Lumbini Rise
लुम्बिनी राइज
लुम्बिनी राइज
रुपन्देही ४ मा एमालेका प्रमोद यादवको अग्रता
रुपन्देही ४ मा एमालेका प्रमोद यादवको अग्रता बुटवल - रुपन्देही क्षेत्रनम्बर ४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेले सुरुआती अग्रता लिएको छ । ८ हजार ४६३ मत गणना हुँदा एमालेका उम्मेदवार प्रमोद यादवले २६९८ मत पाएर अग्रता लिएका हुन् । नेपाली कांग्रेसका आशुतोष मिश्रले २२४७, रास्वपाका कन्हैया बनियाँले १८३०, जसपा नेपालका सर्वेन्द्रनाथ शुक्लाले ६६९, जनमत पार्टीका भोपेन्द्र... बुटवल - रुपन्देही क्षेत्रनम्बर ४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेले सुरुआती अग्रता लिएको छ । ८ हजार ४६३ मत गणना हुँदा एमालेका उम्मेदवार प्रमोद यादवले २६९८ मत पाएर अग्रता लिएका हुन् । नेपाली कांग्रेसका आशुतोष मिश्रले २२४७, रास्वपाका कन्हैया बनियाँले १८३०, जसपा नेपालका सर्वेन्द्रनाथ शुक्लाले ६६९, जनमत पार्टीका भोपेन्द्र यादवले २१९ मत, राप्रपाका अनिउद्दिन खानले १२९ र नेकपाका बावुलाल यादवले ४७ मत पाएका छन् ।
रुकुमपूर्वमा मतगणना सुरु : प्रचण्डसहित ११ उम्मेदवार प्रतिस्पर्धामा
रुकुमपूर्वमा मतगणना सुरु : प्रचण्डसहित ११ उम्मेदवार प्रतिस्पर्धामा रुकुमपूर्व - हिमाली जिल्ला रुकुमपूर्वको एकमात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्रको मतगणना शुक्रबार बिहानदेखि रूपमा सुरु भएको छ ।बिहीबार मतदान सम्पन्न भएलगत्तै रातभर लगाएर संकलन गरिएका मतपेटिकाहरू मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइपुर्‍याएपछि गणना सुरु भएको छ । रुकुमपूर्व - हिमाली जिल्ला रुकुमपूर्वको एकमात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्रको मतगणना शुक्रबार बिहानदेखि रूपमा सुरु भएको छ ।बिहीबार मतदान सम्पन्न भएलगत्तै रातभर लगाएर संकलन गरिएका मतपेटिकाहरू मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइपुर्‍याएपछि गणना सुरु भएको छ ।
रूपन्देही २ : विष्णुलाइ फराकिलो मतान्तरले पछि पार्दै रास्वपाका सुल
रूपन्देही २ : विष्णुलाइ फराकिलो मतान्तरले पछि पार्दै रास्वपाका सुल बुटवल- प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही २ बाट उम्मेदवार रहेका रास्वपाका सुलभ खरेल पूर्वअर्थमन्त्री तथा एमाले उम्मेदवार विष्णु पौडेलमाथि सुरुवातमै हावी देखिएका छन् । बुटवल- प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही २ बाट उम्मेदवार रहेका रास्वपाका सुलभ खरेल पूर्वअर्थमन्त्री तथा एमाले उम्मेदवार विष्णु पौडेलमाथि सुरुवातमै हावी देखिएका छन् ।
रुपन्देहीमा ४ लाख ३७ हजार ३४८ (६५.०३ ) मत खस्याे
रुपन्देहीमा ४ लाख ३७ हजार ३४८ (६५.०३ ) मत खस्याे बुटवल - रुपन्देहीका ५ वटा निर्वाचन क्षेत्रमा कुल ४ लाख ३७ हजार ३४८ (६५.०३ ) मत खसेको अनुमान गरिएकाे छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका ६५ प्रतिशत बढी मत खसेको जनाएकाे हाे । बुटवल - रुपन्देहीका ५ वटा निर्वाचन क्षेत्रमा कुल ४ लाख ३७ हजार ३४८ (६५.०३ ) मत खसेको अनुमान गरिएकाे छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका ६५ प्रतिशत बढी मत खसेको जनाएकाे हाे ।
