नेपाल चीन र भारतको आस्थाको केन्द्र हो : मन्त्री पाण्डे
आइतबार, असार १, २०८२
नेकपा एकिकृत समाजवादी लुम्बिनीले १०९ वटै पालिकामा बिशेष अभियान थाल्ने
आइतबार, असार १, २०८२
बुटवल – नेकपा एकिकृत समाजबादी लुम्बिनी प्रदेशले बार्षिक क्यालेण्डर बनाएर विभिन्न अभियानको थालनी गर्ने निर्णय गरेको छ । अविधेशनबाट निर्वाचिन भएपछि बाँकेको नेपालगञ्जमा शुक्रबार र शनिबार बसेको बैठकले प्रदेश जिल्ला, पालिका र वडातहसम्म संगठन विस्तार गर्दै जनतासँग जोडिएका सवालमा अभियान थाल्ने निर्णय गरेको हो । बैठकमा १२ वटै जिल्लाको रिपोर्टीङ...
बुटवल – नेकपा एकिकृत समाजबादी लुम्बिनी प्रदेशले बार्षिक क्यालेण्डर बनाएर विभिन्न अभियानको थालनी गर्ने निर्णय गरेको छ । अविधेशनबाट निर्वाचिन भएपछि बाँकेको नेपालगञ्जमा शुक्रबार र शनिबार बसेको बैठकले प्रदेश जिल्ला, पालिका र वडातहसम्म संगठन विस्तार गर्दै जनतासँग जोडिएका सवालमा अभियान थाल्ने निर्णय गरेको हो । बैठकमा १२ वटै जिल्लाको रिपोर्टीङ पश्चात सुशासन र रोजगारी, समाजवाको तयारी आन्दोलनको समिक्षा गर्दै त्यसलाई निरन्तरता दिने निर्णय समेत गरेको छ ।
विश्व रक्तदाता दिवसका अवसरमा रक्तदान, ४६ यूनिट संकलन
आइतबार, असार १, २०८२
बुटवल– विश्व रक्तदाता दिवसको अवसरमा मानवअधिकार तथा शान्ति समाज रुपन्देही र नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीको संयुक्त आयोजनामा शनिबार रक्तदान कार्यक्रम गरिएको छ । बुटवल स्थित ब्लड बैंकमा आयोजना गरिएको कार्यक्रममा ४६ जनाले रक्तदान गरेकाछ न् । कार्यक्रममा स्वयंसेवी रक्तदाता सहकारीले सहकार्य गरेको थियो।मानवअधिकार तथा शान्ति समाज रुपन्देही सभापति अर्जुन...
बुटवल– विश्व रक्तदाता दिवसको अवसरमा मानवअधिकार तथा शान्ति समाज रुपन्देही र नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीको संयुक्त आयोजनामा शनिबार रक्तदान कार्यक्रम गरिएको छ । बुटवल स्थित ब्लड बैंकमा आयोजना गरिएको कार्यक्रममा ४६ जनाले रक्तदान गरेकाछ न् । कार्यक्रममा स्वयंसेवी रक्तदाता सहकारीले सहकार्य गरेको थियो।मानवअधिकार तथा शान्ति समाज रुपन्देही सभापति अर्जुन ज्ञवालीले उच्चतम मानवीय कार्य रक्तदानमा निरन्तर सन्लग्न रक्तदाताहरु सदैव आदरणीय र सम्मानित भएको उल्लेख्य गर्दै उदाहरणीय कार्यको अनुसरण गरेर रक्त अभावलाइ सधैको लागि हटाउनपर्नेमा जोड दिए ।
लुम्बिनी सरकारले आज बजेट ल्याउँदै, आकार घट्ने
आइतबार, असार १, २०८२
दाङ- लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि आज (आइतबार ) बजेट प्रस्तुत गर्ने भएको छ । प्रदेश सभाको दिउँसो ३ बजे बस्ने तेह्रौँ बैठकमा बजेट प्रस्तुत गर्ने कार्यपालिका रहेको छ। आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले राजस्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्ने कार्यक्रम रहेको प्रदेश...
दाङ- लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि आज (आइतबार ) बजेट प्रस्तुत गर्ने भएको छ । प्रदेश सभाको दिउँसो ३ बजे बस्ने तेह्रौँ बैठकमा बजेट प्रस्तुत गर्ने कार्यपालिका रहेको छ। आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले राजस्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्ने कार्यक्रम रहेको प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरले जानकारी दिए ।
भूम्या पर्वको अवसरमा लुम्बिनीका सभामुख घर्तीद्वारा शुभकामना व्यक्त
आइतबार, असार १, २०८२
बुटवल - लुम्बिनीका चार जिल्लामा मनाइने भूम्या पर्वको अवसरमा लुम्बिनीका सभामुख तुलाराम घर्ती मगरले शुभकामना दिएका छन् । "विगतमा राज्यद्वारा विभेदमा पारिएका उत्पीडित समुदायको उत्थान र हक अधिकार स्थापित गर्ने सन्दर्भमा लुम्बिनी प्रदेश सभा सामाजिक न्याय सम्बन्धी नीति र कानुन निर्माणमा प्रतिबद्ध छ । यसको साथै लुम्बिनी प्रदेशमा मगर, थारु...
