नेशनल प्याब्सन चार दर्जन गणित विषयक शिक्षकहरूका तालिम
शुक्रबार, जेठ १६, २०८२
अन्तर्राष्ट्रिय दूध दिवसमा बुटवलमा अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता
शुक्रबार, जेठ १६, २०८२
बुटवल - अन्तर्राष्ट्रिय दूध दिवसको अवसर पारेर बुटवल उद्योग वाणिज्य संघमा नगर स्तरीय अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता गरिएको छ । बुटवल उद्योग वाणिज्य संघमा गठित डेरी बस्तुगत समितिको आयोजना तथा बुटवल उपमहानगरपालिकाको सहयोगमा बुटवलमा अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता गरिएको हो । प्रतियोगितामा एभरेष्ट माध्यमिक विद्यालयकी खुसी पाण्डे प्रथम भएकी हुन्...
बुटवल - अन्तर्राष्ट्रिय दूध दिवसको अवसर पारेर बुटवल उद्योग वाणिज्य संघमा नगर स्तरीय अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता गरिएको छ । बुटवल उद्योग वाणिज्य संघमा गठित डेरी बस्तुगत समितिको आयोजना तथा बुटवल उपमहानगरपालिकाको सहयोगमा बुटवलमा अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता गरिएको हो । प्रतियोगितामा एभरेष्ट माध्यमिक विद्यालयकी खुसी पाण्डे प्रथम भएकी हुन् । त्यसै गरी स्कलर्श होमकी स्लेसा शर्मा द्वितीय, न्यु होरा जनकी तेजस्वी नेपाल तृतीय तथा ज्ञानोदय माध्यमिक विद्यालयका दीपेश रोकाय र नवरत्न माध्यमिक विद्यालयकी समीक्षा लम्साल सान्त्वना भएको मूल्याङ्कन समिति सदस्य पशुपन्छी निर्देशनालयका नरेन्द्र पौडेलले जानकारी दिए।
समग्रमा बजेट राम्रो, स्रोत व्यवस्थापनमा चुनौती
शुक्रबार, जेठ १६, २०८२
बुटवल: सरकारले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि प्रस्तुत गरेको बजेटलाई सकारात्मक रूपमा दिँदै बुटवल उद्योग वाणिज्य संघले स्रोत व्यवस्थापनमा चुनौती औँल्याएको छ । संघले शनिवार बजेटको बारेमा संस्थागत धारणा सार्वजनिक गर्दै सरकारले निजी क्षेत्रबाट प्रस्तुत गरिएको कर तथा राजश्व र पूर्वाधारमा प्रस्तुत गरिएको राय सुझावहरूलाई सकारात्मक लिएको उल्लेख गरेको...
बुटवल: सरकारले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि प्रस्तुत गरेको बजेटलाई सकारात्मक रूपमा दिँदै बुटवल उद्योग वाणिज्य संघले स्रोत व्यवस्थापनमा चुनौती औँल्याएको छ । संघले शनिवार बजेटको बारेमा संस्थागत धारणा सार्वजनिक गर्दै सरकारले निजी क्षेत्रबाट प्रस्तुत गरिएको कर तथा राजश्व र पूर्वाधारमा प्रस्तुत गरिएको राय सुझावहरूलाई सकारात्मक लिएको उल्लेख गरेको छ । यसले सरकार र निजी क्षेत्र बिच विश्वासिलो वातावरण निर्माण गर्न सहयोग हुने पनि संघले विश्वास गरेको छ ।
बजेट कार्यान्वयन हुन्छ : अर्थमन्त्री पौडेल
शुक्रबार, जेठ १६, २०८२
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन भएरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन्। अर्थमन्त्री पौडेलले बिहीबार संसद्मा प्रस्तुत भएको बजेटबारे शुक्रबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै यस्तो बताएका हुन।उनले बजेट कार्यान्वयनका लागि साउन नकुर्ने र आजैबाट कार्यान्वयन प्रक्रिया थालनी गर्ने बताए ।

