सरकारले जहाँ टेक्छ, त्यहीं भ्रष्टाचार : प्रचण्ड
बिहीबार, साउन १, २०८२
मालपोत अधिकृतलाई फिर्ता गराउन आएका थिए, मैले नमानेपछि अडियो ल्याए : मन्त्री अधिकारी
बिहीबार, साउन १, २०८२
काठमाडौं - भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले अडिओमार्फत आफ्नो चरित्र हत्या गर्ने प्रयास भएको बताएका छन् । एक वर्षे उपलब्धी सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले योजना पूरा नभएपछि चरित्र हत्या गर्न अडिओ बाहिर आएको बताएका हुन् ।

कपिलवस्तुमा सर्पको टोकाइबाट १४ महिने शिशुको मृत्यु
बिहीबार, साउन १, २०८२
कपिलबस्तु– कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ मा सर्पदंशका कारण १४ महिने शिशुको मृत्यु भएको छ । झगरु पासवानकी छोरी सङ्गीता पासवानको गएराति सुतिरहेको अवस्थामा सर्पले डसेर मृत्यु भएको हो । सर्पले डसेपछि अचेत भएकी उनलाई तत्काल उपचारका लागि बहादुरगञ्ज अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि गोरुसिङ्गे सर्पदंश उपचार केन्द्र पठाइएको...
कपिलबस्तु– कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ मा सर्पदंशका कारण १४ महिने शिशुको मृत्यु भएको छ । झगरु पासवानकी छोरी सङ्गीता पासवानको गएराति सुतिरहेको अवस्थामा सर्पले डसेर मृत्यु भएको हो । सर्पले डसेपछि अचेत भएकी उनलाई तत्काल उपचारका लागि बहादुरगञ्ज अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि गोरुसिङ्गे सर्पदंश उपचार केन्द्र पठाइएको थियो।
कालीगण्डकी करिडोरकाे बौदीकालीमा दुर्घटना, चार जना घाइते
बिहीबार, साउन १, २०८२
नवलपुर – कालीगण्डकी करिडोर अन्तर्गत नवलपुरको बौदीकाली गाउँपालिका–३ खैरेनीमा कार र बस एक आपसमा ठोक्किँदा चार जना घाइते भएका छन् । दुर्घटनामा परी कार चालक तनँहुको भिमाद नगरपालिका–६ का २३ वर्षीय विवेक शाह, कारमा सवार ६८ वर्षीय पदमराज जोशी, ५८ वर्षीय जंग बहादुर राना र तनहुँको ब्यास नगरपालिका–५ का ४९...
नवलपुर – कालीगण्डकी करिडोर अन्तर्गत नवलपुरको बौदीकाली गाउँपालिका–३ खैरेनीमा कार र बस एक आपसमा ठोक्किँदा चार जना घाइते भएका छन् । दुर्घटनामा परी कार चालक तनँहुको भिमाद नगरपालिका–६ का २३ वर्षीय विवेक शाह, कारमा सवार ६८ वर्षीय पदमराज जोशी, ५८ वर्षीय जंग बहादुर राना र तनहुँको ब्यास नगरपालिका–५ का ४९ वर्षीय केशव रुचाल घाइते भएका छन् ।
गुल्मीको रेसुङ्गामा एक महिने साउने मेला सुरु
बिहीबार, साउन १, २०८२
गुल्मी - गुल्मी जिल्लाको धार्मिक तथा ऐतिहासिक पर्यटकीय क्षेत्र रेसुङ्गामा एक महिने साउने मेला सुरु भएको छ । गुल्मीको सदरमुकाम तम्घास अग्लो शिरमा पर्ने रेसुङ्गामा विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि मन्दिर व्यवस्थापन समितिले साउनभर एक महिनासम्म मेला सुरु गरेको रेसुङ्गा संरक्षण समितिका महासचिव यज्ञप्रसाद पन्थीले बताए ।एक महिनासम्म धार्मिक...
