एमाले पुनर्गठनका लागि लुम्बिनीमा संकलन गरिँदै सुझाव
बिहीबार, असार ४, २०८३
सडक दुर्घटना न्यूनीकरणका लागि विशेष योजना आवश्यक : मुख्यमन्त्री आचार्य
बिहीबार, असार ४, २०८३
बुटवल - लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि विशेष योजना बनाएर प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ । लुम्बिनी प्रदेश स्तरीय ट्राफिक व्यवस्थापन समीक्षा गोष्ठी २०८३ को बिहिवार बुटवलमा उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले विशेषगरी मानवीय त्रुटि, लापरबाही र ट्राफिक नियमको पालना नगर्दा दुर्घटना बढिरहेको उल्लेख गर्दै दुर्घटना...
बुटवल - लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि विशेष योजना बनाएर प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ । लुम्बिनी प्रदेश स्तरीय ट्राफिक व्यवस्थापन समीक्षा गोष्ठी २०८३ को बिहिवार बुटवलमा उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले विशेषगरी मानवीय त्रुटि, लापरबाही र ट्राफिक नियमको पालना नगर्दा दुर्घटना बढिरहेको उल्लेख गर्दै दुर्घटना न्यूनिकरणकालागि बिशेष याेजना निर्माण गरेर कार्यान्वयन गर्नुपर्ने बताउनुभएकाे हाे ।
रुपन्देहीकाे तारिख बुझ्न काठमाडाैं अदालतमा रवि लामिछाने
बिहीबार, असार ४, २०८३
काठमाडौं - रास्वपाका सभापति रवि लामिछाने तारिख बुझ्न काठमाडौं जिल्ला अदालत पुगेका छन् । उनले यो तारिख बुझ्न रुपन्देही जिल्ला अदालतमा उपस्थित हुनुपर्ने हो । तर रुपन्देही जिल्ला अदालतले काठमाडाैंमै तारिख बुझ्न दिएको अनुमतिअनुसार लामिछाने बिहीबार काठमाडौं जिल्ला अदालत पुगेका हुन् ।

पहिलो पाइला बुटवलद्वारा उद्घोषण तथा आरजे–भिजे अभिमुखीकरण सम्पन्न
बिहीबार, असार ४, २०८३
बुटवल - पहिलो पाइला नेपाल बुटवल शाखाको आयोजनामा उद्घोषण तथा आरजे–भिजे अभिमुखीकरण कार्यक्रम बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख अर्यालले देशको विकास, समृद्धि र सामाजिक रूपान्तरणमा युवाहरूको महत्वपूर्ण भूमिका रहने बताइन्।

तिलोत्तमाले ल्यायो नीति तथा कार्यक्रम
बिहीबार, असार ४, २०८३
बुटवल - तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम नगर सभामा पेस गरेको छ । नगर प्रमुख रामकृष्ण खाँणले नगर सभाको २१औं अधिवेशनको पहिलो बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।
नीति तथा कार्यक्रममा शिक्षा र स्वास्थ्य ,कृषि तथा पशुपालन, पूर्वाधार विकास, सुशासन र डिजिटल सेवा,...
बुटवल - तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम नगर सभामा पेस गरेको छ । नगर प्रमुख रामकृष्ण खाँणले नगर सभाको २१औं अधिवेशनको पहिलो बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।
नीति तथा कार्यक्रममा शिक्षा र स्वास्थ्य ,कृषि तथा पशुपालन, पूर्वाधार विकास, सुशासन र डिजिटल सेवा, पर्यटन र वातावरण, महिला, युवा र उद्यमशीलता, रोजगार, सिप तथा उद्यमशीलता विकासलाई प्राथमिकता दिइएको छ।
निर्माण व्यवसायीद्धारा असुरक्षित भएको गुनासो
बिहीबार, असार ४, २०८३
बुटवल - भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री सुनिल लम्सालले ‘काम नगर्ने ठेकेदारको खुट्टा भाँचिदिनू’ भनी दिएको सार्वजनिक अभिव्यक्तिप्रति लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीले आपत्ति जनाएको छ ।संघले बुधबार बुटवलमा पत्रकार सम्मेलन गर्दै उक्त अभिव्यक्तिले निर्माण व्यवसायीहरूको मानमर्दनसंगै आक्रोशित, दुःखी तथा असुरक्षित महसुस गराएको बताएको छ ।

बुटवल उपमहानगरले ल्यायाे ०८३ /०८४ को नीति तथा कार्यक्रम
शुक्रबार, जेठ २९, २०८३
बुटवल - बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३ /०८४ को नीति तथा कार्यक्रम शुक्रबार सार्वजनिक गरेको छ । शिक्षा, स्वास्थ्य, सीप र रोजगारलाई केन्द्रमा राख्दै नगर प्रमुख खेलराज पाण्डेयले नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

