डराएपनि भ्रष्टाचार न्यूनिकरण हुन नसेको बताए ।
रुपन्देही ३ को उपनिर्वाचनबारे संघीय लोकतान्त्रिक मोर्चाको छलफल
बिहीबार, असार १२, २०८२
रुपन्देही – विर्नाचन आयोगले रिक्त रुपन्देही निर्वाचन क्षेत्र न. ३ मा निर्वाचनको तयारी शुरुगरेसँगै चुनावी सरगर्मी बढेको छ । रुपन्देही क्षेत्र न. ३ को उपनिर्वाचनलाई नै लक्षित गरी मधेस केन्द्रित सात सम्मिलित संघीय लोकतान्त्रिक मोर्चाले विहिबार छलफल गरेको छ । लाजिम्पाट वावा होटेलमा विहिबार बसेको मोर्चाको बैठकमा उपनिर्वाचनमा मिलेर जानेबारे...
रुपन्देही – विर्नाचन आयोगले रिक्त रुपन्देही निर्वाचन क्षेत्र न. ३ मा निर्वाचनको तयारी शुरुगरेसँगै चुनावी सरगर्मी बढेको छ । रुपन्देही क्षेत्र न. ३ को उपनिर्वाचनलाई नै लक्षित गरी मधेस केन्द्रित सात सम्मिलित संघीय लोकतान्त्रिक मोर्चाले विहिबार छलफल गरेको छ । लाजिम्पाट वावा होटेलमा विहिबार बसेको मोर्चाको बैठकमा उपनिर्वाचनमा मिलेर जानेबारे छलफल भएको थियो । उपचुनावमा साझा उम्मेदवार बनाएर जानेबारे छलफल भएको राष्ट्रिय मुक्ति पार्टीका नेता केशव झाले बताए।
लुम्बिनी प्रदेशको बेरुजु साढे ४ अर्ब नाघ्यो, १७ करोड ४० लाख असुल गर्नुपर्ने
बिहीबार, असार १२, २०८२
बुटवल – लुम्बिनी प्रदेशमा हालसम्म बेरुजु ४ अर्ब ५७ करोड ५१ लाख ३७ हजार पुगेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनिक गरेको सातै बार्षिक प्रतिवेदनमा आर्थिक वर्ष २०८०-०८१ सम्मको लेखा परीक्षणमा साँढे ४ अर्ब बढीको बेरुजु देखिएको हो ।महालेखाका अनुसार हालसम्मको बाँकी बेरुजू गत वर्षभन्दा १३.७८ प्रतिशतले बढेको छ। प्रदेश...
बुटवल – लुम्बिनी प्रदेशमा हालसम्म बेरुजु ४ अर्ब ५७ करोड ५१ लाख ३७ हजार पुगेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनिक गरेको सातै बार्षिक प्रतिवेदनमा आर्थिक वर्ष २०८०-०८१ सम्मको लेखा परीक्षणमा साँढे ४ अर्ब बढीको बेरुजु देखिएको हो ।महालेखाका अनुसार हालसम्मको बाँकी बेरुजू गत वर्षभन्दा १३.७८ प्रतिशतले बढेको छ। प्रदेश सरकारी कार्यालय र समिति तथा अन्य संस्थाको लेखापरीक्षणबाट आर्थिक वर्ष २०८०-८१ मा मात्रै ६५ करोड ८२ लाख १६ हजार बेरुजु देखिएको छ ।
शान्ति समाज रुपन्देहीद्वारा लागुऔषध दुर्व्यसन तथा यातना विरुद्ध सचेतना
बिहीबार, असार १२, २०८२
बुटवल - मानवअधिकार तथा शान्ति समाज रुपन्देहीको आयोजनामा बुटवल योगिकुटी स्थित मणिमुकुन्द कलेजमा करिब १५०विद्यार्थीहरूको उपस्थितिमा यातना पीडितहरूको सहायतार्थ राष्ट्रसङ्घीय दिवस तथा लागुऔषध दुर्व्यसन विरुद्ध अन्तर्राष्ट्रिय दिवस ( २६ जुन) दुवै दिवसको अवसरमा यातना विरुद्ध र लागुऔषध/मदिरा दुर्व्यसन विरुद्ध सचेतता कार्यक्रम सम्पन्न भएको छ । आज बिहान ७ बजेदेखि ८:३०...
