संयुक्त परिवारमा खुसी : चुनौतीहरू र समाधानहरू
शनिबार, असार २८, २०८२
समाज बदलिँदै छ, गति बढिरहेको छ। सहरको आकर्षण, शिक्षा, रोजगारी र आधुनिक जीवनशैलीको खोजीले संयुक्त परिवारको संरचना साँघुरिँदै गएको छ। हिजोसम्म जहाँ हामी "हामी" थियौँ, आज त्यहाँ "म" मात्रै बाँकी छ। बालबालिकाले हजुरबुवा-हजुरआमाको न्यानो माया र ज्ञानबाट वञ्चित हुनुपर्छ, जसले उनीहरूको संस्कार र नैतिकताको विकासमा कमी ल्याउन सक्छ।

सम्बन्धमा विष घोल्ने प्रवृत्ति : कसरी चिन्ने र कसरी जोगिने?
शनिबार, असार २१, २०८२
सम्बन्धहरू मानव जीवनका आधार हुन्, जसले हामीलाई माया, समर्थन र खुशी दिन्छन्। तर, सबै सम्बन्धहरू सुनौलो हुँदैनन्। कहिलेकाहीँ, हामी आफैंलाई यस्तो जालोमा फसेको पाउँछौं जहाँ सम्बन्धले पोषणको सट्टा विष घोल्न थाल्छ। 'विषालु सम्बन्ध' (Toxic Relationships) भनिने यी बन्धनहरूले हाम्रो मानसिक, भावनात्मक र शारीरिक स्वास्थ्यलाई भित्रैदेखि कमजोर पार्छन्। मनोवैज्ञानिक लिलीयन ग्लासले...

एसईई (SEE) नतिजा : Gen Z को मनोविज्ञान बुझेर व्यवहार गरौँ
शुक्रबार, असार १३, २०८२
कुनै एउटा परीक्षाको नतिजाले विद्यार्थीको सम्पूर्ण क्षमता, ज्ञान र भविष्यको निर्धारण गर्न कदापि सक्दैन। हरेक व्यक्तिमा फरक-फरक प्रतिभा र रुचि हुन्छन्। कसैलाई सैद्धान्तिक ज्ञानमा रुचि हुन सक्छ भने कसैलाई व्यावहारिक सीप वा रचनात्मक क्षेत्रमा। परीक्षाले विद्यार्थीको स्मरण शक्ति र निश्चित पाठ्यक्रममा आधारित ज्ञानको मात्र परीक्षण गर्छ। जीवनमा सफल हुन आवश्यक...

लागुऔषध दुर्व्यसन: खुला सिमानाको अभिशाप र भत्कँदो युवा भविष्य
बिहीबार, असार १२, २०८२
किशोरावस्था र युवावस्था संवेदनशील चरण हो। यो उमेरमा उनीहरू सामाजिक, भावनात्मक र मानसिक रूपमा अस्थिर हुने गर्छन्। साथीहरूको प्रभाव, कौतुहलता, र प्रचार माध्यममा देखाइने 'ग्ल्यामराइज्ड' जीवनशैलीका कारण उनीहरू लागूऔषधप्रति आकर्षित हुने गर्छन्। खुला सिमानाबाट सस्तो मूल्यमा लागू औषध सहजै उपलब्ध हुने अवस्था छ। तस्करहरूको जालो सहरदेखि गाउँसम्म फैलिएको छ। विद्यालय...

सेल्फ-केयर : आजको सबैभन्दा क्रान्तिकारी अभ्यास
शनिबार, असार ७, २०८२
जीवनको पेचिलो यथार्थ यही हो – बाहिरी संसार तब मात्र सुन्दर लाग्छ, जब भित्रको संसार सन्तुलित हुन्छ। आजको समय, जहाँ व्यस्तता, अपेक्षा र डिजिटल कोलाहलले व्यक्तिलाई थकित तुल्याइरहेको छ, त्यहाँ आत्म–हेरचाह (Self-care) केवल एक विकल्प होइन, अस्तित्वकै आधार बन्दै गएको छ। सेल्फ-केयर भन्नेबित्तिकै कतिपयको मनमा "अरूबाट टाढा हुनु" वा "केवल...

रमा बस्नेत प्रकरण: अभिव्यक्ति स्वतन्त्रता कि साइबर अराजकता?
सोमबार, असार २, २०८२
रमा बस्नेत, खोटाङकी स्थायी बासिन्दा र हाल भक्तपुरमा बसोबास गर्दै आएकी ३१ वर्षीया महिला हुन्। उनले आफ्ना टिकटक भिडियोहरूमा विभिन्न सार्वजनिक व्यक्तित्व, संस्था, जातीय–साम्प्रदायिक विषयहरूलाई लिएर धारिलो, विवादास्पद र भावनात्मक सामग्री प्रस्तुत गर्दै आएकी थिइन्। प्रहरीले उनलाई साइबर अपराध ऐन, २०६३ अन्तर्गत विभिन्न उपधाराहरूमा कारबाही प्रक्रिया अघि बढाउँदै अनुसन्धान गरिरहेको...

