सञ्चारगृहमा लैंगिक समानता सुनिश्चिताबारे बुटवलमा छलफल
बिहीबार, जेठ २२, २०८२
बुटवल - सञ्चार क्षेत्रभित्र लैङ्गिक र सामाजिक समावेशीकरणको अभाव रहँदै आएको सन्दर्भमा, सञ्चारीका समूह नेपालले सबै सञ्चार गृहहरूमा स्पष्ट र प्रभावकारी लैङ्गिक नीति बनाउन आग्रह गरेको छ।बुधवार बुटवलमा आयोजित अन्तर संवाद कार्यक्रममा समूहले सञ्चार गृहलाई लैङ्गिक समानता, सामाजिक न्याय र सबै लिङ्ग, जाति तथा समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न आग्रह गर्यो। सञ्चारीका समूहका अध्यक्ष कमला पन्थीले सञ्चार गृहमा लैंगिकमैत्री नीति बनाउनु महिला मात्रका लागि नभई पुरुष, तेस्रो लिङ्गी तथा विविध सामाजिक पृष्ठभूमिका व्यक्तिहरूको प्रतिनिधित्व सुनिश्चित गर्ने माध्यम भएको बताइन्।
माओवादी केन्द्रले शुभकामना आदान प्रदान गरेर मनायो छुवाछूत उन्मूलन दिवस
बुधबार, जेठ २१, २०८२
बुटवल - नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) रुपन्देहीले शुभकामना आदान प्रदान गरेर १९ औँ जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस मनाएको छ । बुधवार पार्टी कार्यालय माझगाउँमा कार्यक्रम गरेर दिवस मनाइएको हो । यस अघि पार्टी निकट दलित मुक्ति मोर्चाले कार्यक्रम गर्दै आइरहेकोमा यस वर्ष देखि पार्टीकै आयोजनामा कार्यक्रम...
एकीकृत समाजवादीद्वारा जातीय उन्मूलन दिवसमा कोणसभा
बुधबार, जेठ २१, २०८२
बुटवल- जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसको अवसरमा नेकपा एकीकृत समाजवादी रुपन्देहीले बुधवार बुटवलमा कोणसभा गरेको छ ।जातीय मुक्ति सङ्गठन रुपन्देही सहआयोजक रहेर सो पाटीले जातीय भेदभाव र छुवाछूत सामाजिक कलङ्क भएको भन्दै राज्यलाई दबाब दिने उद्देश्यले कोणसभा गरेको हो । बुटवल हाटबजार स्थित बुटवल उपमहानगर अगाडि गरेको कोणसभालाई सम्बोधन...
तिलाेत्तमामा सबै नागरिक सम्मानित भएर बाँच्न पाउँछ, कसैमाथि विभदे भए कारबाही गर्छौँ : नगर प्रमुख खाँण
बुधबार, जेठ २१, २०८२
बुटवल - रुपन्देहीको तिलोत्तमा नगरपालिकाले जातीय भेदभाव तथा छुवाछुत गर्नेलाई कानुन अनुसार कारबाही गर्ने प्रतिबद्धता जनाएको छ । जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसको अवसरमा तिलोत्तमा नगरपालिकाको आयोजना एवम् रेडियो जागरण ९३.६ मेगाहर्जको समन्वयमा बुधवार गरिएको अन्तर संवाद कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख रामकृष्ण खाँणले यस्तो प्रतिबद्धता जनाएका हुन् । ‘तिलोत्तमाभित्र...
तिलोत्तमामा सकियो तीन दिने लेखा तालीम
मंगलबार, जेठ २०, २०८२
बुटवल - तिलोत्तमा नगरपालिकाको आयोजना र सामुदायिक जागरण विकास मन्च रुपन्देहीको व्यवस्थापनमा दलित युवायुवतीहरुका लागि सञ्चालित तीन दिने लेखा तालिम मंगलबार एक कार्यक्रमका बीच सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि तथा तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले दलित समुदायको उत्थान र नेतृत्व विकासका लागि पालिकाले महत्वपूर्ण कार्यक्रमहरु ल्याएको...
गृहिणी महिलाहरुका लागि जुत्ता चप्पल बनाउने तालिम सुरु
मंगलबार, जेठ २०, २०८२
बुटवल– बुटवल उपमहानगरपालिकाको आयोजना र सामुदायिक जागरण विकास मञ्च रुपन्देहीको व्यवस्थापनमा बुटवल १२ का गृहिणी महिलाहरुका लागि जुत्ता चप्पल बनाउने तालिम मंगलबारदेखि सुरु भएको छ । नगर प्रमुख गृहिणी महिला स्वरोजगार कार्यक्रम अन्तर्गत महिलाहरुका लागि १ महिने जुत्ता बनाउने तालिममा बुटवल–१२ का वडा अध्यक्ष डिल्ली प्रसाद शर्माको प्रमुख आतिथ्यतामा समुद्घाटन...
