धार्मिक सहिष्णुता, सहअस्तित्व समाजको पहिचान :मुख्यमन्त्री आचार्य
आइतबार, फागुन ३, २०८२
उनले धार्मिक आस्थालाई पर्यटनसँग जोडेर प्रदेशको समृद्धिको आधार बनाउन सकिने स्पष्ट दृष्टिकोण प्रस्तुत गरेका हुन् । महाशिवरात्रि पर्व २०८२ का अवसरमा शुभकामना दिँदै मुख्यमन्त्री आचार्यले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, शान्ति, प्रगति र समृद्धिको कामना गर्दै उनले भगवान शिवको आराधनासँग जोडिएको यस पर्वले आत्मसंयम, सकारात्मक चिन्तन र सदाचारको मार्गमा अघि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।
बालेन शाह हेर्न बुटवलमा भिड
शनिबार, फागुन २, २०८२
बुटवल – रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) शनिबार रूपन्देही, कपिलबस्तु र नवलपरासीका विभिन्न ठाउँ पुगेका छन्। उनी समर्थकलाई अभिवादन गर्दै हिँडेका हुन्।बालेनले रूपन्देहीको मर्चवारदेखि , लुम्बिनी, कपिलबस्तु, परासी हुँदै बुटवलसम्मको भ्रमण गरेका हुन्। बुटवल देवीनगरमा चौपारीमा शनिबार साँझ बालेन हेर्नका लागि मानिसहरूको ठूलो भिड जम्मा भएको थियो। बालेनले गाडीबाटै...
काँग्रेस नेताहरुले भने – 'प्रधानमन्त्री कसलाई बनाउने हो, विचार गरेर मत दिनुहोला'
शनिबार, फागुन २, २०८२
उनीहरुले नेपाली काँग्रेसले पार्टी सभापति गगनकुमार थापा, एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली र रास्वपाले वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा प्रस्तुत गरेको सन्दर्भमा देशका लागि उपयुक्त उम्मेद्वारलाई प्रधानमन्त्री बनाउने गरी सोंच विचार गरेर मात्रै मतदान गर्न मतदातालाई आग्रह गरेका हुन् ।
मतदाताका कुरा सुन्दै, योजना सुनाउदै विश्वदीप
शनिबार, फागुन २, २०८२
बुटवल- रुपन्देही क्षेत्र नं –२ का उम्मेदवार सुवास पाण्डे ‘विश्वदीप’ले दैनिक आफ्नो क्षेत्रका मतदाताका कुरा सुन्दै आफ्ना योजना सुनाउने गरेका छन ।नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवार बनेका पाण्डेले बुटवल, सैनामैना र तिलोत्तमाका मतदातासंग दैनिक रुपमा प्रत्यक्ष घरदैलो र भेटघाट गरिरहेका छन ।
रुपन्देही उद्योग संघमा राइस तथा आयल मिल वस्तुगत समिति गठन
शुक्रबार, फागुन १, २०८२
बुटवल- रुपन्देही उद्योग संघमा आवद्ध राइस तथा आयल मिल उद्योगीहरुको भेलाले शुक्रबार राइस तथा आयल मिल वस्तुगत समिति गठन गरेको छ । संघमा आवद्ध विभिन्न वस्तुगत उद्योगीहरुको भेलाबाट छुट्टाछुट्टै वस्तुतगत समिति गठन गर्ने वार्षिक कार्ययोजना बमोजिम राइस तथा आयल मिल वस्तुगत समिति गठन गरिएको हो ।
११ उपमहानगरमध्ये कार्यसम्पादन मूल्यांकनमा बुटवल प्रथम
बिहीबार, माघ २९, २०८२
बुटवल- राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले देशभरिका ११ उपमहानगरपालिकाको कार्यसम्पादन मूल्यांकनमा बुटवल उपमहानगरपालिका सबैभन्दा अगाडि रहेको नतिजा सार्वजनिक गरेको छ। बुटवलले ६४.४४ अंक प्राप्त गरी सबैभन्दा अगाडि रहँदा इटहरी उपमहानगरपालिकाले ३८.९६ अंक पाएको छ।
पदभन्दा पद्धति ठूलो: बुटवल जेसिजमा यदुमणी पोखरेलको ‘निष्ठासहितको नेतृत्व’ सुरु
सोमबार, माघ २६, २०८२
बुटवल । बुटवलको सामाजिक र व्यावसायिक क्षेत्रमा एउटा स्थापित नाम हो- यदुमणी पोखरेल। वि.सं. २०४४ सालमा गुल्मीको धुर्कोटस्थित एउटा साधारण गाउँमा जन्मिएका पोखरेल आज बुटवलकै जेठो र गरिमामय सामाजिक संस्था ’बुटवल जेसिज’को ५३ औँ अध्यक्षका रूपमा उभिएका छन्।