माग पूरा नभएपछि दाङ  ३ का २  मतदान केन्द्रमा मतदान बहिस्कार
माग पूरा नभएपछि दाङ ३ का २ मतदान केन्द्रमा मतदान बहिस्कार दाङ - दाङको क्षेत्र नं ३ अन्तर्गतका २ वटा मतदान केन्दमा स्थानीयले मतदान बहिस्कार गरेका छन् । तीन निर्वाचन क्षेत्र रहेको सो जिल्लाका सबै केन्द्रहरुमा उत्साहपूर्वक मतदान भइरहँदा क्षेत्र नं ३ को बबई गाउपालिका वडा न १ स्थित जनता माध्यमिक विद्यालय केन्द्र रहेको जिला केन्दमा १० वटा मात्र मतदान भएको... दाङ - दाङको क्षेत्र नं ३ अन्तर्गतका २ वटा मतदान केन्दमा स्थानीयले मतदान बहिस्कार गरेका छन् । तीन निर्वाचन क्षेत्र रहेको सो जिल्लाका सबै केन्द्रहरुमा उत्साहपूर्वक मतदान भइरहँदा क्षेत्र नं ३ को बबई गाउपालिका वडा न १ स्थित जनता माध्यमिक विद्यालय केन्द्र रहेको जिला केन्दमा १० वटा मात्र मतदान भएको छ भने बबई गाउँपालिका वडान ७ मलईमा रहेको देउती मावि तल्लो मलई मतदान केन्द्रमा हालसम्म १ मत पनि खसेको छैन ।
देशभर शान्तिपूर्ण रुपमा सकियाे निर्वाचन
देशभर शान्तिपूर्ण रुपमा सकियाे निर्वाचन काठमाडौं - छिटपुट सामान्य घटनाबाहेक प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान आज देशभर शान्तिपूर्ण र उत्साहपूर्वक सम्पन्न भएको छ । निर्वाचन आयोगद्वारा निर्धारित समयअनुसार बिहान ७ः०० बजेदेखि सुरु भएको मतदान साँझ ५ः०० बजे सम्पन्न भएको हो । काठमाडौं - छिटपुट सामान्य घटनाबाहेक प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान आज देशभर शान्तिपूर्ण र उत्साहपूर्वक सम्पन्न भएको छ । निर्वाचन आयोगद्वारा निर्धारित समयअनुसार बिहान ७ः०० बजेदेखि सुरु भएको मतदान साँझ ५ः०० बजे सम्पन्न भएको हो ।
रुपन्देहीमा मतदानको समय सकियाे , ६० देखि ६५ प्रतिशत मत खसेकाे अनुमान
रुपन्देहीमा मतदानको समय सकियाे , ६० देखि ६५ प्रतिशत मत खसेकाे अनुमान  रुपन्देहीका ५ वटा निर्वाचन क्षेत्रमा मतदानकाे समय सकिएकाे छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ५ बजेसम्म मतदानकाे समय ताेकिएकाे भएपनि लाइनमा रहेकाहरुकाे मतदान जारी छ ।  रुपन्देहीका ५ वटा निर्वाचन क्षेत्रमा मतदानकाे समय सकिएकाे छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ५ बजेसम्म मतदानकाे समय ताेकिएकाे भएपनि लाइनमा रहेकाहरुकाे मतदान जारी छ ।
देशभर​ ४ बजेसम्म ४५ प्रतिशत मत खस्यो   ​
देशभर​ ४ बजेसम्म ४५ प्रतिशत मत खस्यो ​ काठमाडौँ - प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत बिहीबार दिउँसो करिब ४ बजेसम्म देशभर ४५ प्रतिशत मत खसेको छ। प्राप्त अद्यावधिक तथ्याङ्कअनुसार हालसम्म देशभरका कुल १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदातामध्ये ८४ लाख ६० हजार ६ सय ७७ जनाले आफ्नो मताधिकार प्रयोग गरिसकेका छन् । काठमाडौँ - प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत बिहीबार दिउँसो करिब ४ बजेसम्म देशभर ४५ प्रतिशत मत खसेको छ। प्राप्त अद्यावधिक तथ्याङ्कअनुसार हालसम्म देशभरका कुल १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदातामध्ये ८४ लाख ६० हजार ६ सय ७७ जनाले आफ्नो मताधिकार प्रयोग गरिसकेका छन् ।
