Lumbini Rise
लुम्बिनी राइज
लुम्बिनी राइज
कक्षा १२ को नतिजा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण, ३८.८३ प्रतिशत ननग्रेड
कक्षा १२ को नतिजा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण, ३८.८३ प्रतिशत ननग्रेड काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ   । सार्वजनिक नतिजा अनुसार कक्षा १२ मा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । त्यस्तै, ३८.८३ विद्यार्थी ननग्रेड भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । गत वर्ष भन्दा यो वर्ष कक्षा १२ को नतिजा ९ प्रतिशतले वृद्धि भएको... काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ   । सार्वजनिक नतिजा अनुसार कक्षा १२ मा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । त्यस्तै, ३८.८३ विद्यार्थी ननग्रेड भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । गत वर्ष भन्दा यो वर्ष कक्षा १२ को नतिजा ९ प्रतिशतले वृद्धि भएको छ ।
लगातारकाे बर्षाले सिद्वबाबा क्षेत्रकाे यात्रा जाेखिमपूर्ण 
लगातारकाे बर्षाले सिद्वबाबा क्षेत्रकाे यात्रा जाेखिमपूर्ण  बुटवल - बुटवल पाल्पा सडकमा सवारी आवजावत जाेखमपूर्ण देखिएकने छ । साेमबार बर्षातले पहिराे जाने र हटाउने गर्दै सवारी चलाईएकाे नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक मित्रबन्धु शर्माले बताए । बुटवल - बुटवल पाल्पा सडकमा सवारी आवजावत जाेखमपूर्ण देखिएकने छ । साेमबार बर्षातले पहिराे जाने र हटाउने गर्दै सवारी चलाईएकाे नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक मित्रबन्धु शर्माले बताए ।
मोटरसाईकल दुर्घटनामा एकको मृत्यु
मोटरसाईकल दुर्घटनामा एकको मृत्यु भित्री सडक खण्डको अर्जुन चौपारीबाट घर जाने क्रममा ग ८ प २५७ नम्बरको मोटरसाईकल चिप्लिएर नालीमा डुबेको र आफ्नै मोटरसाईकलले च्पापिएर मृत्यु भएको चौधारीले बताए।  भित्री सडक खण्डको अर्जुन चौपारीबाट घर जाने क्रममा ग ८ प २५७ नम्बरको मोटरसाईकल चिप्लिएर नालीमा डुबेको र आफ्नै मोटरसाईकलले च्पापिएर मृत्यु भएको चौधारीले बताए। 
नारायणगढ बुटवल सडक निर्माणको भौतिक प्रगति ७० प्रतिशत
नारायणगढ बुटवल सडक निर्माणको भौतिक प्रगति ७० प्रतिशत नारायणगढ(बुटवल सडक निर्माणको सरदार भौतिक प्रगति ७० प्रतिशत रहेको छ । नारायणगढ(बुटवल सडक योजनाका अनुसार सडकको कुल ११३।५३ किलोमिटर लम्बाई मध्ये हाल कालोपत्रे र ढलान गरेको सडक गरि कुल ९९।८५ किलोमिटर अर्थात झण्डै १०० किलोमिटर पक्की सडक निर्माण सम्पन्न भइसकेको छ । नारायणगढ(बुटवल सडक निर्माणको सरदार भौतिक प्रगति ७० प्रतिशत रहेको छ । नारायणगढ(बुटवल सडक योजनाका अनुसार सडकको कुल ११३।५३ किलोमिटर लम्बाई मध्ये हाल कालोपत्रे र ढलान गरेको सडक गरि कुल ९९।८५ किलोमिटर अर्थात झण्डै १०० किलोमिटर पक्की सडक निर्माण सम्पन्न भइसकेको छ ।
माओवादी स्थायी कमिटी बैठक : आज प्रचण्डले जवाफ दिने 
माओवादी स्थायी कमिटी बैठक : आज प्रचण्डले जवाफ दिने  काठमाडौं– नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबारदेखि जारी बैठक आज पनि बस्न लागेको हो । बैठक आजै सक्ने तयारी गरिएको छ । शनिबार र आइतबार धेरै सदस्यहरुले आफ्नो धाराणा राखिसकेकोले आज समापन गर्ने तयारी गरिएको माओवादीले जनाएको छ । काठमाडौं– नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबारदेखि जारी बैठक आज पनि बस्न लागेको हो । बैठक आजै सक्ने तयारी गरिएको छ । शनिबार र आइतबार धेरै सदस्यहरुले आफ्नो धाराणा राखिसकेकोले आज समापन गर्ने तयारी गरिएको माओवादीले जनाएको छ ।
