Lumbini Rise
लुम्बिनी राइज
लुम्बिनी राइज
सुनचाँदी व्यवसायी देशैभर आन्दोलनमा, विलासीता कर र भ्याट हटाउन माग 
सुनचाँदी व्यवसायी देशैभर आन्दोलनमा, विलासीता कर र भ्याट हटाउन माग  काठमाडौँ –  सरकारले सुनमा २ प्रतिशत विलासिता कर र हिरामा १३ प्रतिशत भ्याट लगाइएको भन्दै सुनचाँदी व्यवसायीहरू विरोधमा उत्रिएका छन् । आज देशभरका सुन चाँदी पसद बन्द गरेर ब्यवशायीहरु आन्दोलनमा उत्रिएका हुन् । नेपाल सुन चाँदी व्यवसायी महासङ्घ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घ र नेपाल हस्तकला महासङ्घमा आवद्ध व्यवशायीहरुले... काठमाडौँ –  सरकारले सुनमा २ प्रतिशत विलासिता कर र हिरामा १३ प्रतिशत भ्याट लगाइएको भन्दै सुनचाँदी व्यवसायीहरू विरोधमा उत्रिएका छन् । आज देशभरका सुन चाँदी पसद बन्द गरेर ब्यवशायीहरु आन्दोलनमा उत्रिएका हुन् । नेपाल सुन चाँदी व्यवसायी महासङ्घ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घ र नेपाल हस्तकला महासङ्घमा आवद्ध व्यवशायीहरुले सुनको भन्सार ६ प्रतिशत कायम गर्नुपर्ने र सुनचाँदी कारोबारका लागि स्पष्ट नीति बनाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रेका हुन् । 
अख्तियार बुटवलमा उजुरीका चाङ, स्थानीय सरकारका धेरै
अख्तियार बुटवलमा उजुरीका चाङ, स्थानीय सरकारका धेरै ​​​​​​​बुटवल - अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलमा उजुरीका चाङ लागेको छ । अनियमितता, भ्रष्टाचार र बेथितिका विषयमा अख्तियारमा उजुरीको सङ्ख्या प्रत्येक वर्ष बढ्दै गएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलमा चालू आर्थिक वर्ष ०८१/०८२ को वैशाख मसान्तसम्म एक हजार १०४ वटा उजुरी दर्ता भएको छ । गत वर्षको ४३४... ​​​​​​​बुटवल - अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलमा उजुरीका चाङ लागेको छ । अनियमितता, भ्रष्टाचार र बेथितिका विषयमा अख्तियारमा उजुरीको सङ्ख्या प्रत्येक वर्ष बढ्दै गएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलमा चालू आर्थिक वर्ष ०८१/०८२ को वैशाख मसान्तसम्म एक हजार १०४ वटा उजुरी दर्ता भएको छ । गत वर्षको ४३४ सहित १५३८ वटा उजुरीको कारबाही गरिएको अख्तियार कार्यालयले जनाएको छ । यसमध्ये ११४२ वटा उजुरीको छानबिन गरिएको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बुटवलका सूचना अधिकारी गीता आचार्यले जानकारी दिइन् ।
सरकारले अनावश्यक कर लगाएको विरोधमा सुनचाँदी व्यवसायी 
सरकारले अनावश्यक कर लगाएको विरोधमा सुनचाँदी व्यवसायी  बुटवल -  बुटवल सुनचाँदी व्यवसायी संघ, बुटवलले सरकारले आ.व. २०८२/०८३ को बजेट वक्तव्यमार्फत सुनचाँदी तथा हिरा पत्थरका गरगहनामा विलासिता कर र भ्याट लगाउने जनाएपछि त्यसले उपभोक्तालाई मर्का पर्नुका साथै सुनचाँदी व्यवसायलाई धारासाही बनाउने भन्दै आव्हान गरिएको चरणबद्ध आन्दोलनलाई सफल बनाउन सबै व्यवसायीहरूलाई आग्रह गरेको छ ।   बुटवल -  बुटवल सुनचाँदी व्यवसायी संघ, बुटवलले सरकारले आ.व. २०८२/०८३ को बजेट वक्तव्यमार्फत सुनचाँदी तथा हिरा पत्थरका गरगहनामा विलासिता कर र भ्याट लगाउने जनाएपछि त्यसले उपभोक्तालाई मर्का पर्नुका साथै सुनचाँदी व्यवसायलाई धारासाही बनाउने भन्दै आव्हान गरिएको चरणबद्ध आन्दोलनलाई सफल बनाउन सबै व्यवसायीहरूलाई आग्रह गरेको छ ।  