मतपत्रमा हस्ताक्षर नभएको भेटिएपछि सन्धिखर्क–४ मा रोकियो मतदान
मतपत्रमा हस्ताक्षर नभएको भेटिएपछि सन्धिखर्क–४ मा रोकियो मतदान अर्घाखाँची- अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं. ४ मा मतदानका क्रममा विवाद उत्पन्न भएपछि मतदान अस्थायी रूपमा रोकिएको छ। मतदानका लागि प्रयोग भएका केही मतपत्रहरूमा मतदान अधिकृतको हस्ताक्षर नभएको भेटिएपछि विवाद सिर्जना भएको हो। अर्घाखाँची- अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं. ४ मा मतदानका क्रममा विवाद उत्पन्न भएपछि मतदान अस्थायी रूपमा रोकिएको छ। मतदानका लागि प्रयोग भएका केही मतपत्रहरूमा मतदान अधिकृतको हस्ताक्षर नभएको भेटिएपछि विवाद सिर्जना भएको हो।
रुपन्देहीमा ६० प्रतिशत मत खस्यो 
रुपन्देहीमा ६० प्रतिशत मत खस्यो  बुटवल -  ५ वटा निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा ६० प्रतिशत मतदान भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार साँढे ३ बजेसम्म ६० प्रतिशत बढी मत खसेको हो । केही निर्वाचन क्षेत्रमा ७० प्रतिशत पनि मत खसिसकेको मुख्य निर्वाचन अधिकृत अशोक कुमार बस्नेतले जानकारी दिए । बुटवल -  ५ वटा निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा ६० प्रतिशत मतदान भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार साँढे ३ बजेसम्म ६० प्रतिशत बढी मत खसेको हो । केही निर्वाचन क्षेत्रमा ७० प्रतिशत पनि मत खसिसकेको मुख्य निर्वाचन अधिकृत अशोक कुमार बस्नेतले जानकारी दिए ।
रूपन्देही २ :  नेकपा उम्मेद्वार विश्वदीपले गरे मतदान
रूपन्देही २ : नेकपा उम्मेद्वार विश्वदीपले गरे मतदान बुटवल - रूपन्देही २ का नेकपा उम्मेद्वार सुभाष पाण्डे विश्वदीपले मतदान गरेका छन । उनले सैनामैना पर्राेहा परमेश्वर माविमा मतदान गरेका हुन्।  बुटवल - रूपन्देही २ का नेकपा उम्मेद्वार सुभाष पाण्डे विश्वदीपले मतदान गरेका छन । उनले सैनामैना पर्राेहा परमेश्वर माविमा मतदान गरेका हुन्। 
रुपन्देही २ : काँग्रेस उम्मेद्वार चुन्न पाैडेलले गरे मतदान
रुपन्देही २ : काँग्रेस उम्मेद्वार चुन्न पाैडेलले गरे मतदान बुटवल - रूपन्देही निर्वाचन क्षेत्र २ प्रतिनिधिसभा सदस्य उम्मेद्वार चुन्न प्रसाद पाैडेलले कान्ति मावि बुटवलमा मतदान गरेका छन् ।उनले सो केन्द्रमा पहिलो मत खसाल्दै आफ्नो मतदान अधिकार प्रयोग गरेका हुन् । बिहानै मतदान केन्द्रमा पुगेका उम्मेद्वार शर्मा मतदानपछि उत्साहित देखिएका थिए । सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले लोकतन्त्रको उत्सवमा सहभागी... बुटवल - रूपन्देही निर्वाचन क्षेत्र २ प्रतिनिधिसभा सदस्य उम्मेद्वार चुन्न प्रसाद पाैडेलले कान्ति मावि बुटवलमा मतदान गरेका छन् ।उनले सो केन्द्रमा पहिलो मत खसाल्दै आफ्नो मतदान अधिकार प्रयोग गरेका हुन् । बिहानै मतदान केन्द्रमा पुगेका उम्मेद्वार शर्मा मतदानपछि उत्साहित देखिएका थिए । सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले लोकतन्त्रको उत्सवमा सहभागी हुन आम मतदातालाई उत्साह, आशा र भरोसाका साथ मतदान गर्न अपिल गरे ।
Weather Update