बुटवल - लुम्बिनीका चार जिल्लामा मनाइने भूम्या पर्वको अवसरमा लुम्बिनीका सभामुख तुलाराम घर्ती मगरले शुभकामना दिएका छन् । "विगतमा राज्यद्वारा विभेदमा पारिएका उत्पीडित समुदायको उत्थान र हक अधिकार स्थापित गर्ने सन्दर्भमा लुम्बिनी प्रदेश सभा सामाजिक न्याय सम्बन्धी नीति र कानुन निर्माणमा प्रतिबद्ध छ । यसको साथै लुम्बिनी प्रदेशमा मगर, थारु र मधेसी समुदायको भाषालाई सरकारी कामकाजको भाषा बनाउन आवश्यक पर्ने कानुन निर्माणमा प्रदेश सभा हरदम तयार छ । " - शुभकामना सन्देशमा उल्लेख छ ।
लुम्बिनीमा आज भूम्या पर्व मनाइँदै, मुख्यमन्त्री आचार्यद्वारा शुभकामना व्यक्त
आइतबार, असार १, २०८२
दाङ– लुम्बिनी प्रदेशमा आज मगर समुदायले मनाउने भूम्या पर्व मनाइँदै छ । रोल्पा, दाङ, रुकुम पूर्व र प्युठानमा यो भूम्या पूजा पर्व मनाउने गरिएको छ । यो पर्वको अवसरमा चार जिल्लामा असार १ गते आइतबार (आज) सम्बन्धित समुदायका लागि लुम्बिनी प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ ।यसैबिच मुख्यमन्त्री चेतनारायण आचार्यले...
दाङ– लुम्बिनी प्रदेशमा आज मगर समुदायले मनाउने भूम्या पर्व मनाइँदै छ । रोल्पा, दाङ, रुकुम पूर्व र प्युठानमा यो भूम्या पूजा पर्व मनाउने गरिएको छ । यो पर्वको अवसरमा चार जिल्लामा असार १ गते आइतबार (आज) सम्बन्धित समुदायका लागि लुम्बिनी प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ ।यसैबिच मुख्यमन्त्री चेतनारायण आचार्यले मगर समुदायले प्रमुख रूपमा मनाउने मौलिक भूमे (भूम्या) पर्वको अवसरमा प्रदेशवासीमा शुभकामना व्यक्त गर्नु गरेका छन् ।
प्रेसमाथि भएका हमलाप्रति सम्पादकहरूको आपत्ति
शनिबार, जेठ ३१, २०८२
काठमाडौं- सत्ताको बलमा प्रहरी परिचालन गरेर पत्रकारलाई पक्राउ गर्न खोजेको घटनामा सम्पादकहरूले आपत्ति जनाएका छन् । शनिबार विभिन्न मिडियाका ३५ जना सम्पादकहरूले संयुक्त विज्ञप्ति जारी गर्दै फरक उद्देश्यका लागि बनेको कानुनको दुरुपयोग गर्दै सत्ताको बलमा प्रहरी परिचालन गरेर पत्रकारलाई पक्राउ गर्न खोजेको भन्दै आपत्ती जनाएका हुन् ।
काठमाडौं- सत्ताको बलमा प्रहरी परिचालन गरेर पत्रकारलाई पक्राउ गर्न खोजेको घटनामा सम्पादकहरूले आपत्ति जनाएका छन् । शनिबार विभिन्न मिडियाका ३५ जना सम्पादकहरूले संयुक्त विज्ञप्ति जारी गर्दै फरक उद्देश्यका लागि बनेको कानुनको दुरुपयोग गर्दै सत्ताको बलमा प्रहरी परिचालन गरेर पत्रकारलाई पक्राउ गर्न खोजेको भन्दै आपत्ती जनाएका हुन् ।
रूपन्देहीमा आचार्य बन्धु भेला सम्पन्न, अर्जुन आचार्यको अध्यक्षतामा समिति गठन
शनिबार, जेठ ३१, २०८२
बुटवल - रूपन्देहीको तिलोत्तमा स्थित ड्राईभर टोलमा शनिबार आचार्य बृहद् वंश भेला सम्पन्न भएको छ । विभिन्न परिवार, वंश, थर,गोत्र जातिको थातथलो जरोकिलोको खोजी गर्ने, अनुसन्धानमूलक रचनाहरु प्रकाशन गर्ने उदेश्यका साथ आचार्य वंशहरुको भेला गरिएको हो ।वंशभेलाको उद्घाटन गर्दै केन्द्रीय अध्यक्ष नारायणप्रसाद आचार्यले केन्द्रीय कमिटीले बैठकबाट पास गरेका त्रीवर्षीय योजनाहरु...
