Lumbini Rise
लुम्बिनी राइज
लुम्बिनी राइज
कृष्णसेन इच्छुक पत्रकारिता पुरस्कारबाट जिसी र विश्वकर्मा पुरस्कृत 
कृष्णसेन इच्छुक पत्रकारिता पुरस्कारबाट जिसी र विश्वकर्मा पुरस्कृत  बुटवल – १८ औँ गणतन्त्र दिवसको अवसर पारी  कृष्णसेन इच्छुकको स्मृतिमा स्थापित कृष्णसेन इच्छुक पत्रकारिता पुरस्कारबाट बुटवलका २ जना पत्रकार पुरस्कृत भएका छन् । जनगर्जन मिडिया प्रालि र जनपत्रकार सङ्गठन नेपालले बिहीबार बुटवलमा आयोजित विशेष समारोहमा नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष एवं सल्लाहकार यानेन्द्र जिसी, लेखक तथा अग्रज दीपक... बुटवल – १८ औँ गणतन्त्र दिवसको अवसर पारी  कृष्णसेन इच्छुकको स्मृतिमा स्थापित कृष्णसेन इच्छुक पत्रकारिता पुरस्कारबाट बुटवलका २ जना पत्रकार पुरस्कृत भएका छन् । जनगर्जन मिडिया प्रालि र जनपत्रकार सङ्गठन नेपालले बिहीबार बुटवलमा आयोजित विशेष समारोहमा नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष एवं सल्लाहकार यानेन्द्र जिसी, लेखक तथा अग्रज दीपक विश्वकर्मा (छविलाल) लाई नगद सहित पुरस्कृत गरिएको हो ।
शान्ति समाज रुपन्देहीले  दीप प्रज्वलन गरी गणतन्त्र दिवस मनायाे
शान्ति समाज रुपन्देहीले दीप प्रज्वलन गरी गणतन्त्र दिवस मनायाे दीप प्रज्वलन कार्यक्रममा कार्यक्रममा राष्ट्रिय समाचार समितिका पूर्व केन्द्रीय अध्यक्ष डा. बालकृष्ण चापागाईँ, नेपाल  पत्रकार महासघंका केन्द्रीय सदस्य रामराज पोख्रेल, शान्ति समाजका केन्द्रीय सचिव(लुम्बिनी) डिपि खनाल, प्रगतिशील पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष श्याम पोखरेल, महिला अधिकारकर्मी रिता सेन वली लगायतले लोकतान्त्रिक गणतन्त्रको सबलीकरण नै अहिलेको आवश्यकता भएको बत्ताएका थिए ।  दीप प्रज्वलन कार्यक्रममा कार्यक्रममा राष्ट्रिय समाचार समितिका पूर्व केन्द्रीय अध्यक्ष डा. बालकृष्ण चापागाईँ, नेपाल  पत्रकार महासघंका केन्द्रीय सदस्य रामराज पोख्रेल, शान्ति समाजका केन्द्रीय सचिव(लुम्बिनी) डिपि खनाल, प्रगतिशील पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष श्याम पोखरेल, महिला अधिकारकर्मी रिता सेन वली लगायतले लोकतान्त्रिक गणतन्त्रको सबलीकरण नै अहिलेको आवश्यकता भएको बत्ताएका थिए । 
पेट्रोलियम व्यवसायीलाई सुरक्षा, गुणस्तरबारे प्रशिक्षण
पेट्रोलियम व्यवसायीलाई सुरक्षा, गुणस्तरबारे प्रशिक्षण बुटवल – पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एसोसिएसन बुटवल रुपन्देहीले एसोसिएसनमा आबद्ध व्यवसायीहरूलाई बिहीबार पेट्रोलियम कारोबारमा सुरक्षा, गुणस्तर, परिमाण लगायतका विषयमा प्रशिक्षण दिएको छ । लुम्बिनी अञ्चलका रुपन्देही, कपिलवस्तु, नवलपरासी, पाल्पा, गुल्मी, अर्घाखाँची सहित बाग्लुङ र पूर्वी रुकुम सम्म पेट्रोलियम पदार्थको बिक्री वितरण र व्यवस्थापन गर्दै आएको एसोसिएसनले वार्षिक कार्य योजना अनुसार ... बुटवल – पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एसोसिएसन बुटवल रुपन्देहीले एसोसिएसनमा आबद्ध व्यवसायीहरूलाई बिहीबार पेट्रोलियम कारोबारमा सुरक्षा, गुणस्तर, परिमाण लगायतका विषयमा प्रशिक्षण दिएको छ । लुम्बिनी अञ्चलका रुपन्देही, कपिलवस्तु, नवलपरासी, पाल्पा, गुल्मी, अर्घाखाँची सहित बाग्लुङ र पूर्वी रुकुम सम्म पेट्रोलियम पदार्थको बिक्री वितरण र व्यवस्थापन गर्दै आएको एसोसिएसनले वार्षिक कार्य योजना अनुसार  ब्यासायीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले एक दिने प्रशिक्षण कार्यक्रम गरेको हो । 
