Lumbini Rise
लुम्बिनी राइज
लुम्बिनी राइज
दुम्कीवास–दाउन्ने सडक: अस्थायी डाइभर्सनको स्थायी समस्या, यात्रुलाई अझै सास्ती
दुम्कीवास–दाउन्ने सडक: अस्थायी डाइभर्सनको स्थायी समस्या, यात्रुलाई अझै सास्ती बुटवल – पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दुम्कीवास–दाउन्ने सडक खण्ड यात्रुहरुका लागि सबैभन्दा बढि पिडा दिने मार्ग बनेको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को दुम्कीवास–दाउन्ने सडक खण्डबाटको विनयी खोलाको बनाइएको अस्थायी डाइभर्सन बगाउँदा यात्रुले सास्ती पाएका हुन् ।वर्षाले विनयीखोलामा आउने बाढी र सडक हिलाम्मे हुँदा चार दिनदेखि यातायात... बुटवल – पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दुम्कीवास–दाउन्ने सडक खण्ड यात्रुहरुका लागि सबैभन्दा बढि पिडा दिने मार्ग बनेको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को दुम्कीवास–दाउन्ने सडक खण्डबाटको विनयी खोलाको बनाइएको अस्थायी डाइभर्सन बगाउँदा यात्रुले सास्ती पाएका हुन् ।वर्षाले विनयीखोलामा आउने बाढी र सडक हिलाम्मे हुँदा चार दिनदेखि यातायात अवरुद्ध हुँदै आएको छ।
आजदेखि भैरहवामा ‘एशियन बुद्ध टी–१० क्रिकेट प्रतियोगिता’
आजदेखि भैरहवामा ‘एशियन बुद्ध टी–१० क्रिकेट प्रतियोगिता’ भैरहवा- रुपन्देहीको भैरहवामा शनिबारदेखि टी–१० जिल्लास्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रोफेसनल मास्टर्स–११ क्रिकेट क्लब, भैरहवाको आयोजनामा ‘एशियन बुद्ध टी–१० क्रिकेट–२०८२’ हुन लागेको हो । आयोजकले शुक्रबार भैरहवामा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएका हुन् । रुपन्देही क्रिकेट संघका अध्यक्ष समेत रहेका क्लबका अध्यक्ष हरिबहादुर थापाले जिल्लाको क्रिकेट खेललाई... भैरहवा- रुपन्देहीको भैरहवामा शनिबारदेखि टी–१० जिल्लास्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रोफेसनल मास्टर्स–११ क्रिकेट क्लब, भैरहवाको आयोजनामा ‘एशियन बुद्ध टी–१० क्रिकेट–२०८२’ हुन लागेको हो । आयोजकले शुक्रबार भैरहवामा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएका हुन् । रुपन्देही क्रिकेट संघका अध्यक्ष समेत रहेका क्लबका अध्यक्ष हरिबहादुर थापाले जिल्लाको क्रिकेट खेललाई थप उचाईमा पुर्याउने उद्देश्यसहित प्रतियोगिता गर्न लागिएको बताए ।
शंकर नगर सामुदायिक वनमा वन संवर्द्धन सम्बन्धी अन्तरक्रिया 
शंकर नगर सामुदायिक वनमा वन संवर्द्धन सम्बन्धी अन्तरक्रिया  तिलोत्तमा -  शंकरनगर सामुदायिक वन उपभोक्ता समिति तिलोत्तमा १ रुपन्देहीले वन संवर्द्धन प्रणालीमा आधारित वन व्यवस्थापन सम्बन्धी अन्तरक्रिया गरेको छ । सामुदायिक वनको वार्षिक कार्य योजना अनुसार तिलोत्तमा नगर क्षेत्रका राजनैतिक दल, विद्यालयका शिक्षक, विद्यार्थी, खानेपानी संस्था, पत्रकार, सामाजिक संघ संस्था र सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागितामा अन्तरक्रिया गरिएको हो।  तिलोत्तमा -  शंकरनगर सामुदायिक वन उपभोक्ता समिति तिलोत्तमा १ रुपन्देहीले वन संवर्द्धन प्रणालीमा आधारित वन व्यवस्थापन सम्बन्धी अन्तरक्रिया गरेको छ । सामुदायिक वनको वार्षिक कार्य योजना अनुसार तिलोत्तमा नगर क्षेत्रका राजनैतिक दल, विद्यालयका शिक्षक, विद्यार्थी, खानेपानी संस्था, पत्रकार, सामाजिक संघ संस्था र सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागितामा अन्तरक्रिया गरिएको हो। 
