रुपन्देहीमा बुटवलसहित तिलोत्तमा र सैनामैनामा कोरा २०२५ हुँदै
बिहीबार, साउन १, २०८२

ग्रामिण लघुवित्तका संस्थापक शेयरधनी महिलाले बुझाए ध्यानाकर्षण पत्र
बिहीबार, साउन १, २०८२
बुटवल- ग्रामिण बिकास लघुवित्त वित्तिय संस्था लि.का शेयरधनी महिलाहरुले साधारण सभाको निर्णय सच्याउन माग गर्दै प्रमुख कार्यकारी अधिकृतको ध्यानाकर्षण गराएका छन् ।गत असार २८ गते सम्पन्न दशौं साधारण सभाले गरेको मर्जरको निर्णय खारेजीको माग गर्दै संस्थापक महिला शेयरधनिहरुले प्रधान कार्यालय बुटवलमा पुगेर प्रमुख कार्यकारी अधिकृत श्याम कुमार कटुवाललाई ध्यानाकर्षण गराएका...
बुटवल- ग्रामिण बिकास लघुवित्त वित्तिय संस्था लि.का शेयरधनी महिलाहरुले साधारण सभाको निर्णय सच्याउन माग गर्दै प्रमुख कार्यकारी अधिकृतको ध्यानाकर्षण गराएका छन् ।गत असार २८ गते सम्पन्न दशौं साधारण सभाले गरेको मर्जरको निर्णय खारेजीको माग गर्दै संस्थापक महिला शेयरधनिहरुले प्रधान कार्यालय बुटवलमा पुगेर प्रमुख कार्यकारी अधिकृत श्याम कुमार कटुवाललाई ध्यानाकर्षण गराएका हुन ।

गत वर्ष भन्दा १ खर्ब २० अर्ब राजस्व वृद्धि
बिहीबार, साउन १, २०८२
काठमाडौं - आर्थिक वर्ष २०८१/०८२ मा ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ बराबर राजस्व संकलन भएको छ । आर्थिक वर्ष २०८०/०८१ को भन्दा यो १ खर्ब २० अर्ब बढी हो । प्रतिशतका आधारमा ११.३३ प्रतिशत वृद्धि हो । आर्थिक वर्ष २०८०/०८१ मा १० खर्ब ५८ अर्ब राजस्व संकलन भएको...
काठमाडौं - आर्थिक वर्ष २०८१/०८२ मा ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ बराबर राजस्व संकलन भएको छ । आर्थिक वर्ष २०८०/०८१ को भन्दा यो १ खर्ब २० अर्ब बढी हो । प्रतिशतका आधारमा ११.३३ प्रतिशत वृद्धि हो । आर्थिक वर्ष २०८०/०८१ मा १० खर्ब ५८ अर्ब राजस्व संकलन भएको थियो ।आर्थिक वर्ष २०८१/०८२ मा १४ खर्ब १९ अर्ब राजस्व संकलन गर्ने लक्ष्य थियो । अर्ध वार्पिक समीक्षामा संशोधन गरी १२ खर्ब ८६ अर्बको लक्ष्य तय गरिएको थियो। संशोधित लक्ष्य अनुसार ९१.६० प्रतिशत राजस्व संकलन भएको छ ।

अब रास्वपाको उम्मेदवार बन्न प्राइमरी इलेक्सन जितेर मात्र नपुग्ने
बिहीबार, साउन १, २०८२
काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियामा परिवर्तन गरेको छ । यसअघि पार्टीभित्रको प्रारम्भिक निर्वाचनमार्फत उम्मेदवार छनोट हुँदै आएकोमा अहिले त्यसमा परिवर्तन गरिएको पार्टीका सहमहामन्त्री विपिन कुमार आचार्यले जानकारी दिए । अब रास्वपाबाट उम्मेदवार बन्नको लागि प्रारम्भिक निर्वाचन मात्र जितेर नपुग्ने भएको छ ।

सरकारले जहाँ टेक्छ, त्यहीं भ्रष्टाचार : प्रचण्ड
बिहीबार, साउन १, २०८२
बिहीबार ललितपुरमा श्रम उत्पादनमा वाईसीएल अभियानको शुभारम्भ गर्दै प्रचण्डले संविधान, गणतन्त्र, सुशासन, सामाजिक न्याय र समृद्धिका दृष्टिले मुलुक निकै जटिल अवस्थामा पुगेको उल्लेख गरे।उनले अहिलेको सरकारले जहाँ टेक्छ, त्यहीं भ्रष्टाचार हुने गरेको आरोप लगाए। साथै, वर्तमान सरकार सुशासनको विपक्षमा उभिएको र देशलाई असफलतातर्फ लैजाने दिशामा अघि बढेको टिप्पणी गरे।