सुस्तामा भारतीय सेना हतियारसहित पसेपछि स्थानीयको प्रतिकार
शुक्रबार, जेठ २९, २०८३
बुटवल- नवलपरासी पश्चिमको सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी हतियारसहित प्रवेश गरेका छन्। भारतीय सुरक्षाकर्मी हतियारसहित गस्तीमा आएपछि स्थानीयले प्रतिकार गरेका छन्। नीयले नेपालमा नआउन भन्दै होहल्ला गरेपछि भारतीय सुरक्षाकर्मी फिर्ता गएका छन्। सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जैसवालका अनुसार सीमा क्षेत्रमा रहेको खोला तरेर नेपालतिर गस्तीमा भारतीय सुरक्षाकर्मी छिरेपछि स्थानीयले प्रतिकार...
बुटवल- नवलपरासी पश्चिमको सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी हतियारसहित प्रवेश गरेका छन्। भारतीय सुरक्षाकर्मी हतियारसहित गस्तीमा आएपछि स्थानीयले प्रतिकार गरेका छन्। नीयले नेपालमा नआउन भन्दै होहल्ला गरेपछि भारतीय सुरक्षाकर्मी फिर्ता गएका छन्। सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जैसवालका अनुसार सीमा क्षेत्रमा रहेको खोला तरेर नेपालतिर गस्तीमा भारतीय सुरक्षाकर्मी छिरेपछि स्थानीयले प्रतिकार गर्दै रोकेपछि केही समय विवाद भएको थियो। सुस्ता बचाउ अभियानका उपाध्यक्ष आदम खाँले भारतीय सुरक्षाकर्मीलाई लखेटेको बताए।
फ्लाई दुबईको पोखरा- दुबईको टिकट बुकिंङ खुला, भाडा करिब ९१ हजार
शुक्रबार, जेठ २९, २०८३
पोखरा - पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडान सुरु गर्ने तयारीमा रहेको विश्वप्रसिद्ध वायुसेवा कम्पनी फ्लाई दुबईले पोखरा–दुबई र दुबई–पोखरा रुटका लागि टिकट बुकिङ खुला गरेको छ । कम्पनीले सन् २०२६ सेप्टेम्बर २३ देखि नियमित उडान सञ्चालन गर्ने तयारीसहित बुकिङ सुरु गरेको हो ।

ज्ञानपुञ्जमा नमूना संसदीय अभ्यास
बुधबार, जेठ २७, २०८३
बुटवल - संघीय संसद्को झल्को दिनेगरी बुटवल १३ नहरपुर स्थित ज्ञानपुञ्ज इंगलिश सेकेन्डरी स्कूलमा बुधबार नमुना संसद् अभ्यास गराइएको छ । कक्षा १० का विद्यार्थीहरुका लागि लोकतन्त्र, संसदीय प्रक्रिया तथा विधिको शासनका बारेमा व्यवहारिक ज्ञान दिने उदेश्यले नमूना संसद कार्यक्रम अन्तर्गत अभ्यास गराइएको हो ।

ज्ञानपुञ्ज एलुम्नाई संघ गठन, सिद्धार्थ कँडेल अध्यक्षमा निर्वाचित
सोमबार, जेठ २५, २०८३
बुटवल- ज्ञानपुञ्ज माध्यमिक विद्यालयमा “ज्ञानपुञ्ज एलुम्नाई मिट–२०८३” सोमबार सम्पन्न भएको छ । विद्यालय सभाहलमा आयोजित उक्त कार्यक्रममा कक्षा १० तथा १२ उत्तीर्ण गरी विभिन्न क्षेत्रमा क्रियाशील करिब ८० जना पूर्व विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

आर्थिक विधेयक र एमआरपीबारे उद्योगी–व्यवसायीहरुलाई अभिमुखीकरण
सोमबार, जेठ २५, २०८३
भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले आर्थिक विधेयक २०८३ ले भन्सार क्षेत्रमा ल्याएका परिवर्तन, सहुलियत तथा छुटका व्यवस्थाबारे जानकारी दिएका थिए । यस्तै, घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीकी प्रमुख धर्मा अर्याल बेलवासेले एमआरपी कार्यान्वयनसँग सम्बन्धित कानुनी तथा व्यवहारिक पक्षबारे प्रस्तुति दिएकी थिइन् ।

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्रीको शपथ
सोमबार, जेठ २५, २०८३
दाङ- लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठनसँगै नव नियुक्त पाँच जना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगर ले सोमवार नव नियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन ।