भारतमा यात्रुवाहक विमान दुर्घटना : २ सय बढीको शव भेटियो
बिहीबार, जेठ २९, २०८२
भारतको अहमदाबादमा एअर इन्डियाको यात्रुवाहक विमान दुर्घटनाग्रस्त
बिहीबार, जेठ २९, २०८२
काठमाडौँ- एयर इन्डियाको एक यात्रुवाहक विमान भारतको गुजरात राज्यमा पर्ने अहमदाबादमा दुर्घटनाग्रस्त भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। एयर इन्डियाको बोइङ ७८७ ड्रिमलाइनर विमान सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान हुनेबित्तिकै दुर्घटनाग्रस्त भएको छ। विमान सहरको मेघाणी क्षेत्रमा खसेको र त्यसपछि बाक्लो कालो धुवाँको मुस्लो देखिएको समाचारमा उल्लेख छ।
भारतीय सञ्चारमाध्यम...
काठमाडौँ- एयर इन्डियाको एक यात्रुवाहक विमान भारतको गुजरात राज्यमा पर्ने अहमदाबादमा दुर्घटनाग्रस्त भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। एयर इन्डियाको बोइङ ७८७ ड्रिमलाइनर विमान सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान हुनेबित्तिकै दुर्घटनाग्रस्त भएको छ। विमान सहरको मेघाणी क्षेत्रमा खसेको र त्यसपछि बाक्लो कालो धुवाँको मुस्लो देखिएको समाचारमा उल्लेख छ।
भारतीय सञ्चारमाध्यम दि हिन्दुका अनुसार विमानमा २४२ सवार थिए। एयर इन्डियाले जारी गरेको विज्ञप्तिअनुसार फ्लयाट एआई १७१ को उक्त विमान अहमदाबादबाट बेलायतको ग्याटविक विमानस्थलतर्फ उडिरहेको अवस्थामा दुर्घटनाग्रस्त भएको हो।
भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ सञ्चालनमा आउँदै
बिहीबार, जेठ २९, २०८२
बुटवल - नेपालमै अत्याधुनिक उपकरण जडित एडभान्स इन्टरनेशनल हस्पिटल सञ्चालनमा आउने भएको छ । रूपन्देहीको सिद्धार्थनगरमा बिरामीहरुलाई अत्याधुनिक प्रविधिबाट उपचार सेवा दिने गरी अस्पताल सञ्चालनको तयारी गरिएको हो । २ सय बेडको उक्त अस्पताल सञ्चालनका लागि ठूलो संख्यामा जनशक्ति माग गरिएको छ । ३ अर्ब ९२ करोड लागतमा अस्पताल निर्माण...
बुटवल - नेपालमै अत्याधुनिक उपकरण जडित एडभान्स इन्टरनेशनल हस्पिटल सञ्चालनमा आउने भएको छ । रूपन्देहीको सिद्धार्थनगरमा बिरामीहरुलाई अत्याधुनिक प्रविधिबाट उपचार सेवा दिने गरी अस्पताल सञ्चालनको तयारी गरिएको हो । २ सय बेडको उक्त अस्पताल सञ्चालनका लागि ठूलो संख्यामा जनशक्ति माग गरिएको छ । ३ अर्ब ९२ करोड लागतमा अस्पताल निर्माण गरिएको हो । आगामि सेप्टेम्बरबाट सञ्चालनको तयारी स्वरुप विज्ञापन खुलाइएको अध्यक्ष कमल भण्डारीले बताए ।
सुनचाँदी व्यवसायी देशैभर आन्दोलनमा, विलासीता कर र भ्याट हटाउन माग
बिहीबार, जेठ २९, २०८२
काठमाडौँ – सरकारले सुनमा २ प्रतिशत विलासिता कर र हिरामा १३ प्रतिशत भ्याट लगाइएको भन्दै सुनचाँदी व्यवसायीहरू विरोधमा उत्रिएका छन् । आज देशभरका सुन चाँदी पसद बन्द गरेर ब्यवशायीहरु आन्दोलनमा उत्रिएका हुन् । नेपाल सुन चाँदी व्यवसायी महासङ्घ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घ र नेपाल हस्तकला महासङ्घमा आवद्ध व्यवशायीहरुले...