मालपोत अधिकृतलाई फिर्ता गराउन आएका थिए, मैले नमानेपछि अडियो ल्याए : मन्त्री अधिकारी
बिहीबार, साउन १, २०८२
काठमाडौं - भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले अडिओमार्फत आफ्नो चरित्र हत्या गर्ने प्रयास भएको बताएका छन् । एक वर्षे उपलब्धी सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले योजना पूरा नभएपछि चरित्र हत्या गर्न अडिओ बाहिर आएको बताएका हुन् ।

कपिलवस्तुमा सर्पको टोकाइबाट १४ महिने शिशुको मृत्यु
बिहीबार, साउन १, २०८२
कपिलबस्तु– कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ मा सर्पदंशका कारण १४ महिने शिशुको मृत्यु भएको छ । झगरु पासवानकी छोरी सङ्गीता पासवानको गएराति सुतिरहेको अवस्थामा सर्पले डसेर मृत्यु भएको हो । सर्पले डसेपछि अचेत भएकी उनलाई तत्काल उपचारका लागि बहादुरगञ्ज अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि गोरुसिङ्गे सर्पदंश उपचार केन्द्र पठाइएको...
कपिलबस्तु– कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ मा सर्पदंशका कारण १४ महिने शिशुको मृत्यु भएको छ । झगरु पासवानकी छोरी सङ्गीता पासवानको गएराति सुतिरहेको अवस्थामा सर्पले डसेर मृत्यु भएको हो । सर्पले डसेपछि अचेत भएकी उनलाई तत्काल उपचारका लागि बहादुरगञ्ज अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि गोरुसिङ्गे सर्पदंश उपचार केन्द्र पठाइएको थियो।

कालीगण्डकी करिडोरकाे बौदीकालीमा दुर्घटना, चार जना घाइते
बिहीबार, साउन १, २०८२
नवलपुर – कालीगण्डकी करिडोर अन्तर्गत नवलपुरको बौदीकाली गाउँपालिका–३ खैरेनीमा कार र बस एक आपसमा ठोक्किँदा चार जना घाइते भएका छन् । दुर्घटनामा परी कार चालक तनँहुको भिमाद नगरपालिका–६ का २३ वर्षीय विवेक शाह, कारमा सवार ६८ वर्षीय पदमराज जोशी, ५८ वर्षीय जंग बहादुर राना र तनहुँको ब्यास नगरपालिका–५ का ४९...
नवलपुर – कालीगण्डकी करिडोर अन्तर्गत नवलपुरको बौदीकाली गाउँपालिका–३ खैरेनीमा कार र बस एक आपसमा ठोक्किँदा चार जना घाइते भएका छन् । दुर्घटनामा परी कार चालक तनँहुको भिमाद नगरपालिका–६ का २३ वर्षीय विवेक शाह, कारमा सवार ६८ वर्षीय पदमराज जोशी, ५८ वर्षीय जंग बहादुर राना र तनहुँको ब्यास नगरपालिका–५ का ४९ वर्षीय केशव रुचाल घाइते भएका छन् ।

गुल्मीको रेसुङ्गामा एक महिने साउने मेला सुरु
बिहीबार, साउन १, २०८२
गुल्मी - गुल्मी जिल्लाको धार्मिक तथा ऐतिहासिक पर्यटकीय क्षेत्र रेसुङ्गामा एक महिने साउने मेला सुरु भएको छ । गुल्मीको सदरमुकाम तम्घास अग्लो शिरमा पर्ने रेसुङ्गामा विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि मन्दिर व्यवस्थापन समितिले साउनभर एक महिनासम्म मेला सुरु गरेको रेसुङ्गा संरक्षण समितिका महासचिव यज्ञप्रसाद पन्थीले बताए ।एक महिनासम्म धार्मिक...
गुल्मी - गुल्मी जिल्लाको धार्मिक तथा ऐतिहासिक पर्यटकीय क्षेत्र रेसुङ्गामा एक महिने साउने मेला सुरु भएको छ । गुल्मीको सदरमुकाम तम्घास अग्लो शिरमा पर्ने रेसुङ्गामा विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि मन्दिर व्यवस्थापन समितिले साउनभर एक महिनासम्म मेला सुरु गरेको रेसुङ्गा संरक्षण समितिका महासचिव यज्ञप्रसाद पन्थीले बताए ।एक महिनासम्म धार्मिक प्रवचनसँगै दैनिक पूजा हुने समितिले जनाएको छ ।