गृह प्रदेश लुम्बिनीमा अर्थमन्त्री पौडेलले कस्ता योजनामा बजेट छुट्टाए (हेर्नुहोस् योजना र बजेट)
गृह प्रदेश लुम्बिनीमा अर्थमन्त्री पौडेलले कस्ता योजनामा बजेट छुट्टाए (हेर्नुहोस् योजना र बजेट) अर्थमन्त्री विष्णु पौडेलले बिहीबार सार्वजनिक गरेको बजेटमा लुम्बिनी प्रदेशका अधिकांश पुराना योजनाले निरन्तरता पाएका छन् ।  आर्थिक वर्ष ०८२/०८३ को बजेटमा अधिकांश अधुरा, बहुबर्षिय र सडकसँग सम्बन्धित योजनाहरूमा बजेट छुट्टाइएको छ । लुम्बिनीका के कस्ता योजना परे यहाँ उल्लेख गरिएको छ । अर्थमन्त्री विष्णु पौडेलले बिहीबार सार्वजनिक गरेको बजेटमा लुम्बिनी प्रदेशका अधिकांश पुराना योजनाले निरन्तरता पाएका छन् ।  आर्थिक वर्ष ०८२/०८३ को बजेटमा अधिकांश अधुरा, बहुबर्षिय र सडकसँग सम्बन्धित योजनाहरूमा बजेट छुट्टाइएको छ । लुम्बिनीका के कस्ता योजना परे यहाँ उल्लेख गरिएको छ ।
डा. बालकृष्ण चापागाईं सिद्धिचरण श्रेष्ठ साहित्य पुरस्कारबाट सम्मानित
डा. बालकृष्ण चापागाईं सिद्धिचरण श्रेष्ठ साहित्य पुरस्कारबाट सम्मानित बुटवल - १८ औं गणतन्त्र दिवस २०८२ तथा युगकवि सिद्धिचरण श्रेष्ठको ११४ औं जन्मजयन्तीका अवसरमा बिहीबार बुटवलमा श्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ । बुटवल उपमहानगरपालिका वडा नं. ४ स्थित ऐतिहासिक नवजागृति पुस्तकालयद्वारा स्थापित पुरस्कार युगकवि सिद्धिचरण श्रेष्ठ साहित्य सम्मान २०८२ वरिष्ठ पत्रकार डा.बालकृष्ण चापागाईंलाई प्रदान गरिएको छ । बुटवल - १८ औं गणतन्त्र दिवस २०८२ तथा युगकवि सिद्धिचरण श्रेष्ठको ११४ औं जन्मजयन्तीका अवसरमा बिहीबार बुटवलमा श्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ । बुटवल उपमहानगरपालिका वडा नं. ४ स्थित ऐतिहासिक नवजागृति पुस्तकालयद्वारा स्थापित पुरस्कार युगकवि सिद्धिचरण श्रेष्ठ साहित्य सम्मान २०८२ वरिष्ठ पत्रकार डा.बालकृष्ण चापागाईंलाई प्रदान गरिएको छ ।
सरकारले ल्यायाे १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट  (पूर्ण पाठ सहित)
सरकारले ल्यायाे १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट (पूर्ण पाठ सहित) काठमाडौँ- सरकारले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संसद्को संयुक्त बैठकमा बजेट वक्तव्यमार्फत यस्तो घोषणा गरेका हुन्। कुल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ रहेको छ। यो कुल बजेटको ६०. १ प्रतिशत हो। यसैगरी... काठमाडौँ- सरकारले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संसद्को संयुक्त बैठकमा बजेट वक्तव्यमार्फत यस्तो घोषणा गरेका हुन्। कुल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ रहेको छ। यो कुल बजेटको ६०. १ प्रतिशत हो। यसैगरी पुँजीगततर्फ चार खर्ब सात अर्ब ८९ करोड रुपैयाँ अर्थात् २०. ८ प्रतिशत र वित्तीय व्यस्थापनतर्फ तीन खर्ब ७५ अर्ब २४ करोड अर्थात् १९.१ प्रतिशत रहेको छ।