बुटवलमा मनाइयो परियार सेवा समाजको स्थापना दिवस
बुटवलमा मनाइयो परियार सेवा समाजको स्थापना दिवस बुटवल – परियार सेवा समाजको ३० औं स्थापना दिवस बुटवलमा एक कार्यक्रमका वीच मनाइएको छ । परियार सेवा समाज रुपन्देहीको आयोजनामा संस्थाको ३० औं स्थापना दिवसको अवसरमा सोमबार बुटवलमा शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना गरि मनाइएको हो । कार्यक्रमको उद्घाटना गर्दै प्रमुख अतिथि मानवअधिकार तथा शान्ति समाजका पुर्व केन्द्रीय अध्यक्ष गोविन्द... बुटवल – परियार सेवा समाजको ३० औं स्थापना दिवस बुटवलमा एक कार्यक्रमका वीच मनाइएको छ । परियार सेवा समाज रुपन्देहीको आयोजनामा संस्थाको ३० औं स्थापना दिवसको अवसरमा सोमबार बुटवलमा शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना गरि मनाइएको हो । कार्यक्रमको उद्घाटना गर्दै प्रमुख अतिथि मानवअधिकार तथा शान्ति समाजका पुर्व केन्द्रीय अध्यक्ष गोविन्द खनालले यस संस्थाले संस्थाको उदेश्यसंगै समानतामुलक समाज निर्माणमा पनि निरन्तर योगदान दिंदै आएको बताएका थिए ।
प्रेस युनियन रुपन्देहीद्वारा बुटवलमा विकास पत्रकारिता तालिम सञ्चालन
प्रेस युनियन रुपन्देहीद्वारा बुटवलमा विकास पत्रकारिता तालिम सञ्चालन बुटवल : रुपन्देहीको बुटवलका दुई दिने विकास पत्रकारिता तालिम सुरु भएको छ । नेपाल प्रेस युनियन रुपन्देहीको आयोजना र बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा तालिम शुरु भएको हो ।तालिमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले नगरले गरेका सकारात्मक प्रयास तथा आलोचनात्मक विषयका बारेमा कुरा उठाउन संचारकर्मीहरुसँग आग्रह गरे । उनले... बुटवल : रुपन्देहीको बुटवलका दुई दिने विकास पत्रकारिता तालिम सुरु भएको छ । नेपाल प्रेस युनियन रुपन्देहीको आयोजना र बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा तालिम शुरु भएको हो ।तालिमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले नगरले गरेका सकारात्मक प्रयास तथा आलोचनात्मक विषयका बारेमा कुरा उठाउन संचारकर्मीहरुसँग आग्रह गरे । उनले नगरले गरेका विकास निर्माण तथा भौतिक प्रगतिका गतिविधिसँगै भए गरेका प्रशासनिक कार्य र भएका ढिलासुस्ती तथा गुणस्तरीय सेवाका बारेमा पनि समाचार लेख्न आग्रह गरे ।
दर्ता बिनै सञ्चालित भैरहवाका आठ क्लिनिक र दुई ल्याब बन्द
दर्ता बिनै सञ्चालित भैरहवाका आठ क्लिनिक र दुई ल्याब बन्द भैरहवा– जिल्ला स्तरीय संयुक्त अनुगमन समितिले रुपन्देहीको भैरहवामा दर्ताविनै सञ्चालित १० वटा व्यावसायिक स्वास्थ्य संस्था बन्द गरेको छ । बुधवार अनुगमनका क्रममा मापदण्ड पूरा नगरेको र दर्ताबिनै सञ्चालनमा रहेको पाइएपछि ती व्यावसायिक स्वास्थ्य संस्था बन्द गरिएको जिल्ला अनुगमन समितिका संयोजक एवं रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले जानकारी दिए... भैरहवा– जिल्ला स्तरीय संयुक्त अनुगमन समितिले रुपन्देहीको भैरहवामा दर्ताविनै सञ्चालित १० वटा व्यावसायिक स्वास्थ्य संस्था बन्द गरेको छ । बुधवार अनुगमनका क्रममा मापदण्ड पूरा