तिलोत्तमाको नीति कार्यक्रम : दक्ष जनशक्ति तिलोत्तमाको सम्पत्ति
तिलोत्तमाको नीति कार्यक्रम : दक्ष जनशक्ति तिलोत्तमाको सम्पत्ति बुटवल – रूपन्देहीको तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२–०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बिहीबार दोस्रो नगर सभा तथा सातौं अधिवेशनमा नगरप्रमुख  रामकृष्ण खाणले कृषि, शिक्षा, स्वास्थ्य, युवा र पूर्वाधारलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । नीति तथा कार्यक्रममा युवालाई विशेष प्राथमिकतामा राखिएको छ... बुटवल – रूपन्देहीको तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२–०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बिहीबार दोस्रो नगर सभा तथा सातौं अधिवेशनमा नगरप्रमुख  रामकृष्ण खाणले कृषि, शिक्षा, स्वास्थ्य, युवा र पूर्वाधारलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । नीति तथा कार्यक्रममा युवालाई विशेष प्राथमिकतामा राखिएको छ ।
बुटवल उपमहानगरकाे नीति कार्यक्रम : जनशक्ति उत्पादनमा विशेष जोड
बुटवल उपमहानगरकाे नीति कार्यक्रम : जनशक्ति उत्पादनमा विशेष जोड बुटवल-रुपन्देहीको बुटवल उपमहानगरपालिकाले जनशक्ति उत्पादनमा विशेष जोड दिने लक्ष्यसहित आगामी आर्थिक वर्षका लागि वार्षिक नीति तथा कार्यक्रम ल्याएको छ ।बिहीबार नगरप्रमुख खेलराज पाण्डेयले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बुटवललाई सीप तथा रोजगारमा विशेष जोड दिएको बताएका हुन् । उनले बुटवलमा सीपसहितको जनशक्ति र रोजगार सिर्जनाका लागि पर्याप्त लगानी गर्ने गरी... बुटवल-रुपन्देहीको बुटवल उपमहानगरपालिकाले जनशक्ति उत्पादनमा विशेष जोड दिने लक्ष्यसहित आगामी आर्थिक वर्षका लागि वार्षिक नीति तथा कार्यक्रम ल्याएको छ ।बिहीबार नगरप्रमुख खेलराज पाण्डेयले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बुटवललाई सीप तथा रोजगारमा विशेष जोड दिएको बताएका हुन् । उनले बुटवलमा सीपसहितको जनशक्ति र रोजगार सिर्जनाका लागि पर्याप्त लगानी गर्ने गरी नीति तयार गरेको बताए ।
भारतीय राजदूतावासद्धारा लुम्बिनीमा योग प्रदर्शन 
भारतीय राजदूतावासद्धारा लुम्बिनीमा योग प्रदर्शन  बुटवल– नेपाल स्थित भारतीय राजदूतावासले लुम्बिनी विकास कोषको सहकार्यमा शुक्रबार लुम्बिनीमा योग प्रदर्शनको आयोजना गरेको छ।कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्ती तथा संघीय सरकारका युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी उपस्थित थिए। प्रदेश प्रमुख घर्ती र खेलकुदमन्त्री चौधरीले पवित्र लुम्बिनी भूमि योग जस्तो शान्तिपूर्ण अभ्यासको उपयुक्त स्थल भएको बताउँदै भारत–नेपालबीचको... बुटवल– नेपाल स्थित भारतीय राजदूतावासले लुम्बिनी विकास कोषको सहकार्यमा शुक्रबार लुम्बिनीमा योग प्रदर्शनको आयोजना गरेको छ।कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्ती तथा संघीय सरकारका युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी उपस्थित थिए। प्रदेश प्रमुख घर्ती र खेलकुदमन्त्री चौधरीले पवित्र लुम्बिनी भूमि योग जस्तो शान्तिपूर्ण अभ्यासको उपयुक्त स्थल भएको बताउँदै भारत–नेपालबीचको सांस्कृतिक सम्बन्ध सुदृढ गर्न मद्त पुर्‍याएकोमा भारतीय दूतावासलाई धन्यवाद दिए।
संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै
संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै काठमाडौं– संघीय संसद्का दुवै सदनको बैठक विहिबार (आज) बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्नेछ। प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफल प्रारम्भ हुँदैछ। बैठकमा विनियोजन विधेयक, २०८२ को विभिन्न शीर्षकमाथि प्रारम्भ हुने छलफलअन्तर्गत विभिन्न सात मन्त्रालयको विभिन्न शीर्षकमाथि समूहीकृत रुपमा छलफल हुने सम्भावित कार्यसूची छ।  काठमाडौं– संघीय संसद्का दुवै सदनको बैठक विहिबार (आज) बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्नेछ। प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफल प्रारम्भ हुँदैछ। बैठकमा विनियोजन विधेयक, २०८२ को विभिन्न शीर्षकमाथि प्रारम्भ हुने छलफलअन्तर्गत विभिन्न सात मन्त्रालयको विभिन्न शीर्षकमाथि समूहीकृत रुपमा छलफल हुने सम्भावित कार्यसूची छ। 
लुम्बिनी सहित चार प्रदेशमा भारी बर्षा हुने
लुम्बिनी सहित चार प्रदेशमा भारी बर्षा हुने बुटवल –  लुम्बिनी प्रदेश सहित अधिकांश भूभागमा आज बर्षा हुने भएको छ । लुम्बिनी सहित कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका केही भू–भाग मनसुनी वायुको प्रभाव रहेको छ । देशको पश्चिम भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतको पश्चिम बङ्गाल आसपासको... बुटवल –  लुम्बिनी प्रदेश सहित अधिकांश भूभागमा आज बर्षा हुने भएको छ । लुम्बिनी सहित कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका केही भू–भाग मनसुनी वायुको प्रभाव रहेको छ । देशको पश्चिम भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतको पश्चिम बङ्गाल आसपासको क्षेत्रमा बनेको न्यूनचापिय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ ।
स्काउट अभियानले स्वयंसेवी भावनाको विकास गरेको छ : मुख्यमन्त्री आचार्य 
स्काउट अभियानले स्वयंसेवी भावनाको विकास गरेको छ : मुख्यमन्त्री आचार्य  दाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा प्रदेश स्काउट संरक्षक चेतनारायण आचार्यले नेपाल स्काउटको ७४औँ स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् । स्काउट अभियानले बालबालिका तथा युवाहरूको शारीरिक, बौद्धिक, सामाजिक, आध्यात्मिक र संवेगात्मक विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याएको मुख्यमन्त्री आचार्यले बताएका हुन् । दाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा प्रदेश स्काउट संरक्षक चेतनारायण आचार्यले नेपाल स्काउटको ७४औँ स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् । स्काउट अभियानले बालबालिका तथा युवाहरूको शारीरिक, बौद्धिक, सामाजिक, आध्यात्मिक र संवेगात्मक विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याएको मुख्यमन्त्री आचार्यले बताएका हुन् ।