वृद्ध भत्ताको उमेर ७० वर्ष, दुर्गम र लक्षित वर्गको हकमा ६८ वर्ष
वृद्ध भत्ताको उमेर ७० वर्ष, दुर्गम र लक्षित वर्गको हकमा ६८ वर्ष काठमाडौं – सरकारले वृद्ध भत्ता पाउने उमेर बढाएको छ । बिहीबार संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२र८३ को बजेट प्रस्तुत गर्दै उनले अब वृद्ध भत्ता पाउने उमेर ७० वर्ष कायम भएको बताएका हुन्। यसअघि यस्तो भत्ता ६८ वर्ष उमेर पुगेकाहरूले पाउँदै आएका थिए ।  सरकारले... काठमाडौं – सरकारले वृद्ध भत्ता पाउने उमेर बढाएको छ । बिहीबार संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२र८३ को बजेट प्रस्तुत गर्दै उनले अब वृद्ध भत्ता पाउने उमेर ७० वर्ष कायम भएको बताएका हुन्। यसअघि यस्तो भत्ता ६८ वर्ष उमेर पुगेकाहरूले पाउँदै आएका थिए ।  सरकारले आर्थिक वर्ष २०५१/५२ देखि वृद्ध भत्ताको नामले सामाजिक सुरक्षा भत्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ । त्यसयता भत्ता पाउने वर्ग र रकम निरन्तर बढेको छ । ज्येष्ठ नागरिकलाई १०० रुपैयाँबाट शुरु भएको सामाजिक सुरक्षा भत्ता अहिले प्रतिव्यक्ति चार हजार रुपैयाँसम्म पुर्‍याइएको छ ।
प्रदेशस्तरीय यु–१६ क्रिकेटः लिगचरणको अन्तिम खेलमा बर्दिया विजयी
प्रदेशस्तरीय यु–१६ क्रिकेटः लिगचरणको अन्तिम खेलमा बर्दिया विजयी ​​​​​​​भैरहवा - रुपन्देहीमा जारी लीला सेन्चुरी मेमोरियल यु–१६ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट प्रतियोगिताको लिगचरणको अन्तिम खेलमा बर्दिया विजयी भएको छ । बर्दियाले बाँकेलाई ६५ रनले पराजित गर्दै जित निकालेको हो । यद्यपि यी दुबै टिम उपाधि होडबाट बाहिरीसकेका छन् । उपाधिका लागि शुक्रबार रुपन्देही र दाङबीच स्पर्धा हुँदैछ । ​​​​​​​भैरहवा - रुपन्देहीमा जारी लीला सेन्चुरी मेमोरियल यु–१६ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट प्रतियोगिताको लिगचरणको अन्तिम खेलमा बर्दिया विजयी भएको छ । बर्दियाले बाँकेलाई ६५ रनले पराजित गर्दै जित निकालेको हो । यद्यपि यी दुबै टिम उपाधि होडबाट बाहिरीसकेका छन् । उपाधिका लागि शुक्रबार रुपन्देही र दाङबीच स्पर्धा हुँदैछ ।
आर्थिक वर्ष २०८२/८३ को बजेट (LIVE)
आर्थिक वर्ष २०८२/८३ को बजेट (LIVE) अर्थमन्त्री विष्णु पौडेलले नयाँ आर्थिक वर्ष २०८२/८३ का लागि बजेट भाषण सुरू गरेका छन् । संघीय संसदको संयुक्त बैठकमा उनले बजेट भाषण थालेका हुन् । आजको संसद वैठकमा प्रतिपक्षी दलहरूले कुनै पनि अवरोध गरेका छैनन् । यसअघि प्रतिनिधिसभाको बैठक बसेर अर्थमन्त्री पौडेलले आर्थिक सर्वेक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । अर्थमन्त्री विष्णु पौडेलले नयाँ आर्थिक वर्ष २०८२/८३ का लागि बजेट भाषण सुरू गरेका छन् । संघीय संसदको संयुक्त बैठकमा उनले बजेट भाषण थालेका हुन् । आजको संसद वैठकमा प्रतिपक्षी दलहरूले कुनै पनि अवरोध गरेका छैनन् । यसअघि प्रतिनिधिसभाको बैठक बसेर अर्थमन्त्री पौडेलले आर्थिक सर्वेक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।