बुटवल - रूपन्देहीको तिलोत्तमा स्थित ड्राईभर टोलमा शनिबार आचार्य बृहद् वंश भेला सम्पन्न भएको छ । विभिन्न परिवार, वंश, थर,गोत्र जातिको थातथलो जरोकिलोको खोजी गर्ने, अनुसन्धानमूलक रचनाहरु प्रकाशन गर्ने उदेश्यका साथ आचार्य वंशहरुको भेला गरिएको हो ।वंशभेलाको उद्घाटन गर्दै केन्द्रीय अध्यक्ष नारायणप्रसाद आचार्यले केन्द्रीय कमिटीले बैठकबाट पास गरेका त्रीवर्षीय योजनाहरु बताउँदै गर्गगोत्री आचार्यको आत्म निष्ठा, आत्मगौरव र आत्म सम्मानको विषयमा निरन्तर लाग्ने बताए ।
मुक्ति समाजले रुपन्देहीका १६ वटै स्थानीय तहमा २२ बुँदे मागसहित ज्ञापनपत्र बुझायो
शनिबार, जेठ ३१, २०८२
रुपन्देही- नेकपा एमाले निकट मुक्ति समाज नेपाल, रुपन्देहीले जिल्लाका सबै १६ वटै स्थानीय तहमा २२ बुँदे मागसहित ज्ञापनपत्र बुझाएको छ।मुक्ति समाज रुपन्देहीका अध्यक्ष विकास गहतराजका अनुसार, स्थानीय सरकारको बजेट दलित मैत्री बनाउने उद्देश्यका साथ ज्ञापनपत्र बुझाइएको हो ।विगतमा स्थानीय तहले दलितको सवाललाई नीति तथा कार्यक्रममा उचित स्थान नदिएको र त्यो...
रुपन्देही- नेकपा एमाले निकट मुक्ति समाज नेपाल, रुपन्देहीले जिल्लाका सबै १६ वटै स्थानीय तहमा २२ बुँदे मागसहित ज्ञापनपत्र बुझाएको छ।मुक्ति समाज रुपन्देहीका अध्यक्ष विकास गहतराजका अनुसार, स्थानीय सरकारको बजेट दलित मैत्री बनाउने उद्देश्यका साथ ज्ञापनपत्र बुझाइएको हो ।विगतमा स्थानीय तहले दलितको सवाललाई नीति तथा कार्यक्रममा उचित स्थान नदिएको र त्यो परिपाटी दोहोरिन नदिन दबाब दिने उद्देश्यले यो अभियान सञ्चालन गरिएको उनले बताए ।
बाग्लुङमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यू
शनिबार, जेठ ३१, २०८२
बागलुङ– बागलुङमा जिप दुर्घटनामा परी चारजनाको मृत्यू भएको छ । शुक्रबार साँझ भएको दुर्घटनामा दुई जनाको उपचारको क्रममा बुर्तिवाङ अस्पतालमा र एक जनाको मणिपाल अस्पताल र एक जनाको पोखरामा उपचारका लागि लैजादै गर्दा बाटोमा मृत्यु भएको हो ।
बुर्तिवाङ बजारबाट ढोरपाटन सालझण्डी सडक खण्डहुँदै सहीखोलातर्फ जाँदै गरेको लुप्र०१–००१–१७७५ नम्बरको जिप...
बागलुङ– बागलुङमा जिप दुर्घटनामा परी चारजनाको मृत्यू भएको छ । शुक्रबार साँझ भएको दुर्घटनामा दुई जनाको उपचारको क्रममा बुर्तिवाङ अस्पतालमा र एक जनाको मणिपाल अस्पताल र एक जनाको पोखरामा उपचारका लागि लैजादै गर्दा बाटोमा मृत्यु भएको हो ।
बुर्तिवाङ बजारबाट ढोरपाटन सालझण्डी सडक खण्डहुँदै सहीखोलातर्फ जाँदै गरेको लुप्र०१–००१–१७७५ नम्बरको जिप ढोरपाटन नगरपालिका वडा नं ५ बतासे डाँडामा दुर्घटना भएको हो ।
बुटवल ६ मा अत्याधुनिक किरियापुत्री भवन उद्धाटन, ८१ जनालाई सम्मान
शुक्रबार, जेठ ३०, २०८२
बुटवल - बुटवल उपमहानगरपालिका वडा नम्बर ६ ले किरियापुत्री भवन उद्धाटन गर्नुका साथै बिभिन्न बिधामा ८१ व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ।
बुटवल - बुटवल उपमहानगरपालिका वडा नम्बर ६ ले किरियापुत्री भवन उद्धाटन गर्नुका साथै बिभिन्न बिधामा ८१ व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ।