गुल्मी - गुल्मी जिल्लाको धार्मिक तथा ऐतिहासिक पर्यटकीय क्षेत्र रेसुङ्गामा एक महिने साउने मेला सुरु भएको छ । गुल्मीको सदरमुकाम तम्घास अग्लो शिरमा पर्ने रेसुङ्गामा विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि मन्दिर व्यवस्थापन समितिले साउनभर एक महिनासम्म मेला सुरु गरेको रेसुङ्गा संरक्षण समितिका महासचिव यज्ञप्रसाद पन्थीले बताए ।एक महिनासम्म धार्मिक प्रवचनसँगै दैनिक पूजा हुने समितिले जनाएको छ ।
आज साउने संक्रान्ति, लुतो फालेर पनि मनाइँदै
बिहीबार, साउन १, २०८२
बुटवल - आज विहिबार साउन महिनाको पहिलो दिन अर्थात् साउने सक्रान्ति पर्व मनाइँदै छ । असार महिनाभर धान रोपाइँलगायतका खेतीपातीका कारण थाकेका किसान हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी भोज खाएर साउने संक्रान्ति पर्व मनाउने गर्दछन् । हिलोमाटोमा काम गर्नु पर्ने भएकाले छालासम्बन्धी रोग नलागोस् भनेर साउने संक्रान्तिको...
बुटवल - आज विहिबार साउन महिनाको पहिलो दिन अर्थात् साउने सक्रान्ति पर्व मनाइँदै छ । असार महिनाभर धान रोपाइँलगायतका खेतीपातीका कारण थाकेका किसान हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी भोज खाएर साउने संक्रान्ति पर्व मनाउने गर्दछन् । हिलोमाटोमा काम गर्नु पर्ने भएकाले छालासम्बन्धी रोग नलागोस् भनेर साउने संक्रान्तिको दिन लुतो फाल्ने प्रचलनसमेत छ ।
जागरणको ‘दलन’ भगत सर्वजित मानव मर्यादा पुरस्कारबाट पुरस्कृत
बिहीबार, साउन १, २०८२
काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रदान गर्ने भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार, २०८१ बाट दलन टेलिशृङ्खला पुरस्कृत भएको छ । मन्त्रालयले राष्ट्रिय नाँचघरमा एक बिशेष समारोहका विच जागरण मिडिया सेन्टरले निर्माण गरेको जातीय भेदभाव र छुवाछुत सम्बन्धी टेलिश्रृखला दलनलाई पुरस्कृत गरेको हो ।

संस्कृति समाजकाे प्राण तत्व हाे : मन्त्री पाण्डे
बुधबार, असार ३२, २०८२
काठमाडौं — संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले संस्कृति प्रत्येक समाजकाे प्राण तत्व भएकाे बताएका छन्।
बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आयोजना गरेकाे विभिन्न ११ विधाका स्रष्टाहरूलाई पुरस्कार वितरण कार्यक्रममा उनी यस्ताे बताएका हुन्।

ग्रामिण लघुवित्तका शेयरधनी महिलाले न्यायका लागि राष्ट्र बैंक गुहारे
बुधबार, असार ३२, २०८२
बुटवल- बिगतमा महिलाहरुको बैंक भनेर पहिचान बनाएको ग्रामिण बिकास लघुवित्त वित्तिय संस्था लि.का शेयरधनी महिलाहरुले न्यायका लागि नेपाल राष्ट्र बैंक समक्ष गुहार मागेका छन् । संस्थाको गत असार २८ गते सम्पन्न दशौं साधारण सभाले गरेको मर्जरको निर्णय एवं शेयरधनी महिला र कर्मचारीको बिरोधलाई लिएर उत्पन्न विवाद कारण संस्थापक महिला शेयरधनिहरु...