काठमाडौँ – सरकारले सुनमा २ प्रतिशत विलासिता कर र हिरामा १३ प्रतिशत भ्याट लगाइएको भन्दै सुनचाँदी व्यवसायीहरू विरोधमा उत्रिएका छन् । आज देशभरका सुन चाँदी पसद बन्द गरेर ब्यवशायीहरु आन्दोलनमा उत्रिएका हुन् । नेपाल सुन चाँदी व्यवसायी महासङ्घ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घ र नेपाल हस्तकला महासङ्घमा आवद्ध व्यवशायीहरुले सुनको भन्सार ६ प्रतिशत कायम गर्नुपर्ने र सुनचाँदी कारोबारका लागि स्पष्ट नीति बनाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रेका हुन् ।
अख्तियार बुटवलमा उजुरीका चाङ, स्थानीय सरकारका धेरै
बिहीबार, जेठ २९, २०८२
बुटवल - अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलमा उजुरीका चाङ लागेको छ । अनियमितता, भ्रष्टाचार र बेथितिका विषयमा अख्तियारमा उजुरीको सङ्ख्या प्रत्येक वर्ष बढ्दै गएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलमा चालू आर्थिक वर्ष ०८१/०८२ को वैशाख मसान्तसम्म एक हजार १०४ वटा उजुरी दर्ता भएको छ । गत वर्षको ४३४...
बुटवल - अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलमा उजुरीका चाङ लागेको छ । अनियमितता, भ्रष्टाचार र बेथितिका विषयमा अख्तियारमा उजुरीको सङ्ख्या प्रत्येक वर्ष बढ्दै गएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलमा चालू आर्थिक वर्ष ०८१/०८२ को वैशाख मसान्तसम्म एक हजार १०४ वटा उजुरी दर्ता भएको छ । गत वर्षको ४३४ सहित १५३८ वटा उजुरीको कारबाही गरिएको अख्तियार कार्यालयले जनाएको छ । यसमध्ये ११४२ वटा उजुरीको छानबिन गरिएको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बुटवलका सूचना अधिकारी गीता आचार्यले जानकारी दिइन् ।
सरकारले अनावश्यक कर लगाएको विरोधमा सुनचाँदी व्यवसायी
बुधबार, जेठ २८, २०८२
बुटवल - बुटवल सुनचाँदी व्यवसायी संघ, बुटवलले सरकारले आ.व. २०८२/०८३ को बजेट वक्तव्यमार्फत सुनचाँदी तथा हिरा पत्थरका गरगहनामा विलासिता कर र भ्याट लगाउने जनाएपछि त्यसले उपभोक्तालाई मर्का पर्नुका साथै सुनचाँदी व्यवसायलाई धारासाही बनाउने भन्दै आव्हान गरिएको चरणबद्ध आन्दोलनलाई सफल बनाउन सबै व्यवसायीहरूलाई आग्रह गरेको छ ।
बुटवल - बुटवल सुनचाँदी व्यवसायी संघ, बुटवलले सरकारले आ.व. २०८२/०८३ को बजेट वक्तव्यमार्फत सुनचाँदी तथा हिरा पत्थरका गरगहनामा विलासिता कर र भ्याट लगाउने जनाएपछि त्यसले उपभोक्तालाई मर्का पर्नुका साथै सुनचाँदी व्यवसायलाई धारासाही बनाउने भन्दै आव्हान गरिएको चरणबद्ध आन्दोलनलाई सफल बनाउन सबै व्यवसायीहरूलाई आग्रह गरेको छ ।
बुटवलमा मनाइयो परियार सेवा समाजको स्थापना दिवस
बुधबार, जेठ २८, २०८२
बुटवल – परियार सेवा समाजको ३० औं स्थापना दिवस बुटवलमा एक कार्यक्रमका वीच मनाइएको छ । परियार सेवा समाज रुपन्देहीको आयोजनामा संस्थाको ३० औं स्थापना दिवसको अवसरमा सोमबार बुटवलमा शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना गरि मनाइएको हो । कार्यक्रमको उद्घाटना गर्दै प्रमुख अतिथि मानवअधिकार तथा शान्ति समाजका पुर्व केन्द्रीय अध्यक्ष गोविन्द...