शान्ति समाज रुपन्देहीले संवाद र दीप प्रज्वलन गरी मनायो स्थापना दिवस
मंगलबार, जेठ २०, २०८२
बुटवल – मानवअधिकार तथा शान्ति समाजको २९औँ स्थापना दिवसको अवसरमा रुपन्देही शाखाद्वारा शिक्षक विद्यार्थी बिच वैज्ञानिक शिक्षा संवाद र दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ ।सोमबार पहिलो कार्यक्रम बुटवल देवीनगर स्थित गार्गी एकेडेमीमा शिक्षक र विद्यार्थीसँग वैज्ञानिक शिक्षा संवाद र दोस्रो कार्यक्रम तिलोत्तमा भोगिकुटी स्थित शान्ति कुञ्जमा दीप प्रज्वलन गरेको...
बुटवल १२ र १३ मा लालपूर्जाविहिन जग्गाको नापजाँच शुरु
मंगलबार, जेठ २०, २०८२
बुटवल - बुटवल उपमहानगरपालिकामा लालपूर्जाविहीन क्षेत्रको जग्गा नापजाँचको काम शुरु भएको छ । बुटवल उपमहानगरपालिकाको प्राविधिक सहयोग र समन्वयमा भूमि समस्या समाधान आयोग रुपन्देहीले बुटवल उपमहानगरपालिका वडा नं १२ र १३ मा जग्गा नापजाँच शुरु गरेको हो ।
आर्थिक विधेयकका बारे बुटवलमा अभिमुखीकरण
सोमबार, जेठ १९, २०८२
बुटवल– बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले आफ्ना सदस्य उद्योगी व्यवसायीलाई आर्थिक विधेयक २०८२ का बारेमा अभिमुखीकरण गरेको छ । संघले सोमबार कार्यक्रमको आयोजना गरी आफ्ना सदस्य उद्योगी व्यवसायीलाई आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेट र आर्थिक विधेयक २०८२ मा भएको व्यवस्थाका बारेमा अभिमुखीकरण गरेको हो । त्यस अवसरमा आन्तरिक...
राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीको अध्यक्षमा ज्ञवाली
सोमबार, जेठ १९, २०८२
बुटवल– राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीको नयां नेतृत्व चयन भएको छ । बुद्ध सामुदायिक टेलिभिजनका उपाध्यक्ष गोपाल ज्ञवालीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । गठित कार्यसमितिको उपाध्यक्षमा अर्जुनराज उपाध्याय, सचिवमा सन्तोष बस्याल, कोषाध्यक्षमा आरके सित्तल, सहसचिवमा थानेश्वर घिमिरे रहेका छन् । यसैगरी सदस्यहरुमा जिवन अधिकारी, पोमनारायण पौडेल, श्री...
प्रधामन्त्रीसँगै एमालेका नेताहरुले भने –‘म झोले’
सोमबार, जेठ १९, २०८२
बुटवल – प्रधानमन्त्री केपि शर्मा ओलीले सामाजिक सञ्जालमा म झोले भन्ने पोष्टर राखेसँगै एमालेका नेताहरुले ‘म झोले’ पोष्टर राख्न थालेका छन् । दुई हात जोडेको तस्वीर राखेर ओलीले झोले भएको लेखेका छन् । ‘म झोले हो । एउटा सामन्ती परिवारको दास बन्नु भन्दा देशमा परिवर्तन र विकासको झोला बोकेर हिँड्नु...
राष्ट्रिय दलित पत्रकार संघ रुपन्देहीले मनायो छैटौं स्थापना दिवस
आइतबार, जेठ १८, २०८२
बुटवल – राष्ट्रिय दलित पत्रकार संघ नेपाल रुपन्देहीले छैठौं स्थापना दिवस शूभकामना आदान प्रदान तथा दीप प्रज्वलन गरी मनाएको छ । २०७६ साल जेठ १८ गते स्थापना भएको संघले देशैभर विभिन्न कार्यक्रम गरी मनाइरहेको बेला रुपन्देही शाखाले बुटवल देविनगर चौपारीमा कार्यक्रम गरेको हो । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय...
गणतन्त्र जाेगाउन सबै एकजुट बनाैं : सचिव विश्वकर्मा
आइतबार, जेठ १८, २०८२
काठमाडौँ– नेकपा एमालेका सचिव एवम् पूर्व मन्त्री छविलाल विश्वकर्माले वर्तमान व्यवस्था जोगाउनको निम्ति सम्पूर्ण गणतन्त्रवादी शक्ति एकजुट हुनुपर्ने आवश्यता औँल्याएका छन् । राष्ट्रिय दलित पत्रकार संघ नेपालको छैटौँ स्थापना दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा सचिव विश्वकर्माले समावेशिता, धर्मनिरपेक्षतासँगै गणतन्त्र आएको बताए । उनले ठुलो त्याग र लगानीबाट गणतन्त्र प्राप्त भएकाले ...