सम्बन्धमा सीमा निर्धारण (Boundary Setting) को महत्त्व
शनिबार, जेठ ३१, २०८२
हाम्रो जीवनमा सम्बन्धहरू अपरिहार्य छन्। चाहे त्यो परिवारसँगको होस्, साथीहरूसँगको होस्, सहकर्मीहरूसँगको होस् वा प्रेमी-प्रेमिकाका बिचको होस्, हरेक सम्बन्धले हाम्रो जीवनमा गहिरो प्रभाव पार्दछ। यी सम्बन्धहरू स्वस्थ र दिगो बनाउनका लागि सीमा निर्धारण (Boundary Setting) अपरिहार्य छ। स्वस्थ सम्बन्धको जग भनेकै एक-अर्काको सीमालाई सम्मान गर्नु हो।

बाहिरी दबाब र सम्बन्ध : मानसिक स्वास्थ्यका आयामहरू
शनिबार, जेठ २४, २०८२
आजको दौडधुप र जटिल सम्बन्धहरूको युगमा मानिसले मानसिक स्वास्थ्यलाई जति आवश्यक ठान्नु पर्ने हो, त्यति ठानिएको छैन। देखिने दुखाइको उपचार हामी तुरुन्त गर्छौं, तर नदेखिने मानसिक बोझलाई समाजले अझै उपेक्षा गर्छ। विशेषतः बाहिरी दबाब र व्यक्तिगत सम्बन्धले हाम्रो मानसिक स्थितिमा कति गहिरो असर पारिरहेको छ भन्ने विषयमा खासै चर्चा हुँदैन।...

पुरुषको मौनता: असहयोगका अदृश्य कारणहरू?
शनिबार, जेठ १७, २०८२
दाम्पत्य जीवनमा असहयोगको मुद्दाले अक्सर महिलाको पीडालाई मात्र उजागर गर्छ, तर पुरुषको असहयोगी व्यवहारका पछाडिका जटिल मनोवैज्ञानिक र सामाजिक कारणहरू प्रायः छायामा पर्छन्। के पुरुषहरू जानीजानी असहयोगी हुन्छन्, वा उनीहरू स्वयं अदृश्य दबाब र अपेक्षाका सिकार हुन्?

नेताको विकल्प खोजौँ,गणतन्त्रको हाेइन्
बिहीबार, जेठ १५, २०८२
मुलुकमा राजावादीहरूले प्रतिगमनका लागि बल गरिरहेका छन् । जबकि यो कुरा असम्भव प्राय छ । आजको युग कर्मका आधारमा श्रेष्ठता हासिल गर्ने र जनताले अनुमोदन गर्ने युगमा आइपुगेको छ । तर, नेपालमा वंशको आधारमा कोही राजा हुने कोही तल्लो हुने शासनको वकालत गर्ने तप्का देखिनु आफैमा विडम्बनापूर्ण छ । राजतन्त्रको...

असहयोगी श्रीमान : मौनताको मूल्य र सम्बन्ध विच्छेदको जोखिम
मंगलबार, जेठ १३, २०८२
दाम्पत्य जीवन, जहाँ दुई व्यक्ति एक अर्काका आधार बन्ने वाचा गर्छन्, कहिलेकाहीँ मौन अपेक्षा र अलिखित नियमहरूको बोझले थिचिन पुग्छ। नेपाली समाजमा 'असहयोगी श्रीमान्' को मुद्दा अझै पनि पर्दाभित्रै छ, किनकि पितृसत्तात्मक विरासतले पुरुषको भूमिकालाई 'कमाउने' मा सीमित गरिदिन्छ र घरभित्रका जिम्मेवारीलाई महिलाको स्वाभाविक कर्तव्य ठानिन्छ। तर, जब सँगै हिँड्ने...

बौद्ध दर्शनको विकासमा सञ्चारको योगदान
मंगलबार, जेठ १३, २०८२
गौतम बुद्धको जन्म, जीवन र महापरिनिर्वाण पश्चात् बौद्ध धर्म—दर्शनको विस्तारका क्रममा यहाँसम्म आउँदा सञ्चारको अन्योन्याश्रित सम्बन्ध रहेको पाइन्छ । बौद्ध धर्म–दर्शनको सञ्चारमा चिनियाँ–यात्री फाइह्यानको यात्रा विवरण र तिब्बतको दिस्पोराले महत्त्वपूर्ण योगदान पुर्याएको देखिन्छ । सञ्चार नभएको भए आजको बौद्ध धर्म—दर्शन उति बेलै लोप हुने थियो । गौतम बुद्धद्वारा प्रतिपादित धर्म—दर्शनको...