नेपाली बिशेषताको समाजवादमा जाऔँ : विप्लव
नेपाली बिशेषताको समाजवादमा जाऔँ : विप्लव बुटवल- नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले अहिलेको गणतन्त्रबाट कुनै पनि क्षेत्र सन्तुष्ट नभएकाले अब यसको विकल्प समाजवाद मात्रै हुनसक्ने बताएका छन् । उनले माओवादी जनयुद्धले राजतन्त्रको अन्त्य गरी अर्को नयाँ युग सुरु गरेको बताउँदै तर, यो गणतन्त्रले जनतालाई सन्तुष्ट नबनाएको बताए । जनपत्रकार सङ्गठन नेपालले बिहीबार बुटवलमा गरेको... बुटवल- नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले अहिलेको गणतन्त्रबाट कुनै पनि क्षेत्र सन्तुष्ट नभएकाले अब यसको विकल्प समाजवाद मात्रै हुनसक्ने बताएका छन् । उनले माओवादी जनयुद्धले राजतन्त्रको अन्त्य गरी अर्को नयाँ युग सुरु गरेको बताउँदै तर, यो गणतन्त्रले जनतालाई सन्तुष्ट नबनाएको बताए । जनपत्रकार सङ्गठन नेपालले बिहीबार बुटवलमा गरेको गणतन्त्र, जनपक्षिय पत्रकारिता र कृष्ण सेन इच्छुकको भूमिका विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै महासचिव विप्लवले अब यसका लागि समाजवादमा जानुपर्ने बताए ।
नेताको विकल्प खोजौँ,गणतन्त्रको हाेइन्
नेताको विकल्प खोजौँ,गणतन्त्रको हाेइन् मुलुकमा राजावादीहरूले प्रतिगमनका लागि बल गरिरहेका छन् । जबकि यो कुरा असम्भव प्राय छ । आजको युग कर्मका आधारमा श्रेष्ठता हासिल गर्ने र जनताले अनुमोदन गर्ने युगमा आइपुगेको छ । तर, नेपालमा वंशको आधारमा कोही राजा हुने कोही तल्लो हुने शासनको वकालत गर्ने तप्का देखिनु आफैमा विडम्बनापूर्ण छ । राजतन्त्रको... मुलुकमा राजावादीहरूले प्रतिगमनका लागि बल गरिरहेका छन् । जबकि यो कुरा असम्भव प्राय छ । आजको युग कर्मका आधारमा श्रेष्ठता हासिल गर्ने र जनताले अनुमोदन गर्ने युगमा आइपुगेको छ । तर, नेपालमा वंशको आधारमा कोही राजा हुने कोही तल्लो हुने शासनको वकालत गर्ने तप्का देखिनु आफैमा विडम्बनापूर्ण छ । राजतन्त्रको उपयोगिता वा यसले पनि नेपालको ऐतिहासिक विकास क्रममा पुर्‍याएको योगदानलाई सम्मान गरौँ, तर अब सेलाइसकेको तन्त्रको पक्षमा बहस हुनु नै बेकार हो ।
प्रदेशस्तरीय यु–१६ क्रिकेट: दाङ र रुपन्देही फाइनलमा
प्रदेशस्तरीय यु–१६ क्रिकेट: दाङ र रुपन्देही फाइनलमा भैरहवा - रुपन्देहीमा जारी लीला सेन्चुरी मेमोरियल यु–१६ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा दाङले बाँकेलाई ६ विकेटले पराजित गरेको छ । जितसँगै समूह ‘बी’को विजेता बन्दै दाङ फाइनल पुगेको छ । यसअघि रुपन्देही समूह ‘ए’ को विजेता बन्दै फाइनल पुगिसकेको छ। यी दुई टिमबिच १६ गते उपाधिका लागि स्पर्धा हुनेछ । भैरहवा - रुपन्देहीमा जारी लीला सेन्चुरी मेमोरियल यु–१६ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा दाङले बाँकेलाई ६ विकेटले पराजित गरेको छ । जितसँगै समूह ‘बी’को विजेता बन्दै दाङ फाइनल पुगेको छ । यसअघि रुपन्देही समूह ‘ए’ को विजेता बन्दै फाइनल पुगिसकेको छ। यी दुई टिमबिच १६ गते उपाधिका लागि स्पर्धा हुनेछ ।
Weather Update