लुम्बिनीमा बौद्ध आर्थिक शिखर सम्मेलन शुरु
शुक्रबार, जेठ १६, २०८२
लुम्बिनी – लुम्बिनीमा बौद्ध आर्थिक शिखर सम्मेलन शुरु भएको छ । लुम्बिनी प्रदेशको आर्थिक विकास तथा बौद्ध पर्यटन केन्द्रीत रही आर्थिक शिखर सम्मेलन आयोजना गरिएको हो । लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजना र लुम्बिनी प्रदेश सरकारको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको सहकार्यमा आयोजित सम्मेलनको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शुक्रबार उद्घाटन...
लुम्बिनी – लुम्बिनीमा बौद्ध आर्थिक शिखर सम्मेलन शुरु भएको छ । लुम्बिनी प्रदेशको आर्थिक विकास तथा बौद्ध पर्यटन केन्द्रीत रही आर्थिक शिखर सम्मेलन आयोजना गरिएको हो । लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजना र लुम्बिनी प्रदेश सरकारको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको सहकार्यमा आयोजित सम्मेलनको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शुक्रबार उद्घाटन गरे ।
गृहमन्त्रीको राजीनामा नआए संसद चल्न दिइँदैन : माओवादी
शुक्रबार, जेठ १६, २०८२
काठमाडौं - नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसद अवरोध जारी राख्ने निर्णय गरेको छ। बैठक पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा शुक्रबार बिहान बसेको बैठकले भिजिट भिसा प्रकरणमा जोडिएका लेखकले राजीनामा नदिएसम्म अवरोध जारी राख्ने निर्णय गरेको सचिव लिलामणि पोरखेलले जानकारी दिए ।

दुम्कीबासमा डाईभर्सन बगाएपछि पूर्वपश्चिम राजमार्गमा यातायात प्रभावित
शुक्रबार, जेठ १६, २०८२
नवलपुर– बर्षाका कारण दुम्किबासको विनयी खोलमा रहेको डाइभर्सन सडक बगाएपछि पूर्वपश्चिम राजमार्गको यातायात प्रभावित भएको छ। दाउन्नेको खुर्सानी खोला नजिकमा महेन्द्रराजमार्ग भासिएपछि रातीदेखि विहानसम्म अवरुद्ध सडक सञ्चालनमा ल्याइएपनि दुम्किबासको डाइभर्सन बगाएपछि यातायात प्रभावित भएको हो ।

कृष्णसेन इच्छुक पत्रकारिता पुरस्कारबाट जिसी र विश्वकर्मा पुरस्कृत
बिहीबार, जेठ १५, २०८२
बुटवल – १८ औँ गणतन्त्र दिवसको अवसर पारी कृष्णसेन इच्छुकको स्मृतिमा स्थापित कृष्णसेन इच्छुक पत्रकारिता पुरस्कारबाट बुटवलका २ जना पत्रकार पुरस्कृत भएका छन् । जनगर्जन मिडिया प्रालि र जनपत्रकार सङ्गठन नेपालले बिहीबार बुटवलमा आयोजित विशेष समारोहमा नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष एवं सल्लाहकार यानेन्द्र जिसी, लेखक तथा अग्रज दीपक...
बुटवल – १८ औँ गणतन्त्र दिवसको अवसर पारी कृष्णसेन इच्छुकको स्मृतिमा स्थापित कृष्णसेन इच्छुक पत्रकारिता पुरस्कारबाट बुटवलका २ जना पत्रकार पुरस्कृत भएका छन् । जनगर्जन मिडिया प्रालि र जनपत्रकार सङ्गठन नेपालले बिहीबार बुटवलमा आयोजित विशेष समारोहमा नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष एवं सल्लाहकार यानेन्द्र जिसी, लेखक तथा अग्रज दीपक विश्वकर्मा (छविलाल) लाई नगद सहित पुरस्कृत गरिएको हो ।
शान्ति समाज रुपन्देहीले दीप प्रज्वलन गरी गणतन्त्र दिवस मनायाे
बिहीबार, जेठ १५, २०८२
दीप प्रज्वलन कार्यक्रममा कार्यक्रममा राष्ट्रिय समाचार समितिका पूर्व केन्द्रीय अध्यक्ष डा. बालकृष्ण चापागाईँ, नेपाल पत्रकार महासघंका केन्द्रीय सदस्य रामराज पोख्रेल, शान्ति समाजका केन्द्रीय सचिव(लुम्बिनी) डिपि खनाल, प्रगतिशील पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष श्याम पोखरेल, महिला अधिकारकर्मी रिता सेन वली लगायतले लोकतान्त्रिक गणतन्त्रको सबलीकरण नै अहिलेको आवश्यकता भएको बत्ताएका थिए ।

