दलित समुदायका २ सय ४३ जना उम्मेदवार थिए, जिते एक जनाले मात्रै
शुक्रबार, फागुन २९, २०८२
एमाले अध्यक्ष केपि ओलीको पिताको निधन
शुक्रबार, फागुन २९, २०८२
काठमाडौं- पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका बुवा मोहनप्रसादप्रति श्रद्धाञ्जली अर्पण गर्नेहरुको भिड लागेको छ । अध्यक्ष ओलीले पनि बुवाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । भक्तपुरको गठ्ठाघरस्थित नेपाल–कोरिया मैत्री अस्पतालमा मोहनप्रसादको पार्थिव शरीर राखिएको छ । त्यहाँ पुगेर श्रद्धाञ्जली अर्पण गर्ने आफन्त, नातेदार र पार्टी नेता–कार्यकर्ताहरुको भिड छ...
काठमाडौं- पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका बुवा मोहनप्रसादप्रति श्रद्धाञ्जली अर्पण गर्नेहरुको भिड लागेको छ । अध्यक्ष ओलीले पनि बुवाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । भक्तपुरको गठ्ठाघरस्थित नेपाल–कोरिया मैत्री अस्पतालमा मोहनप्रसादको पार्थिव शरीर राखिएको छ । त्यहाँ पुगेर श्रद्धाञ्जली अर्पण गर्ने आफन्त, नातेदार र पार्टी नेता–कार्यकर्ताहरुको भिड छ ।
कालिकाका विद्यार्थीले दिए छात्रवासका विद्यार्थीलाई सहयोग
शुक्रबार, फागुन २९, २०८२
बुटवल : कालिका मानवज्ञान माध्यमिक विद्यालय बुटवल १२ रामनगर (सेक्टर२) व्यवस्थापन संकाय कक्षा १२ का विद्यार्थीहरुले सोही विद्यालयका छात्रवासमा बसेर अध्ययन गर्दै आएका विपन्न विद्यार्थीहलाई शैक्षिक सामग्री प्रदान गरेका छन् । कक्षा १२ को बोर्ड परिक्षामा सहभागी हुन लागेका विद्यार्थीहरुले आफुले जम्मा गरेको स–सानो रकम बाट विद्यालयको छात्रवासमा रहेर अध्ययन...
बुटवल : कालिका मानवज्ञान माध्यमिक विद्यालय बुटवल १२ रामनगर (सेक्टर२) व्यवस्थापन संकाय कक्षा १२ का विद्यार्थीहरुले सोही विद्यालयका छात्रवासमा बसेर अध्ययन गर्दै आएका विपन्न विद्यार्थीहलाई शैक्षिक सामग्री प्रदान गरेका छन् । कक्षा १२ को बोर्ड परिक्षामा सहभागी हुन लागेका विद्यार्थीहरुले आफुले जम्मा गरेको स–सानो रकम बाट विद्यालयको छात्रवासमा रहेर अध्ययन गर्दै आएका विपन्न, बेशाहारा विद्यार्थीहरुको लागि स्टेशनरीमा कापी, कलम, पाठ्य सामग्री सहितका सहयोग प्रदान गरेका हुन ।
इनिसा विकको हत्यामा संलग्न दोषीलाई कडा कारबाही गर्न माग
बिहीबार, फागुन २८, २०८२
काठमाडौँ । राष्ट्रिय महिला आयोग र राष्ट्रिय दलित आयोगले इनिसा विकको हत्यामा संलग्न दोषीलाई कडा कारबाही गर्न, पीडितलाई न्याय प्रदान गर्न र कानुन कार्यान्वयन गर्ने निकायलाई जबाफदेही बनाउन सम्बन्धित सबै पक्षसमक्ष आग्रह गरेका छन् ।दुवै आयोगले आज संयुक्त विज्ञप्ति जारी गरी घटनाका दोषीलाई कडा कारबाही गरी पीडितलाई न्याय दिन र...
काठमाडौँ । राष्ट्रिय महिला आयोग र राष्ट्रिय दलित आयोगले इनिसा विकको हत्यामा संलग्न दोषीलाई कडा कारबाही गर्न, पीडितलाई न्याय प्रदान गर्न र कानुन कार्यान्वयन गर्ने निकायलाई जबाफदेही बनाउन सम्बन्धित सबै पक्षसमक्ष आग्रह गरेका छन् ।दुवै आयोगले आज संयुक्त विज्ञप्ति जारी गरी घटनाका दोषीलाई कडा कारबाही गरी पीडितलाई न्याय दिन र पीडित परिवारलाई सुरक्षा व्यवस्था गरी उचित क्षतिपूर्ति उपलब्ध गराउन अनुरोध गरेका हुन् ।
चुनावकाे समग्र समीक्षा नगराैं, मिडिया ट्रायल र फैलाइएका भ्रममा नपराैँ : शंकर पाेखरेल
बिहीबार, फागुन २८, २०८२
बुटवल - नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको आन्तरिक एकतालाई कमजोर बनाउने उद्देश्यले केही मिडियामार्फत चलाइएका ‘मिडिया ट्रायल’ र फैलाइएका भ्रममा नपर्न पार्टी पङ्क्तिलाई आग्रह गरेका छन्।सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले आम निर्वाचनको परिणामपछि विभिन्न माध्यमबाट पार्टी नेताहरूको नाम जोडेर फैलाइएका भ्रमपूर्ण प्रचारमा नफस्न कार्यकर्ता र समर्थकलाई सचेत...
बुटवल - नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको आन्तरिक एकतालाई कमजोर बनाउने उद्देश्यले केही मिडियामार्फत चलाइएका ‘मिडिया ट्रायल’ र फैलाइएका भ्रममा नपर्न पार्टी पङ्क्तिलाई आग्रह गरेका छन्।सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले आम निर्वाचनको परिणामपछि विभिन्न माध्यमबाट पार्टी नेताहरूको नाम जोडेर फैलाइएका भ्रमपूर्ण प्रचारमा नफस्न कार्यकर्ता र समर्थकलाई सचेत रहन आग्रह गरेका हुन्।
ओली समूहलाई लक्ष्य गरेर घिमिरेको टिप्पणी–पञ्चायत ढल्दै गर्दा पञ्च भन्दै थिए, सबै ठीक छ महाराज
बिहीबार, फागुन २८, २०८२
बुटवल - नेकपा एमाले नेता बासुदेव घिमिरेले पञ्चायत ढल्दै गर्दा पनि पञ्चहरूले सबै ठीक छ महाराज गरेको भन्दै नेतृत्वलाई स्मरण गराएका छन्।घिमिरे रूपन्देही–३ बाट उम्मेदवार थिए। तर जमानतसमेत जोगाउन नसकेपछि उनले सामाजिक सञ्जालमार्फत् पञ्चायत ढल्दै गर्दाको अवस्था सम्झिएका हुन्।

प्रतिकूल मौसमका कारण रेसुङ्गा विमानस्थलमा उडान प्रभावित
बिहीबार, फागुन २८, २०८२
गुल्मी-गुल्मीको रेसुङ्गा विमानस्थलमा मौसमको प्रतिकूलताका कारण उडान अवरुद्ध भएको छ । फागुनको पहिलो सातादेखि सातामा तीन पटक मात्र उडान गर्दै आएको नेपाल वायुसेवा निगमले पछिल्ला केही दिनयता बाक्लो तुवाँलोका कारण नियमित उडान गर्न नसकेको जनाएको छ ।

मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली
बिहीबार, फागुन २८, २०८२
लुम्बिनी - विश्व मिर्गाैला दिवसका अवसरमा बुटवलमा आज सचेतनामुलक साइकल -याली गरिएको छ । ‘सबैका लागि मिर्गौला स्वास्थ्य’ नारासहित वर्षमा एक पटक मिर्गौला जाँचौँ, आफनो मिर्गौला बचाऔँ भन्ने अभियानका साथ साइकल -याली तथा अभिमुखिकरण कार्यक्रम गरिएको हो ।

समानुपातिकमा सिट संख्या निर्धारण, कुन दललाई कति सिट?
बिहीबार, फागुन २८, २०८२
बुटवल - निर्वाचन आयोगले समानुपातिकमा ६ दलले पाउने सिट संख्या निर्धारण गरेको छ। समानुपातिकतर्फको मतगणना सकिएपछि निर्वाचन आयोगले सिट संख्या निर्धारण गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन्।निर्वाचन कानुनअनुसार, समानुपातिकमा ‘थ्रेसहोल्ड’ अर्थात ३ प्रतिशत मत कटाउने ६ दलको सिट निर्धारुण गरिएको भट्टराईले बताए।