बुटवल- बिगतमा महिलाहरुको बैंक भनेर पहिचान बनाएको ग्रामिण बिकास लघुवित्त वित्तिय संस्था लि.का शेयरधनी महिलाहरुले न्यायका लागि नेपाल राष्ट्र बैंक समक्ष गुहार मागेका छन् । संस्थाको गत असार २८ गते सम्पन्न दशौं साधारण सभाले गरेको मर्जरको निर्णय एवं शेयरधनी महिला र कर्मचारीको बिरोधलाई लिएर उत्पन्न विवाद कारण संस्थापक महिला शेयरधनिहरु नेपाल राष्ट्र बैंक गुहार्न पुगेका हुन् । भैरहवास्थित नेपाल राष्ट्र बैंकको क्षेत्रिय कार्यालय पुगेर उनिहरुले उक्त साधारण सभाको निर्णय खारेज गर्न अपिल गरेका छन् ।
लुम्बिनी बौद्ध विश्वविद्यालयको ४९ करोड ५९ लाख बजेट स्वीकृत
बुधबार, असार ३२, २०८२
काठमाडौँ- लुम्बिनी बौद्ध विश्वविद्यालय सभाको १८ औँ बैठकले आगामी आर्थिक वर्षका लागि रु ४९ करोड ५९ लाखको बजेट स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार भएको बैठकमा विश्वविद्यालयका रजिष्ट्रार डा तिलकराम आचार्यद्वारा प्रस्तुत बजेट स्वीकृत भएको हो ।

नेपाल ईभी युगमा गइसक्यो : मन्त्री दाहाल
बुधबार, असार ३२, २०८२
महानगर यातायात प्रालिको विद्युतीय बस सेवा शुभारम्भ कार्यक्रममा बोल्दै उनले यातायात पूर्वाधारको क्षेत्रमा नेपाल पछि नै रहे पनि केही वर्षको दौरानमा धेरै प्रगति भइरहेको बताए ।
‘पूर्वदेखि पश्चिम समेट्ने राजमार्ग बनिरहेका छन् । उत्तर दक्षिणका करिडोर रहर लाग्दो तवरले बनिरहेका छन् । यी करिडोरलाई हामीले त्रिदेशीय कनेक्टीभिटीका रुपमा विकास गर्दछौं,’...
महानगर यातायात प्रालिको विद्युतीय बस सेवा शुभारम्भ कार्यक्रममा बोल्दै उनले यातायात पूर्वाधारको क्षेत्रमा नेपाल पछि नै रहे पनि केही वर्षको दौरानमा धेरै प्रगति भइरहेको बताए ।
‘पूर्वदेखि पश्चिम समेट्ने राजमार्ग बनिरहेका छन् । उत्तर दक्षिणका करिडोर रहर लाग्दो तवरले बनिरहेका छन् । यी करिडोरलाई हामीले त्रिदेशीय कनेक्टीभिटीका रुपमा विकास गर्दछौं,’ उनले भने ।
उनले थपे, ‘यसले भारत, नेपाल चीन जोड्न सघाउ पुग्नेछ । संसारका ठूला देशहरूलाई जोड्न सकियो भने धेरै लाभ लिन सक्नेछौं ।’
अस्पतालको सेफ्टि ट्याङ्कीमा खसेर ५ वर्षीया बालिकाले गुमाइन् ज्यान
बुधबार, असार ३२, २०८२
बालबालिका खेल्नको लागि बनाइएको स्थल पार्क नजिकै सेफ्टि ट्याङ्की रहेको थियो । अस्पतालमा काम गर्ने कर्मचारी विकास मगरको ५ वर्षीया छोरीको उक्त ट्याङ्कीमा परेर ज्यान गएको हो ।
अस्पतालका प्रवक्ता डाक्टर रामप्रसाद सापकोटाका अनुसार दैनिक फोहोर फाल्नुपर्ने कारणले सेफ्टी ट्याङ्कीमा पाइप राखेर फोहोर निकाल्ने गरिन्छ । त्यसकारण उक्त सेफ्टी ट्याङ्कीमा...
बालबालिका खेल्नको लागि बनाइएको स्थल पार्क नजिकै सेफ्टि ट्याङ्की रहेको थियो । अस्पतालमा काम गर्ने कर्मचारी विकास मगरको ५ वर्षीया छोरीको उक्त ट्याङ्कीमा परेर ज्यान गएको हो ।
अस्पतालका प्रवक्ता डाक्टर रामप्रसाद सापकोटाका अनुसार दैनिक फोहोर फाल्नुपर्ने कारणले सेफ्टी ट्याङ्कीमा पाइप राखेर फोहोर निकाल्ने गरिन्छ । त्यसकारण उक्त सेफ्टी ट्याङ्कीमा पाइप घुसार्ने ठाउँको प्वाल भने सँधै खुला राखिने गरिन्थ्यो ।
रेसुङ्गा विमानस्थलको उडान अवरुद्ध
बुधबार, असार ३२, २०८२
वर्षायाममा मौसम खराबीका कारण उडान प्रभावित भएको र गत मङ्गलबार २४ गते काठमाडौँबाट उडान भए पनि रेसुङ्गाको मौसममा समस्या देखापरेकाले करिब २० मिनेट आकाशमै होल्ड भई अवतरण हुन नसकेका कारण फिर्ता भएको उनको भनाइ छ ।
असार र साउन महिना पहाडका विमानस्थलमा मौसमकै समस्या देखापर्दै आएको थापाले बताए ।