नगरेको र दर्ताबिनै सञ्चालनमा रहेको पाइएपछि ती व्यावसायिक स्वास्थ्य संस्था बन्द गरिएको जिल्ला अनुगमन समितिका संयोजक एवं रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले जानकारी दिए । अनुगमन समितिले ८ वटा क्लिनिक र २ वटा ल्याब बन्द गरेको हो । १४ वटा निजी स्वास्थ्य संस्थामा अनुगमन गरिएकोमा १० वटा बन्द गरिएको रानाले बताए । ‘दर्ताविनै गैर कानुनी रूपमा स्वास्थ्य संस्था सञ्चालनमा रहेको भन्दै प्रशासनमा उजुरी आएको थियो’, उनले भने, ‘यसलाई आधार मानेर अनुगमन गर्दा अधिकांश गैर कानुनी रूपमा संचालन रहेको पाइएको छ । कतिपय क्लिनिकले बिरामी भर्ना गरेरै उपचार गरिरहेको पनि पाइयो, त्यस्तालाई तत्कालका लागि बन्द गरेका छौँ ।’
महाभोजको बुटवलमा प्रिमियर साे,  सहकारी पीडितले भने –‘हाम्रै कथा रहेछ’
महाभोजको बुटवलमा प्रिमियर साे, सहकारी पीडितले भने –‘हाम्रै कथा रहेछ’ बुटवल – जेठको ३० गतेबाट प्रदर्शनमा आउन लागेको दिनेश राउत निर्देशित चलचित्र ‘महाभोज’ को मंगलबार राती बुटवलमा प्रिमियर गरिएको छ । बुटवल सिंह कम्प्लेक्स स्थित फ्रेण्डस हलमा प्रिमिय साे गरिएको हो । सहकारी पीडितको कथालाई प्रस्तुत गरेको महाभोज बुटवलका सहकारी पीडितहरूले कलाकारहरूसँगै बसेर हेरेका हुन् । प्रिमियरमा प्रमुख कलाकार आर्यन... बुटवल – जेठको ३० गतेबाट प्रदर्शनमा आउन लागेको दिनेश राउत निर्देशित चलचित्र ‘महाभोज’ को मंगलबार राती बुटवलमा प्रिमियर गरिएको छ । बुटवल सिंह कम्प्लेक्स स्थित फ्रेण्डस हलमा प्रिमिय साे गरिएको हो । सहकारी पीडितको कथालाई प्रस्तुत गरेको महाभोज बुटवलका सहकारी पीडितहरूले कलाकारहरूसँगै बसेर हेरेका हुन् । प्रिमियरमा प्रमुख कलाकार आर्यन सिग्देल,  अञ्जना बराइली, मलिका महत, बुद्धि तामाङ, निर्देशक राउत, निर्माता हिमाल कडरिया उपस्थित थिए । सुप्रिम सहकारीबाट पीडित ५० भन्दा बढी सहकारी पीडितहरूले चलचित्र हेरेपछि आफ्नै कथा बोलेको प्रतिक्रिया दिए ।
समाजलाइ अगाडि बढाउन पत्रकाहरु सचेत हुने बेला आयाे : सुर्दशन बराल
समाजलाइ अगाडि बढाउन पत्रकाहरु सचेत हुने बेला आयाे : सुर्दशन बराल बुटवल - प्रेस सेन्टर नेपालको आयोजनामा र बुटवल उपमहानगरको सहयोगमा सञ्चालित तीन दिने समावेशी पत्रकारिता क्षमता विकास तालिम सम्पन्न भएको छ । मङ्गलवार भएको समापन समारोहमा बोल्दै नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले पत्रकारहरूले जनताको पक्षमा लेख्ने आँट नगर्ने हो भने समाज अन्धकार हुने बताए । संसारभर नै... बुटवल - प्रेस सेन्टर नेपालको आयोजनामा र बुटवल उपमहानगरको सहयोगमा सञ्चालित तीन दिने समावेशी पत्रकारिता क्षमता विकास तालिम सम्पन्न भएको छ । मङ्गलवार भएको समापन समारोहमा बोल्दै नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले पत्रकारहरूले जनताको पक्षमा लेख्ने आँट नगर्ने हो भने समाज अन्धकार हुने बताए । संसारभर नै पश्चगामी शक्तिको उदय हुने परिस्थिति निर्माण हुँदै गइरहेको उल्लेख गर्दै नेता बरालले समाजलाई अगाडी बढाउन पत्रकारहरू सचेत हुनु पर्ने बताए । शासकहरू दलाल बिचौलियाको प्रभावमा परेर श्रमजीवी वर्गको रोजीरोटी खोस्न उद्धत रहेको बताउँदै श्रमजीवी वर्गको पक्षमा कलम चलाउन आग्रह गरे ।