बुध्द एयरको २४ लाखभन्दा बढी यात्रु बोकेको जहाजकाे विदाइ
बिहीबार, फागुन २८, २०८२
काठमाडौँ- विश्वमै पहिलो पटक एटीआर–७२ जहाजको विदाई १६ वर्षमा २४ लाखभन्दा बढी यात्रुलाई सुरक्षित हवाईसेवा जहाजको पूर्ण क्षमता सञ्चालनपछि बुध्द एयरले कल साईन 9N-AJO रहेको एटीआर–७२ जहाजलाई औपचारिक रुपमा विदाई गरेको छ।

थाइल्याण्डका ३ सय भिक्षुले गरे लुम्बिनी–रामग्राम शान्ति पदयात्रा
बुधबार, फागुन २७, २०८२
लुम्बिनी- लुम्बिनीबाट रामग्रामसम्म शान्ति, करुणा र धर्म अभ्यासको सन्देश फैलाउने उद्देश्यले थाइल्याण्डका करिब ३०० भिक्षुहरुले पदयात्रा सुरुआत गरेका छन् ।‘चारिक थुडोङ बुद्धभूमि’ नाम दिइएको उक्त पदयात्रा लुम्बिनीस्थित थाई मन्दिरबाट सुरु भई दुई दिन एक रातको पैदलयात्रापछि रामग्राम पुग्ने कार्यक्रम रहेको छ । पहिलो रात भैरहवास्थित शान्ति बौद्ध गुम्बामा बस्ने र...
लुम्बिनी- लुम्बिनीबाट रामग्रामसम्म शान्ति, करुणा र धर्म अभ्यासको सन्देश फैलाउने उद्देश्यले थाइल्याण्डका करिब ३०० भिक्षुहरुले पदयात्रा सुरुआत गरेका छन् ।‘चारिक थुडोङ बुद्धभूमि’ नाम दिइएको उक्त पदयात्रा लुम्बिनीस्थित थाई मन्दिरबाट सुरु भई दुई दिन एक रातको पैदलयात्रापछि रामग्राम पुग्ने कार्यक्रम रहेको छ । पहिलो रात भैरहवास्थित शान्ति बौद्ध गुम्बामा बस्ने र अर्को दिन रामग्राम स्तुप पुग्ने कार्यक्रम रहेको छ ।
बेइजिङमा 'लुम्बिनी प्रार्थना तथा पुण्य उद्यान' परियोजना शुभारम्भ
बुधबार, फागुन २७, २०८२
बेइजिङ- गौतम बुद्ध जन्मस्थल तथा युनेस्को विश्व सांस्कृतिक सम्पदा स्थल लुम्बिनीमा लुम्बिनी प्रार्थना तथा पुण्य उद्यान निर्माण गरिने भएको छ। यही २६ मार्चमा लुम्बिनीमा शिलान्यास गरिने समेत तय भएको छ।गत शुक्रबार (मार्च ६ तारिख) बेइजिङस्थित नेपाली दूतावासमा आयोजित ‘लुम्बिनी प्रार्थना तथा पुण्य उद्यान’ जनकल्याणकारी परियोजनाको शुभारम्भ समारोहमा सो सम्बन्धमा जानकारी...
बेइजिङ- गौतम बुद्ध जन्मस्थल तथा युनेस्को विश्व सांस्कृतिक सम्पदा स्थल लुम्बिनीमा लुम्बिनी प्रार्थना तथा पुण्य उद्यान निर्माण गरिने भएको छ। यही २६ मार्चमा लुम्बिनीमा शिलान्यास गरिने समेत तय भएको छ।गत शुक्रबार (मार्च ६ तारिख) बेइजिङस्थित नेपाली दूतावासमा आयोजित ‘लुम्बिनी प्रार्थना तथा पुण्य उद्यान’ जनकल्याणकारी परियोजनाको शुभारम्भ समारोहमा सो सम्बन्धमा जानकारी दिइएको थियो।
महाबोधी सोसाइटीद्वारा बेन्च हस्तान्तरण
बुधबार, फागुन २७, २०८२
लुम्बिनी- बुद्ध जन्मस्थल लुम्बिनीमा पर्यटकलाइ लक्षित गरी पाँच थान बेन्च राखिएको छ । लुम्बिनीस्थित महाबोधी सोसाइटी अफ इन्डिया शाखाद्वारा ४० हजार लागतमा निर्माण गरी ती बेन्च लुम्बिनी विकास कोषलाई हस्तान्तरण गरिएको हो ।