बुटवल – परियार सेवा समाजको ३० औं स्थापना दिवस बुटवलमा एक कार्यक्रमका वीच मनाइएको छ । परियार सेवा समाज रुपन्देहीको आयोजनामा संस्थाको ३० औं स्थापना दिवसको अवसरमा सोमबार बुटवलमा शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना गरि मनाइएको हो । कार्यक्रमको उद्घाटना गर्दै प्रमुख अतिथि मानवअधिकार तथा शान्ति समाजका पुर्व केन्द्रीय अध्यक्ष गोविन्द खनालले यस संस्थाले संस्थाको उदेश्यसंगै समानतामुलक समाज निर्माणमा पनि निरन्तर योगदान दिंदै आएको बताएका थिए ।
प्रेस युनियन रुपन्देहीद्वारा बुटवलमा विकास पत्रकारिता तालिम सञ्चालन
बुधबार, जेठ २८, २०८२
बुटवल : रुपन्देहीको बुटवलका दुई दिने विकास पत्रकारिता तालिम सुरु भएको छ । नेपाल प्रेस युनियन रुपन्देहीको आयोजना र बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा तालिम शुरु भएको हो ।तालिमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले नगरले गरेका सकारात्मक प्रयास तथा आलोचनात्मक विषयका बारेमा कुरा उठाउन संचारकर्मीहरुसँग आग्रह गरे । उनले...
बुटवल : रुपन्देहीको बुटवलका दुई दिने विकास पत्रकारिता तालिम सुरु भएको छ । नेपाल प्रेस युनियन रुपन्देहीको आयोजना र बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा तालिम शुरु भएको हो ।तालिमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले नगरले गरेका सकारात्मक प्रयास तथा आलोचनात्मक विषयका बारेमा कुरा उठाउन संचारकर्मीहरुसँग आग्रह गरे । उनले नगरले गरेका विकास निर्माण तथा भौतिक प्रगतिका गतिविधिसँगै भए गरेका प्रशासनिक कार्य र भएका ढिलासुस्ती तथा गुणस्तरीय सेवाका बारेमा पनि समाचार लेख्न आग्रह गरे ।
दर्ता बिनै सञ्चालित भैरहवाका आठ क्लिनिक र दुई ल्याब बन्द
बुधबार, जेठ २८, २०८२
भैरहवा– जिल्ला स्तरीय संयुक्त अनुगमन समितिले रुपन्देहीको भैरहवामा दर्ताविनै सञ्चालित १० वटा व्यावसायिक स्वास्थ्य संस्था बन्द गरेको छ । बुधवार अनुगमनका क्रममा मापदण्ड पूरा नगरेको र दर्ताबिनै सञ्चालनमा रहेको पाइएपछि ती व्यावसायिक स्वास्थ्य संस्था बन्द गरिएको जिल्ला अनुगमन समितिका संयोजक एवं रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले जानकारी दिए...
भैरहवा– जिल्ला स्तरीय संयुक्त अनुगमन समितिले रुपन्देहीको भैरहवामा दर्ताविनै सञ्चालित १० वटा व्यावसायिक स्वास्थ्य संस्था बन्द गरेको छ । बुधवार अनुगमनका क्रममा मापदण्ड पूरा नगरेको र दर्ताबिनै सञ्चालनमा रहेको पाइएपछि ती व्यावसायिक स्वास्थ्य संस्था बन्द गरिएको जिल्ला अनुगमन समितिका संयोजक एवं रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले जानकारी दिए । अनुगमन समितिले ८ वटा क्लिनिक र २ वटा ल्याब बन्द गरेको हो । १४ वटा निजी स्वास्थ्य संस्थामा अनुगमन गरिएकोमा १० वटा बन्द गरिएको रानाले बताए । ‘दर्ताविनै गैर कानुनी रूपमा स्वास्थ्य संस्था सञ्चालनमा रहेको भन्दै प्रशासनमा उजुरी आएको थियो’, उनले भने, ‘यसलाई आधार मानेर अनुगमन गर्दा अधिकांश गैर कानुनी रूपमा संचालन रहेको पाइएको छ । कतिपय क्लिनिकले बिरामी भर्ना गरेरै उपचार गरिरहेको पनि पाइयो, त्यस्तालाई तत्कालका लागि बन्द गरेका छौँ ।’
महाभोजको बुटवलमा प्रिमियर साे, सहकारी पीडितले भने –‘हाम्रै कथा रहेछ’
बुधबार, जेठ २८, २०८२
बुटवल – जेठको ३० गतेबाट प्रदर्शनमा आउन लागेको दिनेश राउत निर्देशित चलचित्र ‘महाभोज’ को मंगलबार राती बुटवलमा प्रिमियर गरिएको छ । बुटवल सिंह कम्प्लेक्स स्थित फ्रेण्डस हलमा प्रिमिय साे गरिएको हो । सहकारी पीडितको कथालाई प्रस्तुत गरेको महाभोज बुटवलका सहकारी पीडितहरूले कलाकारहरूसँगै बसेर हेरेका हुन् । प्रिमियरमा प्रमुख कलाकार आर्यन...