रूपन्देहीमा रवि लामिछानेलाइ भेटन भिड
सोमबार, माघ २६, २०८२
बुटवल- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने रुपन्देहीका विभिन्न क्षेत्रमा पुगेर भेटघाट गरेका छन्। साेमबार उनले रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रमा जनसम्पर्क कार्यक्रममा सहभागी भए।लामिछानेले रास्वपाले क्षमतावान् उम्मेदवार उठाएकाले यस पटकको संसद् घण्टीमय हुने दाबी गरे । उनले भने, ‘रास्वपाले एक से एक उम्मेदवारहरूलाई लिएर आएको छ ।
वरिष्ठ कलाकार सुनिल थापाको निधन
शनिबार, माघ २४, २०८२
काठमाडौँ- वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ । उनको हृदयघातका कारण शनिबार बिहान निधन भएको चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले जानकारी दिए। शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थापाको शनिबार बिहान हृदयघात भएको थियो। त्यसपछि थापाथलीस्थित नर्भिक अस्पताल पुर्याइएका उनको सोही अस्पतालमा निधन भएको हो । उनी हिजो समेत फिल्मको...
म स्वयम समिक्षाको कठघरामा छु : विष्णु पौडेल
बिहीबार, माघ २२, २०८२
बुटवल– नेकपा एमालेका उपाध्यक्ष पूर्वअर्थमन्त्री तथा रुपन्देही निर्वाचन क्षेत्र न. २ का उम्मेद्वार विष्णुप्रसाद पौडेलले अहिलेको निर्वाचन राजनीतिक दलका लागि समिक्षाको निर्वाचन हुने बताएका छन् । निर्वाचनका सन्दर्भममा बुटवलमा रहेका पौडेलले विहिबार साहित्यकार तथा लेखकहरुसँगको भेटघाटमा बोल्दै उनले जेनजी आन्दोलन पछि सबै समिक्षाको कठघरामा रहेको बताएका हुन् । उनले भदौ...
डिजिएमद्धारा बुटवलमा प्रादेशिक परिचालन तथा पहुँच विस्तार कार्यशाला
बुधबार, माघ २१, २०८२
बुटवल- आदिबासी जनजाति, लोपोन्मुख तथा दलित समुदायको जल, जंगल जमिनमा अधिकार सुनिश्चित गराउने सन्दर्भमा प्रादेशिक परिचालन तथा पहँुच विस्तार कार्यशाला बुधबार बुटवलमा गरिएको छ । विश्व बैंकबाट प्राप्त भएको आदिवासी जनजाति र स्थानीय समुदायको लागि समर्पित अनुदान संयन्त्र परियोजनाबारे जानकारी गराउने उदेश्यले बुटवलमा कार्यशाला गरिएको हो ।
काँग्रेस उम्मेद्वार चुन्नप्रसाद पौडेलद्धारा भेटघाटलाई तिव्रता
बुधबार, माघ २१, २०८२
बुटवल- आसन्न प्रतिनीधि सभा निर्वाचनमा रुपन्देही २ मा नेपाली काँग्रेसका उम्मेद्वार चुन्नप्रसाद पौडेलले भेटघाटलाई तिव्रता दिएका छन् । बुधबार उम्मेद्वार पौडेलसंग बुटवलमा भएको भेटमा देशको विकास र समृद्धिको लागि काँग्रेस नेतृत्वको सरकार अपरिहार्य रहेको र त्यसका लागि पनि काँग्रेस उम्मेद्वारलाई जिताउनु पर्ने आवश्यकतामा जोड दिएका हुन् ।
अनुगमन प्रभावकारी बनाउन जिल्ला समन्वय समिति सञ्चालन सम्वन्धित ऐन संशोधन आवश्यकः मुख्यमन्त्री आचार्य
मंगलबार, माघ २०, २०८२
मंगलबार प्रदेश सभाको सातौं अधिवेशनको चौथो बैठकमा जिल्ला सभा तथा जिल्ला समन्वय समितिको सञ्चालन सम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकमाथि भएको सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै मुख्यमन्त्री आचार्यले प्रदेश सरकार, स्थानीय सरकार र जिल्ला समन्वय समितिबीच अनुगमनको कामलाई प्रभावकारी बनाउने उद्देश्यले ऐन संशोधन आवश्यक परेको बताउनुभएको हो...


-1785155626.jpg)