बुटवल - मानवअधिकार तथा शान्ति समाज रुपन्देहीको आयोजनामा बुटवल योगिकुटी स्थित मणिमुकुन्द कलेजमा करिब १५०विद्यार्थीहरूको उपस्थितिमा यातना पीडितहरूको सहायतार्थ राष्ट्रसङ्घीय दिवस तथा लागुऔषध दुर्व्यसन विरुद्ध अन्तर्राष्ट्रिय दिवस ( २६ जुन) दुवै दिवसको अवसरमा यातना विरुद्ध र लागुऔषध/मदिरा दुर्व्यसन विरुद्ध सचेतता कार्यक्रम सम्पन्न भएको छ । आज बिहान ७ बजेदेखि ८:३० बजेसम्म कलेजको सभा हलमा गरिएको कार्यक्रममा मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय सदस्य लालहरि पाण्डेले लागुऔषध दुर्व्यसन विरुद्ध अन्तर्राष्ट्रिय दिवस ( २६ जुन) असार १२ः लागुऔषध तथा मदिरा दुर्व्यसन विरुद्ध शान्ति समाजले तयार पारेको अवधारणा प्रस्तुत गर्दै अभिभावक, विद्यालय, समुदाय, सरोकारवाला, कार्यस्थल, युवाहरू मिलेर अगाडि बढ्नुपर्ने उल्लेख गरे ।
आधा बढि विमानस्थलबाट उड्दैन जहाज
बिहीबार, असार १२, २०८२
नेपालमा निर्माण भएको गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान नभएर चौतर्फी आलोचना भइरहन्छ । तर, निर्माण सम्पन्न भएका २० वटा आन्तरीक विमानस्थल भने बर्षौदेखि सञ्चालन नभएर नयाँ रेकर्ड बनाएका छन् । नेपालमा ३ अन्तर्राष्ट्रिय र ५२ आन्तरिक गरी ५५ विमानस्थल छन् । नेपालका पहाडी तथा हिमाली क्षेत्रका जनतालाई सरल...
नेपालमा निर्माण भएको गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान नभएर चौतर्फी आलोचना भइरहन्छ । तर, निर्माण सम्पन्न भएका २० वटा आन्तरीक विमानस्थल भने बर्षौदेखि सञ्चालन नभएर नयाँ रेकर्ड बनाएका छन् । नेपालमा ३ अन्तर्राष्ट्रिय र ५२ आन्तरिक गरी ५५ विमानस्थल छन् । नेपालका पहाडी तथा हिमाली क्षेत्रका जनतालाई सरल तथा सहज किसिमले हवाई यातायातको सुविधा पुर्याउने उद्देश्यले नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको नेपाल वायुसेवा निगम र तर, नेपालमा बनेका मध्ये २१ वटा विमानस्थल सञ्चालन नै भएका छन् ।
बुटवल उपमहानगरद्वारा ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य परीक्षण
बिहीबार, असार १२, २०८२
ज्येष्ठ नागरिकलाई घरमै गएर परीक्षण र उपचार गर्ने नगरको यो प्रयास ज्यादै उदाहरणीय र प्रशंसा योग्य रहेको ज्येष्ठ नागरिकको भनाइ छ । बुटवल–९ का ज्येष्ठ नागरिक ईश्वरी ज्ञवाली उपमहानगरका नगर प्रमुखसहित चिकित्सकको टोली घरमै आएर उपचार गर्दा खुसी लागेको बताउनुहुन्छ ।
ज्येष्ठ नागरिकलाई घरमै गएर परीक्षण र उपचार गर्ने नगरको यो प्रयास ज्यादै उदाहरणीय र प्रशंसा योग्य रहेको ज्येष्ठ नागरिकको भनाइ छ । बुटवल–९ का ज्येष्ठ नागरिक ईश्वरी ज्ञवाली उपमहानगरका नगर प्रमुखसहित चिकित्सकको टोली घरमै आएर उपचार गर्दा खुसी लागेको बताउनुहुन्छ ।
मतदाता नामावलीमा नाम दर्ता गर्न अपिल
बिहीबार, असार १२, २०८२
बुटवल– निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएकाहरुलाई मतदाता नामावलीमा नाम दर्ता गराउन अपिल गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभाको रिक्त दुई स्थान, राष्ट्रियसभामा आगामी फागुन २० गते रिक्त हुने १८ स्थानसहित स्थानीय तहको रिक्त स्थानमा निर्वाचन गर्ने तयारी सुरु गरेसँगै मतदाता नामावलीमा नाम दर्ता गर्न अपिल गरेको...
बुटवल– निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएकाहरुलाई मतदाता नामावलीमा नाम दर्ता गराउन अपिल गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभाको रिक्त दुई स्थान, राष्ट्रियसभामा आगामी फागुन २० गते रिक्त हुने १८ स्थानसहित स्थानीय तहको रिक्त स्थानमा निर्वाचन गर्ने तयारी सुरु गरेसँगै मतदाता नामावलीमा नाम दर्ता गर्न अपिल गरेको हो । सहायक प्रवक्ता दुर्गा प्रसाद चालिसेले एक सुचना जारी गरी रिक्त भएका पदमा निकट भविष्यमा उपनिर्वाचन गर्ने गरी निर्वाचनको मिति घोषणा हुने तयारी भैरहेको हुँदा नामावली दर्ता गर्न आग्रह गरिएको छ ।
दृष्टि मिडियाविरुद्ध अवहेलना मुद्दामा सम्पादकद्वयसँग बयान सुरु
बिहीबार, असार १२, २०८२
काठमाडौं – दृष्टि साप्ताहिकका सम्पादक शम्भुलाल श्रेष्ठ र दृष्टि न्यूज डटकमका सम्पादक एमपी सुब्बाविरुद्ध अवहेलना मुद्दामा विशेष अदालतमा बयान सुरु भएको छ । विशेष अदालतको पूर्ण इजलासमा सम्पादकद्वयसँग बयान लिने कार्य भइरहेको छ ।दृष्टि मिडियाविरुद्ध विशेष अदालतका कर्मचारीहरुले प्रतिवेदन तयार गरी तीन दिनभित्र जवाफ दिन आदेश दिएपछि आज बयान सञ्चार...