रुपन्देही, नवलपरासी, दाङमा धेरै बर्षा, अर्घाखाँचीमा ११५ मिलिमिटर बर्षा
रुपन्देही, नवलपरासी, दाङमा धेरै बर्षा, अर्घाखाँचीमा ११५ मिलिमिटर बर्षा बुटवल–  पछिल्लो २४ घण्टामा देशभर भएको बर्षामा लुम्बिनी प्रदेशका चार जिल्लामा धेरै वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मध्यमदेखि धेरै भारी वर्षा भएको सूचीमा यहाँका चार जिल्लामा धेरै बर्षा भएको देखिएको हो । बुटवल–  पछिल्लो २४ घण्टामा देशभर भएको बर्षामा लुम्बिनी प्रदेशका चार जिल्लामा धेरै वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मध्यमदेखि धेरै भारी वर्षा भएको सूचीमा यहाँका चार जिल्लामा धेरै बर्षा भएको देखिएको हो ।
लगातारको बर्षापछि गुल्मीका तीन सडक अबरुद्ध 
लगातारको बर्षापछि गुल्मीका तीन सडक अबरुद्ध  गुल्मी – अविरल वर्षापछि ठाउँ ठाउँमा पहिरो गएपछि गुल्मीका तीनवटा मुख्य सडक अवरुद्ध भएका छन् । कालीगण्डकी करिडोर, रिडी–तम्घास र रिडी–वामीटक्सार सडक अवरुद्ध भएको हो । कालीगण्डकी करिडोर सडक अन्तर्गत कालीगण्डकी गाउँपालिका –१ स्थित गरगरे, वडा नम्बर –२ को मिल्क र वडा नं–३ स्थित कनौटामा सडकमाथिबाट चट्टान सहितको ठुलो पहिरो... गुल्मी – अविरल वर्षापछि ठाउँ ठाउँमा पहिरो गएपछि गुल्मीका तीनवटा मुख्य सडक अवरुद्ध भएका छन् । कालीगण्डकी करिडोर, रिडी–तम्घास र रिडी–वामीटक्सार सडक अवरुद्ध भएको हो । कालीगण्डकी करिडोर सडक अन्तर्गत कालीगण्डकी गाउँपालिका –१ स्थित गरगरे, वडा नम्बर –२ को मिल्क र वडा नं–३ स्थित कनौटामा सडकमाथिबाट चट्टान सहितको ठुलो पहिरो खसेपछि उक्त सडक पूर्ण रूपमा अवरुद्ध बनेको छ ।  
लुम्बिनी सहित पाँच प्रदेशमा भारी बर्षा
लुम्बिनी सहित पाँच प्रदेशमा भारी बर्षा बुटवल –  कर्णाली र सुदूरपश्चिमबाहेक सवै प्रदेशमा वर्षाको सम्भावना छ । लुम्बीनीसहित कोशी, मधेश  गण्डकी, बागमती प्रदेशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अबका केही दिन देशभर मनसुन निरन्तर सक्रिय रहने महाशाखाले जनाएको छ । बुटवल –  कर्णाली र सुदूरपश्चिमबाहेक सवै प्रदेशमा वर्षाको सम्भावना छ । लुम्बीनीसहित कोशी, मधेश  गण्डकी, बागमती प्रदेशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अबका केही दिन देशभर मनसुन निरन्तर सक्रिय रहने महाशाखाले जनाएको छ ।
प्रधानमन्त्री ओली तुर्कमेनिस्तान प्रस्थान
प्रधानमन्त्री ओली तुर्कमेनिस्तान प्रस्थान काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तुर्कमेनिस्तानमा हुने तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिन मध्यरात त्यसतर्फ प्रस्थान गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री... काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तुर्कमेनिस्तानमा हुने तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिन मध्यरात त्यसतर्फ प्रस्थान गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले प्रधानमन्त्रीलाई विदाई गरे ।
ठुलाखर्क सेवा समाजको बुटवल भेलाः नेतृत्व चयनदेखि तीजको रमाइलो सम्म!