दुम्कीवास–दाउन्ने खण्डको सडक प्रभावित, वैकल्पिक सडक प्रयोग गर्न सुझाव 
दुम्कीवास–दाउन्ने खण्डको सडक प्रभावित, वैकल्पिक सडक प्रयोग गर्न सुझाव  ​​​​​​​बुटवल –  पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्वीनवलपरासीको दुम्कीवास–दाउन्ने खण्डमा सवारी आवागमन प्रभावित भएपछि यात्रा कष्टकर बनेको छ । विनयी खोलामा बनाइएको डाइभर्सनमा बाढीले क्षति पुर्‍याउँदा सडक प्रभावित भई यातायात आवागमनमा समस्या देखिएको हो। पटक पटक डाईभर्सन बगाउने गरेको छ ।  ​​​​​​​बुटवल –  पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्वीनवलपरासीको दुम्कीवास–दाउन्ने खण्डमा सवारी आवागमन प्रभावित भएपछि यात्रा कष्टकर बनेको छ । विनयी खोलामा बनाइएको डाइभर्सनमा बाढीले क्षति पुर्‍याउँदा सडक प्रभावित भई यातायात आवागमनमा समस्या देखिएको हो। पटक पटक डाईभर्सन बगाउने गरेको छ । 
चट्याङ लागेर कपिलबस्तुमा एक महिलाको मृत्यू 
चट्याङ लागेर कपिलबस्तुमा एक महिलाको मृत्यू  कपिलवस्तु –कपिलवस्तुमा चट्याङ लागेर एक महिलाको मृत्यू भएको छ । जिल्लाको विजयनगर गाउँपालिका –५, नौरंगियामा चट्याङ लागेर  ४५ वर्षीय जन्ममति यादवको मृत्यू भएको हो । बुधवार साँझ करिब साढे ५ बजे डालपुर–नयाँ बस्ती नजिकको खेतमा भैँसी चराइरहेकी यादवलाई अचानक चट्याङ लागेको इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ । कपिलवस्तु –कपिलवस्तुमा चट्याङ लागेर एक महिलाको मृत्यू भएको छ । जिल्लाको विजयनगर गाउँपालिका –५, नौरंगियामा चट्याङ लागेर  ४५ वर्षीय जन्ममति यादवको मृत्यू भएको हो । बुधवार साँझ करिब साढे ५ बजे डालपुर–नयाँ बस्ती नजिकको खेतमा भैँसी चराइरहेकी यादवलाई अचानक चट्याङ लागेको इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ ।
बालक एरिक र इभानको उपचारमा आर्थिक सहयोग गर्न परिवारको अपिल
बालक एरिक र इभानको उपचारमा आर्थिक सहयोग गर्न परिवारको अपिल ​​​​​​​भैरहवा - सुन्न र बोल्न नसक्ने आफ्ना सन्तानको उपचारमा आर्थिक सहयोग गर्न यहाँको एक परिवारले सबैमा आह्वान गरेका छन् । कपिलबस्तुको वाणगंगा नगरपालिका वडा नं ३ मा स्थायी घर भई हाल सिद्धार्थनगर–९ मा बस्दै आएका सन्तराम थारु तथा सुनिता कार्कीका ४ वर्षका जुम्ल्याहा छोराहरू एरिक थारु र इभान थारु दुबै... ​​​​​​​भैरहवा - सुन्न र बोल्न नसक्ने आफ्ना सन्तानको उपचारमा आर्थिक सहयोग गर्न यहाँको एक परिवारले सबैमा आह्वान गरेका छन् । कपिलबस्तुको वाणगंगा नगरपालिका वडा नं ३ मा स्थायी घर भई हाल सिद्धार्थनगर–९ मा बस्दै आएका सन्तराम थारु तथा सुनिता कार्कीका ४ वर्षका जुम्ल्याहा छोराहरू एरिक थारु र इभान थारु दुबै भाइले कानले सुन्न र बोल्न सक्दैनन् । एरिक र इभानका वुवाआमा सन्तराम र सुनिताले भैरहवामा पत्रकार सम्मेलन गरी आफ्ना छोराहरुको उपचारमा आर्थिक सहयोग गर्न सबैमा आग्रह गरेका छन् ।
Weather Update