काठमाडौं – दृष्टि साप्ताहिकका सम्पादक शम्भुलाल श्रेष्ठ र दृष्टि न्यूज डटकमका सम्पादक एमपी सुब्बाविरुद्ध अवहेलना मुद्दामा विशेष अदालतमा बयान सुरु भएको छ । विशेष अदालतको पूर्ण इजलासमा सम्पादकद्वयसँग बयान लिने कार्य भइरहेको छ ।दृष्टि मिडियाविरुद्ध विशेष अदालतका कर्मचारीहरुले प्रतिवेदन तयार गरी तीन दिनभित्र जवाफ दिन आदेश दिएपछि आज बयान सञ्चार क्षेत्र तरंगित छ ।
लालपुर्जाले दियो शताब्दी वृद्धालाई खुसी
बिहीबार, असार १२, २०८२
लमहीमा पहिलो पटक २४ जना भूमिहीन सुकुमवासीले ४५ वर्षपछि बसोबासकै ठाउँको जग्गाधनी प्रमाणपत्र प्राप्त गरेका छन् । उनीहरूका अघिल्लो पुस्ताले पनि कहिल्यै पुर्जा देखेका थिएनन् ।
लमहीमा पहिलो पटक २४ जना भूमिहीन सुकुमवासीले ४५ वर्षपछि बसोबासकै ठाउँको जग्गाधनी प्रमाणपत्र प्राप्त गरेका छन् । उनीहरूका अघिल्लो पुस्ताले पनि कहिल्यै पुर्जा देखेका थिएनन् ।
कपिलवस्तुका पाँच पालिकामा भूमिहीन सुकुम्वासीको जग्गा नापजाँच सुरु
बिहीबार, असार १२, २०८२
अहिलेसम्म कपिलवस्तु नगरपालिका–६ मा नापी कार्य अन्तिम चरणमा पुगेको छ भने बाणगङ्गा नगरपालिका–१० र ११, बुद्धभूमि नगरपालिका–६ र ७, शिवराज नगरपालिका–११ र विजयनगर गाउँपालिका–१ मा नापी टोली परिचालित रहेको आयोगका जिल्ला अध्यक्ष झवीलाल पोख्रेलले जानकारी दिनुभयो ।
अहिलेसम्म कपिलवस्तु नगरपालिका–६ मा नापी कार्य अन्तिम चरणमा पुगेको छ भने बाणगङ्गा नगरपालिका–१० र ११, बुद्धभूमि नगरपालिका–६ र ७, शिवराज नगरपालिका–११ र विजयनगर गाउँपालिका–१ मा नापी टोली परिचालित रहेको आयोगका जिल्ला अध्यक्ष झवीलाल पोख्रेलले जानकारी दिनुभयो ।
लुम्बिनीमा भुटानी बौद्ध गुम्बा निर्माणका लागि नेपाल र भुटानबीच सम्झौता
बुधबार, असार ११, २०८२
लुम्बिनी- गवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भुटानी बौद्ध गुम्बा निर्माण गर्न नेपालस्थित लुम्बिनी विकास कोष र भुटान सरकारको गृहमन्त्रालयबीच लिज सम्झौता सम्पन्न भएको छ । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा(खेन्पो छिमेछिरिङ्ग) र भुटानको शाही सरकारका गृह सचिव सोनम वांग्येलद्वारा सम्झौता पत्रमा हस्ताक्षर गरिएको लुम्बिनी विकास कोषका बोर्ड सदस्य...
लुम्बिनी- गवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भुटानी बौद्ध गुम्बा निर्माण गर्न नेपालस्थित लुम्बिनी विकास कोष र भुटान सरकारको गृहमन्त्रालयबीच लिज सम्झौता सम्पन्न भएको छ । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा(खेन्पो छिमेछिरिङ्ग) र भुटानको शाही सरकारका गृह सचिव सोनम वांग्येलद्वारा सम्झौता पत्रमा हस्ताक्षर गरिएको लुम्बिनी विकास कोषका बोर्ड सदस्य श्याम रोक्काले बताएका हुन् ।