ठुलाखर्क सेवा समाजको बुटवल भेलाः नेतृत्व चयनदेखि तीजको रमाइलो सम्म! बुटवल - सामाजिक एकता र संस्कृतिक उत्सवको अनुपम उदाहरण बनेको ठुलाखर्क सेवा समाजको चौथो वार्षिक साधारणसभा, दोस्रो अधिवेशन तथा तीज मिलन कार्यक्रम शनिबार बुटवलमा भव्यताका साथ सम्पन्न भएको छ । अर्घाखाँचीको छत्रदेव गाउँपालिका–१ स्थित ठुलाखर्कलाई जन्मभूमि बनाएर रुपन्देही, नवलपरासी, कपिलवस्तु तथा आसपासका क्षेत्रमा बसोबास गर्दै आएका व्यक्तिहरूद्वारा स्थापित समाजले यस... बुटवल - सामाजिक एकता र संस्कृतिक उत्सवको अनुपम उदाहरण बनेको ठुलाखर्क सेवा समाजको चौथो वार्षिक साधारणसभा, दोस्रो अधिवेशन तथा तीज मिलन कार्यक्रम शनिबार बुटवलमा भव्यताका साथ सम्पन्न भएको छ । अर्घाखाँचीको छत्रदेव गाउँपालिका–१ स्थित ठुलाखर्कलाई जन्मभूमि बनाएर रुपन्देही, नवलपरासी, कपिलवस्तु तथा आसपासका क्षेत्रमा बसोबास गर्दै आएका व्यक्तिहरूद्वारा स्थापित समाजले यस पटकको कार्यक्रमलाई एकैसाथ सामाजिक उत्तरदायित्व र सांस्कृतिक पहिचानको उत्सव बनाएको छ ।
रुपन्देहीको सियारीमा मोटरसाईकल दुर्घटना, एक जनाको मृत्यू
रुपन्देहीको सियारीमा मोटरसाईकल दुर्घटना, एक जनाको मृत्यू बुटवल - रुपन्देहीको सियारीमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यू भएको छ । सियारी  गाउँपालिका–७ भर्थापुरमा दुर्घटनामा परी पछाडि सवार ६० वर्षीय राममिलन धवलको मृत्यू भएको हो। मोटरसाइकल अनियन्त्रित भएर भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ। बुटवल - रुपन्देहीको सियारीमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यू भएको छ । सियारी  गाउँपालिका–७ भर्थापुरमा दुर्घटनामा परी पछाडि सवार ६० वर्षीय राममिलन धवलको मृत्यू भएको हो। मोटरसाइकल अनियन्त्रित भएर भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ।
माओवादी स्थायी समिति बैठक तेस्रो दिन पनि जारी
माओवादी स्थायी समिति बैठक तेस्रो दिन पनि जारी नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र स्थायी समितिको बैठक आज तेश्रो दिन पनि केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको छ । साउन १६ गते देखि जारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको एजेन्डामाथि नेताहरूले आ–आफ्ना धारणा राखिरहेका छन् ।  नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र स्थायी समितिको बैठक आज तेश्रो दिन पनि केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको छ । साउन १६ गते देखि जारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको एजेन्डामाथि नेताहरूले आ–आफ्ना धारणा राखिरहेका छन् । 
Weather Update