टोखामा गोली चल्दा २ घाईते 
टोखामा गोली चल्दा २ घाईते  काठमाडौं - टोखामा गोली चल्दा दुईजना घाइते भएका छन् ।  मंगलबार दिउँसो ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध रहेको आशंकामा प्रहरीले एउटा समूहलाई पछ्याउने क्रममा गोली चलेको हो । लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिनका निम्ति गोली चलाइएको नेपाल प्रहरीको लागुऔषध नियन्त्रण व्युरोका प्रमुख एसएसपी कृष्णप्रसाद कोइरालाले बताए । प्रहरीले गोली चलाएर दुई भारतीय... काठमाडौं - टोखामा गोली चल्दा दुईजना घाइते भएका छन् ।  मंगलबार दिउँसो ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध रहेको आशंकामा प्रहरीले एउटा समूहलाई पछ्याउने क्रममा गोली चलेको हो । लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिनका निम्ति गोली चलाइएको नेपाल प्रहरीको लागुऔषध नियन्त्रण व्युरोका प्रमुख एसएसपी कृष्णप्रसाद कोइरालाले बताए । प्रहरीले गोली चलाएर दुई भारतीय र थप अरु दुई गरी चार जनालाई नियन्त्रणमा लिएको छ ।
गर्मि बढेपछि कपिलबस्तुका तीन पालिकाले दिए विदा 
गर्मि बढेपछि कपिलबस्तुका तीन पालिकाले दिए विदा  कपिलबस्तु – तराईका जिल्लाहरुमा गर्मि बढ्न थालेपछि विद्यायहरुले विदा दिन थालेका छन् । कपिलबस्तुको कपिलबस्तु, बुद्धभूमि र बाणगंगा नगरपालिकाले गर्मीका कारण विद्यालयमा बिदा दिएका छन् । कपिलबस्तु नगरपालिकाले तीन र बुद्धभूमि र बाणगंगाले चार दिन विदा दिएका हुन् ।  कपिलबस्तु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुनाराम पौडेलले गर्मीका कारण विद्यालयमा शिक्षण... कपिलबस्तु – तराईका जिल्लाहरुमा गर्मि बढ्न थालेपछि विद्यायहरुले विदा दिन थालेका छन् । कपिलबस्तुको कपिलबस्तु, बुद्धभूमि र बाणगंगा नगरपालिकाले गर्मीका कारण विद्यालयमा बिदा दिएका छन् । कपिलबस्तु नगरपालिकाले तीन र बुद्धभूमि र बाणगंगाले चार दिन विदा दिएका हुन् ।  कपिलबस्तु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुनाराम पौडेलले गर्मीका कारण विद्यालयमा शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्न कठिनाई भएकोले बिदा दिने निर्ण गरिएको जानकारी दिए ।  
लुम्बिनी कपडा सिलाई व्यवसायी संघ रुपन्देही अध्यक्षमा छिनाल
लुम्बिनी कपडा सिलाई व्यवसायी संघ रुपन्देही अध्यक्षमा छिनाल बुटवल– लुम्बिनी कपडा तथा सिलाई व्यवसायी संघ  लुम्बिनी प्रदेश समितिको आयोजनामा  सोमबार बुटवलमा प्रथम रुपन्देही जिल्ला भेला सम्पन्न भएको छ ।पुराना पुस्ताबाट नयाँ पुस्तामा सीप हस्तान्तरण नहुँदा परम्परागत सीप बिस्तारै हराउँदै गएकोमा दुख व्यक्त गर्दै पेशाको पुस्तान्तरण नहुँदा धेरै सीपमूलक काम संकटमा परेको भेलामा  बोल्ने वक्ताहरुले बताएका छन् ।   बुटवल– लुम्बिनी कपडा तथा सिलाई व्यवसायी संघ  लुम्बिनी प्रदेश समितिको आयोजनामा  सोमबार बुटवलमा प्रथम रुपन्देही जिल्ला भेला सम्पन्न भएको छ ।पुराना पुस्ताबाट नयाँ पुस्तामा सीप हस्तान्तरण नहुँदा परम्परागत सीप बिस्तारै हराउँदै गएकोमा दुख व्यक्त गर्दै पेशाको पुस्तान्तरण नहुँदा धेरै सीपमूलक काम संकटमा परेको भेलामा  बोल्ने वक्ताहरुले बताएका छन् ।  
Weather Update