आज साउने संक्रान्ति, लुतो फालेर पनि मनाइँदै
बिहीबार, साउन १, २०८२
बुटवल - आज विहिबार साउन महिनाको पहिलो दिन अर्थात् साउने सक्रान्ति पर्व मनाइँदै छ । असार महिनाभर धान रोपाइँलगायतका खेतीपातीका कारण थाकेका किसान हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी भोज खाएर साउने संक्रान्ति पर्व मनाउने गर्दछन् । हिलोमाटोमा काम गर्नु पर्ने भएकाले छालासम्बन्धी रोग नलागोस् भनेर साउने संक्रान्तिको...
बुटवल - आज विहिबार साउन महिनाको पहिलो दिन अर्थात् साउने सक्रान्ति पर्व मनाइँदै छ । असार महिनाभर धान रोपाइँलगायतका खेतीपातीका कारण थाकेका किसान हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी भोज खाएर साउने संक्रान्ति पर्व मनाउने गर्दछन् । हिलोमाटोमा काम गर्नु पर्ने भएकाले छालासम्बन्धी रोग नलागोस् भनेर साउने संक्रान्तिको दिन लुतो फाल्ने प्रचलनसमेत छ ।

जागरणको ‘दलन’ भगत सर्वजित मानव मर्यादा पुरस्कारबाट पुरस्कृत
बिहीबार, साउन १, २०८२
काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रदान गर्ने भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार, २०८१ बाट दलन टेलिशृङ्खला पुरस्कृत भएको छ । मन्त्रालयले राष्ट्रिय नाँचघरमा एक बिशेष समारोहका विच जागरण मिडिया सेन्टरले निर्माण गरेको जातीय भेदभाव र छुवाछुत सम्बन्धी टेलिश्रृखला दलनलाई पुरस्कृत गरेको हो ।

संस्कृति समाजकाे प्राण तत्व हाे : मन्त्री पाण्डे
बुधबार, असार ३२, २०८२
काठमाडौं — संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले संस्कृति प्रत्येक समाजकाे प्राण तत्व भएकाे बताएका छन्।
बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आयोजना गरेकाे विभिन्न ११ विधाका स्रष्टाहरूलाई पुरस्कार वितरण कार्यक्रममा उनी यस्ताे बताएका हुन्।

ग्रामिण लघुवित्तका शेयरधनी महिलाले न्यायका लागि राष्ट्र बैंक गुहारे
बुधबार, असार ३२, २०८२
बुटवल- बिगतमा महिलाहरुको बैंक भनेर पहिचान बनाएको ग्रामिण बिकास लघुवित्त वित्तिय संस्था लि.का शेयरधनी महिलाहरुले न्यायका लागि नेपाल राष्ट्र बैंक समक्ष गुहार मागेका छन् । संस्थाको गत असार २८ गते सम्पन्न दशौं साधारण सभाले गरेको मर्जरको निर्णय एवं शेयरधनी महिला र कर्मचारीको बिरोधलाई लिएर उत्पन्न विवाद कारण संस्थापक महिला शेयरधनिहरु...
बुटवल- बिगतमा महिलाहरुको बैंक भनेर पहिचान बनाएको ग्रामिण बिकास लघुवित्त वित्तिय संस्था लि.का शेयरधनी महिलाहरुले न्यायका लागि नेपाल राष्ट्र बैंक समक्ष गुहार मागेका छन् । संस्थाको गत असार २८ गते सम्पन्न दशौं साधारण सभाले गरेको मर्जरको निर्णय एवं शेयरधनी महिला र कर्मचारीको बिरोधलाई लिएर उत्पन्न विवाद कारण संस्थापक महिला शेयरधनिहरु नेपाल राष्ट्र बैंक गुहार्न पुगेका हुन् । भैरहवास्थित नेपाल राष्ट्र बैंकको क्षेत्रिय कार्यालय पुगेर उनिहरुले उक्त साधारण सभाको निर्णय खारेज गर्न अपिल गरेका छन् ।