पेट्रोलियम व्यवसायीलाई सुरक्षा, गुणस्तरबारे प्रशिक्षण
बिहीबार, जेठ १५, २०८२
बुटवल – पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एसोसिएसन बुटवल रुपन्देहीले एसोसिएसनमा आबद्ध व्यवसायीहरूलाई बिहीबार पेट्रोलियम कारोबारमा सुरक्षा, गुणस्तर, परिमाण लगायतका विषयमा प्रशिक्षण दिएको छ । लुम्बिनी अञ्चलका रुपन्देही, कपिलवस्तु, नवलपरासी, पाल्पा, गुल्मी, अर्घाखाँची सहित बाग्लुङ र पूर्वी रुकुम सम्म पेट्रोलियम पदार्थको बिक्री वितरण र व्यवस्थापन गर्दै आएको एसोसिएसनले वार्षिक कार्य योजना अनुसार ...
बुटवल – पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एसोसिएसन बुटवल रुपन्देहीले एसोसिएसनमा आबद्ध व्यवसायीहरूलाई बिहीबार पेट्रोलियम कारोबारमा सुरक्षा, गुणस्तर, परिमाण लगायतका विषयमा प्रशिक्षण दिएको छ । लुम्बिनी अञ्चलका रुपन्देही, कपिलवस्तु, नवलपरासी, पाल्पा, गुल्मी, अर्घाखाँची सहित बाग्लुङ र पूर्वी रुकुम सम्म पेट्रोलियम पदार्थको बिक्री वितरण र व्यवस्थापन गर्दै आएको एसोसिएसनले वार्षिक कार्य योजना अनुसार ब्यासायीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले एक दिने प्रशिक्षण कार्यक्रम गरेको हो ।
गृह प्रदेश लुम्बिनीमा अर्थमन्त्री पौडेलले कस्ता योजनामा बजेट छुट्टाए (हेर्नुहोस् योजना र बजेट)
बिहीबार, जेठ १५, २०८२
अर्थमन्त्री विष्णु पौडेलले बिहीबार सार्वजनिक गरेको बजेटमा लुम्बिनी प्रदेशका अधिकांश पुराना योजनाले निरन्तरता पाएका छन् । आर्थिक वर्ष ०८२/०८३ को बजेटमा अधिकांश अधुरा, बहुबर्षिय र सडकसँग सम्बन्धित योजनाहरूमा बजेट छुट्टाइएको छ । लुम्बिनीका के कस्ता योजना परे यहाँ उल्लेख गरिएको छ ।

डा. बालकृष्ण चापागाईं सिद्धिचरण श्रेष्ठ साहित्य पुरस्कारबाट सम्मानित
बिहीबार, जेठ १५, २०८२
बुटवल - १८ औं गणतन्त्र दिवस २०८२ तथा युगकवि सिद्धिचरण श्रेष्ठको ११४ औं जन्मजयन्तीका अवसरमा बिहीबार बुटवलमा श्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ । बुटवल उपमहानगरपालिका वडा नं. ४ स्थित ऐतिहासिक नवजागृति पुस्तकालयद्वारा स्थापित पुरस्कार युगकवि सिद्धिचरण श्रेष्ठ साहित्य सम्मान २०८२ वरिष्ठ पत्रकार डा.बालकृष्ण चापागाईंलाई प्रदान गरिएको छ ।

सरकारले ल्यायाे १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट (पूर्ण पाठ सहित)
बिहीबार, जेठ १५, २०८२
काठमाडौँ- सरकारले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संसद्को संयुक्त बैठकमा बजेट वक्तव्यमार्फत यस्तो घोषणा गरेका हुन्। कुल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ रहेको छ। यो कुल बजेटको ६०. १ प्रतिशत हो। यसैगरी...
काठमाडौँ- सरकारले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संसद्को संयुक्त बैठकमा बजेट वक्तव्यमार्फत यस्तो घोषणा गरेका हुन्। कुल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ रहेको छ। यो कुल बजेटको ६०. १ प्रतिशत हो। यसैगरी पुँजीगततर्फ चार खर्ब सात अर्ब ८९ करोड रुपैयाँ अर्थात् २०. ८ प्रतिशत र वित्तीय व्यस्थापनतर्फ तीन खर्ब ७५ अर्ब २४ करोड अर्थात् १९.१ प्रतिशत रहेको छ।