बुटवल – जेठको ३० गतेबाट प्रदर्शनमा आउन लागेको दिनेश राउत निर्देशित चलचित्र ‘महाभोज’ को मंगलबार राती बुटवलमा प्रिमियर गरिएको छ । बुटवल सिंह कम्प्लेक्स स्थित फ्रेण्डस हलमा प्रिमिय साे गरिएको हो । सहकारी पीडितको कथालाई प्रस्तुत गरेको महाभोज बुटवलका सहकारी पीडितहरूले कलाकारहरूसँगै बसेर हेरेका हुन् । प्रिमियरमा प्रमुख कलाकार आर्यन सिग्देल, अञ्जना बराइली, मलिका महत, बुद्धि तामाङ, निर्देशक राउत, निर्माता हिमाल कडरिया उपस्थित थिए । सुप्रिम सहकारीबाट पीडित ५० भन्दा बढी सहकारी पीडितहरूले चलचित्र हेरेपछि आफ्नै कथा बोलेको प्रतिक्रिया दिए ।
समाजलाइ अगाडि बढाउन पत्रकाहरु सचेत हुने बेला आयाे : सुर्दशन बराल
बुधबार, जेठ २८, २०८२
बुटवल - प्रेस सेन्टर नेपालको आयोजनामा र बुटवल उपमहानगरको सहयोगमा सञ्चालित तीन दिने समावेशी पत्रकारिता क्षमता विकास तालिम सम्पन्न भएको छ । मङ्गलवार भएको समापन समारोहमा बोल्दै नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले पत्रकारहरूले जनताको पक्षमा लेख्ने आँट नगर्ने हो भने समाज अन्धकार हुने बताए । संसारभर नै...
बुटवल - प्रेस सेन्टर नेपालको आयोजनामा र बुटवल उपमहानगरको सहयोगमा सञ्चालित तीन दिने समावेशी पत्रकारिता क्षमता विकास तालिम सम्पन्न भएको छ । मङ्गलवार भएको समापन समारोहमा बोल्दै नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले पत्रकारहरूले जनताको पक्षमा लेख्ने आँट नगर्ने हो भने समाज अन्धकार हुने बताए । संसारभर नै पश्चगामी शक्तिको उदय हुने परिस्थिति निर्माण हुँदै गइरहेको उल्लेख गर्दै नेता बरालले समाजलाई अगाडी बढाउन पत्रकारहरू सचेत हुनु पर्ने बताए । शासकहरू दलाल बिचौलियाको प्रभावमा परेर श्रमजीवी वर्गको रोजीरोटी खोस्न उद्धत रहेको बताउँदै श्रमजीवी वर्गको पक्षमा कलम चलाउन आग्रह गरे ।
टोखामा गोली चल्दा २ घाईते
मंगलबार, जेठ २७, २०८२
काठमाडौं - टोखामा गोली चल्दा दुईजना घाइते भएका छन् । मंगलबार दिउँसो ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध रहेको आशंकामा प्रहरीले एउटा समूहलाई पछ्याउने क्रममा गोली चलेको हो । लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिनका निम्ति गोली चलाइएको नेपाल प्रहरीको लागुऔषध नियन्त्रण व्युरोका प्रमुख एसएसपी कृष्णप्रसाद कोइरालाले बताए । प्रहरीले गोली चलाएर दुई भारतीय...
काठमाडौं - टोखामा गोली चल्दा दुईजना घाइते भएका छन् । मंगलबार दिउँसो ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध रहेको आशंकामा प्रहरीले एउटा समूहलाई पछ्याउने क्रममा गोली चलेको हो । लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिनका निम्ति गोली चलाइएको नेपाल प्रहरीको लागुऔषध नियन्त्रण व्युरोका प्रमुख एसएसपी कृष्णप्रसाद कोइरालाले बताए । प्रहरीले गोली चलाएर दुई भारतीय र थप अरु दुई गरी चार जनालाई नियन्त्रणमा लिएको छ ।


